अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा अप्रिल २३ तारिखमा भएको २०१६ राष्ट्रिय खुला ते क्वान्दो प्रतियोगितात्मक प्रतिस्प्रद्धामा नेपाली खेलाडी तथा नेपाली मुलका निर्णायकले उत्कृष्टता प्रदर्शन गर्न सफल भएका छन् l
ते क्वान्दो २०१६ नेसनल क्यापिटोल ओपन प्रतियोगिता नामक प्रतिस्प्रद्धामा नेपालमा राष्ट्रिय तथा अन्तर राष्ट्रिय रुपमा नेपालको तर्फ बाट राष्ट्रको नाम राखी सकेका र हाल अमेरिकाका बिभिन्न राज्यहरुमा प्रशिक्षक तथा निर्णायक भै काम गरि रहेका एक दर्जन नेपालीले महत्वपूर्ण निर्णायकको भूमिका निर्वाह गरि नेपाल र नेपालीको नाम अमेरिकामा राख्न उनीहरुले कुनै कसर छोडेनन् l
मास्टर एच के लि एकडेमी अफ तेक्वानदोले आयोजना गरेको यो प्रतियोगिता अमेरिकाको पुर्व सिमामा हुने प्रतियोगितामा सबै भन्दा ठुलो प्रतिस्प्रद्धाको रुपमा चिनिन्छ l
ते क्वान्दो २०१६ नेसनल क्यापिटोल ओपन प्रतियोगिता नेपालीमुलका निर्णायकहरुमा कुमार बहादुर कार्की ,कल्पना कार्की ,दिनेश श्रेष्ठ ,कृष्ण मुरारी ,कृष्ण बहादुर बलाल ,मनिता शाही ,राजु तिमिल्सिना ,प्रकाश थापा ,ओमकार बुढामगर ,सुरजन घर्तिमगर ,निमा धमला तथा राम चन्द्र केसी रहेका थिए l
दिनेश श्रेष्ठ अमेरिकामा भएको युएस ओपन प्रतियोगिता खेलको लागि अमेरिका आएका हुन् l उनले अमेरिकाको बिभिन्न राज्यहरुमा आधिकारिक निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् भने अर्को हप्ता नेपाल उड्ने उनले बताए l
उक्त प्रतियोगितामा बाल्टिमोर स्थित एवरेस्ट वर्ल्ड क्लासको तर्फ बाट जम्मा २१ जना अमेरिकन मुलका तथा नेपाली मुलकाले भाग लिएको जानकारी एवरेस्टका अध्यक्ष तथा प्रमुख प्रशिक्षक कुमार कार्कीले बताए l उनीहरुले पुम्से र भिडन्त (स्पारिंग)मा २९ जनाले खेलेका थिए l
उक्त प्रतियोगितामा २९ वटा स्वर्ण ,रजत ७ र कास्य ४ गरि कुल ४० वटा पदक प्राप्त गर्न सफल भएको छ l एवरेस्ट वर्ल्ड क्लासका २१ जना खेलाडी मध्ये ९ जना नेपाली खेलाडीले भाग लिएका थिए l नेपाली खेलाडीहरुमा नेपाली राष्ट्रिय खेलाडी मनिता शाहीले भिडन्त (स्पारिंग)मा प्रथम र पुम्सेमा दोश्रो ,कृष्ण कार्की (स्पारिंग)मा प्रथम र पुम्सेमा पनि प्रथम भएका छन् l
यसै गरि उज्जवल ठकुरी भिडन्तमा प्रथम ,एलेन शाही पुम्सेमा प्रथम र स्पारिंगमा दोश्रो ,सलिना खड्का स्पारिंगमा प्रथम र पुम्सेमा प्रथम ,हेमन छन्त्याल पुम्सेमा प्रथम र स्पारिंगमा दोश्रा स्थान प्राप्त गरेका छन् l
यसै गरि प्रनिमा आचार्य स्पारिंगआ प्रथम र पुम्सेमा तृतीय ,बिबेक छेत्री पुम्सेमा प्रथम र स्पारिंगमा दोश्रा भएका छन् l यसै गरि हेगन छन्त्याल स्पारिंगमा प्रथम र पुम्सेमा तृतीय भएका छन् l
यसै गरि ब्लाक बेल्ट(कालो फित्तधारी)को लागि १४ बर्ष मुनि समूहमा ग्रान्ड च्याम्पियन कृषा कार्की र वरिष्ट कालो फित्तधारी समुहमा १८ बर्ष माथि मनिता शाहीले ग्रान्ड पदक जितेकी छिन् l
यसै गरि २०१६ को राष्ट्रिय क्यपिटोल ओपन प्रतियोगितामा एवेरेस्ट वोर्ल्ड क्लास ते क्वान्दो एकडेमी बाल्टिमोरले २९ पदक सहित प्रथम स्थान हासिल गरेको छ l २९ वटा मा प्रथम ,७ वटामा दोश्रो तथा ४ वटा तेश्रो स्थान हासिल गर्न सफलता को साथ ब्लाक बेल्ट समुहमा कनिष्ट र वरिष्ठ को स्पारिंगमा २ ग्रान्ड पदक सहित कुल ४२ वटा पदक प्राप्त गरेर समुह बिजेता समेत बनेको छ
उक्त प्रतियोगितामा प्रमुख प्रशिक्षक कुमार कार्की सहित ,मनिता शाही ,निमा धमला तथा अन्य मास्टरले समुह प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए l
• कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी
• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने
• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा
• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै
• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न
• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित
• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच
• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका
• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त
• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित
• बङबन्धु कप फुटबल फाइनलमा नेपालको शानदार जित, बहराइनलाई ३-० ले हरायो
• नेपाल पपुवा न्यूगिनीसँगको दोस्रो खेलमा ३ विकेटले पराजित
• अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम
• फिफा वल्र्ड कपमा कोरिया समूह विजेता बन्न सफल
• विश्वकपका लागि नेपाल छनोट, आयरल्याण्ड ३ विकेटले पराजित
• राजदूत मैत्रीपूर्ण रनिंग कप फुटबल प्रतियोगिताको तयारी पूरा
• आनसान चुमिन सेन्टरको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल खेलमा नेपालको शानदार जीत
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |