नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

नेपाली राष्ट्रिय क्रिकेट टोलीले काठमाण्डूको कीर्तिपुर मैदानमा शनिबार नामिबियालाई ५ विकेटले पराजित गरेर विश्वकप क्रिकेटको छनोट खेल्ने सम्भावना कायम राखेको छ।

आठवटा एशोसियट राष्ट्रहरुले खेलिरहेको उपल्लो तहको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपालको यो पहिलो विजय हो।

साथै नेपालले ३ वर्षपछि कीर्तिपुर मैदानमा विजयको स्वाद चाखेको छ। भरपर्दा ब्याट्सम्यान शरद भेषावकर खेलका नायक बनेका थिए।पहिलो खेलाडी बाहिरिएपछि ११ औं ओभरमा मैदान छिरेका भेषावकरले साढे दुई घण्टा भन्दा बढी समय क्रिजमा डटेर जिम्मेवारी सम्हाले।

एक समय धरमराइसकेको नेपालको इनिङलाई उकासे र आफैँले विजयी चौका प्रहार गरेर नेपाललाई पहिलो विजयको स्वाद दिलाए।

अविजित ५० रनको अर्धशतक ठोकेका उनले छैटौं विकेटमा विनोद भण्डारीसँग मिलेर बनाएको ८४ रनको साझेदारीले जितको आधार तयार पारेको थियो।

उनले भने, "साथीहरु टिक्न नसकिरहेको अवस्थामा जिम्मेवारीपूर्वक खेल्न जरुरी थियो। त्यसमा विनोदले आएर दबाब घटाउने काम गरिदियो। र सबैकुरा सकारात्मक भयो। म खुशी छु।"

कप्तान पारस खड्काले जितलाई नयाँ वर्षको पहिलो उमंगको रुपमा व्याख्या गरेका छन्। उनी भन्छन्,"नेपालको नयाँ वर्ष हामीले नयाँ जितका साथ शुरु गरेका छौं। यसलाई हामीले निरन्तरता दिनुपर्छ । विश्व क्रिकेट लिगको प्रणाली यस्तो छ कि हरेक खेल उतिक्कै महत्वपूर्ण छ।"

टस जितेर पहिलो ब्याटिङ रोजेको अफ्रिकी टोली नामिबियाले ९ विकेट गुमाउँदै १ सय ९५ रन बनाएपछि जवाफमा आएको नेपाली टोलीले ५ खेलाडी गुमाई १७ बल खेल्नु अगावै जित पाएको हो।

विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपालको यो पहिलो विजय हो। जीतसंगै नेपाल छैटौं स्थानमा उक्लेको छ।
शरदको जिम्मेवारीपूर्ण इनिङका साथसाथै पहिलोपटक राष्ट्रिय टोलीबाट खेलिरहेका युवा स्पिनर सन्दिप लामिछानेको प्रदर्शन शनिबारका मुख्य आकर्षण थिए। त्यसमा विनोद भण्डारीले हानेको महत्वपूर्ण ३ वटा छक्का र कप्तान पारस खड्काले गरेको स्पिन बलिङले दर्शकहरु लोभिएका थिए।

विपक्षी टोली भने नेपाली दर्शकबाट लोभिए । नामिवियाका प्रशिक्षक डी. ठाकुरले भने, "हामीले यति धेरै दर्शकहरु माझ खेलेका थिएनौं । यहाँ खेलाडीहरुले रमाइलो गरेका छन्।" नेपाली क्रिकेटमा रहेको विवादका कारण ३ वर्षपछि आइसीसीले नेपालमा खेल आयोजना गरेको हो।

८ राष्ट्र बीच भइरहेको प्रतियोगिताको पछिल्लो चार खेल हारेको नेपालको यो जितसंगै विश्वकप छनोट खेल्ने यात्राको सम्भावनालाई ब्युँताएको छ। प्रतियोगिताको उत्कृष्ट ४ भित्र पर्ने राष्ट्रले सन् २०१९ मा हुने विश्वकपको छनोट खेल्न पाउने प्रावधान छ। उक्त खेल बांग्लादेशमा हुनेछ। नेपालले अब सोमवार फेरी नामिबियासंगै अर्को खेल खेल्नेछ।

प्रकाशित मिति : २०७३ वैशाख ०५ (April 17, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

खेलकुदका थप शिर्षकहरु

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

• बङबन्धु कप फुटबल फाइनलमा नेपालको शानदार जित, बहराइनलाई ३-० ले हरायो

• ब्याडमिन्टन टोली कोरिया तिर

• नेपाल पपुवा न्यूगिनीसँगको दोस्रो खेलमा ३ विकेटले पराजित

• अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम

• फिफा वल्र्ड कपमा कोरिया समूह विजेता बन्न सफल

• विश्वकपका लागि नेपाल छनोट, आयरल्याण्ड ३ विकेटले पराजित

• राजदूत मैत्रीपूर्ण रनिंग कप फुटबल प्रतियोगिताको तयारी पूरा

• आनसान चुमिन सेन्टरको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल खेलमा नेपालको शानदार जीत

• कोरियामा नार्गाजुन गुम्बाले आयोजना गरेको खेल विवादमा

• ठकुरी लाइ पूनः सफलता

• एफसी यु-१६ मा किर्गिस्तानमाथी नेपालको शानदार जित, ४-२ गोल अन्तरले नेपालको जित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
अमेरिकी थाड तैनाथका क्रममा कोरियाको सञ्जुमा भिडन्त, कोरियाली प्रायद्धिपमा तनाब बढ्ने संकेत काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal