LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

लीलामणि पौडेल

नेपालको कर्मचारीतन्त्रमा मुख्य सचिव लीलामणि पौडेल केही अपवादमध्ये हुन्। उनको अगुवाइमा २२ महिनाअघि सुरु भएको बागमती सफाइ अभियान सय हप्ताको कार्यक्रममा एक लाखभन्दा बढी सर्वसाधारण नदी किनारमा उपस्थित भई सफाइमा ऐक्यबद्धता जनाए। यसै सन्दर्भमा पौडेलसँग सेतोपाटीले गरेको कुराकानी–
सफाइ अभियानको रचना गर्भबारे बताइदिनुस् न ?
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै २०६८ माघ १५ गते सिंहदरबार-वानेश्वर लगायत सफाइ कार्यक्रम भयो। प्रधानमन्त्री स्वयं बागमतीमा पसेर सफाइमा संलग्न हुनुभयो। काठमाडौं सफाइबाट काम थालेर स्वयंसेवी अभियान देशव्यापी बनाउने योजना थियो। अवकाशप्राप्त कर्मचारी, विद्यार्थी र युवाहरूलाई समेटेर देशभर १० लाखभन्दा बढीलाई विभिन्न विधामा परिचालन गर्ने योजना बन्यो। तर दलहरूबीचको गतिरोधले प्रधानमन्त्रीको अगुवाइमा परिकल्पना गरिएको यो स्वयंसेवी अभियान थाँती बस्यो। बाबुराम सरकारको ठाउँमा चुनावी सरकार आयो। हामीले पनि सफाइबारे ध्यान दिन सकेनौं। एउटा राम्रो अभियान उसै तुहियो।
तुहिएको अभियानको पुनर्जन्म कसरी भयो त ?
त्यसको केही समयपछि एकदिन गायत्री परिवार, एस ट्राभल, जीवन विज्ञान, कलाकार संघ, विज्ञापन एजेन्सी संघ र एसजिआइका साथीहरू मेरो अफिसमा आउनुभयो। धेरैलाई मैले चिनेको थिइनँ। गायत्री परिवारका राजु अधिकारीले भारतबाट पाँच सय स्वयंसेवक बागमती सफाइ गर्न आउन चाहेको बताउनुभयो। ‘तपाईंले सघाइदिनुस्’ भनेर उहाँले अनुरोध गर्नुभयो।
‘बागमती नदीमा फोहोर पार्ने हामी, सफा गर्न भारतबाट मानिस ल्याउने’ मेरो मनमा चस्स बिझ्यो। मैले भनेँ ( त्यसो होइन, हामी अग्रसरता लिन्छौं तपाईंहरू सघाउनुस्। सहरी विकास सचिव किशोर थापा,  स्थानीय विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाका प्रमुखसँग मैले तत्काल छलफल गरे। उनीहरू उत्साही भए।
समाजका सबै वर्ग र तप्काका नागरिकलाई सरिक हुने अभियान भए पनि अग्रसरता सरकारकै देखिनु राम्रो हुने निष्कर्ष निकाल्यौं। सहरी विकास मन्त्रालयको स्थापना दिवस पारेर यो अभियान थालनी गरिएको हो।     
तपाईंसहित सयौं अभियन्ता बागमतीमा हेलिन थालेको सय हप्ता भयो कस्तो अनुभव भइरहेको छ ?
यो अभियानले ‘गरे जे पनि सम्भव छ’ भन्ने सन्देश दिएको छ। सरकार र गैरसरकारी क्षेत्र हातेमालो गरेर काम गर्‍यो भने लक्ष्यमा पुग्न सकिन्छ भन्ने विश्वास जगाएको छ।      
सय हप्ताको प्रगति कस्तो रह्यो ?
बागमतीको गर्भमा रहेको तीन हजार मेट्रिक टन फोहोर झिकिएको छ। यसका सहायक नदीबाट संकलित प्लाष्टिक, बोतल, टिन, सिनोलगायत फोहोरसमेत हामीले पाँच हजार मेट्रिक टन फोहोर संकलन गरेका छौं। नदी र किनार सिनित्त सफा पारेर दीर्घकालीन सफाइ व्यवस्थापनका लागि पाँच ठाउँमा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। नदी किनारमा दुई दर्जन ठाउँमा सुन्दर बगैंचा बनिरहेको छ।
सबैभन्दा महत्त्वपूर्ण उपलब्धि बागमतीलाई ढलमुक्त बनाउने सरकारी योजनाले यो सय सातामा गति पाएको छ। स्थानीयको विभिन्न अवरोधले चार वर्षदिख तिलगंगाभन्दा अलिक तल अड्किएको ढल निर्माणको एकसरो काम मनहरा किनारसम्म नै भइसकेको छ। दुई किनार गरी पशुपतिभन्दा तलतिर मात्र ११ किलोमिटर जति ढल बनेको छ।  
अभियानमा जम्मा कति  खर्च भयो ?
आर्थिक हिसाबले यो अभियान सरकारी कार्यक्रम होइन। मैले मुख्य सचिवको हैसियतले कतिपय निकायलाई पत्राचार गरेको छु। अनुरोध वा आदेश दिएको छु। भौतिक सहयोग मागेको छु तर यो सरकारी कार्यक्रम भने होइन। यसको अध्यक्ष, सचिव वा कोषाध्यक्ष कोही पनि छैन। अभियानमा कोही कोही अगुवा वा कोही पछुवा भन्ने छैन। 
अभियानमा सरकारको एक कौडी पनि खर्च गरेको छैन। कुनै बैंक खाता नै छैन। बागमती सभ्यता एकीकृत विकास समितिले पञ्जा, मास्क, बेल्चा, डोको किनेर सहयोग भने गरिरहेको छ। बागमती नदीसँग जोडिएका तालुकवाला निकायले आफ्नो पूर्ववत् कार्यक्रम अनुसार खर्च गरिरहेका होलान्। अवश्य पनि अभियानले ती निकायलाई आफ्नो कार्यक्रम निर्वाध सञ्चालन गर्न सजिलो पारिदिएको छ। सुरक्षा निकायहरूको तत्परता पनि प्रशंसनीय छ।
अहिलेसम्म कति हातहरूले बागमतीको फोहोर घीन नमानी उठाए ?
बागमती सफाइ अभियानमा एकपटकदेखि सयपटकैसम्म आउने मानिस छन्। अहिलेसम्म तीन लाख मानिस सहभागी भइसकेको हाम्रो मोटामोटी अनुमान छ। यसको मतलब हामीले ६ लाख कर्मशील हातहरूको साथ पाइसकेका छौं।
एकातिर स्वयंसेवीहरू हिउँद, बर्खा नभनी सफा गरिरहने अर्कातिर फोहोरको पोको हुर्‍याउनेले फ्याँकिरह्यो भने त यो अभियान कहिल्यै नसकिने भयो होइन ?
त्यसैले हामी भन्छौं यो अभियानले मानिसको मन परिवर्तन गर्न सक्नुपर्छ। फोहोर नदीले उत्पादन गर्ने होइन, मानिसले गर्छ। मानिसको मन, मष्तिस्क परिवर्तन गरेर हाम्रो बानी मति सुधारेपछि मात्र नदी र पर्यावरण सधैँलाई सफा हुन्छ।
फोहोर व्यवस्थापनको सामान्य नियम अपनाउन सक्यौं भने सफाइमा उल्लेख्य प्रगति हासिल हुन्छ। हामीले उत्पादन गर्ने फोहोरमध्ये सत्तरी प्रतिशत घरभित्रै व्यवस्थापन गर्न सकिन्छ। बाँकी ३० प्रतिशत मात्र नगरपालिकाको जिम्मा लगाए हुन्छ। त्योमध्ये पनि २० प्रतिशत पुनस् प्रयोग गर्न सकिन्छ। अहिले घरबाट बाहिर निकालिने फोहोरको मात्रालाई जुन दिन घटाउन सकिन्छ। त्यो दिनदेखि फोहोरको टन्टा लगभग सकिन्छ।
राजधानीवासीले गरेको फोहोर तह लगाउन ढुकुटीबाट अर्बौं खर्च गर्नुपर्ने अहिलेको जस्तो स्थिति लम्ब्याउनु क्षम्य हुँदैन।
जति मिहिनेत गरे पनि सहायक नदी स्वच्छ नभई त बागमती सफा हुन्न हैन ?
त्यसमा हामी सचेत छौं। सहायक नदीहरूको सफाइ सुरु भइसकेको छ। सम्बन्धित सरकारी निकायले धोबीखोलालाई ढलमुक्त बनाउन नदी किनारमा काम सुरु गरिसकेको छ। अर्को वर्षदिख विष्णुमतीको दुवै किनारमा ढल बिछ्याउने काम सुरु हुन्छ। सहायक नदी सफा नगरी बागमती सफा हुन्न भन्ने सामान्य चेत राखेर काम गर्न अभियानले सम्बन्धित निकायहरूलाई प्रत्यक्षरपरोक्ष दबाब पनि दिइरहेको छ। अहिलेसम्मको सरकारी योजना अनुसार अबको चार वर्षमा बागमतीका सहायक नदीहरूमा पनि ढल बिछ्याउने काम सकिन्छ। बागमती ढलमुक्त हुन्छ।
उसै नदी किनार अतिक्रमणको चपेटामा छ। त्यहाँमाथि अहिले पर्खाल लगाएर कूलो जस्तो बनाइएको छ। २०५० सालजस्तो बाढी आए के हबिगत होला ?
हामी बागमती सभ्यतालाई पुनर्जीवित गर्ने लक्ष्यसाथ लामो अभियानमा छौं। त्यसलाई हासिल गर्न नदी किनारमा भएका अतिक्रमण चूनौतीपूर्ण छ। यसका लागि सरकारकै विशेष पहल आवश्यक हुन्छ। अभियानले सम्बन्धित निकायलाई यस्ता सुधारमा अग्रसर हुन दबाब पुर्‍याउने काम गर्न सक्छ।
बागमती अबको कति वर्षमा पहिलाको जस्तै कलकल सङ्लो पानी बग्ने होला ?
हामी ५० वर्षअघिको बाग्मती तुरुन्त खोजिरहेका छौं। चाहना राख्न पाइयो तर त्यो परिकल्पना वास्तविक छैन। ४० वर्षसम्म लगातार बिगारेको नदीलाई कसरी साबिक जस्तै बनाउन सकिएला भन्ने कामना भने हामीले राख्नुपर्छ। फेरि पनि म भन्छु यो कुनै परियोजना होइन, जसको सुरु र अन्तिम मिति होस्।
चार महिनामा अवकाशपछि सफाइ अभियान र तपाईंको साइनो के हुन्छ ?
यसको सुरुवाती दिनमा संयोजन गरेको नाताले मेरो नेतृत्वजस्तो देखिएको हो। म मुख्य सचिवमा रहनु र नरहनुले बागमती सफाइ अभियन्ताको भूमिकामा फरक पर्दैन। बागमती सफाइसँगको मेरो नाता जीवन पर्यन्त कायम रहनेछ। बाँचुञ्जेलसम्म म बागमतीसँग छुट्टिने सम्भावना छैन।   
अवकाशपछि तपाईंको योजना के छ ?
म स्वयंसेवी अभियानमै रहन्छु होला।
बागमती सफाइ अभियानले मात्र भारी पुग्छ त ?
मानिसको चेतना बढाउने र ठूलो जनसंख्यालाई राहत पुग्ने अरु काम गर्न पाए हुन्थ्यो भन्ने मेरो अभिलाशा छ। सार्वजिनक यातायातमा धेरै सुधारको खाँचो छ। यातायात क्षेत्रमा व्याप्त भद्रगोल कम गर्न अभियान चलाउन सकियो भने लाखौं यात्रुलाई लाभ हुन्छ।
वैदेशिक रोजगारीमा ३० लाखभन्दा बढी नेपाली परिवार जोडिएको छ। विदेश जाने युवा जुन ठगीको सिकार भइरहेका छन् भने त्यसविरुद्ध काम गर्नुपर्छ भनेर मेरो अन्तस्करणले भनिरहेको छ। दाइजो, बोक्सी लगायत महिलाले बेहोरिरहेको हिंसा कम गर्न चेतनामूलक अभियानको खाँचो पनि मैले देखेको छु।
हेरौं कति गर्न सकिएला !

साभार:सेतोपाटी

प्रकाशित मिति : २०७२ वैशाख ०६ (April 19, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal