LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

सन्दुक रुइत- दुर्लभ नाम, दुर्लभ पहिचान

लक्ष्मण कार्की

उनको नामै यति अनौठो र दुर्लभ छ कि जुन उनीभन्दा अघि कसैले राखेको थियो/थिएन र भविष्यमा पनि कसैले राख्लारनराख्ला यसै भनिहाल्न सकिन्न । काठमाडौको डल्लु आवासमा रहेको उनको घरमा कुराको थालनी नामबाटै भयो । मेरो नामको अर्थ आकाशमा गड्याङगुडुङ्ग गराउने सर्प हो कि भन्ने लाग्छ उनी अर्थ्याउँछन् । बाँकी रह्यो थरको कुरा । पाँच छ सय बर्षअघि तिब्बतको रुइत क्षेत्रबाट नेपालमा बसाई सरेका पुर्खालाई विस्तारै बोलाउन थालिएको त्यही थर उनले पनि पाएका हुन् । अनि उनी बने सन्दुक रुइत । भन्नै परेन कि नामका अगाडिको डाक्टर चाहिं धेरै बर्षपछि मात्र झुण्डिएको हो ।
ताप्लेजुङ्ग सदरमुकामदेखि झोलामा सातुचामल बोकेर कम्तिमा एकहप्ता हिंडेपछि बल्ल पुगिने गाउँमा जन्मिएका सन्दुकले मोतियाबिन्दुको अपरेसन र आँखामा प्रयोग गरिने लेन्सको विकास र विस्तार जुन अकल्पनीय रुपमा गरे, त्यसैले उनको पहिचानलाई पनि संसारमा सित्तिमित्ति नपाइने उनको नाम जस्तै दुर्लभ बनायो । उनी आफैं भन्छन् ‘त्यस समय ओलाङ्गचुङ्ग गोलाको एउटा भोटेको घरमा जन्मिएको मान्छेले यो उपलब्धि हासिल गर्नु त के सपना देख्नु पनि दुरुह कुरा हो, यो अर्थमा म भाग्यमानी हुँ । मैले म जेका लागि जन्मेको हुँ त्यहि गर्न पाएँ जस्तो लाग्छ ।’ तर ३५ बर्षदेखि आँखाको मोतियाबिन्दुको उपचारमा अहोरात्र खटिएका उनी अझै धेरै गर्न बाँकी रहेको बताउँछन् ।
तर, डाक्टर सन्दुकले सफलताको यो उचाइ नाप्न तय गरेको यात्रा कम्ति कष्टकर छैन । शोक न सुर्ता भोक न भकारी भनेजस्तो विन्दास शैलीमा बित्नु पर्ने सन्दुकको बालापन बेग्लै तरिकाले बित्यो । पाँच छ बर्षको एउटा बच्चो घरपरिवारभन्दा १५ दिन टाढाको विरानो शहरमा कसरि हुर्कियो र के के भोग्यो सुन्दा मात्र पनि धेरैका गह भरिन्छन् ।
बालापनः बाको सपना र आमाको माया
चीनसंग सिमा जोडिएको ओलाङचुङ गोलामा उनी जन्मिए । अहिले बल्ल त स्कुल खुल्न थालेको त्यो गोलाध्र्दमा ऊ बेला स्कुलको सपना देख्नु पनि असम्भव थियो । कुरा २०१२र१३ सालको हो । तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो छोरोलाई पढाउने उनका बुबाको सपना र एक हिसावको जिद्दिलाई त्यो दुर्गम भूगोल र अविकासले छेक्न सकेन ।
‘आमा खुबै रुनुभयो, मपनि उहाँको सारीको फेर समातेर घुँक्कघुँक्क गरिरहें ।’ पढ्नलाई घरबाट निस्कँदै गर्दाको दृष्य उनका आँखामा अझै झल्झली छ ‘तर बुबाले हामी दुवै जनालाई चुइक्क बोल्न दिनुभएन ।’ बुबाको मुखिञ्जि आमाछोरा तैं चुप मै चुप हुनुको विकल्प थिएन । उनी आमाको स्नेह र ममताले भरिएको सारीको फेर छोडेर बुबाको अलिकति कठोर जस्तो लाग्ने हातको चोर औलो समात्न बाध्य भए । अनि सुरु भयो एउटा बालकको विरानो विद्यालयको यात्रा ।
‘कतिपय अप्ठ्यारा ठाउँमा बुबाले काँधमा बोक्नुभयो, धेरै ठाउँमा म आफैं हिंडें ।’ आफूलाई डाक्टर सन्दुक रुइत बनाउने जीवनको त्यो महत्वपुर्ण यात्रा उनी सम्झिरहेका छन् ‘कति ठाउँमा हामी ओढारमा बास बस्यौं र आमाले झोलामा हाल्देका सातुचामलले भोक मार्यौ । म अझै सम्झन्छु त्यसरि ओढारमा बास बस्दा कति ठाउँमा ओछ्यानै मुतेको थिएँ शायद दिनभरिको थकानले होला पिसाब आएको नि थाहा नहुने ।’ ठिक्क मात्र बोल्ने अति भद्र यी डाक्टर यति भनेपछि धक फुकाएर हाँसे ।
आमालाई छोडेको झण्डै १५ दिनपछि उनी दार्जेलिङ्ग पुगे । छोरालाई त्यहाँको मध्यमस्तरको स्कुल सेण्ट जोसेफमा भर्ना गराएपछि उनका बुबा घर फर्किए । तर सन्दुकका त्यसपछिका दिनहरु झनै तनाव र अभावपूर्ण भए । बाआमा छोड्नुपर्दाको पीडा सम्झिंदा अहिले पनि आफूलाई थाम्न गाह्रो हुने उनले सुनाए । स्कुलमा छाडेर बुबा घर फर्केपछि आफू संसारमै एक्लो भएको र आफन्त जति सवै सकिएको जस्तो महसुस हुन्थ्यो उनलाई । बर्षमा दुईपल्ट त स्कुल विदा हुन्थ्यो तर अफसोस उनी घर फर्किन पाउँदैन थिए । समस्या कस्तो थियो भने स्कुल १५ दिनको लागि छुट्टि हुन्थ्यो तर दार्जेलिङ्गबाट उनको घर अर्थात ओलाङचुङ्गोला पुग्नै १५र१६ दिन लाग्थ्यो । घर पुग्दा नपुग्दै विदा सकिइसकेको हुन्थ्यो ।
अनि घरमा बस्नु कति दिन र स्कुल फर्किनु कहिले रु
स्कूलबाट घर टाढा भएकै कारण उनी चारपाँच बर्षमा बल्ल घर जान पाउँथे । घरपरिवारसँग सम्पर्कका कुनै सेतु थिएनन् । बर्षदिनमा एकपल्ट उनलाई भेट्न दार्जेलिङ्ग पुग्ने बुबासँग देखाभेट भए पनि प्यारी आमालाई भेट्न सक्थेनन् । बुबासँगै आमाले पठाइदिएका कोसेलीपातको पोकोमा शायद उनी आमाको अनुहार देख्थे । अनि घर छोड्दै गर्दा आमाको सारीको फेर समाएको दृष्य पनि । कहिलेकाही घरगाउँबाट कोहीकोही मान्छे टुप्लुक्क पुग्दा खुशीको कुनै सिमाना हुँदैनथ्यो । उनीहरुले हातमा चकलेट अनि चारना आठनाका ढ्याक राखिँदिँदा उनलाई लाग्थ्यो दशैं बल्ल आयो ।
उसबेलाको त्यो उकुसमुकुस सम्झिँदा अहिले पनि उनी भावुक हुन्छन् तर झटपट आफूलाई सम्हाल्छन् र भन्छन् ‘जसरी पनि पढाउने बुबाको त्यो अठोट र दार्जेलिङ्गको त्यो दुख्ख नखेपेको भए म आजको सन्दुक कहाँबाट हुन पाउँथें र रु’
अनि, डाक्टर नभएको भए के हुनुहुन्थ्यो नि रु
प्रश्न झर्न नपाउँदै उनले सुनाए ‘हुन त केही हुन्थें होला तर मलाई म जे भए पनि अहिलेको जस्तो स्थानमा पुग्थें र यत्तिको सफल हुन्थें होला भन्ने लाग्दै लाग्दैन ।’ हुन पनि यो प्रशंग सन्दुक रुइत डाक्टर बन्नु वा नबन्नुसँग मात्र जोडिएको छैन । बरु उनको नेतृत्वमा तिलगंगा आखा केन्द्रले बनाएका करोडौं करोड आँखाका लेन्स, उनले गरेका पचासौं हजार अपरेशनबाट संसार हेर्न पाएकाको जीवनमा आएको उज्यालोसित जोडिन्छ ।
चीन र भारतको युद्धका कारण उनले विद्यालय शिक्षा भने त्यहाँबाट पुरा गर्न सकेनन् । तर पढाइको लाइन लागिसकेकाले उनलाई बाँकी शिक्षा पुरा गर्न सजिलो भयो । मकैको घोगाबाट एक लाइन मकै छोडाएपछि बाँकी छोडाउन सजिलो भएजस्तो उनले स्कुल शिक्षा काठमाडौको सिद्धार्थ बनस्थलीबाट पुरा गरे ।
आँखा शिविरबाट जिन्दगीको यु टर्न
लखनउको किङ्गस जर्ज मेडिकल कलेजमा सन् १९७२ मा एमबिबिएस पढ्न गएका उनी त्यहाँबाट फर्केपछि वीर अस्पतालमा काम गर्न थाले । जहाँ उनको संगत राजेन्द्रप्रसाद पोखरेल, नविनचन्द्र राई जस्ता आँखाका नामी डाक्टरसँग भयो । उनीहरुकै मातहतमा बसेर काम गर्ने सिलसिलामा धनगढीमा आँखाको क्याम्प थियो ।
डाक्टर राईसँगै रुइत पनि क्याम्पमा गए । जहाँ एकैपरिवारका ५÷६ जना बच्चालाई मोतियाबिन्दु भएका कारण उनीहरु आँखा देख्न नसक्ने भएका रहेछन् । झारफुक र भाकल केही गर्दा पनि ठिक नभएपछि हैरान भएका उनीहरुका अभिभावकले बालबच्चालाई क्याम्पमा ल्याएका रहेछन् । केही घण्टाको अपरेशन पछि उनीहरुले संसार देख्न पाए । बालबालिकामा एकसाथ फर्किएको आँखाको ज्योति अनि त्यसले उनीहरुका बाआमालाई दिएको खुसीको उज्यालो नजिकबाट देखेकै दिन सन्दुकलाई लाग्यो मानिसलाई खुशी पार्ने र छोटो समयमै उनीहरुको मुहारमा उज्यालो छर्ने कुनै बाटो छ भने त्यो आँखाको उपचार नै हो ।
‘हो त्यहि दिन मैले आँखाको उपचारमा लाग्ने अठोट गरेको हुँ ।’ यो दिन आफ्नो जीवनको युटर्न भएको दिन जस्तो लाग्ने सुनाउँदै उनी थप्छन् ‘म आँखा बाहेक अरु कुनै क्षेत्रमा गएको भए पनि यो अवस्थामा पुग्थें जस्तो लाग्दैन ।’ त्यसपछि उनी आँखाको तालिम लिन दिल्ली पुगे त्यहाँबाट आँखाको डाक्टर भएर फर्किए ।
आँखाको चिकित्सकका रुपमा तिलगंगामा उनी पुग्दा मोतियाबिन्दु भएपछि आँखामा राखिने लेन्सको भाउ एउटाको एकसय डलर थियो । तर सन्दुक नेतृत्वको टीमले उत्पादन गरेका लेन्स अहिले गोटाको ४ डलरभन्दा पनि कम मुल्यमा विदेश जान्छन् । त्यो पनि एउटा दुईटा हो र असी–असी वटा देशमा ।
यो कुरा सुनाउँदै गर्दा सन्दुक अडेस लागेको सोफाबाट तनक्क तन्किए र सिधा बसे । उनको अनुहारभरि एक खालको आभा चम्किरहेको स्पष्ट देखिन्थ्यो । गर्व र सफलताको झरना मिसिएको दोभान जस्तो उनको अनुहारमा खुशीको इन्द्र धनुष सल्बलायो ।
लेन्स त्यति सस्तोमा उत्पादन हुनु सफलता त थियो नै तर त्यति धेरै देशमा निर्यात गर्न सक्नु अर्को खुशीको कुरा थियो । अझै खुशीको कुरा त के भने सन् १९९४ देखि यतिका बर्षसम्म हामीले ती लेन्सको गुणस्तर कायम राखिराख्न सकेका छौं । उनी झन् हौसिए अनि थपे बास्तबमै यो अन्तर्राष्ट्रिय चिकित्सामै एउटा कोशेढुंगा अर्थात माइलस्टोन थियो ।
तँ आट म पुर्‍याउँछु
काम थाल्न सजिलो किन हुन्थ्यो र रु तर उनलाई यतिका बर्षमा हासिल गरेको उपलब्धिले सिकाएको कुरा के हो भने कामका लागि आँट्नुपर्छ । भगवानले पनि तँ आट म पुर्‍याउँछु भन्छन् भनेजस्तो आँटेकै कारण यो सम्भव भएको उनको ठम्याइ छ । काम थाल्ने बेला आफ्ना कामका बारेमा खिसिट्युरी गर्नेको कुनै कमी थिएन । ‘कतिपयले त यिनीहरुको माथा सट्केछ पनि भने ।’ सुनाउँदै गर्दा उनले फिस्स हाँसेर भने ‘अरु त के आफ्ना नजिककै साथीले आलोचना गरे ।’ उनीहरुलाई देखाउन पनि केही नगरि नहुने निधो सन्दुक र उनको समूहले गर्‍यो तर श्रोत केही थिएन । सरकारले पनि केहि दिएन ।
“त्यो बेला टेक्नोलोजिकल्ली लजिष्टिकल्ली इकोनोमिकल्ली र प्राक्टिकल्ली त्यो असम्भव जस्तै थियो तर डाक्टर रिता गुरुङ्ग र रबिन्द्र श्रेष्ठलगायतको सिर्जनशिल दिमाग र हातका कारण यो सवै सम्भव भएको हो । काम थालेपछि हाम्रो ध्याउन्न जुन गुणस्तरको सर्जरी न्युयोर्क वा सिड्नीमा हुन्छ त्यो गाउँमा किन नपुर्‍याउने भन्नेमा थियो ।” उनी भन्छन् ।
सुन्दै अति महत्वकांक्षी लाग्ने त्यो अठोट सहित काम थाल्दै गर्दाका दिन सम्झिँदा उनी धेरै रोमाञ्चित र उद्वेलित देखिन्थे । त्यो बेला बाधाहरु हटाउँदै अनकण्टार ठाउँमा गयौ । बसको छतमा अपरेशनका उपकरण राखेर हामी गाउँगाउँ पुग्यौ । जहाँ जाँदा जे जे नयाँ कुरा भेटियो र अनुभव गरियो त्यसलाई तिलगंगामा ल्याएर पोख्यौ र पोखिरह्यौ । जुन दृढ निश्चयका साथ हामीले काम गर्यौ हामीसंग जस्तो अठोट भिजन र टीम थियो जसले गर्दा गाउँगाउँ काठमाडौ दक्षिण एशिया र एशिया हुँदै विश्वमा फैलन सकेका हौ ।
धेरै कुरा भएका कारण नै सफलता हासिल गरेको स्वीकार्ने डाक्टर सन्दुक रुइत भन्छन् “एउटा मात्र प्वाइण्टमा भन्न लगाउनुहुन्छ भने गन्धे राजनीतिलाई छिर्न नदिनु हाम्रो सफलताको मुख्य कुरा हो । यो भन्दा मलाई कुनै आपत्ति छैन ।” यतिबेला उनी अझै दृढ देखिए । आफ्नो सफलताप्रति दंगदास देखिएका डाक्टर रुइतसंगको स्वादिलो बसाइलाई बिट मार्दै गर्दा सोधियो अबको भिजन दृष्टिकोण र अठोट चाहिं रु भद्र अनुहारमा  हल्का मुस्कान छर्दै उनले सुनाए “भाई हामीले काम थाल्दा मानिसका आँखामा ज्योती फर्काउने अभियानलाई कसरि मल्टिप्लाई गर्ने भन्ने सोचेका थियौं । अबको उद्देश्य पनि यहि त हो ।” कुरो ठिकै हो । किनभने अझै पनि धेरै नेपाली आँखाको ज्योति फर्काउन डाक्टर सन्दुक रुइतको हात पर्खिबसेका छन् ।

साभार: Ujyaalo online

प्रकाशित मिति : २०७१ माघ २४ (February 07, 2015)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal