LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

गलत गरेर कमाएको पैसाले पिर्छ- दिनेश केसी

भानुभक्त

ट्याक्सी ड्राइभरले पेसेन्जरको एउटा शंकालु प्रश्न सबैभन्दा धेरैपटक सुन्नुपर्छ, ‘मिटर बिगारेको त छैन रु’ ट्याक्सीको मिटर प्रायःजसो बिगारेकै हुन्छ भन्ने आम धारणा छ। ड्राइभर 'छुस' मारेर धेरै भाडा असुल्न पल्केकै हुन्छ भन्ने ठानिन्छ।
 
तर कुनै पनि पेशामा बदमासै बदमास हुँदैनन्, न त साधु न साधु।
 
दुई सातादेखि एकजाना ट्याक्सी ड्राइभर त्यस्तै सेलिब्रेटी भएका छन्– काठमाडौं गोंगबुका दिनेश केसी।
 
प्रहरी दिवसको उपलक्ष्यमा शुक्रवार सम्मान पाएपछि उनी समाजका हिरो नै बने। आफ्नो ट्याक्सीमा छुटेको पाँच लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर इमानदारीको उदाहरण बनेका छन् उनी।
 
घटना असोज १४ को हो। काभ्रेका अच्युत गौतम पुतलीसडकबाट बानेश्वरसम्म ट्याक्सीमा चढे। उनीसँग एउटै ब्याग थियो। घर पुग्दा कर्मचारीको तलब दिन ल्याएको पैसा झोलामा नहुँदा सातो उड्यो। पहिला अफिसमा खबर गरे। त्यसपछि प्रहरीलाई १०० मा फोन गरे।
 
उनको सातो पुत्लो उडिसकेको थियो। त्यत्रो पैसा हरायो भने आधा जिन्दगी नै रिन तिर्दैमा बित्थ्यो।
 
अर्कोतिर दिनेशले यात्रु ओर्लेको केही मिनेटपछि ट्याक्सीको पछिल्लो सिटमा पैसाको बिटो देखे। ती यात्रुलाई खोजे। भेटिने कुरै थिएन। ओर्लेको ठाँउमा रोकिएर ती यात्रु पैसा खोज्न आउलान भनेर कुरे। केहीबेर कुर्दा पनि आएनन्। त्यसपछि वानेश्वरबाट सोझै महानगरीय ट्राफिक महाशाखा बग्गीखाना पुगे। घटना विवरण बताएर नगद प्रहरीलाई जिम्मा लगाए।
 
‘कति इमानदार चालक भने पैसा हराउने व्यक्तिले प्रहरीमा खबर गर्नुभन्दा पहिला उनी हामीसँग आइसकेका थिए,’ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी केशव अधिकारीले भने, ‘मेरै रोहवरमा गन्दा पाँच लाख रुपैयाँ थियो।’
 
त्यतिञ्जेल पैसा हराउने गौतमले प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गरिसकेका थिए। त्यही खबरका आधारमा प्रहरीले उनलाई डाक्यो। ‘पैसा कहाँबाट आएको, कहाँ लान लागेको, किन लान लागेको भन्ने छानविनबाट उनकै हो भन्ने पुष्टि भएपछि जिम्मा लगायौं,’ अधिकारीले भने।
 
पैसा फिर्ता पाएपछि गौतमले लामो सास फेरे। मुटुको ढुकढुकी थामियो। लगलग कामिरहेका हातखुट्टा दह्रा भए। केसीलाई उनको इमानदारीतास्वरुप २० हजार रुपैया इनाम दिए। प्रहरीले पनि उनको इमानदारितालाई नगद दशहजार सहित प्रहरी दिवस ९३१ असोज० मा सम्मान गर्‍यो।
 
सम्मानपत्रसँगको केसीको फोटो पत्रकार रविन्द्र मिश्रले आफ्नो फेसवुक वालमा राखेपछि चर्चा झन् चुलियो। केसी भन्छन् ‘रविन्द्र मिश्र सरले त्यो फोटो फेसवुकमा राखेपछि मलाई धेरै ठाँउबाट अन्तर्वार्ताको फोन आउन थाल्यो।’
 
चर्चा यति भयो कि ठट्यौली पारामा उनले भने, ‘अर्न्तर्वाता दिन जाँदा दुई दिनदेखि ट्याक्सी चलाउन पाएको छैन।’ काठमाडौंको गोगँबुको मध्यम बर्गीय परिवारमा जन्मेहुर्केका केसीले १२ कक्षा पढेका छन्। उनका बुवा पनि गाडी लाइनमा नै काम गर्थे। मामा, काकाहरु सबै खानदान यही लाइनमै भएकाले पढाइ छोडेर पाँच वर्षअघि ट्याक्सीको स्टेरिङ समाए।
 
मेहनेतको कमाइमा रमाउने २४ वर्षे केसीले यसअघि पनि ट्याक्सीमा छुटेका सामान फिर्ता गरेको बताए। त्यत्रो पैसा पाउँदा आफैसँग राखौंजस्तो लागेनरु सेतोपाटीको जिज्ञासामा उनले भने, ‘सामान हराउँदाको पीडा मलाई राम्ररी थाहा छ।’
 
आफूले भोगेको अप्ठेरो अरुले खेप्न नपरोस् भन्नेमा उनी सचेत रहेछन्। ‘केही वर्ष पहिला मेरो मोबाइल हराउँदा मलाई औडाहा भएको थियो,’ मैले सम्झिए, ‘यत्रो पैसा हराएको मान्छेलाई कति सकस भएको होला।’ उनलाई अन्तरआत्मादेखि नै पैसा लुकाउँ जस्तो लागेन।
 
केसीको अन्तरमनमा कुनै दिन केही राम्रो काम गरेर समाजलाई देखाउँछु भन्ने थियो। तर, के र कसरी राम्रो काम गर्ने भन्ने थाहा थिएन। अहिले सबैले आफ्नो प्रशंसा गरेको देख्दा उनलाई लाग्छ, ‘सबैभन्दा राम्रो काम इमान रहेछ।’
 
हुन त त्यही साँझ उनले जब पैसा पाएको र फिर्ता गरिदिएको खबर साथीभाइलाई सुनाए। धेरै साथीभाइले उनलाई उडाए। ‘तँ कलियुग अनुसार चल्न नजान्ने मुर्ख पो रहिछस्,’ उनीहरुले भने।
 
उनको चर्चा चुलिएपछि साथीहरुले धारणा बदलेका छन्, ‘स्यावास् तिमीले ट्याक्सी ड्राइभरको इज्जत बढायौं।’ आफ्ना बारेमा आएका समाचार र मानिसले गरेको चर्चाले उनी दंग छन्। जिन्दगीभर इमानदार हुने ऊर्जा मिलेको छ। ‘पाँच लाख फिर्ता गरेर मैले पचास लाखले नकमाइने इज्जत कमाएको छु,’ उनले भने, ‘पैसा थुपारेर यस्तो इज्जत कहाँ पाइन्छ ?’
 
पैसा फिर्ता पाएका अच्युतले दिनेशको इमानदारिता प्रशंसा शब्दमा गर्न नसकिने बताए। उनले भने, ‘उहाँबाट समाजले नैतिकताको पाठ सिक्नुपर्छ।’
 
पैसामा लोभ नभएका दिनेशका सपना नै नभएका होइनन्। उनलाई इमानको कमाइ बढाउने इच्छा पनि छ। तर सपना ठूलो छैन। दिनेशको सपना विदेशी नियोगको गाडी चलाउने छ। किनभने त्यहाँ मेहेनेत गरेर राम्रो कमाउन सकिन्छ। अविवाहित केसीको आफैले कमाएको पैसाले बनाएको घरमा दुलही भित्र्याउने सपना छ।
 
‘गलत गरेर कमाएको पैसाले पिर्छ, पसिनाको कमाइले सन्तोष दिन्छ,’ उनले भने, ‘मेरा आमाबाले मलाइ यही मन्त्र दिनुभएको छ।

सेतोपाटी

प्रकाशित मिति : २०७१ कार्तिक ०१ (October 18, 2014)

प्रतिक्रियाहरु


adams wrote on 03 December, 2014
आवेदक ध्यान। 2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ: (adams.credi@gmail.com) * व्यक्तिगत ऋण। * व्यापार ऋण। * निवेश ऋण। * घर ऋण। * विद्यार्थी ऋण। * निवेश ऋण। यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि जरुरी ऋण जानकारी आवेदन 2015 बाहिर छ। इमेल: adams.credi@gmail.com बताएँ: +187499384874

तपाईको प्रतिक्रिया

Advertise with us

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal