LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

आनी छोइङ डोल्मा

आनि छोईङलाई धेरैले ‘फूलको आंखामा फूलै सन्सार...” गाउने असल भिक्षुणीका रूपमा चिन्दछन्। तर उनले भिक्षुणीका रूपमा जे शिक्षा लिन्छिन् र प्रार्थना गर्छिन् त्यो सांच्चिकै ब्यक्तिगत जिवनमा अभ्यास पनि गर्छिन् भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ। मृगौंला पीडित आफ्नी आमाको पीडा देखेर रोएकी र सोही रोगका कारण आफ्नी आमालाई गुमाएकी आनिलाई अरू मृगौंला पीडितहरूको पीडामा मल्हम लगाउने अन्तरआत्माबाटै प्रेरणा जागेछ। तर एक्लै त्यो काम संभव हुंदैन भन्ने उनलाई लागेछ।

एकदिन पशुपतिनाथको ‘नजिक’बाट दर्शन गर्दा उनले “म मृगौंला पीडितहरूका लागि केही गर्न चाहान्छु, ईश्वर, तर मलाई साथ दिन कोही पहिल्याईदिनोस्” भनेर प्रार्थना गरिछन्। त्यसको लगत्तै उनको भेट भएछ बेलायतमा शानदाररूपमा चिकित्सा अभ्यास गरेर बसेका तर आफ्नो ज्ञान र दक्षता अब नेपालमैं लगाउंछु भनेर फर्किएका अंग प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठ (तस्वीरमा बायांबाट दोस्रो) संग। त्यसैले उनी डा श्रेष्ठलाई पशुपतिनाथले दिएको ‘बरदान’ भनेर भन्दिरहिछिन् ।

त्यसपछि जन्मिएछ मृगौंला पीडितहरूका लागि गैर-नाफामूलक ‘आरोग्य प्रतिष्ठान’ (फोन: ०१-५५२२९३५) जहां आज ‘अंग प्रत्यारोपण पश्चात प्रत्यारोपीहरुले सेवन गर्ने औषधिको मात्रा परिक्षण गर्ने अत्याधुनिक ल्याब’को उद्घाटन गरियो। सो ल्याब नहुंदा धेरै पैसा तिरेर उक्त परिक्षण भारतमा गराउनु पर्ने बाध्यता रहेछ। उक्त ल्याबको उद्घाटन आफैं मृगौंला प्रत्यारोपी रहेका एमाले अध्यक्ष केपी ओलीले गरेका थिए।

संक्षिप्तरूपमा बोल्ने क्रममा मैले भनें, “एकजना कर्ण शाक्यले क्यानसरबाट आफ्नी श्रीमति र छोरी गुमाएपछि बेस्कन लागि परेर एक खिल्लि चुरोटमा एकै पैसा कर उठाउने नियम सरकारबाट पारित गराउन सफल भए र त्यत्रो भरतपुर क्यानसर अस्पताल निर्माण भयो भने, ओलीजी, तपाई त धेरै शक्तिशालि ओहोदामा हुनुहुन्छ। तपाईं आफैं पीडित भएको यो उपचारका लागि अत्यन्त महंगो रोगका लागि राम्राराम्रा अस्पताल निर्माण गर्न ‘लबि’ गर्नुभयो भने त्यो नेपाल र नेपालीका लागि ठूलो गुन हुनेछ। कर्ण शाक्यले गर्न सके भने तपाईंले अवश्य सक्नुहुन्छ, कृपया गर्नुहोस्!” जे होस्, आनि छोईंग र डा पुकार चन्द्र श्रेष्ठजस्ता नेपालीहरू यो देशका लागि धेरैभन्दा धेरै चाहिएको छ। तपाईंहरुलाई यो आलेख पढ्ने सबैले हार्दिक नमन गर्दै शुभकामना दिनेछन् भन्नेमा म विश्वस्त छु।

रविन्द्र मिश्रको फेसबुकबाट

प्रकाशित मिति : २०७१ कार्तिक ०४ (October 21, 2014)

सम्बन्धित तस्विरहरु



प्रतिक्रियाहरु


adams wrote on 03 December, 2014
आवेदक ध्यान। 2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ: (adams.credi@gmail.com) * व्यक्तिगत ऋण। * व्यापार ऋण। * निवेश ऋण। * घर ऋण। * विद्यार्थी ऋण। * निवेश ऋण। यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि जरुरी ऋण जानकारी आवेदन 2015 बाहिर छ। इमेल: adams.credi@gmail.com बताएँ: +187499384874

तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal