LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

क्याप्टेन बेद उप्रेती

सात समुन्द्रपारी हवाईजहाजको 'ककपीट' मा बसिरहँदा पनि क्याप्टेन बेद उप्रेतीलाई जन्मथलो सुदूरपश्चिमको याद आईरहन्थ्यो। 

 ५० वर्षअघि कैलालीको सदरमुकाम धनगढी नजिकैको बेलादेवीपुर गाविस बाँसखेडामा जन्मिएका उप्रेतीलाई जन्मथलोका लागि केही गर्नुपर्छ भन्ने सोच आईरहन्थ्यो।
 
तर, उनको दिमागमा जन्मथलोका लागि के गर्ने? भन्ने बारेमा योजना फुरेको थिएन। केही महिना अघि हेलिकोप्टरबाट त्रिभुवन विमानस्थलमा झर्दै गर्दा उनको आँखा विमानस्थलमा थन्किएको 'एयरक्राफ्ट' मा पर्‍यो। 
 
तुरुन्तै उनको दिमागमा एउटा योजना बन्यो। जन्मथलो सुदूरपश्चिममा सम्भवतः विश्वमै नभएको 'एयरक्राफ्ट म्युजियम' बनाउने। विश्वका अन्य ठाउँमा रहेका म्युजियम भित्र एयरक्राफ्ट हुन्छन् तर उनको दिमागमा फुरेको योजनामा एयरक्राफ्ट भित्र म्युजियम थियो। 
 
'मैले अहिलेसम्म म्युजियम भित्र एयरक्राफ्ट देखेको छुँ' उनले भने–'तर एयरक्राफ्ट भित्र म्युजियम देखेको छैन।'
 
उनी त्यही योजनालाई साकार पार्न विमानस्थलमा थन्किएको कस्मिक एयरको एयरक्राफ्ट खरिद गर्न सफल भए। एक सय सीट क्षमताको त्यो एयरक्राफ्ट तीन टुक्रा पारेर ट्रकमा लोड गरी स्थलमार्ग हुँदै धनगढी लगेका हुन्।
 
१० वर्षसम्मका लागि जमिन भाडामा लिएर स्थापना हुन लागेको एयरक्राफ्ट म्युजियममा संसारमा अहिलेसम्म निर्माण भएका हवाईजहाजका करिव २ सय भन्दा बढि मोडेल र सुदूरपश्चिमको फोटो प्रर्दशनी राखिने योजना अनुसार नै कार्यक्रम बन्यो।
 
'राइट ब्रदर्सले निर्माण गरेको हवाईजहाजदेखि अहिलेसम्मको लेटेस्ट विमानका मोडल म्युजियममा राखिने छन्' पत्रकार सम्मेलनमा बोल्दै उनले भने–'हवाईजहाजका बारेमा अध्ययन गर्नुका साथै मनोरञ्जनका हिसाबले पनि म्युजियम उपयोगी हुनेछ।'
 
एयरक्राफ्ट म्युजियम सुदूरपश्चिमको पर्यटन विकासका लागि सहयोगी हुने विश्वास गरिएको छ। 
 
यो म्युजियम अवलोकनका लागि नेपाली मात्रै नभएर भारतीय नागरिक समेत आउने अपेक्षा गरिएको छ। 
 
'यो त नेपालीले मात्रै हैन। भारतीयले समेत हेर्न आउने छन्' उनले भने–'हामीले हवाईजहाजका बारेमा किताबमा पढेका मात्रै छौं। त्यसलाई आफ्नै आँखाले हेर्न पाईनेछ।'
 
पर्यटन क्षेत्रको विकासका लागि मात्रै हैन पूरानो एयर पोर्ट नजिकै स्थापना हुने संग्रालय समाजसेवामा समेत समर्पित हुने बताईएको छ।
 
क्याप्टेन उप्रेतीले एयरक्राफ्ट म्युजियमबाट भएको आम्दानी कैलालीका क्यान्सर प्रभावित व्यक्तिको उपचार र शैक्षिक विकासमा खर्च गरिने बताएका छन्।
 
'मलाई आम्दानीको कुनै आशा छैन' उनले भने–'यो नितान्त सेवाभावले गरिएको कर्म हो।'
 
उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले नजिकबाट क्यान्सर रोगलाई चिनेकोले अरु कसैले त्यसरी क्यान्सरलाई चिन्ने मौका नपाउन भनेर क्यान्सर प्रभावितको उपचारमा खर्चिने सोच बनाएको बताए। 
 
क्याप्टेन उप्रेतीले छिमेकी गाविस श्रीपुरस्थित शारदा निम्न माविबाट कक्षा ७ उत्तीर्ण गरेका थिए। सदरमुकाम धनगढीस्थित हालको पञ्चोदय उच्च माविबाट एसएलसी, कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसबाट आई एस्सी र भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्नातक गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमए समेत उत्तीर्ण गरेका छन्। 
 
अमेरीका र फ्रान्सबाट पाइलट कोर्ष पूरा गरेका उप्रेती हाल इण्डोनेसियाको लायन एयरलाइन्समा प्रशिक्षक पाइलटका रुपमा कार्यरत छन्। उनी दुई वर्षदेखि त्यहाँ कार्यरत छन्। 
 
विक्रम सम्वत २०४० सालमा सेकेण्ड लेफि्टनेन्टबाट तत्कालिन शाही नेपाली सेनामा जागीर सुरु गरेका उप्रेतीले त्यहाँ १२ वर्ष बिताए। सेनाको जागीर छोडेपछि उनले त्यसपछि ८ वर्ष नेकोन एयरको हवाईजहाज उडाए। 
 
नेकोन एयर बन्द भएपछि उनी विक्रम सम्वत २०६० सालमा प्रशिक्षक पाइलटका रुपमा भारतीय किङ फिसरमा आवद्ध भए। दुर्भाग्यवश किङ फिसर समेत बन्द भएपछि उनको यात्रा इण्डोनेसिया पुगेको छ। 
 
फोटोग्राफी र घुम्नका सोखिन उप्रेतीले हालसम्म विश्वका ७५ देश घुमिसकेका छन्। देशविदेश घुम्ने क्रममा उनले हजारौं तस्वीर क्यामेरामा कैद गरेका छन्। यो क्रममा उनी नेपालका थुप्रै रमणीय स्थललाई समेत क्यामेरामा कैद गर्न सफल भए। 
 
उनी हवाईजहाजको ककपिटमा बसेका बेला मात्रै हैन फोटोग्राफीका लागि हेलिकोप्टर चार्टर गरेर समेत निस्कन्छन्। 
 
'धेरै पटक हेलिकोप्टर चार्टर गरेर फोटो खिचेको छुँ' उनले भने–'अब केही समय भित्र सुदूरपश्चिमका हिमालको फोटो खिच्ने योजना बनाउँदैछु।'
 
उनले फोटोग्राफीलाई समेटेर एक दर्जन भन्दा बढि पुस्तक प्रकाशित गरिसकेका छन्। उनका धेरै जसो पुस्तकमा नेपालको पर्यटकीय सम्भावना समेटिएको छ। 
 
एयरक्राफ्ट म्युजियम सञ्चालनमा आउन अझै केही समय लाग्नेछ। हवाईजहाजका सबै पाटपूर्जा जोड्ने समय लाग्ने भएकाले म्युजियम २०७१ भदौ महिनासम्म सञ्चालनमा आउने बताईएको छ।
 
म्युजियम सञ्चालनमा आउदासम्म करिव सवा करोड खर्च हुने उप्रेतीले बताए। म्युजियम सञ्चालनमा आए कम्तिमा २० जनाले रोजगारी पाउने बताईएको छ। 
 
साभार: सेतोपाटी
 
प्रकाशित मिति : २०७१ भाद्र २४ (September 09, 2014)

प्रतिक्रियाहरु


adams wrote on 03 December, 2014
आवेदक ध्यान। 2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ: (adams.credi@gmail.com) * व्यक्तिगत ऋण। * व्यापार ऋण। * निवेश ऋण। * घर ऋण। * विद्यार्थी ऋण। * निवेश ऋण। यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि जरुरी ऋण जानकारी आवेदन 2015 बाहिर छ। इमेल: adams.credi@gmail.com बताएँ: +187499384874

तपाईको प्रतिक्रिया

Advertise with us

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal