LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

मेनुका थापा

लो प्रोफाइलमा बस्न रुचाउने मेनुकाले तँ आँट् म पुर्‍याउँछु भन्ने उक्तिलाई सार्थक तुल्याएकी छिन् । उनी लोकपि्रयताबाट टाढै रहन रूचाउँछिन् । धनी बन्न नभएर समाजका विकृति, विसंगति हटाउन तथा महिलाका लागि सशक्त र समुन्नत वातावरण बनाउन विगत एक दशकदेखि कार्यरत मेनुका थापा एउटा कालखण्डबाट आफूलाई पार गरेर आएकी यस्ती योद्धा हुन् जसले हजारौं महिलालाई सीप, शिक्षाका अतिरिक्त डरलाग्दो परिस्थितिबाट बाहिर निकाल्ने काम गरेकी छिन् । सहरमा अव्यवस्थित रूपमा खुलेका रेस्टुराँ, डान्स बार, मसाज पार्लरलगायत जोखिमपूर्ण स्थानमा कार्यरत महिलाहरूको अध्ययन एवं अनुसन्धान गरी त्यहाँ कार्यरत ९० प्रतिशत महिलालाई आयमूलक र सीपमूलक तालिम कार्यक्रममार्फत पुनस्र्थापना गराउने काम गर्दै आएकी मेनुका आफ्नो कार्यमा दृढतापूर्वक लागेकी छिन् ।

बाल्यकालमा आमाले भनेका शब्द अझै मेनुकालाई हेक्का छ-'नानी, ढुङ्गाले हान्नेलाई फूलले हान्नुपर्छ, सहनशील मान्छे सधंै महान् हुन्छ ।' तर बाल्यकालदेखि नै उनी यस विपरीत थिइन् । उनी सधैं सोच्थिन्-ढुङ्गाले हान्नेलाई किन फूलले हान्नू ? बरू परिआएको खण्डमा फूलले हान्नेलाई पनि ढुङ्गाले हान्न सक्ने साहस हुनुपर्छ ।

बाल्यकाल

मेनुका गर्भमै हुँदा पिता पदमबहादुर थापाको मृत्यु भएको थियो । श्रीमान्को मृत्युबाट आहत आमा रामकुमारीले सधैं रोइरहने क्रममा, मानसिक सन्तुलन गमाइन् । तैपनि मेनुका जन्मिन् अनि हुर्किन् पनि । ७ दिदी तथा १ दाइमध्येकी सबैभन्दा कान्छी मेनुका छोरा जन्माउने थापा परिवारको आशाकी उपज हुन् । गर्भमा छँदा बाबु मरेकाले जन्मदै उनलाई बाउ टोकुवी भन्दै अलच्छिनीको संज्ञा दियो समाजले । काकाहरूले उनीहरूलाई बाबुको सम्पत्तिबाट  वञ्चित गराए । काभ्रे जिल्लाको पाटीखर्कको यो यथार्थ कथाकी पात्र मेनुका भन्छिन्-अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण घरमा खाने अन्न हुँदैनथ्यो । दिदीहरूको भनाइअनुसार आमाको यो मेरी छोरी हो भनेर चिन्न सक्ने अवस्था थिएन । रोएका बेला दूध खान अरूले लगेर आमाको काखमा राखिदिनुपथ्र्यो । दिदीहरू मेलापात जान्थे, दिउँसो खान दिएको खाजा ल्याएर बेलुका उनलाई ख्वाएर सुताउँथे । जब उनका बाबु मरे गाउँका केही उच्छृंखल व्यक्तिले थापाका ७ वटा सस्ता छोरी घिच्याउने हो, क-कसलाई स्वास्नी चाहिएको छ ? भन्ने जस्ता अपशब्दसम्म बोलेका थिए रे ।

मेनुका विगतका भयावह दिन सम्झदै भन्छिन्-'मैले देखेकी मात्र होइन भोगेकी पनि छु ती दिन । मेरा दिदीहरू आफूलाई दिएको खाजा ल्याएर मलाई दिन्थे, आफूहरू भोको पेटमा पटुका कसेर बस्थे । जब कि उनीहरूले दिनभरि अरूकहाँ काम गर्नुपथ्र्यो ।' त्यस्तो अवस्थामा पनि दिदीहरूले मेनुकालाई पढाए । उनी पनि सानैदेखि तिक्ष्ण बुद्धिकी थिइन् । उनले जहिलेदेखि पढ्न थालिन् त्यति बेलादेखि उनका लागि कापी, कलम किन्नै नपर्ने भयो । हरेक क्रियाकलापमा प्रथम भए बापत प्राप्त पुरस्कारले नै उनको पढाइ खर्च धानिन्थ्यो । मेनुका भन्छिन्-'कापी, कलम, किताब, लुगाफाटो आफ्नै पैसा खर्च गरेर किन्नुपरेको भए म पढ्नै सक्दिनथें । किनभने हाम्रो त्यो अवस्था नै थिएन ।' पाटीखर्ककै श्री कालिका प्रा.वि. बाट ५ कक्षा उत्तीर्ण गरेकी मेनुकाले श्रीराम मा.वि. खोपासीबाट एस.एल.सी. उत्तीर्ण गरिन् । 

युवावस्था

बुवाको मृत्युका कारण असन्तुलित आमा रामकुमारी चेन स्मोकर भइन् । दुःख बिर्सन चुरोट तान्ने नशा बसेको थियो उनमा । यता मेनुका एस.एल. सी. पछि कलेज पढ्ने सपना बुन्न थालेकी थिइन् । उनमा चढ्दो बैससँगै सहर हेर्ने, धेरै पढेर ठूलो मान्छे बन्ने रहर बढ्दो थियो । उक्त रहर झाँगिन थालेका बेला उनको जीवनमा अर्को आँधीबेहरी आयो । ०५२ सालमा आमाको मृत्युपछि उनी करिब २ वर्षसम्म केही गर्न नसक्ने भइन् । समय बित्दै जाँदा सोच आयो मरेको मान्छेको शोकमा डुबेर आफ्नो जीवनलाई किन शोकमग्न बनाउने ? अब म आफैंले केही गर्नुपर्छ । उनलाई उच्च शिक्षा हासिल गर्ने लालसाले छोडेको थिएन तर बनेपा, धुलिखेल जस्ता काभ्रेका सहरी क्षेत्रमा कोठा लिएर बस्न सक्ने स्थिति पनि थिएन । अब के गर्ने ? उनी बेचैन हुन थालिन् । उनलाई थाहा थियो काठमाडौंमा उनका थुप्रै आफन्त उच्च ओहोदामा छन्, वरिष्ठ राजनीतिज्ञ पनि छन्, तिनले त पक्कै सहयोग गर्छन् । हारगुहारका लागि उनी काठमाडौ आइपुगिन् । छैनन् गेडी सबै टेढी भनेझैं आफन्तहरू कसैले न वास्ता गरे न त आफ्नोपन नै देखाए, बरू उल्टो दुव्र्यवहार गरे । उनी बाटोमा हिँड्दा टक्क अडिएर रेडियोको आवाज सुन्थिन् । रेडियोबाट तपाईं यदि कुनै आपत्-विपत्मा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् हामी तपाईंलाई सहयोग गर्छौं...भन्ने जस्ता नारा घन्किन्थे । त्यसैको विश्वास गरी उनी कयौं एनजिओ धाएकी छिन् तर सबैले तिमी हाम्रो मापदण्डभित्र पर्दिनौ भनेर फर्काइदिन्थे । त्यसपछि उनलाई यस्ता संघ-संस्थाप्रति विश्वास लाग्न छाड्यो । यति मात्र होइन, सत्य कुरा कसैले पत्याउँदा रहेनछन् भनेर उनको मन दुख्यो । उनका साथीहरू डाक्टर, इन्जिनियर पढ्दै थिए तर उनी गायन पढ्ने इच्छाका साथ सडकमा भौँतारिरहेकी थिइन् । सानैदेखि गायिका बन्ने रुचि राख्ने मेनुकाको साथमा सधैं रेडियो हुन्थ्यो । उनी अरुणा लामा, तारा थापा तथा तारादेबीका गीत मन पराउँथिन् । दिनभरि सडकमा भौँतारिने अनि राति गि्रन लेज बैंक -हालको स्ट्यान्डर्ड चार्टड) को पेटीमा सुत्थिन् उनी । बाल्यकालमा आफूले पनि त्यस्तै दुःख पाएका बुद्ध एयरका चिफ इन्जिनियर मोहनबहादुर थापा उक्त बैंकमा कारोबारका लागि प्रायः आइरहँदा मेनुकालाई देख्थे । एकदिन उनले उनीसँग सबै कुरा सोधे । आफ्नै गोत्रकी भएकीले छोरी बनाएर लाने र फेल नहुने सर्तमा पढाउने वाचा गर्दै स्वरूप पद्म कन्या क्याम्पसमा संगीत विषयमा भर्ना गरिदिए । मेनुकाले भने सहरमा छोरी बनाएर बालबालिका बेच्छन् भन्ने सुनेकी थिइन् । त्यसैले उनलाइ पूर्ण विश्वास थिएन । मोहनकी श्रीमती मन थापाको मायालु व्यवहारले मेनुकालाई विश्वास गर्न बाध्य बनायो । फलस्वरूप उनी थापा दम्पतीसँगै बस्न थालिन् । 

 

संघर्ष

मेनुका गाउँमै छँदाकी एउटी साथी काठमाडौंमा गार्मेन्टमा काम गर्छु भन्थिन् । एकदिन अचानक तिनै साथीसँग जम्काभेट भयो । उनलाई भेटेपछि थाहा भयो उनी त गार्मेन्टमा नभएर क्याबिनमा काम गर्थिन् । उनैमार्फत मेनुकाले क्याबिनका विषयमा अध्ययन गर्ने अवसर पाइन् । पद्म कन्यामा उनको संगीतको शिक्षा निरन्तर थियो फेल भइयो भने पढ्ने अवसर पाइँदैन त्यसैले मैले आफ्ना लागि आफैंले केही गर्नुपर्छ भन्ने धुनमा पनि थिइन् उनी । थापा पद्म कन्या स्ववियुले आयोजना गर्ने हरेक कार्यक्रममा गीत गाउन थालिन् । इच्छा राख्नुपर्छ यो संसारमा असम्भव भन्ने कुरा केही छैन भनेझैं सञ्चारकर्मी रूपा विमल कता-कताबाट उनको सम्पर्कमा आइन् । उनले मासिक १ हजार तिरिदिएर उनको क्षमताको थप निखारका लागि मधुरिमा कला केन्द्रमा भर्ना गरिदिइन् । त्यहाँ मेनुकाले १ वर्ष संगीत सिकिन् । काम गर्दै अध्ययन पूरा गर्न पाए हुन्थ्यो भन्ने सोच राख्ने मेनुका पद्म कन्याकी त्यसबेलाकी स्ववियु सभापति विनीता अधिकारीमार्फत उनको आफन्तको दोहोरी साँझमा मासिक ५ हजार ५ सयमा काम गर्न थालिन् । 'महिला नै महिलाको समूहमा जन्मिएर हुर्किएकी हुनाले मेरो अगाडि कुनै पनि महिलाको अपमान असह्य हुन्थ्यो । दोहोरीमा गायिका भएर काम गर्दा त्यहाँ कार्यरत अन्य वेटर बहिनीहरूलाई ग्राहकले छोएको, जिस्काएको तथा अनावश्यक हात लगाएको देख्दा यो महिलामाथि हुने हिंसा र दुव्र्यवहार हो भन्ने लाग्यो । यो सहनु हुँदैन भनेर उनीहरू सबैलाई झकझक्याउँदै जाँदा उनीहरू पनि आफ्नो पहिचान एवं स्थान बुझ्न सक्षम हुन थाले फलस्वरूप यस्तो अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ भन्नेमा पुगे ।' आफू आज कसरी यत्तिको सशक्त भएँ भन्ने रहस्योद्घाटन गर्दै मेनुका भन्छिन्-'पहिले म आफूलाई संसारकै अभागी र बेसहारा मान्थें । जब मैले त्यहाँ अन्यायमा परेका दिदी-बहिनीलाई भेटें, उनीहरूको कथा-व्यथा सुनें अनि उनीहरूका अगाडि मेरो दुःख केही होइन जस्तो लाग्यो । कोही यहाँ काम गरेर मेरो परिवार पालेकी छु भन्थे त कोही बच्चालाई राम्रो स्कुल पढाउन यो दुःख गर्नुपरेको छ भन्थे । म त आफ्ना लागि मात्र बाँचिरहेकी रहेछु भन्ने बोध हुन थाल्यो मलाई । उनीहरू त अर्काका लागि दुःख सहने मभन्दा कयौं महान् छन् भन्ने लाग्यो । साथै उनीहरूप्रतिको सामाजिक हेय भावनाले मनभित्र उथलपुथल ल्यायो, म आन्तरिक द्वन्द्वको भुमरीमा फसेँ ।'  म एकल प्रयासमा चाहेर पनि उनीहरूका लागि केही गर्न सक्ने अवस्थामा थिइन । सेवा नै धर्म हो, बाँडेर खान सिक्नुपर्छ भन्ने उनकी आमा र दिदीहरूको उपदेश उनलाई त्यतिबेला काम लाग्यो । त्यहाँ काम गर्नेमध्ये अधिकांश महिला पढ्ने इच्छा जाहेर गर्थे । निरक्षरलाई साक्षर हुने तथा साक्षरलाई शिक्षित हुने चाहना थियो त्यहाँका प्रायः महिलामा ।

त्यसपछि उनी तिनै महिलाहरूका लागि थापा दम्पतीकहाँ नबसेर अलग्गै कोठा लिएर बस्न थालिन् ।  प्रत्येक हप्ता बिदाको दिन उनी आफू बस्ने कोठामा ती महिलालाई जम्मा पारेर पढाउँथिन् । यसै क्रममा गौशाला, भीमसेनगोला आदि ठाउँका डान्स बार, क्याबिन तथा रेस्टुराँ आदिमा जोखिमपूर्ण काम गरिरहेका अन्य दिदीबहिनीहरू पनि सम्पर्कमा आउन थालें । जमात ठूलो हुँदै गयो । उनीहरूको मेनुकाप्रतिको व्यवहार, आस्था र विश्वास फराकिलो हुँदै गयो । उनीहरूकै सहयोगमा उनले वि.सं. २०६० सालमा रक्षा नेपाल नामक सामाजिक संस्था स्थापना गरिन् ।  

 

मेनुकाको मुख्य काम

कुनै पनि नेपाली नारीले एक गासका लागि आफ्नो अस्तित्व दाउमा लगाउनु नपरोस् भन्ने उद्देश्य राखेर स्थापना कालदेखि नै महिलालाई आर्थिक एवं मानसिक रूपमा सबल र सशक्त बनाउँदै आएको रक्षा नामक संस्थाले एउटी महिला शिक्षित तथा सक्षम भइन् भने उनका भोलिका सन्ततिले पनि तिनको जस्तो नियति भोग्नु पर्दैन भन्ने लक्ष्यअनुरूप आजका महिलालाई सबल बनाउने काम गर्छ । मेनुकाकै अवधारणामा महिलालाई शैक्षिक एवं आर्थिक रूपमा सक्षम बनाउन सकियो भने मात्र समाजबाट महिला हिंसा अन्य हुन्छ भन्ने सोचका साथ शिक्ष्ाा र सीप प्रदान गर्ने एउटा नौलो आयामको सुरुवात भयो । त्यस्ता जोखिमपूर्ण ठाउँमा काम गर्ने ९० प्रतिशतभन्दा बढी महिलाले वैकल्पिक मार्ग खोजिरहेको अवस्थामा उनले हालसम्म सयौं महिलालाई शिक्षित बनाउनुका साथै आर्थिक रूपमा आत्मनिर्भर पनि बनाइसकेकी छिन् । उनीहरूलाई तालिम दिने, विभिन्न कार्यशालामा पठाएर भित्रैदेखि सशक्त र बोल्न सक्ने बनाउने तथा सीप सिकाउने काममा उनी रातदिन खटेर लागिन् । हाल अधिकांश महिला उनीहरूकै जन्मथलो फर्किएर आफ्नो सीप विस्तार गरिरहेका छन् भने कतिपय महिला रुटका माइक्रोबस चलाउने, आफूले पढेको कुरा अरूलाई पढाउने, कपडा सिलाउने, प्लम्बिङ गर्ने आदि काममा उपत्यकामै व्यस्त छन् ।

हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवाकै उद्देश्यले चलाइरहेकी छिन् । ती सबैमा पुनस्र्थापित महिला कामदार छन् । एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ । 'बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान' भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन् । उनले सञ्चालन गरेको पुनस्र्थापना गृहमा हाल घरेलु एवं यौनजन्य हिंसापीडित २० जना महिला तथा ९ जना बालबालिका छन् । केटाकेटीको पठनपाठनमा उनी आफै खटिरहेकी छिन् । २० जना महिला आफ्नै रुचिका विभिन्न तालिम सकेर पुनस्र्थापना हुने तयारीमा छन् । उता रक्षा श्री सहकारीद्वारा ११ सयभन्दा बढी महिला लाभान्वित छन् भने २ वटा विद्यालयमार्फत ६ सयभन्दा बढी महिलाले शिक्षा लिइरहेका छन् । त्यसका लागि नेपाल सरकारले पाठ्यक्रममा सघाएको छ । उनीहरूको पाठ्यक्रम छोटो समयमै एस.एल.सी. उत्तीर्ण गर्न सकिने खालको छ । भविष्यमा पचहत्तरै जिल्लामा काम गर्ने लक्ष्य लिएकी मेनुका हाल काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, मकवानपुर, नेपालगञ्ज, सिन्धुली आदि एक दर्जन जिल्लामा लागि खटिइरहेकी छिन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको युएन एड्सकी साउथ यसियन युथ लिडर मेनुका एच.आइ.भी. तथा एड्स रोकथामका कार्यक्रममा पनि सक्रिय छिन् । सुरेश अधिकारीको संगीतमा छिट्टै सोलो एल्बम सार्वजनिक गर्ने तयारीमा व्यस्त मेनुका बहुप्रतिभाशाली छिन् । उनीसँग स्वरको जादु छ, सशक्त व्यक्तित्व छ अनि अझै अरूका लागि केही गर्नुपर्छ भन्ने सामाजिक भावना छ ।
- नारि

प्रकाशित मिति : ( , )

प्रतिक्रियाहरु


adams wrote on 03 December, 2014
आवेदक ध्यान। 2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ: (adams.credi@gmail.com) * व्यक्तिगत ऋण। * व्यापार ऋण। * निवेश ऋण। * घर ऋण। * विद्यार्थी ऋण। * निवेश ऋण। यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि जरुरी ऋण जानकारी आवेदन 2015 बाहिर छ। इमेल: adams.credi@gmail.com बताएँ: +187499384874

तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal