LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

दिक्षा चापागाई

डा.गोपाल पौड्याल

समाज सेवाको क्षेत्रमा एउटा उदाहरण हुन् दिक्षा चापागाई । उनले पबित्र समाजसेवा नेपालको अध्यक्षका रूपमा रहेर हिंसापीडित, सडकमा मिल्काइएका र ओडारमा बस्न बाध्य वृद्दबृद्दाहरु तथा सडक बाल बालिकाहरुलाई र समाजबाट अपहेलित नेपाली महिलाका क्षेत्रमा अतुलनीय काम गरेर संसार भरिका नेपालीहरुको मन छुन सफल भएकी छन् ।

दीक्षाले कुनै जात धर्म, उमेर, लिङ्ग आदि कहिल्यै हेरिनन । सबैलाई समान ब्यबहार गरिन । "सबैको रगत रातो हुन्छ भने यो बेकारको भेदभाब किन?" - भन्छिन दिक्षा चापागाई । पबित्र मानबिय भावनाले पबित्र समाजसेवा नामक सामाजिक संस्था खोलेर नेपाली सडक बालबालिकाहरुको उद्धार, हिंसापीडित महिलालाई सहयोग, अनाथ बालबच्चाहरुको स्याहारसुसारजस्ता मानवीय काम गर्ने दीक्षालाइ हामी सबै नेपालीले सहयोग गर्नु हाम्रो कर्तब्य हो । यसमा हामी सबै नेपालीले र खासगरि हाम्रा महिला दिदीबहिनीले गर्ब गर्ने कुरा हो ।

दिक्षा चापागाईलाइ बैदेशिक रोजगारीमा जाने नेपालीहरुको बारेमा सोध्दा मन दुखाउदै भनिन, "जुनसुकै कामको पनि मिहिनेत, लगनशील भएर काम गर्‍यो भने त्यसबाट अवश्य पनि सफलता मिल्छ । हाम्रा धेरै दिदिबहिनिहरु तथा दाजुभाइहरुले स्वदेशमा गर्न नसकेको सफलता बिदेशमा हासिल गर्नु भएको छ । म यो कुरामा गर्ब गर्दछु । उहाहरुको सफलताले नै म जस्तो समाजसेवामा लाग्ने नारीलाई हौसला मिलेको छ । उहाहरुले कमाएको केहि अंश हामीलाई दान दिन मन गर्नु हुन्छ र हाम्रा बाल बच्चाहरुले राम्ररी खान पाएका छन् । हुन त विभिन्न बाध्यताले बिदेसिएका नेपाली दिदीबहिनीहरू पनि पीडित भएका छन् । घरेलु कामदारको रूपमा खाडी मुलुक पुगेका नेपाली चेलीबेटीहरू कतिले घरमालिकको यौन दुव्र्यवहार सहेर, खान नपाएर आफ्नो दुःख व्यथालाई लुकाएर बसिरहेका हुन्छन् । आफ्नो घर र्फकन पनि उनीहरूसँग खर्च हुँदैन । यता आएर पनि के गर्ने हाम्रो गाउँघरमा पैसा कमाउन गएकी यसरी आई भनेर कुरा काट्ने सिवाय अरू केही हुँदैन । कतिपयले यही सोचेर आत्महत्या पनि गरेका छन् । यो सब अशिक्षा र गरिबीको कारणले हो भन्ने मलाई लाग्दछ ।"

दिक्षा भन्छिन- अब नेपाली चेलीबेटीले यस्तो कार्य गरेर भूल गर्नु हुँदैन । मन कसिलो बनाउनुपर्छ । विदेशमा रहेका नेपाली चेलीबेटी सन्तुष्टिमा भए ठीक छ, नत्र मन मारेर हरेस खाने नगरौं । आफूलाई कुनै समस्या पर्‍यो या संकट आइलाग्यो भने सहयोग र समस्या समाधानका लागि अरू साथीहरूलाई भनौं । विभिन्न संघ संस्थामा खबर गरौं । संघसंस्था भन्नु नै यस्तै बेलाका लागि चाहिने हो ।

घरेलु हिंसाबाट निकै पीडित महिलाहरूले आफ्नो दुःखलाई लुकाइराखेका हुन्छन् । शिक्षित हुन् या अशिक्षित धेरै महिलामा यस्तो अवस्था रहेको पाइन्छ । पढेलेखेकी महिलाले अफिसमा काम गर्न थाल्दा धेरै किसिमका समस्या झेल्नुपर्ने हुन्छ ।

कतिपय घरपरिवारलाई घरभन्दा बाहिर काम गर्न थालेको मन पर्दैन । अशिक्षित महिलाले काम गरेर कमाइ गर्न नसकेको भनेर अर्को पीडा खप्नुपर्ने अवस्था पनि छ । यस्ता खालका पीडाले नेपाली महिलालाई सधैं सकस पारेको हुन्छ ।  बालबच्चाको पीडादेखि हिंसापीडित महिलाका क्षेत्रमा काम गर्न पाउदा मलाई खुशी लागेको छ र अझै एस्तो अवसर मिलोस भन्ने मेरो चाहना छ । दिक्षाका यी कुरा सुन्दा मेरा आखा रसाए । उनले सामाजिक क्षेत्रमा गरेको योगदानका लागि हामीले कदर गर्दै अब आउने CNN Hero मा नोमिनेसन गराउने काम हामीले गर्नु पर्छ भन्ने मेरो अनुरोध हो । दिक्षा जस्ता दिन रात खटेर सेवा गर्ने समाज सेवी को सदैव र सबैले प्रशंसा गर्नुपर्छ । उनको कदम अब विदेशमा रहेका पीडित नेपाली चेलीबेटी, पोका बिस्कुटमा देह ब्यापार गर्न बाध्य बादी महिलाहरु र अविवाहित चेलीका बालबच्चातर्फ लागोस्, यही शुभकामना ।

प्रकाशित मिति : २०७१ वैशाख १८ (May 01, 2014)

प्रतिक्रियाहरु


adams wrote on 03 December, 2014
आवेदक ध्यान। 2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ: (adams.credi@gmail.com) * व्यक्तिगत ऋण। * व्यापार ऋण। * निवेश ऋण। * घर ऋण। * विद्यार्थी ऋण। * निवेश ऋण। यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि जरुरी ऋण जानकारी आवेदन 2015 बाहिर छ। इमेल: adams.credi@gmail.com बताएँ: +187499384874

तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal