LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

गगन थापा

काठमाडौ | राजाराम गौतम

दुई दशकअघिको एउटा समय यस्तो थियो, जुन बखत गगन थापा त्रिचन्द्र क्याम्पसको उत्तर कुनामा रहेको बास्केटबल कोर्टभित्रै रमाउँथे । तिनताका किशोरवयका गगन साथीभाइमाझ ‘राम्रो स्कोर’ गर्ने खेलाडीका रूपमा परिचित थिए । दुई दशकपछि उनको परिचयले बास्केटबल कोर्टको घेरो नाघेर राष्ट्रिय छवि निर्माण गरेको छ । उनी गतिलो सम्भावना बोकेका राजनीतिक नेताका रूपमा दरिएका छन् । 

भविष्यको आँकलनसम्म गर्न सकिन्छ, ठोकुवा गर्न सकिँदैन । गगनको राजनीतिक जीवन पनि कसरी अगाडि बढ्छ, त्यो भविष्यमै थाहा होला । वर्तमानको कुरा गर्दा चाहिं भन्न सकिन्छ, उनी औधि चर्चा, आकर्षण र सम्भावना बोकेका राजनीतिज्ञ हुन् । 

‘कान्तिपुर वर्षका दश’ मा गगन थापालाई मनोनयन गर्दै एकजना मनोनयनकर्ता (जुरी) राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले लेखेका थिए, ‘गगनलाई रोज्नुमा उनले बनाएको छवि र सुरक्षित राख्न सकेको जनविश्वास हो । गत संविधानसभामा उनले पाएको मत यसको आधार हो । साथै, यो अभिमत भविष्यको भरोसातर्फ पनि लक्षित देखिन्छ ।’

गत मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रतिद्वन्द्वी एमाओवादी उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ लाई निकै मतान्तरले पराजित गर्दै काठमाडौंको क्षेत्र नं ४ बाट सभासद चुनिएका गगन यतिखेर प्रा. खनालले ठम्याएजस्तै आशा र भरोसाका पात्र बनेका छन् । नेपाली राजनीतिमा कुशल नेतृत्वको खडेरी परेको र आशामुखी नजरले हेरिएका कतिपय शीर्ष पुस्ताका नेताहरूको छवि स्खलित भइरहँदा थापा नयाँ पुस्ताका एक प्रतिनिधिका रूपमा उदाउ“दै गरेका छन् । 

नेपाली राजनीतिको केन्द्रीय नेतृत्वमा यतिबेला ६० वर्षको हाराहारी र त्यसमाथिकै पुस्ताको हालीमुहाली छ । राजनीतिका अनेक अनुभव भएका र धेरै ‘भोटा फटाएका’हरू सत्ता राजनीतिमा प्रभावी छन् । संगठन र राज्यसत्तामा बलियो पकड जमाउने नेताहरूको सूचीमा गगन सायदै पर्लान् तर जनसाधारणको एउटा ठूलो तप्का उनको कुरा सुन्न चाहन्छ । आमनिराशाबीच ‘केही हुन्छ कि’ भन्ने अपेक्षा पनि राख्छ । आखिर उनले आफूप्रति यो विश्वास र आकर्षण कसरी पैदा गर्न सके ? उनमा त्यस्तो के खुबी छ, जसकारण अग्रज र समकालीनलाई छायामा पार्दै उनी अगाडि 

निस्कन सके ? 

‘नेता बन्न अरूले जस्तो उसले परम्परागत मान्यता अँगालेन, सबैखाले परम्परागत प्रवृत्तिविरुद्ध उभियो र सबै मञ्चहरूमा आफूलाई पृथक् देखाउने खोज्यो, जसले उसको पहिचान पनि भिन्न बनायो,’ उनैका एक समकालीन नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल भन्छन्, ‘समयलाई चिन्न सक्ने, गरेको कामको जस लिन जान्ने, प्रस्ट र रणनीतिमूलक ढंगले चल्न सक्ने भएकाले गगन आज यो 

ठाउँमा आइपुगेको हो । लिड गर्ने क्षमता त ऊ सानैदेखि राख्थ्यो ।

---------------

प्रदीप पौडेल र गगन थापाबीच औपचारिक चिनजान भएको २०४६ सालको जनआन्दोलनका बेला हो, जतिखेर यी दुवै बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलमा पढ्थे । प्रदीप कक्षा १० मा पढ्थे भने गगन ९ मा । वनस्थलीका नेविसंघ इकाई सभापति प्रदीपस“गै गगन पनि आन्दोलनमा उत्रिए । त्यो आन्दोलनले गगनमा राजनीतिक चेत जगाएको थियो । उनका बुवा सरकारी जागिरे (इन्जिनियर) भए पनि कांग्रेस समर्थक थिए । 

गगन र प्रदीपबीच दोस्रो भेट भयो, अमृत साइन्स कलेज (अस्कल) मा । ०४८ सालमा गगन आईएस्सी पहिलो वर्ष पढ्न अस्कल पुगेका थिए । ‘स्ववियु चुनावका बेला कुन कक्षाका कुन विद्यार्थीलाई हात लिने भनेर बुझ्दै गर्दा आईएस्सी फस्ट इयरमा गगन भन्ने बडो तेज केटा आएको छ भनेर हामीबीच कुराकानी भएको म अहिले पनि सम्झन्छु,’ उसबेला आईएस्सी दोस्रो वर्षमा पढ्दै गरेका प्रदीप स्मरण गर्छन् । 

अस्कलमा गगन नेविसंघका गतिविधिमा सक्रिय त भए तर उनमा राजनीति नै गरेर नेता बन्ने सोच आइसकेको थिएन । स्कुलदेखि नै राम्रो विद्यार्थीको श्रेणीमा परेका उनको प्रस्ट लक्ष्य थियो, आईएस्सीमा राम्रो नम्बर ल्याउने, त्यसपछि मेडिसिन वा इन्जिनियरिङ पढ्ने । उनको परिवार, खासगरी बुवा पनि त्यही चाहन्थे । एसएलसीमा ८० प्रतिशत नम्बर ल्याएर आईएस्सी भर्ना भएका गगनले पहिलो वर्षको परीक्षामा राम्रो गर्न सकेनन् । र, ‘ड्रप’ गरेर पुनः पहिलो वर्षबाटै पढ्ने विचार 

गरे । ‘त्यो बेला पहिलो वर्ष राम्रो नहुँदा ड्रप गर्ने चलन थियो । मैले पनि ड्रप गरें,’ उनी भन्छन्, ‘तर घरमा बुवाले छोरो बरालियो भनेर चिन्ता गर्नुभयो र अब इन्जिनियरिङतिर जानुपर्छ भन्दै पुल्चोक इन्जिनियरिङ कलेजमा भर्नाको फर्म भरिदिनुभयो ।’ 

इन्जिनियरिङ कलेजमा उनले प्रवेश परीक्षा दिएर दोस्रो नम्बरमा नाम पनि निकाले । तर, उनलाई पुल्चोकमा पढ्ने रत्तिभर मन थिएन । उनी त्रिचन्द्रमा आईएस्सी दोहोर्याउन चाहन्थे । ‘त्यो बेला पुल्चोक क्याम्पसको इन्ट्रान्समा उत्कृष्ट अंक ल्याउने पाँच जनासम्मलाई छात्रवृत्ति दिन्थ्यो । मेरो दुई नम्बरमा नाम निस्केकाले मैले पनि पाएको थिएँ,’ उनी थप्छन्, ‘त्यही छात्रवृत्तिको रकमले मैले बुवालाई नभनी २०४९ मा त्रिचन्द्र क्याम्पसमा आईएस्सी पनि भर्ना भएँ ।’

दुवैतिर भर्ना भएको कुरा केही दिनभित्रै घरमा थाहा भयो । त्यसपछि बुबाले नै छोराको रुचिअनुसार त्रिचन्द्रमै पढ्न सुझाए । उनी दोहोर्याएर आईएस्सी पढ्न थाले । पहिलो वर्षमा राम्रो अंक आयो तर ०५१ मा दोस्रो वर्ष पढ्दै गर्दा फेरि विद्यार्थी राजनीतितिरै ध्यान तानिन थाल्यो । ‘०५१ सालमा एउटा संयोगले नेविसंघबाट म स्ववियु सदस्यको निर्वाचन लड्न पुगे जहा“ राम्रो मत ल्याएर चुनाव जितें,’ उनी भन्छन् ।

त्यो निर्वाचनको परिणामले गगनको इन्जिनियर बन्ने लक्ष्य मोडिदियो । उनी नजानिँदो हिसाबले राजनीतितर्फ आकृष्ट हुँदै गए । स्ववियु सदस्य भएर काम गर्न थालेपछि उनको सक्रियता स्ववियुका गतिविधिमा बढ्न थाल्यो । ‘स्ववियु सदस्य भएर काम गर्दैगर्दा ०५३ सालमा अर्को स्ववियु निर्वाचन आइपुगेछ, जहाँ मलाई स्ववियुको सचिवमा चुनाव लड्ने प्रस्ताव आयो,’ उनी भन्छन्, ‘तर त्यहाँ लामो समयदेखि स्ववियु गतिविधिमा लागेका सचिवमा काम गरेका हरि आचार्यमाथि अन्याय हुँदै गरेको देखेर मैले त्यसको विरोध गरें र आधिकारिक रूपमा आएको सचिवको प्रस्ताव अस्वीकार गरें ।’ 

आधिकारिक उम्मेदवारको प्रस्ताव छाडेर आचार्यको बागी प्यानलबाट सचिव लडेका उनले अत्यधिक मत ल्याएर जिते । ०५५ मा पुग्दा तिनै ‘बागी’हरू उनीविरुद्ध उत्रिए । त्यो बेलाको नेविसंघ केन्द्र गगनलाई सभापतिको आधिकारिक उम्मेदवार बनाउन चाहन्थ्यो तर नेविसंघका पूर्वसभापतिहरू उनको पक्षमा थिएनन् । त्यसैले उनीविरुद्ध बागी उठाइयो । अघिल्लोपटक बागी बनेर सचिव जितेका गगनले यसपटक नेविसंघको आधिकारिक उम्मेदवार भएर लडे र पुनः जिते । 

गगनलाई जित्ने आदत लाग्दै थियो । सायद त्रिचन्द्रको चौघेरामा मात्रै सीमित हुन उनलाई मञ्जुर थिएन । ०५७ मा चितवनमा नेविसंघको राष्ट्रिय अधिवेशनमा भाग लिन गएका गगनले त्यहाँ उपाध्यक्षको चुनाव लडे र जिते । विद्यार्थी संगठन होस् वा पार्टीमा चुनाव जित्न एउटा गुटको बलियो समर्थन चाहिन्छ भन्ने बुझाइ छ । उनका शुभेच्छुकले गुटको समर्थनबिना जित्न गाह्रो हुने भन्दै नउठ्न सल्लाह पनि दिएका थिए । तर गुटको समर्थन नभए पनि उनको चुनावमा प्रतिद्वन्द्वीसँग गठबन्धन गर्न र रणनीति बनाउन सक्ने खुबीका कारण उनले जितेको समकक्षीहरू सुनाउँछन् । 

नेविसंघको राजनीतिमा एकपछि अर्को खुड्किलो उक्ल“दै बढ्दै गए । ०५९ माघको वीरगन्ज महाधिवेशनमा गगन सभापतिको उम्मेदवारी घोषणा गरेर वीरगन्ज पुगेका थिए तर त्यहा“ गुरु घिमिरेस“ग सहकार्यमा अघि बढ्ने वातावरण बनेपछि महामन्त्रीमा बस्न राजी भए । प्रदीप पौडेल भन्छन्, ‘प्रतिकूल अवस्थालाई अनुकूल कसरी बनाउने भन्ने उसलाई थाहा छ । ऊ आफूलाई केन्द्रमा राख्छ र सफल बन्न कोसँग कहाँ गठबन्धन गर्नुपर्छ, उसलाई राम्रैसँग थाहा छ ।’

वीरगन्ज अधिवेशनपछि गगनको सक्रियता झन् बढ्यो । कारण, तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै आंशिक ‘कू’ गरेका थिए । राजा निरंकुशतातिर अग्रसर भइरहँदा त्यसविरुद्ध सशक्त खबरदारी त्यो बेलाको आवश्यकता थियो । गगनले त्यो बिँडो अरू थुप्रै विद्यार्थी संगठन र नेताहरूसँग सहकार्य गर्दै उठाए । त्यो त्यही बेला हो, जुन बखत गुरु र गगनहरूले सडकमा पहिलोचोटि गणतन्त्रको पक्षमा नारा लगाएका थिए । 

‘त्यस दौरान हामीलाई राजद्रोहको आरोप लगाएर पक्राउ गरियो । पछि पार्टीले संविधान मान्छु भन्ने बयान दिन लगाएपछि हामी त्यसैअनुरूप संविधान मान्छौं भन्ने बयान दिएर निस्कियौं,’ गगन सम्झन्छन् । सडकमा गणतन्त्रको नारा लगाएर पक्राउ परेका गगनको चर्चा अब विद्यार्थीमाझ मात्रै सीमित थिएन, अखबारका पानाहरूमा पनि उनको चर्चा हुन थाल्यो । त्यो चर्चा अझ धेरै त्यतिबेला चुलियो, जुनबेला उनको र सभापति गुरु घिमिरेको विवाद सतहमा आयो र कांग्रेस केन्द्रले नेविसंघ विघटन गरिदियो । यद्यपि गगन गलेनन् र पूर्वमहामन्त्रीका हैसियतले पनि सडकमा काम गर्न छाडेनन् । ‘पार्टीहरू अलोकप्रिय भएको समय थियो । आन्दोलनको माहोल बन्न सकेको थिएन तर म पदमा नरहे पनि सडकले मलाई जुन स्पेस दिएको थियो । त्यहीं बसेर म आन्दोलनमा सक्रिय हुँदै गएँ,’ उनी भन्छन् । 

आन्दोलनकै क्रममा ०६१ भदौमा उनलाई फेरि राजद्रोहको मुद्दा लगाइयो । यसअघि राजद्रोह मुद्दा लाग्दा संविधान मान्छु भनेर सम्झौता गरेर रिहा भएका गगनले यसपालि ‘गणतन्त्रवादी हुँ’ भन्ने जोखिम उठाए । केहीपछि तारेखमा छुटे । त्यही दिन पोखरामा नेविसंघको महाधिवेशनको उद्घाटन तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए । ‘गगनलाई विशेष अदालतले साँझतिर छोडेपछि भोलिपल्ट बिहानैको प्लेन टिकट बुक गरेर मलगायत केही साथी ट्याक्सीबाट त्यसै रात पोखरा पुगेका थियौं,’ गगनसँग निकट सम्बन्ध रहेका सुवोधराज आचार्य भन्छन्, ‘गगन सभापति लड्नुपर्छ भन्ने आमविद्यार्थीको चाहना थियो र उसको पक्षमा भोलिपल्ट ठूलो र्याली नै निस्किएको थियो ।’ संयोग कस्तो पर्यो भने, कोइराला काठमाडौं फर्कंदै गर्दा पोखरा एयरपोर्टमा गगनलाई लिन विद्यार्थीहरूको ठूलो समूह पुगेको थियो । ‘कोइरालालाई पुर्याउन आउनेभन्दा गगन लिन आउने भीड ठूलो थियो,’ सुवोध भन्छन् । स्मरणीय छ, कोइरालाले त्यसै दिन काठमाडौं हुँदै विराटनगर पुगेर गगनलाई दरबारियाको आरोप लगाएका थिए । 

गगन एकातिर तत्कालीन राज्यसत्ताले लगाएको आरोप खेप्दै थिए भने यता पार्टीभित्रैबाट पनि उनीविरुद्ध प्रहार हुन थालेको थियो । उनलाई सभापतिको उम्मेदवार हुन दबाब थियो र ठूलो विद्यार्थी समूह उनको पक्षमा देखियो । तर, उद्घाटन भइसकेको पोखरा महाधिवेशन भा“डियो । 

ललल

यता ज्ञानेन्द्रको निरंकुशतन्त्र अझ हाबी हुँदै गयो । २०६१ माघ १९ मा उनले पूरै शासनसत्ता आफ्नो हातमा लिए । राजनीतिक दलहरू तत्काल विरोधमा निस्कने अवस्था बनिसकेको थिएन । शीर्ष नेताहरूलाई घरमै नजरबन्द अवस्थामा राखिएको थियो । गगनले त्यो बेला भूमिगत रूपमा बसेर आन्दोलन अघि बढाउने काम गरेका थिए । ‘आन्दोलनका बेला गगन कहिल्यै एउटा ठाउ“मा बसेनन् । उनी सेल्टर परिवर्तन गर्दै हिंड्थे,’ बानेश्वरस्थित आफ्नो डेरामा आश्रय दिएका उनका साथी सुमित शर्मा भन्छन्, ‘एक दिन पुलिस आयो भनेर कौसीबाटै हामी सबै सारीको डोरी बनाएर भाग्नुपरेको थियो ।’

शीर्ष तहमा संसदीय शक्ति र माओवादीबीच समझदारी निर्माण ह“ुदै थियो । यता गगनजस्ता युवाहरूले आन्दोलनलाई सशक्त बनाउन ऊर्जाशील भूमिका निर्वाह गरेका थिए र अन्ततः राजाको निरंकुशतन्त्र ढलेर मुलुकमा नया“ परिवर्तन आयो । कुनै बेला गणतन्त्र नारा लगाएर राजद्रोही बनेका गगन र उनीजस्ता लाखौं जनसाधारणको गणतन्त्र सपना पूरा भएको थियो । 

नया“ राजनीतिक परिवर्तनपछि गगनको विगतको भूमिका विस्तार भएको छ । उनी विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा संलग्न छन् । क्षेत्रीय सभापति हु“दै बाह्रांै महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भए । पहिलो संविधानभसामा समानुपातिक तर्फबाट सभासद भए । दोस्रोमा अत्यधिक मतले निर्वाचित भए । अब कसरी अगाडि बढ्ला उनको राजनीति ? के छन् चुनौती ? 

राजनीतिक विश्लेषक डा. जुगल भुर्तेल गगनका लागि सबैभन्दा ठूलो चुनौती उनकै पार्टीभित्र रहेको ठान्छन् । ‘बाहिर जति लोकप्रियता बढ्दै जान्छ, त्यति नै पार्टीभित्र प्रतिकूलता थपिंदै जान्छ,’ उनी भन्छन्, ‘हिजोसम्म विद्यार्थी नेताले अब पार्टीभित्रका ठूला नेताको स्पेस खोज्न थालेपछि निश्चय पनि भित्रैको वृत्तबाट असहयोग र अवरोध गर्ने अवस्था आउन सक्छ । अब गगनले त्यसलाई रेसिस्ट गर्न सक्नुपर्छ ।’ अरू पार्टीमा पनि उनको प्रतिस्पर्धीहरू रहेकाले पार्टीभित्र र बाहिरको अवरोध र चुनौती सामना गर्न उनी तयार रहनुपर्ने निष्कर्ष भुर्तेलको छ । 

एमाले नेता एवं सभासद रवीन्द्र अधिकारी भने गगनले आफूलाई थप परिष्कृत गर्दै उच्च नैतिक मूल्य मान्यतासहित अघि बढाउन सक्नुपर्ने बताउ“छन् । ‘राजनीतिक नेतृत्वप्रति चरम निराशा र शून्यताको अवस्थामा गगन देखिए । उनी कांग्रेसमा गणतन्त्रको संवाहक बनेर देखिए, नया“ पुस्तास“ग अन्तरक्रिया गर्न सक्ने उनको खुबी छ । राजनीतिमा छिटो छिटो फड्को मारेका उनी एक सम्भावनायुक्त नेता हुन्,’ उनी भन्छन्, ‘अब यसलाई कायम राख्दै अघि बढ्न उनले आफूलाई क्षमता र ज्ञानको दायरालाई अझ परिष्कृत 

गर्दै लैजानुपर्छ ।’

स्वयं गगन पनि यो स्वीकार्छन् । ‘अब मैले ज्ञान र क्षमताको दायरा बढाउँदै पार्टीभित्र राय र प्रतिक्रियामा मात्रै सीमित नरही आफूले भनेको ठाउँमा पार्टीलाई पुर्याउने प्रयत्न गर्नुपर्छ,’ उनी भन्छन्, ‘मैले राखेको विचारलाई पार्टीको लाइनविपरीत भनिए पनि अन्ततः केही समयको अन्तरालमा पार्टी त्यहीं पुग्ने गरेको विगतको नजिरले देखाउँछ । त्यसकारण अब मेरो प्रयास मुद्दामा बोल्ने मात्रै होइन, कार्यकारी हैसियतमा नभए पनि त्यसलाई कार्यान्वयन गराउने तहमा अधिकतम दबाब सिर्जना गर्न केन्द्रित हुनेछ ।’ 

कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यचाहिं गगनको क्षमतालाई पार्टीले भरपूर उपयोग गर्नुपर्ने बताउँछन् । ‘निकै वर्षअघि मैले गगनलाई सरस्वती क्याम्पसको एक कार्यक्रममा चिनेको हुँ । म उनीप्रति आकर्षित हुनुको मुख्य कारण उनको वक्तृत्व क्षमता हो । ‘आफ्नो कुरा प्रभावकारी ढंगले राख्ने सामथ्र्य उनी राख्छन्,’ आचार्य भन्छन्, ‘केही जिम्मेवारी पाए पनि उनले अहिलेसम्म तोकिएको र विशेष खालको जिम्मेवारी पाएका छैनन् । उनका अहिलेसम्मका गतिविधि भूमिका हेर्दा प्रशस्त सम्भावना बोकेका नेताहरूको अघि आएका छन् । यद्यपि उनको सही ढंगले परीक्षण हुन बाँकी छ ।’ 

ईकान्तिपुर

प्रकाशित मिति : २०७० चैत ०८ (March 22, 2014)

प्रतिक्रियाहरु


adams wrote on 03 December, 2014
आवेदक ध्यान। 2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ: (adams.credi@gmail.com) * व्यक्तिगत ऋण। * व्यापार ऋण। * निवेश ऋण। * घर ऋण। * विद्यार्थी ऋण। * निवेश ऋण। यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि जरुरी ऋण जानकारी आवेदन 2015 बाहिर छ। इमेल: adams.credi@gmail.com बताएँ: +187499384874

तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal