LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

सुनिता दनुवार-मुम्बईको कोठीदेखि म्यागासेसे पुरस्कारसम्म

देबकी विष्ट

मुम्बईका कोठीमा बिताएका पाँच महीना सम्झदाँ अहिले पनि उनलाई राति निद्रा लाग्दैन, शरीर गल्छ र मन विरक्त हुन्छ । दैलेख कासीकाध गाविसमा १ साउन २०३४ मा जन्मिएकी सुनिता वन (दनुवार) ले वि.सं. २०५३ मा भारतको मुम्बईमा बिताएका ती दिन कथामा सुनिने र पढिने नर्कभन्दा कुनै हिसाबले कम त्रासदीपूर्ण थिएनन् । त्यही वर्ष भारतको महाराष्ट्र सरकारले १८ वर्षभन्दा कम उमेरकालाई वेश्यालयबाट उद्धार गर्ने निर्णय नगरेको भए उनले अरू कति समय त्यही नरकमा जीवन बिताउनुपर्दथ्यो भन्न सकिन्न ।

१४ वर्षको उमेरमा वेश्यालयमा पुगेकी सुनिता अहिले नेपाली चेलीहरूलाई वेश्यालय पुग्नबाट रोक्ने र वेश्यालय पुगेकाहरूको उद्धार र पुनस्र्थापना गर्ने अभियानको नेतृत्वकर्ता बनेकी छिन् । वेश्यालयबाट फर्केका उनी जस्ता मिलेर २०५७ मा स्थापना गरेको शक्ति समूहले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा प्रशंसा पाउँदै यो वर्ष एशियाको प्रतिष्ठित म्यागासेसे पुरस्कार ५० हजार डलर समेत पाएको छ ।

पीडादायी विगत
कमजोर आर्थिक अवस्थाका गंगा र चन्द्रकलाका १० सन्तानमध्ये एक हुन्, सुनिता । रोग, कुपोषण जस्ता समस्याले ६ सन्तानको मृत्यु भएपछि सुनिताका बुबा—आमा बचेका ४ जना छोराछोरीलाई लिएर भारतको जम्मु काश्मिरमा आलु खेती गर्न गए । पाँच वर्षको उमेरमा त्यहाँ पुगेकी सुनिता १४ वर्ष पुग्दानपुग्दै गिटी कुट्ने मजदूरी गर्न थालिन् । त्यही वेला गिटी लिन आउने ट्रयाक्टर चालक र उनका साथीले बेहोश हुने औषधि मिसाइएको मिठाई खुवाएर मुम्बईको कोठीमा पु¥याएको उनी सम्झिन्छिन् ।

होश खुल्दा आफू वरिपरि भद्दा मेकअप गरेका युवतीहरूको चहलपहल देखेपछि वेश्यालयमा आइपुगेको थाहा पाएको सम्झ्ँदै सुनिता खाना, पानी केही नदिंदै शारीरिक र मानसिक यातना दिए पनि एक महीनासम्म प्रतिरोध गरेर जोगिएको बताउँछिन् । छुरी, खुकुरी देखाउँदा पनि त्यहाँ आउने ग्राहकसँग सुत्न नमानेपछि त्यो कोठीवालाले भारु १ लाख लिएर अर्को कोठीमा बेचिदिएको सम्झ्ँदै सुनिता भन्छिन्, “त्यहाँ पनि ग्राहकसँग सुत्न नमानेपछि कोठीवालीले त्यहीं काम गर्ने केटाहरूलाई सामूहिक बलात्कार गर्न लगाइन् ।”

कोठीका ग्राहकमा विदेशी, भारतीय सेना, प्रहरीका अधिकृत र व्यापारीहरू हुन्थे । पैसावाल ग्राहकले आफूसँगै लगेर एक घण्टा बिताएको भारु ३ सयदेखि ३—४ हजारसम्म दिने तर, कोठीमा आउने ग्राहकले भारु २० देखि ५० मात्र दिने गरेको उनी सम्झिन्छिन् । उनी बसेको कोठीमा ९ वर्षका बालिकादेखि ४५ वर्षका महिलालाई शरीर बेच्न बाध्य पारिन्थ्यो । त्यहाँ नेपाली र बंगाली युवती धेरै थिए ।

भारतको महाराष्ट्र सरकारले त्यो वेला उनी सहित ५०० जना युवतीलाई वेश्यालयबाट उद्धार गरेको थियो, जसमध्ये २०० जना नेपाली थिए । तीमध्ये १२८ जना विभिन्न गैरसरकारी संस्थाको सहयोगमा नेपाल आइपुगे, बाँकी फेरि वेश्यालयमै फर्किए वा कहाँ पुगे उनलाई सम्झ्ना छैन ।

नयाँ यात्रा
वेश्यालयबाट मुक्त भए पनि सुनिता सहितका १२८ जनालाई नेपाल फर्किन सजिलो भएन । एड्स जस्ता घातक सरुवा रोग लागेको हुनसक्ने तथा नेपाली नै हुन् भन्दा इज्जत जाने ठानेर तत्कालीन नेपाल सरकारले उनीहरूलाई नेपाली नै होइनन् भन्दै स्वीकार्न गाह्रो मानेको पनि उनले अझ्ै बिर्सिएकी छैनन् । बाबुआमा जम्मू–काश्मिरमै छन् वा फर्किए भन्ने टुंगो नभएको र अरू आफन्तले मुम्बईबाट फर्केको भनेर नस्वीकार्ने कारण नेपाल फर्केपछि पनि बस्ने, खाने र समाजमा घुलमिल हुने समस्या उनले भोग्नु परयो । त्यस्तो अप्ठ्यारो वेला मुम्बईबाट सँगै फर्किएका आफू सहित १२ जनालाई आश्रय दिने गैर सरकारी संस्था ओरेक नेपाललाई उनी अहिले पनि सम्झ्न्छििन् ।

तर, ओरेकमा आश्रय लिएकामध्ये ७ जनालाई एचआईभी पोजेटिभ देखिएपछि भने उनीहरू बीचमा रुवावासी मच्चियो । त्यो वेला आफूलाई सम्हाल्ने, बाँच्ने र अघि बढ्ने क्रममै सुनिता सहित साथीहरूले शक्ति समूह गठन गरे । नागरिकता लगायत कागजपत्र नभएको त्यो वेला उनीहरूलाई ओरेक नेपालकी प्रमुख डा. रेणु राजभण्डारीको साथ रह्यो । २०५४ मा विवाह गरेकी सुनिताले २०६६ मा एसएलसी उत्तीर्ण गर्दै अहिले स्नातक प्रथम वर्षमा अध्ययन गर्दैछिन् ।

संस्था दर्ता गर्दाको हैरानी

स्थापनाको क्रममा धेरै सहयोग डा. रेणुले नै गर्नुभयो । हामी सबै १८ वर्षभन्दा कम उमेरका थियौं । केहीसँग पनि नागरिकता थिएन । हामीले ओरेकसँगै सहयोग लियौं । ओरेकले विधान बनाइदियो, जतिजना हामी फर्किएका थियौं, कसैको अविभावक थिएन भने कतिले अविभावक चिन्न सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा ४ वटा मात्र नागरिकता जम्मा गर्न सक्यौं, ३ नटा पुगेन । संस्था दर्ताका लागि ७ बटा त चाहियो भनेपछि डा. रेणुसँग बसेर जबसम्म हामी सदस्यहरुको नागरिकता बन्दैन, तबसम्म तपाईको कर्मचारीको नागरिकता सापट दिनुपर्छ, भोलि हाम्रो बनेपछि उहाँहरुले हासीखुसी हामीलाई छोडिदिनुपर्छ भनेपछि उहाँले मान्नु भो । हामीले त तिमीहरुलाई सहयोग गर्ने हो, तिमीहरुले केही गर्छु भनेपछि म किन गर्दिन ? भनेर तीनवटा नागरिकता उपलब्ध गराइदिनुभयो ।

तर, हामीलाई समस्या के भयो भने दर्ता गर्न आफैं जानुपर्ने, एकदमै फुच्चे, दुब्लो पातलो, मोटो भनेको ४५ केजीको । जाँदा सिडियो र कर्मचारीहरुले हामीलाई देखेर खिल्ली उडाए । तलदेखिमाथिसम्म हेरेर ओ हो संस्था चलाउन यति सजिलो भन्ने ठानेको तिमीहरुले ? संस्था चलाउन पीएचडी, डिग्री हासिल गर्नुपर्छ, धेरै पढ्नुपर्छ । तिमीहरु भनेको पढेलेखेको छैनौं, राम्री छौं, बरु डान्स रेष्टुराँमा जाऊ, त्यहाँ भनेको सजिलै काम पाइन्छ, संस्था चलाउनेतिर नलाग भने । हामी जतिपटक गए पनि हामीलाई गरेर गरेर फर्काउँथे । दर्ताका लागि झण्डै ४ वर्ष धायौं हामीले । १९९६ मा समूह गठन गरेपनि २००० मा मात्र संस्था गर्दा गर्न सफल भयौं । अब अति नै भयो भन्ने लागेपछि नदिने हो भने कारण दिनुस, किन दर्ता नगर्ने । होइन भने हामीलाई स्वीकृत दिनुस् । हामी काम गछौं, यदि तपाईहरुलाई हामीले काम राम्रो गरेन भन्ने लाग्यो भने हामीलाई ल्याएर उभ्याउनुस् । तर, मुख हेरेर, जिउ हेरेर, पढाईलाई आधार मानेर यस्तो गर्न मिल्दैन भनेपछि बहस गरेपछि ल गरिखाको हेरौंला भनेर स्वीकृति दिए ।

हाम्रो शक्ति समूहले म्यागासेसे पुरस्कार पाउँदा हामीलाई गर्व लागेको छ । तपाईहरुलाई पनि पक्कै खुशी लागेको छ । यो हाम्रोमात्रै होइन, सिंगै देशले खुशी हुनुपर्ने विषय हो । यो राष्ट्रकै गौरबको विषय हो ।

 

अँध्यारोबाट उज्यालोतिर
वेश्यालयमा बेचिएकी सुनिता अहिले वेश्यालयमा बिक्री हुन नदिने, बेचिएकालाई उद्धार र पुनस्र्थापना गर्ने अभियानको नेतृत्वकर्ता बनेकी छिन् । उनको संस्था शक्ति समूहले एशियाको नोबेल पुरस्कार मानीने रामोन म्यागसेसे पुरस्कार प्राप्त गरेको छ ।

हिमाल खबरपत्रिकाबाट साभार

प्रकाशित मिति : २०७० माघ ११ (January 25, 2014)

प्रतिक्रियाहरु


adams wrote on 03 December, 2014
आवेदक ध्यान। 2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ: (adams.credi@gmail.com) * व्यक्तिगत ऋण। * व्यापार ऋण। * निवेश ऋण। * घर ऋण। * विद्यार्थी ऋण। * निवेश ऋण। यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि जरुरी ऋण जानकारी आवेदन 2015 बाहिर छ। इमेल: adams.credi@gmail.com बताएँ: +187499384874

तपाईको प्रतिक्रिया

Advertise with us

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal