LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

दानवीर दम्पती

सप्तरीको रूपनीमा एउटा आकर्षक भवन छ, जसमा साइन बोर्ड छ– पूर्व क्षेत्रीय प्रहरी अस्पताल ठाकोदेवी–जोगेन्द्र भगत । अस्पतालको कस्तो अनौठो नाम, धेरैले जिज्ञासा राख्छन् । तर, यो अस्पताल बन्नुमा जे छ यही नाममा छ ।

ठाकोदेवी–जोगेन्द्र भगत राजविराजको दानवीर दम्पती हो, जसले घरजग्गा दिएर गत माघबाट यो अस्पताल सञ्चालनमा आएको हो । भगत दम्पतीले २ बिघा ५ कट्ठा जग्गामा चुपचाप २० कोठाको चारतल्ले भवन ठड्याए । सुपरमार्केट बनाउने हुन् कि भन्ने धेरैले ठानिरहेका थिए । अचानक उनीहरूले घोषणा गरे– यो सबै प्रहरी अस्पतालका लागि दान भयो ।

 

चारतल्ले उक्त भवनका साथै ५० प्रहरी प्रतिब्यारेक अटाउन सक्ने तीनवटा निर्माणाधीन ब्यारेक भवन र चिकित्सक आवासका लागि जगसम्म हालेर थपिदिए । अस्पताल सञ्चालनका लागि भरथेग होस् भनी बीउपुँजीका रूपमा २ लाख ५१ हजार रुपैयाँसमेत हस्तान्तरण गरे ।

‘अहिलेको समाजमा दान दिएर समाजसेवा गर्नेभन्दा समाजबाट उल्टै फाइदा लिने बढी छन्, यो अवस्थामा भगत दम्पतीको दानदातव्य उदाहरणीय छ,’ गत साउनमा प्रहरीलाई दिएको दान ग्रहण गर्न सप्तरी आएका बेला तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भनेका थिए, ‘उहाँहरूको दानको मूल्यांकन रकममा हुन सक्दैन ।’

उमेरले ७१ वसन्त पार गरेका जोगेन्द्र र उनकी जीवनसंगिनी ठाकोदेवीले हालसम्म गरेको दान खासगरी अस्पताल र विद्यालय निर्माणका क्षेत्रमा बढी छ । क्षेत्रीय प्रहरी अस्पतालका लागि दिएको घरजग्गाको मूल्य ३५ करोड रुपैयाँभन्दा बढी पर्छ । अस्पतालमा एक चिकित्सक र १६ स्वास्थ्यकर्मी कार्यरत छन् । यसमा आकस्मिक र बहिरंग सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख प्रहरी निरीक्षक डा. किरण मगरले बताए ।

‘मधेस आन्दोलनका कारण प्रहरी र स्थानीयवासीबीच तनाव रहेका बेला भगत दम्पतीले दिएको दानले सर्वसाधारण समेतले सेवा पाउने एउटा अस्पताल मात्र बनेन, प्रहरी र नागरिक सम्बन्ध सुधारका पक्षमा पनि कोसेढुंगा नै सावित भयो,’ तत्कालीन अवस्थामा सप्तरी प्रहरी प्रमुख रहेका एसपी भीमप्रसाद ढकालले सम्झिए । यसअघि भगत दम्पतीले सशस्त्र प्रहरीलाई पनि विद्यालय सञ्चालनका लागि करोडौं रुपैयाँ पर्ने जग्गा दानमा दिएका छन् । सशस्त्र प्रहरी बल पूर्वी मुख्यालय पकलीका निवर्तमान प्रमुख डीआईजी सुरज श्रेष्ठका अनुसार उनीहरूले सप्तरी शम्भुनाथमा साढे ८ बिघा जग्गा दान दिएका छन् । उक्त जग्गाको हालको मूल्य पनि ३५ करोड रुपैयाँ हाराहारी पर्छ । ‘सशस्त्र प्रहरीले त्यहाँ विद्यालय निर्माण सुरु गर्नेबित्तिकै थप अढाइ बिघा जग्गा दानमा दिने प्रतिबद्धता गरिसकेको छु,’ दाता जोगेन्द्र भगतले भने । उक्त स्थानमा निर्माण हुने विद्यालयको नाममा समेत ठाकोदेवी–जोगेन्द्र भगत जोडिने सहमति भएको छ ।

 

सुरक्षाकर्मीलाई अस्पताल र विद्यालय बनाउन मात्र होइन, भगत दम्पतीले जनताका विद्यालय र अस्पताल निर्माणमा पनि निकै दान दिएका छन् । राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयको नाम परिवर्तन भएर २०५३ सालमा राजदेवी–जोगेन्द्र भगत–ठाकोदेवी विद्यालय भयो । उक्त विद्यालयको नाममा भगत दम्पती जोडिनुका पछाडि कारण थियो विद्यालयको भौतिक पूर्वाधार निर्माणमा उनले गरेको दान । २०४४ सालमै उनीहरूले उक्त विद्यालयमा ४० लाख रुपैयाँभन्दा बढी लगानी गरेर आठवटा पक्की भवन र चारवटा ब्लक बनाई हस्तान्तरण गरे ।

यस्तै २०५३ सालताका भगत दम्पतीले दन्त चिकित्सालय निर्माणका लागि राजविराज–४ स्थित ४० लाख मूल्य पर्ने १५ धुर जग्गा लायन्स क्लबलाई प्रदान गरे । भगतका अनुसार सप्तरी रेडक्रसको भवन जीर्ण रहँदा २०४८ सालमा आफ्नो निजी १० लाख रुपैयाँ दिएर ब्लड बैंक सञ्चालन, सपिङ कम्प्लेक्स निर्माण र रेडक्रस कार्यालयलाई पक्की भवनमा लाने काम भयो । यसका अतिरिक्त विभिन्न मठमन्दिरमा भगत दम्पतीले आफ्नो निजी रकमबाट मूर्तिसमेत दिएको बताए ।

को ह’न् भगत ?
जोगेन्द्र २४ वर्षदेखि सप्तरी रेडक्रसका सभापति छन् । सप्तरीको रामपुर जमुवा–६ का स्वर्गीय कृपाल भगतका माहिला छोरा जोगेन्द्र युवावस्थामा व्यापारी थिए । पाँच दाजुभाइबीच अंशबन्डा गर्दा उनको भागमा ११ बिघा जग्गा, ७ हजार रुपैयाँ र राजविराजमा भएको घरको केही भाग पर्‍यो । ‘पैतृक सम्पत्तिमा मैले व्यापार गरेर थप सम्पत्ति जोडें, जुन अहिले दान दिइरहेको छु,’ भगतले भने ।

उनले लामो समयसम्म धानचामलको खरिद बिक्रीसम्बन्धी गल्लाको व्यापार गरे । २०२८ सालताका भारतका विभिन्न राज्यमा उनको चामल निर्यात हुन्थ्यो । घर र गाउँमा डकैती हुनुपूर्व २०३५ सम्म उनी व्यापारमै जमिरहे ।

आफ्नै घर र गाउँमा ठूलो डकैतीका घटना भएपछि २०३६ सालताका समाज र परिवार बचाउन भन्दै आफू राजनीतिमा छिरेको उनले बताए । उनी दुई कार्यकाल प्रधानपञ्च भए । तर राजनीतिमा पनि अनेक जालझेल र प्रपञ्च देख्दा वितृष्णा लागेर समाजसेवाको क्षेत्रमा लागेको उनले सुनाए । २०२६ सालमा रेडक्रसमा आबद्ध भएका उनी २०४९ मा जिल्ला शाखा संयोजक तोकिए । त्यसपछि क्रमश: सभापति हुँदै आएका छन् । बाढी, पहिरो, आगजनीलगायत प्राकृतिक विपतका बेला बुढ्यौली उमेरमा पनि उनी उद्धार र राहतमा जुटेका हुन्छन् ।

भगत दम्पतीका सन्तान छैनन् । ‘उनीहरू पहिलादेखि नै सम्पन्न परिवार हुन्,’ प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले भने, ‘पछिल्लो समय भगत दम्पतीले दान गरेर सप्तरीको शिक्षा र स्वास्थ्यलगायत समाजसेवाको क्षेत्रमा निकै ठूलो योगदान गरेका छन् ।’

भगतले आफूसित रहेको बाँकी सम्पत्ति पनि समाजसेवाका लागि दानमै दिने बताए । भगतसित अझै पनि करोडौंको सम्पत्ति छ । ‘अब त धेरै बाँकी छैन, तर जे छ सर्वस्व नै दान दिन्छु,’ उनले भने, ‘सेवा नै धर्म हो, यही मेरो कर्म हो । मेरो सम्पत्ति आम समाजका लागि प्रयोगमा आउन सकोस् । मैले दिएको दानबाट समाज लाभान्वित हुन पाओस्, यही मेरो इच्छा हो ।’

- कान्तिपुर दैनिक

 

 

प्रकाशित मिति : २०७३ चैत १३ (March 26, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

अन्य प्रेरक व्यक्तित्वहरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal