LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

सुलभ बन्धु पोखरेल, दक्षिण कोरिया


नेताहरूले भाषण गरिरहे हामिले ताली बजाइरहेउ एउटाले अर्कोलाई गाली गर्दा खितितिती हासेउ अर्कोले सराप्दा धारे हात लागाएउ। तर हामै कारणले आफ्नै अनुहार तिर देखाउदै भाग्यले "ईश" गरेको कहिल्यै पत्ता लगाउन सकेनौ। एक छाक मासु रक्सीको लागि उनीहरुको पछि पछि दुगुरेउ। तर परिवारलाई एक छाक खुवाउनको लागि बिदेश भासिनु परेको पत्तो पाएनौ। सधैं भरी नेताले देखाएको ठुलाठुला सपनाका महलमा सुतिरहेउ। तर आफ्नो घरको छानोबाट पानी चुहिएर कानमा पर्दा समेत चाल पाएनौ। हो तेसैले गर्दा हो हामी पछाडी परेको अर्कोले ल्याइदेला खाउला भनी हात पाखुरा बाधेर बसिरहेउ हो तेसैले हो हामी गरिब बनेको अब पनि तेसरी नै बसेउ भने त्यस्ता कुराहरुलाई चिन्न चिर्न सकेनै भने हामी कहिल्यै अगाडी बढ्न सक्दैनौ।

             सुगम ठाउँ अनि अति दुर्गम ठाउँमा  बस्ने हामी हाम्रै कारणले पछाडी परेका होइनौ? सोचौ एकपटक ! २०४८ को चुनावमा दिएका सपना , ५१ मा  देखाएका आशा , ५६ मा थुपारेका आश्वासन ,  ६४  का समृद्धिका भाषण , ७० मा बडेका बिकासे लहरका ओठे तर्कना. यीनिहरु बाट हामिले के लिन सकेउ भनेर कहिल्यै सोचेनौ तर निरन्तर उनिहरुकै झोले बनेर  पछि लागि रहेउ। चुनाबै पिच्छे घोषणापत्र थमाएका नेताहरू तिनीहरुका दल लाई फेरि भोट माग्न आउदा तेहि घोषणा पत्र देखाएर कति काम गरेउ भोट माग्न आयौ भनेर सोध्ने हिम्मत गरेनौ। अनि कसरी बन्न सकिन्छ समृद्ध आफ्नो ठाउको चासो दिने जिम्मेवारी हाम्रै होइन ?

             आज चुनावको मुखमा गाउँ गाउँमा  नेताहरूको ताती लागेको आश्वासनहरुको बाढी लागेको आज कुरा सुन्दा हेर्दा लाग्छ एक दुई बर्षमै देश सिंगापुर बनाउदैछन। कसैले आजैदेखि  पिच गर्छु भन्छन कसैले सुरुङ खन्छु भन्छन हामी ताली बजाइरहन्छौ रमिते बनेर।  बिकासे नारा घन्काउदै राजनीति गर्न पल्केका नेताले देशमा कायापलट गर्दिछौ भन्दै आशाका थुप्राहरु थोपरेका छन हामिले तिनै आशाका थुप्रोमुनि बाट समृद्ध चाहनाको पोकाहरु खोतल्नु छ। खाली त्यो भोट बैंकको रूपमा प्रयोग गरिएको बाहानाबाजी लाई मात्रै सुन्ने होइन सदुपयोग गर्ने बेला आएको छ। पटक पटक राज्यको सुबिधा सत्ताको स्वाद चाख्न ठेक्कापट्टा आफ्नो पोल्टामा पर्न  ब्रह्मलुट मच्चाउन पाइन्छ भनेर हिड्ने हरुलाई थान्को लगाउने बेला आएको छ। अब एस्ता नेतालाई जनताले जिताएर पठाउने छैनन जनता सुसूचित छन।

                हामी राष्ट्रको जटिलमोड बाट बाहिर निस्कन खोजिरहेका छौ यश पटक हामिले सचेत पुर्वक मत जाहेर गर्नु पर्ने हुन्छ। यो संबिधान कार्यान्वयनको पहिले चरण हो हामिले स्थाइ सरकार दिनै पर्छ स्थिर  सरकार बाट मात्र सम्बृदी को कल्पना गर्न सक्छौं हामीले  नेताहरु अस्थिर भए भनेर गालीगरेर मात्र हुदैन स्थिरता जनताको मत बाट स्थापित हुने हदा जनताले सचेतता पुर्बक मतदान गर्न जरुरी हाम्रो  देशमा अब व्यवस्था को लडाई सकियको बाम गठबन्धन  हुन कि लोकतान्त्रिक  गठबन्धन अबको बाटो स्थिरता बिकास को हुन पर्छ जनताले स्थिरता  सहित बिकास गर्नसक्ने गठबन्धनका   उम्मेद्बार हरुलाई जिताएर पठाउनु पर्दछ।  यसको लागि दलहरुको बिगतलाइ मुल्यांकन गर्न जरुरी कसले पटक पटक  बहुमत पाउँदा पनि स्थिरता दिन सकेन कसले अस्थिरता  को बिचपनी जनताको सुखदुःख  मा मलम लगाउने प्रयासगरे यसको मुल्यांकन गर्दै  प्रतिनिधि सभामा प्रदेशसभामा  पुर्ण बहुमत सहितको सरकार आउने बर्ष भित्र नेपालीले गर्बगर्न लाएक काम हरु हुने गरि हामी जनताले मतदान  गर्नु पर्छ हामिले मत जाहेर गर्ने नाउमा झोले नबोले बनेर मत दिनु हुदैन हाम्रो लाई भन्दा , राम्रो  लागि अनि आवस्यक पर्दा कान समातेर  काम गराउन सक्ने उमेदवार  लाई मात्रै मत दिनु पर्दछ। उनीहरु हाम्रा देवता होइनन हाम्रा सहयोगी हुन भनेर मत दिन जरुरी छ। उनीहरुको पछी लागेर जयजयकार गर्नको लागि  होइन सहज सरलताको लागि मत दिन आवस्यक छ। यो अवसर नेपालीले गुमाए भए फेरि शयौ बर्ष पछाडी धकेलिन बाध्य हुने छौ।  सचेत पुर्वक देशका  योजनाहरु कार्यान्वयन गर्नको लागि बहुमत अाउनसक्ने  गठबन्धन का उमेदवारहरुलाई जित को टीका लगाएर पठाउन जरुरी यस पटक नेपाली जनताले आफ्नो अभिमत आम जनताको लागि स्थिर सरकार दिन सक्ने गठबन्धन लाई दिने छन  पुर्ण आशावादी छु

सुलभ
प्रकाशित मिति : २०७४ कार्तिक २५ (November 11, 2017)
Advertise with us

विचारका थप शिर्षकहरु

• कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्र

• कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा

• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक

• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा

• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर

• कोरिया सपना र वास्तविक भोगाई

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुलजनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्नडब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउनेकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रलण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुनेड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal