LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

यसकारण मैले राजनीति छाडे

नेपालको राम ,दक्षिण कोरिया

समयको गतिशीलता  संगै मानिसको जीवनमा धेरै कुराको परिबर्नत आउदो रहेछ l अनायासै सोच बिचार हरु परिबर्तन हुदा रहेछन l हिजोको बिचारले आजको बिचार संग मेल नखान पनि सक्दो रहेछ l जब कुनै कुराको वास्तविक गहिराइमा पुगिन्छ तब सोच बिचार हरु आफै परिबर्तन भएर जाँदो रहेछ l त्यस्तै एउटा गहिराइमा पुगी वास्तविकता छर्लङ्ग  भएपछी स्तम्भकार, आफैमा आएको एउटा  विचारको परिबर्तनलाइ  यहाँहरु सामु  राख्ने जमर्को गर्दै छु l


 हुन त म राजनीतिज्ञ पनि होइन र त्यति ठुलो विश्लेषक पनि होइन तर राम्रो नराम्रो छुट्टाउन सक्ने नागरिक चाहिँ अबस्य  हुँ l मैले कुनै कुरा लुकाउदिन र कसैलाइ ढॉट्न पनि चाहन्न र जान्दिन  पनि l एउटा कुरा  यहॉहरु माझ प्रस्ट पार्न चाहन्छु कि म पहिले बिद्यार्थि जिवनकालमा नेतृत्व कलामा अग्रसर थिए  l अनि  उद्घोषणमा पनि उत्तिकै रुची  राख्दथे  आफुमा भएको  मिलन सारिताको कारणले नै होला म सबैजसो बिद्यार्थि संगठनको निसानामा पर्ने गर्थे  l सानैदेखि न्याय , समानता , सदाचार र (कुरिति ,कुसँस्कार बिरोधि ) अनि परिवर्तन र अग्रगामि सोच बोक्ने भएरनै हुनुपर्छ अखिल क्रान्तिकारिको  निकट बन्न पुगेर ४-५ बर्ष जति बिद्यार्थि राजनितिमा सक्रिय भएर सामाजिक जिवनमा लागे तर भित्रि कुरो बुझ्दै जॉदा ,राजनिति गर्दै जॉदा ,छलकपट ,धोखा ,झुटको खेति , चिल्ला आश्वासन , बेइमानि ,जबरजस्ति चन्दा लगाएतका अनेकौ क्रियाकलापहरु कुकर्म जस्तो महशुस हुन थाल्यो lअरुलाइ निशेध गर्ने प्रवृत्ति  , अाफ्नै मान्छेलाइ राजनितिक आश्थाको आधारमा घृणा गर्ने ,मनमुटाव र द्वेष भाव पाल्ने , अर्काको राम्रो काम पनि नराम्रो भनेर जबर्जस्ति मानसपटल बिथोल्ने ,आफु र आफ्नो पार्टि अनि नेताहरुले गर्ने कुकर्महरुलाइ पनि राम्रो बनाउन खोज्ने र त्यहि  अनुसार प्रशिक्षण  भाषण बाजि गर्ने गराउने कुराहरु म जस्तो नैतिकवान र चरित्र वान अनि सोझो र इमानदार युवालाइ अपाच्य हुँदै गयो ,नराम्रो र खल्लो लाग्दै गयो त्यसैगरि आर्थिक समस्यालाइ चन्दा बाट हैन मेहेनत र इमान्दारिको कमाइबाट परिवारको गरिबि हटाउनु पर्छ भन्नेमा म दृढ हुन थाले l हुन त मेरो लेखको आसय मेरो आफ्नो बारेमा बढाईचढाई गर्नु होइन तर यथार्थ कुरा यहाहरु सामु ल्याउने जमर्को मात्रै हो l


मेरो मनले  बिस्तारै धेरै कुराहरु सोच्न थाल्यो र पछि पार्टिले जनताको आशालाइ निरासामा बदलेपछि ,अनायाशै अकल्पनिय धोकाहरु दिन थालेपछि झनै बितृश्णा पैदा हुँदै गयो म बिस्तारै राजनितिबाट टाढा हुँदै गए बिस्तारै स्वतन्त्र पुर्वक सबै दलहरु र नेताहरु र कार्यकर्ताहरुलाइ  समान हिसाबले दाजुभाइ दिदिबहिनीको भावले हेर्न थाले र पछि मनमा प्रतिज्ञा नै गरे कि अब म पुर्ण रुपले स्वतन्त्र भएरै , स्वतन्त्र बिचार बोकेरै राष्ट्रको लागि केहि गर्न लागि  पर्छु l सबैलाइ समान हिसाबले मनदेखि माया प्रेम गर्छु ,सबैको भलाइको बाटो हिडँछु गरिब दिन दुखि ,असहाय ,अनाथ र बेसहाराहरुलाइ सकेसम्म प्रत्यक्ष  रुपले सहारा दिन नसकेपनि कुनै न कुनै खालको सहयोग गर्छु ताकि थोरै मात्रामा भएपनि केहि राहत महशुस होस l पहिले म युवाहरुले बिदेश जानु हुदैन बिदेश जानु भनेको स्वाभिमान बेच्नु हो भनेर बुझ्थे,  यहि सिलसिलामा मैले धेरै ठॉउमा स-साना कामहरु पनि गरे तर गरिबि र आर्थिक अभावले धेरै समस्या दिएपछि स्वाभिमान भन्ने कुरा र इमान सँग  पो जोडिने हो नकि रोजगारि सँग भनेर बुझे र बैदेशिक होस या स्वदेशि जस्तो भएपनि सामान्य स्तर उन्नतिको लागि भनेर काम गर्ने सोच बनाएपछि धेरैजसो इमानदार र मेहनति युवाहरुको आकर्षक बैदेशिक रोजगार गन्तव्य मानिएको  कोरियाको भाषा परिक्षा दिए र पास पनि भए l


यहाँ आएपछि देशको माया झनै बढ्यो र आएको २-३ महिनामै यहॉ कार्यरत झन्डै ३० जना नेपालि साथिहरु बिच एकता र भाइचाराको बिउ रोप्दै सामाजिक सँस्था जस्तै एकजुट भएर समाजसेवाका क्षेत्रमा काम गर्न तिर उद्धत भए र लगभग एक बर्षमा १५०  भन्दा बढि नेपालिहरु पुगेपछि औपचारिक रुपमा सँस्था जन्मियो जस्को नाम कोरियामा प्राय: ले सुनेको हुनुपर्छ l


छल्लानाम्दोको ठुलो पानिजहाज कम्पनि ह्युन्डाइ साम्होमा कार्यरत नेपालिहरुको साझा र एकमात्र बिशुद्ध परोपकारि सँस्था (ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डस छल्लानाम्दो कोरिया )र मेरो सौभाग्य मलाइ वहॉहरुले सर्वसम्मत रुपमा सँस्थापक अध्यक्ष बनाउनुभयो र हाल म संरक्षकको भुमिकामा  छु तेसैगरि एकबर्ष अगाडि खुलेको सकारात्मक सोच र सकारात्मक परिवर्तनका लागि अनलाइन रेडियो गोर्खालिको पनि संरक्षकको भुमिकामा छु ।


मैले जहिलेपनि  मनबाटै मान्ने गरेको  छु कि असल  सन्ततिले जननि र जन्मभुमिप्रति सदैब ऋणि रहनुपर्दछ lजसअनुसार  नेपाल र हरेक नेपाल आमाका सन्ततिहरुको सुख-दुखमा जसरि सकिन्छ हिस्सेदार बन्नु पर्छ भन्ने मेरो प्रस्ट बिचार रहिआएको छ र म सधैँ आफ्नो बिचारलाइ इमानदारिसाथ ब्यवहारमा उतार्न तल्लिन रहने गर्दछु l म सधैँ जसो सामाजिक सँजालहरुमा बिभिन्न लेखहरु ,स्टाटसहरु ,लेखिरहन्छु फेसबुक बाहेक अर्को लोकप्रिय सामाजिक सँजाल ट्विटर प्रयोग गर्दछु र हजारौँ ट्विटहरु लेखेको छु र खुसि र अचम्मको कुरा त मैले लेखेका मेरा मनका भावहरु ,निस्पक्ष बिचारहरु , अनुभव र भोगाइ बाट प्राप्त ज्ञानबर्धक कुराहरु जति लेखे तेति नै लोकप्रिय हुदै गए   धेरैजसो बिभिन्न रास्ट्रिय दैनिक र अनलाइन अनि साप्ताहिक र टेलिभिजनहरुमा पनि प्रसारित भए l


तर सबैभन्दा ठुलो कुरा त अझ भनौँ मेरा पाठकहरुको मन मस्तिष्कमा गुन्जिन पुगे र बिस्तारै मेरो ट्विट ,मेरो बिचार ,मेरो बानि ,मेरो ब्यवहार बाट पुर्ण रुपले प्रभावित हुनेहरुबाट मेरो चर्चा हुन थाल्यो l मन , भाव , नाम ,बिचार ,व्यवहार ,काम सबै हेर्दा तिमि सॉच्चिकै नेपालको राम नै हौ भनेर धेरैले लेखे र बिस्तारै माया र प्रशंसा गरेको कुराहरु यत्रतत्र हुन थालेपछि त्यसैलाइ नै अर्को शब्दमा चर्चा भन्न थालियो र ट्विटर ह्यान्डल फेमस भएसँगै म राम दत्त जोशि बाट मेरो उपनाम  चिनिदै पृय नेपालि मनहरुको माया र सुवेक्षा पाप्त गर्दै नेपालको राम बन्न पुगे l


  सामाजिक सँजाल ट्विटरबाट चर्चित र पपुलर भएको झण्डै २ बर्ष पुग्न लाग्यो ट्विटरमा मेरो  लगभग ४५,५०० भन्दा बढी  अनुयायि पनि छन र ट्विटर कन्याहरुको साझा र सार्वजनिक दाइ (रास्ट्रिय दाइ पनि भन्ने गर्दछन सयौँ अझ बढि हजार जति मेरो बहिनिहरु(बुनेहरु) पनि छन र निरन्तर जसो चर्चा भैरहन्छ तर पनि मलाइ चर्चा भन्दा ठुलो उपलब्ध यहॉहरुको माया ,आशिर्वाद र सद्भाव नै लाग्छ l म मेरो प्रगति र चर्चा र देखावटि नै भएपनि यो सफलताले देश र समाजले केहि राहत महशुस गरोस भन्ने चाहन्छु र निरन्तर सामाजिक क्रियाकलापमा सक्रिय छु । म सधैँ रास्ट्रिय साम्प्रदायिक सद्भाव र नेपालिहरु बिच आपसि भाइचारा र भावनात्मक/आत्मिय एकताको पक्षमै बोल्छु ,लेख्छु , तेइ अनुसारको बिचार ब्यवहार प्रस्तुत गर्छु र सोहि चाहन्छु l


चर्चा परिचर्चा सँगै बेलाबेला धेरै सुभचिन्तहरुको जिज्ञासा , खुलदुलि र प्रश्नहरु ??राजनितिमा लाग्ने भन्ने कुरा पनि आइरहन्छ चाहे नयॉ शक्ति खुल्दै गर्दा होस या अन्य स-साना नयॉ पार्टिहरु खुल्दा या कुनै पार्टिहरु मर्ज हुँदा ,गॉउ ,जिल्ला शहर केन्द्र देखि मलाइ पार्टिमा लाग्न प्रस्ताव आउने गर्दछ ,सामान्य कुरा हो आइरहन्छ र पछिल्लो समय खुलेको प्रस्तावित साझा पार्टि र त्यस्को बिदेश संगठन साझा सद्भाव समुह गठन पुर्व पनि मलाइ प्रस्ताव नआएको भने हैन आइरहेको छ यो त सामान्य कुरा नै भयो । तर म कुनै पार्टिमा लाग्दिन l,राजनिति गर्दिन l स्वबिवेक र स्वाभिमान गुमाउदिन lसबै पार्टि र नेताहरुको बिचार र ब्यवहारको स्वतन्त्र बिस्लेषण गर्दै राम्रा लाइ प्रोत्साहन र प्रसँसा गर्छु नराम्राहरु लाइ सम्झाउछु बुझॉउछु मानेन र टेरेन भने वेवास्था गर्छु नकारात्मकतालाइ सधैँ  सकारात्मकताले जिताएर स्वत: निरुत्साहित हुने माहोल बनॉउछु  । हरेक पार्टिभित्र रहेका सकारात्मक उर्जाशिल युवाहरुको मस्तिष्कमा परेको बिषको घुम्टो हटाइदिने कोशिस गर्छु ताकि समाजले ,देशले तलतेखि माथिसम्म सधैँ राम्रो र इमान्दार नेतृत्व पाओस l


साम्प्रदायिक सद्भाव ,आपसि भाइचार र नेपालिपनको भावनात्मक एकता र आत्मियताको  बिउ रोप्छु सधैँ  मलजल गर्छु !युवारुमा प्रेरणा भर्न सके भर्छु>नत्र निरुसाहित गर्दिन lसबैलाइ माया गर्छु नसके घृणा गर्दिन l सँसारभरि जहॉ रहेर पनि नेपालि र नेपालको हितमा  राम्रो काम गर्ने हरेक नेपालिलाइ प्रशँसा र प्रोत्साहन गर्छु l तर राम्रा कसैलाइ पनि कदापि निरुत्साहित गर्दीन lसबैको भलो चितॉउछु तर कसैको कुभलो कदापि चितॉउदिन l स्वतन्त्र बिचार बोक्छु तर अफुको बिचारको कदर पनि गर्छु l


हाम्रो  स्वतन्त्र राष्ट्रप्रेमि सचेत नेपालि एकता अभियानलाइ सकेसम्म नयॉ उर्जा ,गति र उचाइ थप्दै जानेछु यहॉहरुको साथ सयोग र माया प्रति आभारि छु  l


लेखक -स्वतन्त्र राष्ट्रप्रेमि सचेत नेपालि एकता अभियानको सक्रिय अभियन्ता हुन्

प्रकाशित मिति : २०७३ चैत ०५ (March 18, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal