LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

यामदास घायल ‘सन्तलाल’

27 जनवरी, सुक्रबार
गोराहरुको सहर….
अग्ला महलहरुले निला आकाससङग आफ्ना उचाई नाप्न अनुरोध गरे झैँ ठिङ्ग उभिएका देखिन्थे महलहरु। भुकम्पले ढाल्नुअघि सुन्धारा घुम्न गएको थिएँ। त्यतिबेला धरहराको फेदबाट धरहरा हेर्दा लाग्थ्यो। बिश्वमा अग्ला घर त यो नै होला। धरहराको कौसिमा झुमिएका मान्छेका टाउकाहरु गन्न नपाउदै झरेको थियो टाउकोलाई सोभय दिईबसी रहेको कालो छात्त्तेटोपी। त्यो भन्दा दसौँ गुना अग्ला महलहरुले मसङ्ग मेरो धरहराको उचाईलाई खिसिमा उडाउदै थिए। गोराहरुको सहर यानकी कोरियाको सहर सउलमा।

म आएबाट कहिल्यै कम्पनिमा राम्रोसङ्ग काम भएन। कोरियाको आर्थिक मन्दिले कृषि क्षेत्रमा मात्र नभएर उत्पादन मुलक क्षेत्रमा पनि उतिकै असर गरेको देखिन्थ्यो। त्यसैको प्रभाबले होला। धेरैजसो कार्यस्थल बन्द हुँदै थियो। जस्को कारण हाम्रो कम्पनिमा पनि बिस्तारै काम हुन छोड्दै थियो। सदाको जस्तै काम नभए पछि कम्पनी मालिकले नयाबर्षको सुभकामना सङ्गै हातमा खाम थमाएर बिदा दियो। त्यसैले हिजो नै सउल आएको थिएँ म।

मेरा अत्यन्तै मिलानसार मित्रहरु बिमल सिङ तामाङ र अर्जुन। हामी साथी भन्दा अझ नजिक परिवार जस्तै भएका थियौँ। मेरा लागि त झन अबिभाबकको भुमिकामा पनि हुनुहुन्थ्यो। धेरै पछि,  छुसक(कोरियनहरुको महान चाड) पछि भेटेका थियौँ। मन भन्दा पनि हलुङ्ग गरी बर्षाएका आकासको काँचुली सेता हिँउको कारण अलिका बडि नै जाडो महसुस गर्यौँ। त्यसैले घुम्न जाने नया योजनाहरु बनिएन। बरु तिनै समिपका मित्रहरुसङ्ग भेट्ने योजना हामी अघि  उभियो।

तामाङ्हरुको महान चाड सोनाम लोसार कोरियाको नया बर्षाको दोस्रोदिन परेको थियो। सधै यसरी नै पर्छ कि यो बर्षमात्र परेको थियो यो कुरामा भने म अनबिज्ञ थिएँ। बिश्वमा तामाङहरु दिनै पिच्छे थपिदै छन्। त्यस्तै कोरियामा पनि थपिने क्रम जारी छ। अन्य मुलुकको दाँजोमा कोरियामा केही त्यस्ता ब्यक्तिहरु पनि रोजगारका लागि आएका छन् जो नेपालमा कुनै सकृया भुमिका रहेका हुन्छन्। त्यस्तै सकृया ब्यक्तिहरुको एक जमात रहेछ तामङ सङ्घ। तिनै तामाङ सङ्घले सोनाम लोसारको उपलक्ष्यमा लोसार विशेष कार्यक्रम राखेको थियो। मित्र अर्जुन अर्को मित्रलाई भेट्न छुटेको कारण हामी बिमल र म तिनै बन्द कोठा भित्र लाग्यौँ।

अगाडि स्टेज सजाईएको थियो। धेरै जसो तामाङहरु तामाङ भेषमा उभिएका थिए। साँचै आफ्नै भेषमा सजिएका मान्छेहरु देख्दा मन कति प्रफुल्लित भएर चिच्यायो। चिच्याहाट मनबाट फुत्किएर ओठको माध्याम हुँदै बाहिरियो। “आहा वास्तविक तामाङहरु त यहाँ पो रहेछ्न्।”

औपचारीक कार्यक्रमको दौरानमा कयौँ तामङ भेषमा सजिएका टाउकाहरु सम्मानित भए। कति शरीर माथि टाउकालाई थामाएर राखेका घाँटिहरु खादाले बाँधिए। कति हातहरुले सम्मान पत्र थापे त कति हातहरुले तिनैपत्र थमाई दिए। सम्मान नपाएका टाउका र सरिरका हातहरु भने तिनै सम्मानित टाउकाका हातसङग जोडिएर एकैछिन् मुस्काए। यिनै अमूल्य दृस्यलाई कैद गर्न कति आँखाहरु क्यामेराका लेन्सबाट चिह्याका देखिन्थे भने कति औलाहरु आफ्ना मोबाईल र फेसबुकमा दौडिरहेको देखिन्थ्यो। मैले पनि तिनै चित्रलाई अनलाईन रेडियो गोर्खालीबाट प्रत्यक्ष देखाउन र सुनाउन ठूलो कोसिस गरेँ तर प्राबिधिक अप्ठ्यारले देखाउन र सुनाउन सकिन। खिन्न हुँदै आफ्नो सानो मोबाईल झिकेर पर्दा खोलेँ तर त्यो भब्य र सब्य माहोल मोबाईलको स्कृनभरी अटाउन सकेन। कैद नगरेरै मोबाईल खल्तिमा घुसाएँ। चुपचाप तिघ्राको न्यानोमा निदायो मेरो सानो मोबाईल।

अनौपचारीक कार्यक्रमको दौरानमा तिनै तामाङ भेषमा सजिएका टाउकाहरु आफ्ना मुहारको बिच केन्द्रको ओठबाट भाका निकाल्दै दुई खुट्टाका साहारामा एक अर्काको हात समाउदै प्रेम पुर्ण नाच नाच्दै थियो। स्टेजबाट म्हेन्दोमाया ईतिहासिक तामाङ गितमा गायक आफ्नो स्वर मिसाउदै थिए। कम्मरहरु छिनिदै थिए। पैतलाहरु उफ्र्दै थिए। टाउकाहरु हल्लिदै थिए। ओठहरु चिच्याउदै थिए।
………………

भिडमा दुबै सरिरहरु हल्लिदै थिए- स्त्री र पुरुष शरीर। कति पुरुष शरीर स्त्री सरिरसङग स्पर्श गर्न आतुर देखिन्थे र नाचेको बाहानामा नजिक पुग्थे। स्त्री शरीर अलि हट्थे। क्रम चली राख्यो। अन्तत स्त्री शरीर सर्न छोड्यो र पुरुष सरिरलाई आफ्नो शरीर स्पर्श गर्न अनुमती दियो। आफ्ना सुकोमल हातहरुमा स्पर्षको आनन्द सिन्चित पार्दै धेरै शरीरहरु नाच्दै थिए। कुन्नी तिनै शरीरहरुलाई स्पर्शको आनन्द कति आयो मैले भने हेरेर नै उनिहरुको भन्दा दुई गुणा बढी आनन्द लिएँ। म आनन्द लिँदै थिएँ। हाम्रै अघि एक पुरुष शरीर ठिङ्ग उभियो। उभिने बितिकै मित्र बिमलले हात तानिहाल्यो। लाग्यो कुनै चिनेको मान्छे होला। लाग्नु स्वभाबिक पनि थियो किनकी बिमल जि बारम्बार आफ्नो मोबाईलबाट थरीथरिका पुरुष अवाजलाई डाक्थ्यो।

अमर सरोबर उभिएरै आफ्नो नाम तेर्साए। सन्तलाल तामाङ तर मलाई यो नामले भन्दा यामदास घायाल सन्तलाल भनेर धेरैले चिन्दा रहेछन्। पाईन्टको खल्तिको न्यानोमा निदाईराखेको हात हावामा उहाँको हातमा जोडिदिदै भनेँ। बाँकी दुबैको चिन्जान भने बिमल जिले गरिदिनु भो। सहित्य आकासमा पिङ खेल्दै गरेका एक नबोमित्र सङ्गको भेट्ले साँचै आनन्द तुल्यायो। तत्कालाई आफ्नो मोबाईल तेर्स्याएर नाम लेख्न अनुरोध गर्नु भो। फेसबुकमा आफ्नो नामलाई चढाए पछि बाँकीकुरा फेसबुकबाटै हेर्न जिम्मा दिँदै म त्यै भिड्मा मिसिएँ जहाँ दुई सरिरहरु स्पर्शको आनन्द लिदै थिए।

 घडिले लगभग 7 बज्न लागेको सङ्केत दिएकोले हामीले बाहिरीयौँ। बहिरा निस्कदा झोक्काका झोक्का चिसो बतास हामीलाई कुरी राखेका रहेछन् र हामी निस्कने बितिकै शरीरभरी प्यारले चुम्न थाले। हामीले भने साह्रै चिसो महसुस गर्यौँ।

कोरियाको मह्ङ्गी त्यसमाथि झन चाडको बेला। एक रातलाई कोठा भाडामा दिने मोठेलहरु मानिसहरुले भरी भराउ थिए। जुन होटेल छिरे पनि उतिकै चाप। कोठा पाउन एकदम मुस्किले लाग्दै थियो। हरेक मोठेलहरु उतिकै भरेका थिए। नबुझ्ने भाषामा कोठा खाली नभएको सङ्केत गर्थ्यो होटल मालिकहरु हामी बुझे झैँ गरि आफ्ना गरुङ्गो टाउका हलाउँदै धन्यबाद दिँदै फर्कन्थ्यौँ। धेरै होटल चाहार्यौँ र सबैमा उस्तै ढङ्गले टाउका निहुराउदै धन्यबाद दियौँ। तर अच्चम धन्यबाद किन दियौँ? कोठा नदिएकोमा कि बोले बापत? मित्र बिमलले कुन्नी किन दिए मैले चाहिँ तिनै गोरा मान्छेका पद्चाप पछ्याएर दिएँ। किनकी यहाँ बोलेपछि वा कुनै काम गरिदिए बापत धन्याबाद दिने राम्रो चलन छ। नेपालमा भने कहिल्यै धन्यबाद पाईन र दिईन पनि।

धेरै चाहारिए पछि बल्ल एउटा होटलमा सानो कोठा मिल्यो। घुचुमुचु परेको। मुसाका एक बथानलाई सुहाउने कोठा। तर हुन्न भनौ भनेपनि त्यत्रो जाडोमा त्यत्रो मेहनतले पाएको। हुन्छ भनौ त छुचुन्द्रलाई र मुसालाई पार्टी गर्न सुहाउने कोठा पचासहजार वोन (नेपाली पाँचहजार)मा तै पनि बाहिराको ठन्डीसङ्ग आतिएर 'हुन्छ' भन्यौँ। होटल मालिक त मख्ख परेको देखिन्थ्यो। हामी भने खिन्न भयौँ। कोठामा पुगेर रिस र थकान दुबै बिसायौँ शरीरसङ्गै।

28 जनवरी, सनिबार
भाले, कुखुराको धर्मपति। एका बिहानै चिच्यौथ्यो र बिहानको सङ्केत दिन्थ्यो। यो नै हाम्रो गाउघरको बिशेषता थियो। आमाले कहिल्यै घडी बाँध्नु हुन्नथ्यो तर समयको ख्याल उहाँले जति कसैले गर्थेन हाम्रो घरमा। तर यहाँ आमाले भन्दा मैले बढी समयको ख्याल गर्छु होला जस्तो लाग्छ। आमासङ्ग एक पटक आफुलाई दाझेँ। हैन बराबर होला। आमा र म हामी दुबै घडी बाँध्दैनौँ तर पनि समयको उतिकै ख्याल गर्छौँ। फरक यति हो। उहाँलाई भाले र बनचराले समयको सङ्केत गर्छ मलाई मेरै मोबाईलले। आमालाई भालेले बिउझाए जस्तै मलाई मेरै मोबाईलको आर्लमले बिँउझायो। एकैछिन्  पछि बिमल जिको मोबाईल पनि चिच्यायो। तब मात्र थाहा पाएँ बिमल जिलाई पनि आर्लमले नै बिउझाँउदो रहेछ।

पछि पो थहा पाएँ उहाँ पनि घडी बन्नुहुन्न रैछ।

होटलमा नै बानाएको योजना अनुसार बिमल जिको एक नया मित्र र बाँकी अनलाईन रेडियो गोर्खालिका सन्चालक समितिको अध्यक्ष सुन्दर सुवेदी, फोनिजकोरियाका स्तम्भकार गोकुल थोकर तथा अन्य केहि मित्रलाई भेट्ने समय माग्यौँ। सुरुमा नयाँ  मित्रलाई भेट्यौँ उहाँ गौतम लामा रहेछ। तामाङको नाम नै गौतम सुनेर म त छ्क्क परेँ र नाम राख्नुको कारण सोधेँ। जबाफ नपाए पनि मैले यो नाम सुईकार गर्नैपर्थ्यो किनकि उहाँको नाम नै गौतम थियो। उहाँलाई भेटेर नेपालीहरुको सहर दोङ्देमुन आईपुग्दासम्म आधादिन गएको थियो। बाँकी भेटघाटलाई रोकेर नेपाली खाना खाने हुटुहुटिलाई मेटाउन नमस्ते रेस्टुरेण्ट छिर्यौँ।

चारैतिर खुल्ला चौर। बिचमा ठडाईएको कोरियाको पुरानो सैलिको घर उभिएको सुन्दर दृस्यलाई पछाडी पार्दै फोनिजकोरियाको स्तम्भकार गोकुल थोकरसङ्ग उभिएर उहाँकै मोबाईलमा त्यो क्षणलाई कैद गर्यौँ। मोटा मान्छेहरुका माझमा म सानो मान्छेलाई नसुहाए पनि जबर्जस्ती क्यामेराले त्यो क्षणलाई बचत गरिदियो। त्यो क्षणलाई बचत गर्न हाम्रै अगाडि उभिएर चिसो पबनमा आफ्ना सुकोमल बाहुलीले क्यामेराको बटम दबाई दिनु भएकोमा गोकुल सरले उहाकै धर्मपत्निलाई धन्याबाद दिनुभयो। तर हामी सबैले भने धन्यबाद दिनै बिर्सेछौँ। गोरामान्छेहरुको सिको गर्दै झुक्नेसिर आफ्नै मान्छेहरुको सामु झुक्न अझै जानेको रहेनछ। सोचेँ, कोरियाको सिद्धान्त र गोराहरुबाट अझै धेरै सिक्न र बानी पार्न बाँकी रहेछ।

बिहान पुर्बको पहाडको सिरबाट उकालो चढ्दै गरेको देखिएको पारिलो घाम पश्चिम पुगेर मलिनो हुँदै डाँडबाट तल ओर्ल्दै गरेको प्रस्टै देखिन्थ्यो। सायद घामको जवानी मधुर भएको मौका छोपेका होलान्। बतासले चिसो पवनलाई बहाईरहेको थियो। आफ्नो बजन भन्दा पनि गह्रुङ्गो कपडाहरुलाई छेडेर पवनले न्यानो सरिरलाई छुन थाले पछि हामी छुट्टियौँ। भन्नू नै पर्ने कुराहरु हामी सबैले गर्यौँ या गरेनौँ तर भेटिनुको उमङ्ग लिएर भने फर्कियौँ। मनमनै ब्यस्तताको बाबुजुत पनि समय दिनुभएकोमा गोकुल जि प्रती अभारी भइरहेँ भने सँकर नेपाल, रामदत्त(नेपालको राम) र सुन्दर सुबेदिसङ्ग भेट्न नसकेकोमा खल्लो पनि सङगै महसुस गरेँ


29 जनवरी, आईतबार
मन भन्दा पनि हलुङ्गा, सपना भन्दा पनि मोहक। मलाई लाग्थ्यो मन भन्दा हलुङ्गो केही हुन्न। कति हलुङ्गो छ मन र त कहिले म बोक्छु त कहिले प्रेमिका। यहि एउटै मन हामी पालैले बोक्छौँ। एकैछिनमा उडेर नेपाल पुग्छ फेरी तत्कालै कोरिया आईपुग्छ। अनि यो हलुङ्गो हैन र? नत्र कसरी हावा भन्दा नि चाडो घुम्न सक्छ? बिचार गर्दागर्दै तिनै मनलाई हलुङ्गोतामा जित्दै हावामा नाच्दै झरेको हिँउले बाटोभरी आफ्नो हाईकम जमाई सकेको थियो। सेतामे थिए बाटाहरु, अनि तिनै बाटामा रङ्गिएर हिनेका मान्छेहरु पनि सेत्त्तामे देखिन्थे। पुरै सहर सेत्तामे देखिन्थे। घरका छतभरी, सानो घरहरुका छानो भरी, रेल स्टेसन, बस स्टेसन, सडक, रुख, भित्ता जत्त्तततै हिँउ झुन्डिएको देखिन्थ्यो। रुखमा पो झन मोहक देखिने रहेछ। मान्छे जस्तै, जनावर जस्तै, कति त कुन्नी के के अङ्गजस्ता, विभिन्न आकृती बनाएर झुन्डिदिएको थियो रुखैभरी। कति मोहक हेरिरहौँ जस्तो। कति मज्जा, जिस्की रहौँ जस्तो। मित्रहरुले त आफ्नो पछाडी तिनै सेत्त्तामे चित्रलाई राखेर आफ्नो तस्बिर खिचाए। मैले भने आफ्नै छातीभरी खिचिदै हिनिरहेँ। बाहिराको सबैसबै तिनै रोमन्चित हिँउका फुरराहरु र दृस्यहरुलाई। रेलले योङ्सान रेल स्टेसनसम्म नपुर्याएसम्म।

मित्र तथा दाजु अर्जुन जिले नया मोबाईल बोक्ने रहर गर्नु भो। त्यसैले हामी तिनैजना आएका थियौँ योङ्सान्। जति सक्दो चाँडो किनेर पुन: दोङ्देमुन जानु थियो। किनकी सबै भन्दा भेट्नै पर्ने ब्यक्तिहरुलाई भेट्नै छुट्टाका थियौँ। सुन्दर जिले दिउँसो दुई बजेसम्मको समय दिनु भो। त्यसैले हामी हतारिदै पसल चाहार्दै हिन्यौँ। मोबाईल पसलहरु सबैमा मान्छेको उतिकै चाप थियो। प्राय: बिदेसिनै थिए। खुट्टालाई अढ्याएर यसो उभिन खोजे अर्कोबाट अर्कोले ठेल्दिन्थे। तिनै बिचमा पनि पसल भित्रबाट गोरा युबतिहरुले मिठोस्वरमा बोलाईहाल्थिन्-" दाइ, कुन मोबाईल खोज्नु भाको?"

सायद यो समय ग्राहक धेरै हुने भएरै होला। प्रत्यक पसलमा सबै देशका युबतिहरुलाई राखेका हुने रहेछ। केहिले भने युबकलाई पनि राख्दा रहेछन्। पर कुनामा अलिका मान्छे धेरै नभएको देखेर उतै हानियौँ। हामी आएको देखेर हो या सामान किनि सकेर हो ती मान्छेहरु लागे। हामी पुग्ने बितिकै कलिलो मुहारमा मुस्कान भर्दै अनोरोध गरि नेपाली युवतीले। केही क्षण मोबाईलहरुलाई ओल्टाई पल्टाई गरे पछि मोल नमिलेर छोडेर हिन्यौँ। धेरै ठाउमा हिन्यौँ, हेर्यौँ तर हामीले खोजेको मुल्यमा पाएनौँ। थकान र भोकले लखतरान भए पछि एउटा पसलमा छिर्यौँ र उनिहरुकै मुल्यमा लियौँ।

त्यति ठूलो टेक्नोमार्ट हामीले खुब घुमेछौँ तर जति घुमे पनि त्यै पुरानै ठाउँमा आईपुग्थ्यो। तिनै युवती जस्ले सुरुमै  मोबाईल देखाकी थिई तिनिले भने बारम्बार भनी रहि “तपाईहरु अझै घुम्दै हुनुहुन्छ?” हामी भने धेरै ठाउँ घुमेको महासुस गर्दै थियौँ। जाने बेलामा अलिका मुख बङ्ग्याएर दुखेसो पोखी ‘ हाम्रोमा आज त्यति व्यापार भाको थेन। तपाईहरुले नि लिनु भएन।’ हामीले आफुसङ्गको सबै समस्या सुनायौँ। उनिको समस्या सुने पछि भने साँचै कोरियामा बिध्यार्थीहरुको बिजोग रहेको कुरा प्रस्ट थाहा पाईयो। त्यसैले कोरियामा पढ्ने बहानामा कमाउने सपना देखेर नआउन सल्लाह कोरिया आउन चाहानेलाई दिने बाचाका साथ हामी निस्क्यौँ।

काला रातले चारैतिर अध्याँरो पारेको रहेछ। हामीले त मोबाईल खोज्दा खोज्दै समयको त ख्यालै गरेन छौँ। दुई बजे भेट्ने बाचा दिएको म सात बजे त्यहाँबाट निस्किएँ। हत्तपत्त सुन्दर सरलाई फोन हानेर माफी मागेँ र भोलि भेट्ने अर्को बाचा दिएँ। माफी पाएकोमा म  त खुसी भएँ तर सुन्दर सरको अवाजमा भने दुख स्वर सुनिरहेको थिएँ।

साथिहरुले मेरोमा जाने ईछ्या पोखाएको कारण आजको बास मेरो होस्टेलमा गर्ने योजनाको साथ रेल चढयौँ। खाम्ब्याङ स्टेसन तिर कुदिरहेको रेलले ती नेपाली युवती र योङ्सान टेक्नोमार्टलाई पछाडी छोडेर हामीलाई बोकेर दौडिरह्यो।

सधै 1113-2 नम्बरको बस चढेर होस्टेल जान्थेँ म। यदि यता घुम्न आए।

पानी परिरहेको थियो भने पानीसङ्गै हिँउका कणहरु पनि फिलिङ मार्दै हामी माथी खनिदै थियो। 1113-2 को गाडिको लागि अझै 45 मिनट कुर्नु पर्ने जानाकरी डिस्प्ले बक्समा आईराखेको बेला एक्कासी 1113-1 नम्बरको गाडी हाम्रै सामु रोकियो। ख्वाङ्जु गएको बेला E-mart अघिबाट दौडेको देखेकै भरमा मैले साथिहरुलाई त्यसैमा चढाएँ। सिटमा आफुलाई राख्दै गर्दा पो थाहा पायौँ हिउँ र पानीले हामीलाई निथ्रुक्क पारी सकेछ।

बि.पि. कोईरालाका उपन्यास ‘सुम्निमा’ केहिदिन अघिमात्र ई- पुस्तकालयबाट डाउनलोड गरेर मोबाइलमा बोकेको थिएँ।  अलिका फुर्सद हुने बितिकै हेर्ने बानी सुरु भएको पनि केहिदिन मात्र भएको थियो। त्यसैले सुम्निमालाई पल्टाएँ मैले। बस आफ्नै रफ्तारमा गन्तव्य तिर दौडदै थियो। बिचबिचमा नबुझिने भाषामा स्टेशनको नाम पनि बताउथ्यो। लगभग डेढ घण्टाको यात्र गरेपछि मित्रहरुले गुनासो गर्न लागे। ‘हैन 45 मिनटको बाटो भनेर 4 घन्टा कुदाउने?’ म भने ढुक्क थिएँ किनकी अन्तिम गन्त्यब नै हामी ओर्लने ठाँउ भनेर। किनकी 1113-2 नम्बरको बसले सधै त्यै गर्थ्यो। पुन: सुम्निमा तिरै झुकिएँ किनकि सोमदत्तले सुम्निमाको कुमारित्व समर्पणलाई के गर्ने छ? हेर्नू थियो।

साथिले कोरियनसङ्ग सोधिहालेछ। यो कुन स्टेसन हो? ख्वाङ्जु कहाँ पर्छ? कोरियनले कटेर धेरै अघि आईसक्यो भन्दा पो झस्किएँ।हतारिदै आउने स्टेसनमा ओर्लियौँ। सुम्निमाले सोमदत्तको सामु आफ्नो भखरै मौलिएको सरिरलाई देखाई रहि। कुन्नी सोमदत्तले आँखा खोलेर हेर्यो या हेरेन मेरो आँखसामु भने सुम्निमाको नाङ्गो शरीर नाचीरह्यो।

हिउँ बाक्लो सङ्गै परेको रहेछ। अघिसम्म न्यानो बनाउदै खुट्टाभरी अडिएका जुत्त्ताले कहिल्य चिप्लाएर लडाउन खोज्थ्यो त कहिले हिँउभित्र गाढिएर निस्कनै मान्दैन थियो। झन त्यहिबेला बतासले पनि हिँउकै पक्षमा बहिदिदै थिए चिसो सिरोट बनेर। गाडिहरुको चापलाई चुनौती दिदै बिना जेब्राक्रसिङ हामीले पारी पुग्यौँ। बाटो काटेर पर पुग्दा छातिले नालापानीको युद्धमा जित हाँसिल गरेका काजि कालु पाँडेका सम्झना दिलायो किनकी त्यत्रा गाडिहरु र चिप्लो हिँउसङ्ग युद्ध गरेर पारि पुग्यौँ। पारी पुगे पछि पो मस्तिष्कले झट्ट बिँउझायो। “यो अनाकन्टर ठाँउमा गाडिले हानेर मारेको भा? न क्यामारा न घाम? तिमिहरुको समचारसम्म कसैले लादैन थियो।”


होस्टेल आई पुग्दा लगभग 1 बजेको थियो।

30 जनवरी, सोमबार
सुम्निमाले सोमदत्तलाई आफ्नो छात्तिमा टाँसी। भखरै उमृना लागेका छातिमा टाँस्दा पनि सोमदत्त सुम्निमालाई पाप नगर भन्दै थिए। सोमदत्तको असुईकारको चर्को स्वरसङ्गै बिमल जिले आफ्नो स्वर मिसाउदै मलाई उठाउनु भो। “ लौ है अब त जानू पर्छ। हामी त पुग्दैनौँ नत्र त।” सुम्निमा सोमदत्तसङ्ग रिसाई या के गरिन् कुन्नी मलाई भने सपनमा नै सबै उपन्यास देखिने रैछ अलि बढी सुते। बिँउझाएर पुस्तक पढन बाध्या बनाए झैँ लाग्यो। र खल्लिदै निस्कियौँ साथिहरुलाई पुर्यौन।

हिजोको हिंउले बाटाहरु चिप्लो मात्र बनाएनछ। चिसो झन बढाएछ। सधै झैँ ब्यस्त हुने बाटाहरु सुन्सान थियो। सधै दस मिनट्को फरकमा बस आउने बाटोमा बस नै गुडिन छोडेछ।  दुई घण्टाको प्रतिक्षमा पनि बस त के एउटा ट्याक्सीसम्म आएन। हिनेर पर पुग्यौँ र बल्ल भेटिएको ट्याक्सिमा चढाएर मित्रहरुलाई पठाएर बिछोडिनुको पिडाको भारी बोकेर फर्कियौँ। फर्कदै गर्दा यहाँको स्थितिको जानाकारी दिदै पुन: सुन्दर जिसङ्ग माफी माग्यौँ र अरु कुनै दिन अबस्य भेट्ने अर्को बाचा छोडेँ।

हामीले यसरी मनायौँ गोराहरुको चाड। आफ्नै देशमा रहंदा  दशैँ, तिहार जस्ता चाडलाई पनि उस्को र मेरो भनेर बाँझियौँ। लोसार मनाउदा अर्को थरिले मन खिन्न पारे। दसैँ मनाउदा हामीले। हाम्रा पुर्खा माथि अन्याय गरेको बिरोध रे। हामिले पनि साथ दियौं। तराईमा छ्ठ मनाई रहँदा पहाड र हिमाल रिसायौँ । पहाडमा लोसार र दसैँ मनाउँदा हिमाल रिसायौँ। अरु केही गरेनौँ। केबल आफू भित्रका भाईचारालाई बाईचारामा धकेल्यौँ। इसाइलाई पैसाको होड्मा चलेको धर्म भन्यौँ र कृसमसको दिन बम हान्यौँ। तर यहाँ आएर अरुको चाडमा हामीले जस्तै सबै नेपालीले मिलेर मनायौँ। गोराहरुले भन्दा बढी खर्च गर्यौँ। कलकार ल्यायौँ र नचायौँ। नृतिङ्गिनी ल्यायौँ र नचायौँ। अनि महिना भरिका कमाईलाई यहि चाडको नाममा खर्चियौँ। बियर पियौँ। रक्सी पियौँ र अझ नया बर्ष सुखत रहोस भनेर गिलाँस ठोकायौँ। मिठा खायौँ र रमाईलो गर्यौँ।

यसरी नै हामी नेपालीले नेपालमा पनि एक अरुको सम्मान गर्दै सबै जात, धर्म, वर्ण, बर्ग, लिङ्ग मिलेर एक अरुको चाड र परम्परालाई बाँड्दै मनाए कति सभ्य नेपाल हुन्थ्यो होला है?

sntllmds@gmail.com
facebook: यामदास घायल ‘सन्तलाल’

प्रकाशित मिति : २०७३ माघ २५ (February 07, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal