LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

डोलु आले मगर, दक्षिण कोरिया

ओ हो !!
पहिलो दिन कम्पनीमा छिर्दै गर्दा
मेशिनको आवाज र व्हास्स्स नाक मुख बाट पसेर आन्द्राभुँडी बटार्ने पलास्टिक र केमिकलको गन्ध। काम गर्न सकिन्छ जस्तो लागेको थिएन।


काम कसरी सिक्ने ? कसरी गर्ने ? कसरी मेशिन संग चल्ने अनि कसरी कम्पनीको वातावरणमा घुलमिल हुने? कोरियाको प्राय बोइल गरेको खानपिन संग कसरी  आफ्नो मसलेद्वार जिब्रोलाई बानि पार्ने ? कोरियनहरुले अह्राएको काम कसरी  बुझ्ने ? केहि महिना दिन सम्म यस्तै उकुस मुकुस रह्यो दिनहरु।


विदेश आएर काम गर्नु, नयाँ वातावरण, नयाँ खानपिन, नयाँ परिवेश, नयाँ काम सुरुका केहि महिना साच्चै कठिन भयो र हुन्छ। यस्तै भयो केहि महिना मलाइ पनि कतै जेल परे जस्तै, कतै एउटा अपराधीलाई कठिन सजाय दिए जस्तो। तर पनि नेपालको परिवेश, आफ्नो आर्थिक पृष्ठभूमि, पारिवारीक  जिम्मेवारी यो सबको अगाडी गौण हुन् र भयो पनि।


म भाग्यमा विस्वास गर्ने मान्छे त् होइन तर नेपालबाट पैसा  कमाउने सपना, रहर र त्यो भन्दा धेरै बाध्यता को झोला बोकेर अनेकौं प्रक्रिया पश्चात कोरिया आएको धेरै भाग्यमानि नेपालीहरु मध्ये म पनि एक हुँ।


शनिवार पश्चात आइतवारको प्रतिक्षामा व्यग्र हुन्थ्यो। हप्ताको ६ दिन १२-१३ घण्टा काम गरेर एक दिनको विदा आउँदा कसम एउटा ठुलो युद्ध जितेको अनुभव हुन्थ्यो र हुन्छ। आइतबार साँझ भोलिदेखिको कामको सम्झनाले विस्तारमा पल्टनासाथ् छट्पटी हुन्छ।


चार वर्ष दश महिनाको समय अवधि कसरि कोरियामा काम गरेर बिताउने ? ओ! हो !! जिब्रो टोकिएकै हो। यति वर्ष काम गरेर महिनाको लाख बचाउन सकियो भने त् पुग्छ। मनमनै सोचिएकै हो। शहरमा एउटा जग्गा जोड्छु, एउटा सानो घर बनाउँछु, त्यसपछी बचेको केहि पैसाले नेपालमै बसेर केहि पेशा-व्यवसाय गर्छु, यसरी योजना पनि बुनिएकै हो। तर जब-जब कोरियाको भिषा अवधि सकिन उन्मुख हुँदै छ तबतब एक प्रकारको प्रश्नको प्रहार आफै संग हुँदै छ अब के गर्ने?


सोंच र सपना जस्तो बिपना कहाँ हुन्छ र? प्रत्येक नेपालीको व्यक्तिगत योजना र सपनामा प्रभावित पार्ने नेपाली राजनीतिको अत्यासलाग्दो वातावरण उस्तै छ। सिमित स्रोत साधनबाट केहि पेशा व्यवस्या गर्ने योजना बनाउनेहरुलाई धेरै पटक सोच्नुपर्ने बाध्यता छ। सिमित पुँजी लगानी गरेर सुरुको लगानी क्षति भएमा अर्को लगानी गर्न कठिन हुने  अवस्थामा  सिमित लगानी हुनेहरुलाई जोखिम बहन गर्नु कठिन छ।


हुनतः नेपालमै यतिका दुख गर्ने हो भने निर्वाहमुखी जीवन जिउनको लागि गाह्रो  होइन। तर निर्वाहमुखी जीवनमा कसले चित्त बुझाउने ?


कोरियाको ४ वर्ष १० महिनाको भिसा अवधि सकिन उन्मुख छ।  अचेल फेसबुक म्यासेन्जरमा साथिहरुले प्रश्न गर्छन् फेरि कोरिया आउने हो कि नेपालमै केही गर्ने?  यस्ता प्रश्नहरुको ठोस जवाफ छैन म संग र त उत्तर दिन्छु खै के गर्ने थाहा छैन।


केहि साथीहरु भन्छन् अब त् नेपालमै केहि गर्नुपर्छ कति विदेश बस्नु ? हो मलाई पनि त्यस्तै लाग्छ। नेपालमै केहि गर्नुपर्छ तर गर्ने चाहिं के ? ठोस उत्तर छैन न त् साथीहरुले नै ठोस रुपमा दिन्छन्  हो यसो गर्नुपर्छ भनेर। मैले पनि नेपालमा रहने धेरै मित्रहरुलाई सुझाव दिएको छु विदेश आएर यति दुख गर्नुभन्दा त् नेपालमै केहि गरे राम्रो हुन्छ।  नेपालमा नै केहि व्यवसाय गरेर बस्नु राम्रो भनेर तर नेपालमै केहि गरेर बस्नु भन्न जति सजिलो छ त्यति सहज छैन यहि गर्नु र गर्छु भनेर निर्णय लिन र दिन।


कोरियामा ४ वर्ष १० महिनाको कमाइले एउटा टुक्रा जग्गामा चार कोठे घर बनाएर बंचेको केहि रकम लगानी गरेर जोखिम बहन गर्ने क्षमता देख्दिन साच्चै । केहि मित्रहरुले भन्छन्, नेपालमा गाह्रो छ मिल्छ भने अझै दुइ चार वर्ष उतै भिषा मिलाउनु। हुन पनि पढेलेखेर डिग्री हासिल गर्नेहरु पनि विस-पच्चीस हजारको  जागिर छाडेर विदेश नै कुलेलाम ठोक्नेहरु दिन प्रतिदिन बढ्दो छ।


  नेपालको परिस्थिति यस्तै छ, महंगी छ, बेरोजगार छ, भ्रष्टाचार छ, राजनीतिक अस्थिरता छ, नेपालको अहिलेको युवाहरु कुहिरो भित्र हराएको काग जस्तै भएको छ, भविष्य देख्दैनन् देशमा, अलमलमा छन् म जस्ता लाखौँ युवाहरु। सम्भावनाहरु नभएको  होइन छ तर वातावरण छैन, जोखिम र चुनौती धेरै छन् तर त्यसलाई बहन गर्न सक्ने क्षमता कम्जोर छ।


एक पटक परदेशिएको जिन्दगी घरको न घाटको जस्तो साच्चै भन्ने हो भने एक पटक परदेशिएको जिन्दगी घरको न घाटको जस्तो न देशको न परदेशको। अब विदेश नआउने  भन्यो भने गरि खान नसकेर आयो भन्ने जमात समाजमा ठूलै बनिसकेको हुन्छ। यता परदेशमा जति गरे पनि विदेशी विदेशिनै हुन्छ। नेपालमा के गर्ने भन्ने मेसो पाउन मुस्किल छ।  परदेशको दुख र बाध्यता आफ्नै ठाउँमा छ तर समाज र आफ्ना आफन्तको अपेक्षा र चाहना बेजोड बढिसकेको हुन्छ। परदेश बसेर न आफ्नो चित्त  बुझाउन सकिन्छ न अरुको नै। फेरी मान्छेको लोभ र लालच, चाहना र आकांक्षा भन्ने चिज जति भयो उति बढ्दै जाने पनि रहेछ। सिमित स्रोत र साधन बाट त्यसलाई पूर्ति गर्न कठिन छ।


नेपालमा जति नै काम गरेको मान्छे भनेपनि दिनको ४-५ घण्टा हो। हप्तामा २-४ दिन हलो जोत्यो भने सिंगो महिना दिनको एक भारी घाँस काट्नु भन्दा अरु काम खास गरेका नेपाली युवाहरु छैनन् होला जस्तो लाग्छ। तर कोरिया आए पश्चात दिनको १२ घण्टा काम गर्ने बानि पर्छ हामीलाई । ज्यानले महिनाको आइतबार बाहेक अरु दिन पूरापूर हप्ताहप्तामा दिन र रात काम गर्छ । नेपालमा दश घण्टा सुतेर पनि निद्रा नपुग्ने ज्यानलाई यहाँ ६ घण्टाले पुग्छ। घरमा काममा बाबाआमालाई ठगे जस्तो ठग्न सकिन्न कोरियामा साहुलाई।


कोरियाले काम गर्न सिकाएको छ, काम के हो र कामको मूल्य के हो त्यो चिन्न सिकाएको छ। समय के हो र समयको महत्व के हो चिन्न सहयोग गरेको छ।  लाइनमा बस्न सिकाएको छ। खान सिकाएको छ । बाटो हिंडन र सडक  पार  गर्न सिकाएको छ । सामान्यरुपमा निस्कने फोहरको व्यवस्थापन गर्न सिकाएको छ। लाग्छ यस्ता सानोतिनो जस्तो लाग्ने कुराहरु पनि दैनिक व्यवहारमा उतार्न सकियो भने देशलाई ठुलो योगदान गर्न नसकिए पनि सामान्यरुपमा साधारण नागरिकको हिसाबले निर्वाह गर्नुपर्ने भूमिका पुरा गरेर राज्यलाई सहयोग पुग्छ भन्ने लाग्छ । 

जति सुकै पिडा र दुख भएतापनि नेपालमा साधारण जागिरले कमाउन नसकिने आर्थिक लाभ दिएको छ। कहिले काहीं कसैलाई दुख पर्दा र विभिन्नखाले सामाजिक अभियानहरुमा  सानोतिनो भए पनि आर्थिक सहयोग गर्न सिकाएको छ, सकिएको छ।


त्यो मेशिनको आवाज र व्हास्स्स नाक मुख बाट पसेर आन्द्राभुँडी बटार्ने पलास्टिक र केमिकलको गन्ध अहिले नाक मुख र पेटले पचाएको छ, विगत र इतिहास बनेको छ भलै  त्यसको साइड इफेक्टहरु त् धेरै होलान्। तर पनि नेपालमा बेरोजगार र दुइ पैसाको लागि भौतारिदै गर्दाको पिडा र त्यसले आक्रान्त भएको दिमागलाई भने ठिक गरेको छ।  धन्यवाद कोरिया।


प्रकाशित मिति : २०७३ फाल्गुन ०२ (February 13, 2017)

प्रतिक्रियाहरु


उदय नेपाली wrote on 15 January, 2017
कथामा सत्य लुकेेकाेे छ तर अजै पनि नेपालमै केही गर्न नसके अबकाे ५ वर्ष पछि थप लाचार सिवाय केही हुने छैन । अाफ्ना सन्ततीलाइ पनि अाफ्नाे जस्ताे काम नदिने हाे भने मित्र अब अाँखा खाेल र केही जाेखिम लेउ र नेपालमै केही काम गर । नत्र याे भूमरी मात्र गहिरिनेछ ।
udaya rai wrote on 16 January, 2017
कोरिया लगाएत बिदेशमा सिकेको नेपालको हवाई मैदानमा उत्रने बित्तिकै बिर्सेर नेपाली पन शुरु गरिहाल्छन र पो समस्या त .. नेता ,जनता बुद्दिजिबि सबैले .
गीता राना wrote on 03 March, 2017
बिदेशमा जस्तो सुकै काम गर्न तयार हुन्छ तर नेपाल आएपछि खाको थाल पनि माझ्न गार्हो मान्ने प्रवृति ले बिग्रिएको छ I

तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal