LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

लोसारको शाब्दिक अर्थ र यसका प्रकार

सेर साङबो

दक्षिण कोरियामा शेर्पा संघ द्वारा आयोजना गर्न लागेको ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम नजिकै आएसँगै शेर्पा संघ द कोरियाले ग्याल्बो लोशार नेपालीहरुको मौलिक चाड, भएकोले सबै नेपाली समुदायले यस ग्याल्बो लोशारवारे जानकारी हुन आवश्यक देखिन्छ ।

नेपाल बहु जाती भाषा धर्मं संस्कार संस्कृतिक बिभीता युक्त रहेको हुनाले हामीले एक अर्काको भाषा धर्मं संस्कार संस्कृतिक को सधै सम्मान गर्नु पर्ने र यहि संस्कार संस्कृतिकले नै हामी नेपाली हरु मा सतभाव बडाउनु को साथै एकता को शुत्रमा बाँध्ने काम गर्दछ । त्यसैले शेर्पा संघ कोरियाले लोशार वारे सांस्कृतिकविदहरुद्वारा लेखिएको लेखलाई मैले यसप्रकार प्रस्तुत गरेको छु ।

मानब सभ्यताको बिकाश संग संगै बिभिन्न समुदायहरुको आ आफ्नै धर्म ,संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, चलन चल्ती, भेषभुसा, भाषा, लिपि र  चाडपर्बहरु मनाउने परम्पराहरुको सुरुवात विभिन्न काल खण्डमा फरक फरक तरिकाले बिकाश भएको पाईन्छ। त्यसमा लोसार मनाउने परम्परा पनि एक महत्वपुर्ण अंग हो र जसको आधारमा लोसार मान्ने समुदायको जिबन पद्धति र जन्मदेखि मृत्यु सम्मको जिबन चक्र र धार्मिक पृष्ठ भुमिहरु जोडिएको छ ।

 त्यसैले लोसार मान्ने समुदायले लोसारको बिषयमा प्रस्ट बुझ्नु अति जरुरी देखिन्छ । जस्तै लोसारको शाब्दिक अर्थ के हो ? लोसार कति प्रकारका हुन्छन?  कहिले र कुन समयदेखि कहाँ बाट सुरु भयो ? कुन कुन समुदायहरुले लोसार मनाउछन? लोसार कुन धर्म को आधारमा मानिन्छ ? भन्ने इ र इ लगायतका ऐतिहासिक पृष्ठ भुमिहरु बुझ्नु अति आवश्यक छ ।

लोसारको अर्थ:-  लोसार या लोछार भन्नाले नया वर्ष नया सम्बत या नया साल भन्ने जनाउछ।  यो विश्वको  अन्य पात्रो परम्परामा जस्तै लो या सम्बत फेर्नलाई एउटा आधिकारिक पात्रोको आबश्यकता पर्दछ र कुनै पनि पात्रोको नियम अनुरुप वर्ष फेर्नलाई १२ ओटा महिना हरुको निर्धारण गरिनुपर्छ । त्यस मध्येबाट एउटा महिना लाई पहिलो महिना भनेर तोकिएको हुन्छ त्यसै अनुरुप पहिलो महिनाको पहिलो दिनदेखि गणना सुरु भएर बारा महिना पुरा भइ  पुण: पहिलो महिनामा प्रवेश भएको पहिलो तिथि अर्थात पहिलो दिनलाई नै नया वर्ष या लोसार भन्ने गर्दछ ।

पात्रो सूर्य र चन्द्र गरि २ प्रकारका हुन्छन जसमा लोसार चन्द्र पात्रोको आधारमा मानिन्छ  नया वर्ष र लो फेर्ने प्रक्रिया अन्य पात्रोहरुको जस्तै भए पनि दिन गणना र लोसार को विशेषता भने अरुको भन्दा फरक छ । अरु पात्रोहरुको जस्तै हामी लोसार मान्ने समुदायहरुको पनि १२ ओटा महिनाहरु गणना गरिन्छ। पहिलो महिना लाई छयु दावा भनिन्छ भने क्रमस: २) ओ दावा ३) न्हाग दावा ४) सागा दावा ५) नोन दावा ६) छयुतोई दावा ७) ढोशीन दावा ८) ठुम दावा ९) युग दावा १०) मिन दावा ११) गो दावा  १२) ग्याल दावा गरि १२ ओटा महिनाहरु हुन्छन।यसलाई हामी दा खोर च्युङि अथवा बारा महिनाको चक्र भन्दछौ यो दा खोर एक पटक घुम्दा १२ महिना पुरा हुन्छ  जुन बेला एउटा लो चक्र फेरिन्छ । लो चक्र पनि १२ ओटा गन्ने परम्परा  छ जसलाई हामी लोखोर च्युङि भन्छौ । लोखोर च्युङि यस प्रकार छन:- १) झिवा २) लाङ ३) ताग ४) ह्योई ५) डुग ६) डुल ७) ता ८) लुग ९) टे १०) झ्या ११) खी १२) फाग  । यसरी १२ ओटा जन्तु चक्र क्रमस फेरिने प्रक्रिया लाई नै लोसार भनिन्छ । यो एक वर्ष अर्थात दा खोर च्युङि बारा महिनाको चक्र पुरा भए पछि मात्रै एउटा जन्तु फेरिन्छ । त्यसैले लोसार तथा नया वर्ष फेर्ने क्रम एउटा पात्रोको नियम अनुरुप वर्ष को एक पटक मात्रै हुन्छ । यो कुनै जाति बिशेषको आधारमा फेरिदैन ।

लोसार मुलत: चार प्रकारका हुन्छन। चारै प्रकारका लोसार हरु विभिन्न कालखण्डमा बिबिध कारणले अलग अलग नामकरण गराई फरक फरक समयमा मान्दै आएको पाईन्छ । १) कोङपो लोसार, २) तोला लोसार, ३) सोनाम लोसार, ४) ग्याल्पो लोसार

 कोङपो लोसार ११ रौ सताब्दी देखि नै भोटको कोङपो प्रान्तमा चन्द्र पात्रो अनुरुप दसौ महिना अर्थात मिन दावाको पहिलो तिथिको  दिनमा युद्धका कारण आग्याल राजाको पाला देखि नै लोसार आउनु तीन महिना अगाडी नै मानेर युद्धमा गएको  भन्ने ईतिहासमा उल्लेख भएको पाईन्छ । यो बेला लोसार मानेता पनि पात्रोको नियम अनुसार लो या सम्बत भने फेरिएको हुदैन ।   त्यस पछि ११ रौ महिना अर्थात गो दावाको पहिलो तिथिमा तोला लोसार मनाउने चलन छ । यो प्रचलन खास गरिकन अन्ना बाली हरु पाकेको अवसर पारेर नया अन्ना देउता लाई चढाएर आफुहरुले ग्रहण गर्दै खुशियाली मनाउने एउटा पर्वको रुपमा मनाउदै आएको पाईन्छ तर यहाँ लो या सम्बत फेर्ने प्रक्रिया पुरा भएको हुदैन । तोला भन्नाले नया चिज ग्रहण गर्न आतुर भएको भन्ने बुझिन्छ  ।

सोनाम लोसार तोला लोसारको एक महिना पछि अर्थात चन्द्र पात्रोको १२ औ महिना ग्याल दावाको पहिलो तिथिमा मान्ने प्रचलन छ । सोनामको अर्थ कृषि अर्थात खेतीपाती भन्ने जनाउछ । १२ औ महिनामा कृषकहरुले आफ्नो बाली नालीहरु  सबै भित्रै  सकेर आफुहरुलाई फुर्सत भएको र एक महिना पछि आउदै गरेको पहिलो महिना छयु दावाको पहिलो तिथिमा पात्रोको नियम अनुसार जुन दिनदेखि लो या सम्बत फेरिन्छ र नया बर्ष को सुरु हुन्छ त्यो बेला अर्को नया बाली नाली लगाउनु पर्ने व्यस्तताको कारण एक महिना अगाडी नै लोसार मनाएको हुनाले अहिले सम्म पनि तिब्बतको धेरै जसो भूभाग हरुमा सोनाम लोसार मान्दछन र लो या सम्बत फेर्ने प्रक्रिया चाही  एक महिना पछाडी अर्थात छयु दावाको पहिलो तिथिलाई नै मान्दछन जसलाई ग्याल्पो लोसार भनेर नामकरण गरिएको छ । माथि उल्लेख गरिएको चारै थरिको लोसार मान्ने परम्पराको सुरुवात तिब्बत बाटनै भएको हो । तिब्बतमा सोनाम लोसारको पृष्ठ भुमि  ग्याल्पो लोसारको भन्दा पुरानो छ सोनाम लोसार  तिब्बतको मौलिक पर्व पनि हो साथै बोन धर्म तिब्बतको सबै भन्दा पुरानो र त्यहाको मौलिक धर्म हो ।

केहि वर्ष अगाडी देखि नेपालमा पनि विभिन्न समुदायले लोसार मनाउना थालेको छ  । त्यस मध्ये  गुरुङ तामाङ र शेर्पा समुदायले आफ्नो आफ्नो जातिको नाम झुन्डाएर लोसारलाई जाती बिशेषको बनाएको देखिन्छ । तर यस्तो भने हुन सक्दैन लोसार जुन सुकै जातिले जे सुकै मानेता पनि सम्बत चाही ग्याल्पो लोसारमा मात्रै फेरिन्छ अहिले सम्म २१४३ सौ सम्बत चलिरहेको छ ।     

तोला र सोनाम लोसार लाई पर्वको रुपमा मनाउना सकिन्छ र जसले मान्दा पनि हुन्छ तर यस बेला लो या सम्बत भने फेरिदैन किन भने एउटा पात्रोको आधारमा एक वर्ष भित्र एक एक महिनाको फरकमा सम्बत फेर्ने प्रक्रिया दुनियाको कुनै पनि पात्रो परम्परामा छैन । तोला र सोनाम लोसारको कुनै छुट्टै पात्रो या सम्बत पनि छैन ।

अहिले केही  तामाङ समुदायहरुले केही बर्ष अगाडिदेखि बोधिसत्व महा मन्जु श्री को जन्म दिनलाई सोनाम लोसारको सम्बत भनेर मानिरहेको पनि देखिन्छ । चीनको रिवो चे ङ भन्ने पर्बतमा महा मन्जू श्री को जन्म भएर २८५२ वर्ष भयो भनेर तिब्बतको ज्योतिषी विद्वान फुग्पाले बताउनु भएको कुरा २१४३ सौ ग्याल्पो लोसारको पात्रो भित्र उल्लेख गरिएको छ  ।

गत बर्ष ग्याल्पो लोसारको दिनलाई  सोनाम लोसार हो भनेर लोसार मनाउदै गर्दा काठमाडौँको टुडिखेलमा २८५२ औ सम्बत सोनाम लोसारको सम्बत हो यो कुरा ग्रन्थमा उल्लेख छ भन्दै २१४३ सौ ग्याल्पो लोसारको ठुलो पात्रो देखाएर महा मञ्जु श्री जन्मेको तिथिलाई सोनाम लोसारको सम्बत भनेर सम्बोधन गरेको विडियो यु टुब भित्र हालेको छ ।

त्यसैले महा मञ्जु श्रीको जन्म दिनलाई सोनाम लोसारको सम्बत भन्नु कुनै तर्क प्रमाणको कुरा हैन यो त खाली लाटोको देशमा गाड़ो तन्देरो भनेको जस्तो मात्रै हो  । ग्याल्पो लोसारको सम्बत २१४३ लाई राजाको  जन्म जयन्ती मनाएको हो भनेर लेखेको हरु पनि पाइयो तर त्यो गलत कुरा हो । ईसा पूर्व १२७ बर्ष पहिले भोट बर्मेली भूभाग हालको तिब्बतमा पहिलो राजा ङ्यठी चेन्पो को पाला देखि लोसार मनाउना सुरु गरेको र यसैलाई पछि आएर ग्याल्पो लोसार भनियो र तिब्बतमा बुद्ध धर्मको बिकाश भैसके पश्चात सबै तिथि मितिहरू यसै सम्बत लाई  आधार मानेर पात्रोको बिकाश गराइयो र  अहिले सम्म पनि त्यहि पात्रो परम्परा अनुसार वर्ष लो फेर्ने प्रक्रियालाई मान्दै आइरहेको छ  । भगवान बुद्धको चार ओटा महा तिथि मध्ये छ्योठूल धुई छेन अर्थात ऋद्धि प्रतिहार्य दिबस पनि ग्याल्पो लोसारको बेला पर्दछ  ।

अन्त्यमा चन्द्र,सुर्य, नछेत्र र ग्रहहरु कुनै जातीको आधारमा घुम्दैन त्यसरीनै लो या सम्बत पनि कुनै जाती बिशेष को आधारमा फ़ेरिदैन महायानी बौद्ध धर्माबलम्बी  हरुको चन्द्र पात्रो लाई नै स्वीकार गर्दै लोसार मान्ने सबै समुदाय हरु एक हुन सकेको खण्डमा आफ्नो हक हित र अधिकारका कुरा शुनिश्चित गर्न मदत पुग्दछ।  अन्तमा शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजना गर्न लागेको ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम अवश्था पुगेकोले सवैको साथ र सहयोगको अपेक्षा गर्दछु ।

सेर साङबो  संघ दक्षिण कोरियाका अध्यक्ष हुन ।

प्रकाशित मिति : २०७३ पौष २३ (January 07, 2017)
Advertise with us

विचारका थप शिर्षकहरु

• कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा

• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक

• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा

• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर

• कोरिया सपना र वास्तविक भोगाई

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिनेकोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्टकोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितकोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर फेरी कोरिया जाने अवसर, चैत्र २१ देखि आवेदन दिन सकिनेतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal