हैसियत विहिन सामाजिक संजाल: देश जलाऊन हैसियत नचाँहीने, फेसबुक चलाऊँन हैसियत चाँहीने ?

सुबाश घिमिरे

प्रधानमन्त्री ज्यु नमस्कार , यहां प्रति मेरो ब्यक्तिगत रुपमाकुनै तिक्तता छैन म ब्यक्तिगत रुपमा र पदिय दुबै रुपमा यहाँलाई सममान गर्दछु | देसको बहालवाला प्रधानमन्त्री को अभिब्यक्ति बारे सानो टिप्पर्णी गर्दैछु,लेख लेख्दैछु , थाहा छैन मलाई मैले यो लेख लेख्दैगर्दा म मा यो लेख लेख्ने हैसियत छ या छैन ,त्यो हैसियत म राख्छु या राख्दिन ,तथापि जे देखेँ सो लेखेँ |

कुरा आज भन्दा केही दिन पहीलेको हो सम्माननिय प्रधानमन्त्री ज्यु को दोस्रो सत्तारोहण को सयौं दिन पुगेको अवसर ,राजनितिक रुपमा सरकारको हनिमुन मानीने सयौं दिन पुगेकोअवसरमा बेलुका चार बजे पत्रकार सम्मेलन आयोजना गरिने कुरा दिउँसै आयो ,हामि सबै सर्बसाधारण टेलिभिजन अगाडि बस्यौं चार बज्नुअगावै तर प्रधानमन्त्री ज्युले करीब एक घण्टा कुराउँदै करीब पाँच बजे सम्बोधन सुरु भयो सबै सुन्यौं हामिले ,सबै बिषयमा टिप्पर्णी गर्न त यहिले सम्भव नहोला तर यहांले अन्त्यमा एकजना पत्रकार साथिले सोध्नुभएको प्रस्नको जवाफ दिने क्रममा भन्नुभयो " सामाजिक संजाल चलाऊने हरु हैसियत बिहिन हुन,तिनिहरुसंग सरकारको बारे टिप्पर्णी गर्ने कुनै हैसियतनै छैन " म आज यसै बिसयमा आफ्नो दुई सब्द खर्चदै छु |

म एक आम सर्बसाधारण जनता,सोसित पिडित, सर्मजिवि युवा हु,परीस्रम गरेर खान्छु,तपाँईहरुको जस्तो हाईवे पुरै खालि गरेर,अगि पछि सेना,प्रहरी लगाएर हिड्ने हैसियत हाम्रो छैन तर याद गर्नुस् यहांलाई त्यो हैसियत यिनै हैसियत बिहिन जनताले दिलाएका हुन,चाहे भने त्यो रवाफ,हैसियत तु खोस्न पनि सक्छन  | हो सामाजिक संजालमा प्रास: बेरोजगार हरुने हुन्छन तर हामि युवा पिडिलाई त्यो काम बिहिन,बेरोजगारी हैसियत कस्ले दियो ? यहांहरु ले नै हैन ? देस र जनता प्रति तपांईहरु प्रति कुनै जिम्मेवारी छैन ? देस र जनताको आधारभुत आवस्यक्का पुरा गर्नु यहांहरुको कर्तब्य हैन ? यस प्रति जवाफदेहिता छैन ?


सामाजिक संजालमा अभिब्यक्त कुरा यहि समाजका भावना हुन,बिचार हुन,पिडा हुन,बिडम्वना हुन,सोसित,पिडित आम जवसमुदायका बिचार हुन उनिहरुले आफ्नो दु:ख,पिडा,सार्बजनिक महत्वका बिषयमा आफ्नो धारणा राख्न पाउँछन ,पाऊनु पर्छ नत्र लोकतन्त्र,गणतन्त्र र अभिव्यक्ति स्वतन्त्रता के का लागी ? कस्का लागी ? तपांई राजनिति गर्ने हरुका लागि त आफ्ना कार्यकर्ता ले बनाएका ठुला ठुला मञ्च,माईक र गाउँ गाउँ बाट उठाईएका कार्यकर्ता को तालि हुन्छ आफ्ना कुरा राख्न लाई तर हामी आम सर्बराधारण को लागी फेसबुक को लाईक,कमेन्ट,ट्युटरको रिट्युट नै  काफि छ | न त चाहीन्छ माईक नत गर्छौं लाखौं खर्चनै किन कि हामि संग न त माईक समाऊने हैसियत नै छ नत स्टेज चढ्न खर्च गर्ने लाखौं रकमनै हामि गरीब,दुखी नेपालि न पर्यों | तपाँई हरुजस्तै राजनिति गर्ने हरुले चुसेर फ्याकेका उखुका खोस्टा झै रसबिहिन हामि संग फेरी तपाँई हरुनै कुन हैसियत को कुरा गर्दैहुनुन्छ ? के हैसियत खोज्दै हुनुन्छ ?

हो हाम्रो सांचिकै हैसियत नभएकै हो यदि हैसियत हुन्थ्यो त नौं,नौं महिनामा नयां सरकार, पचास पचास जनाको जम्बु मन्त्रीण्डल बेहोर्न पर्नेथिएन, आज काठामाण्डौ का हरेक बस्तिमा घरै पिच्छे पुर्ब मन्त्री,टोलै पिच्छे पुर्ब प्रधानमन्त्री बेहोर्नपर्ने थिएन प्रधानमन्त्री ज्यु | यदि हाम्रो हैसियत हुन्थ्यो त तपाँई जस्तो आफ्ना जनतालाई नै हैसियत बिहिन बनाऊने प्रधानमन्त्री पनि बेहोर्नुपर्ने थिएन , प्रधानमन्त्री ज्यु यहांलाई यो कार्यकारी रास्ट्रप्रमुख को हैसियत मा कसले पुर्याएका हुन ? यीनै हैसियत बिहिन नागरीकले हैन ? हुन त यहांहरु जस्तो बरीस्टलाई आम नागरीकको हैसियत के थाहा तपाईहरु एक क्षेत्रको कुल मतदाता भन्दा बढि मत ल्याएर निर्वाजित हुनुहुन्छ , नागरीकले आफ्नो हैसियत अवस्य देखाऊनेछन आगामी चुनावमा प्रतिक्षा गर्नुहोला |

मलाई राम्रो संग थाहा छ तपाईको नजरमा म पनि त्यही सामाजिक संजाल को प्रयोग कर्ता ,हैसियत बिहिन नागरीक हुँ ,यहांले किन त्यो आरोप हामि माथि लगाऊनु भयो भने यहांको समर्थनमा कुनै पोस्ट छैनन् हरेट दिन फरक टेण्ड चलेकाछन ट्युटरमा तर सबै यहाँको बिरुद्ध | हामिले यहांको कुन चांही कदमलाई समर्थन गर्नपर्यो सरकार ?
रास्ट्रको गरीमा उच्च राख्दै भर्खरै बिजय हासिल गरेका फुटबल टोलीलाई तिनलाख मात्रै दिनसक्ने,पांचलाख मै नेपालमा उपचार हुने रोग लागेकी सुजता लाई पचास लाख दिने ? यही हो सरकारको हैसियत ?टिकापुर नरसंहार का नाईकेलाई आम माफि,बिधिको सासनको उल्लड़्गन गरी निधिको सासन लागु गर्ने यही हो सरकारको हैसियत ? हामिलाई हाम्रो आन्तरीक मामलामा धावा बोल्दै ,सार्भम मुलुकमा नाकाबन्दि लगाऊने रास्ट्रप्रमुख ल्याएर देसै ठप्प राख्ने यही यो सरकारको हैसियत ? अब भन्नुस हामिले यहाँको कुन चांही हैसियतको समर्थन गरौं सामाजिक संजालमा ? अझ मैले एकै सब्दमा भने " सरकार चलाऊन हैसियत नचांहीने फेसबुक चलाऊन हैसियत चांहीने ? " यो भनाईलाई कसरी ब्याख्या गर्नुहुन्छ,कसरी बुझ्नुहुन्छ त्यो पनि हजुरकै सब्द सापटि लिएर भन्नु पर्दा यहांको हैसियत मा नै निर्भर हुन्छ |

प्रधानमन्त्री ज्यु , सक्नुहुन्छ निरंकुसता ल्याएर सामिजिक संजाल प्रयोगमा प्रतिबन्ध लगाई दिनुस् हामी प्रतिकार गर्न तयार छौं नत्र गणतन्त्रमा हाम्रो अभिब्यक्ती स्वतन्त्रता खोस्ने कोसिस नगर्नुस् त्यो हैसियत यहाँ संग पनि छैन | राणा सासन देखि राजतन्त्र सम्म यिनै जनताले फाल्ने तागत राखे ,हैसियत राखे आज आएर यहांले यिनै जनताको हैसियत देख्नुभएन ? यतिका बर्स सम्म राजनिति गर्नुभयो तर जनताको हैसियत,तागत लाई यति नजर अन्दाज गर्नुभयो, जनताको भावना र लोकतन्त्रमा जनसर्वोच्चता लाई बुझ्न सक्नुभएन भने यहांसंग राजनिति गर्ने के हैसियत होला र |

हामिले हरेक पटक ब्यावस्था बदल्यौं तर ब्यावहार बदल्न सकेनौं दलिय सर्वोच्चता स्थापित गर्यौं तर नागरीक सर्वोच्चता स्थापित गर्न सकेनौं ,तपांईहरु जस्ता राजनितिज्ञको हैसियत स्थापित गरीदियौं तर हामिले आफ्नो हैसियत बनाऊन सकैनौं हामि आम सर्बराधारण पस्चातापमा छौं तर अब हामि हाम्रो हैसियक देखाऊन चुक्दैनौं प्रतिक्षा गर्नुहोला आगामि चुनावमा आम सर्बसाधारण ले आफ्नो हैसियत देखाऊनेछन ,स्थापित गर्नेछन,सबल र सक्षम नेत्तृत्व चयन गर्नेछन , कम्तिमा आफ्ना जनताको सम्मान गर्न सक्ने,हैसियत बुझ्न सक्ने नेत्तृत्व चुन्नेछन ||
हैसियत बिहिन नागरीक
सुबाश घिमिरे ईटहरी शुनसरी

प्रकाशित मिति : २०७३ मंसिर ०२ (November 17, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

• मानबिय जिन हामिमा हराउदै गाको छ

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
अमेरिकी थाड तैनाथका क्रममा कोरियाको सञ्जुमा भिडन्त, कोरियाली प्रायद्धिपमा तनाब बढ्ने संकेत काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal