घर भित्र नै अछुतो म

बैरागी माइला

मेरो जिजु बुबाले दुइ वटी  श्रीमती  लिएर आउनु  भएको रहेछ ।एक जना लभ  गरेर र अर्को मागी बिबाह गरेर ।लभ गरेर लिएर आएको लाई त्यति  बेलाको जमनामा  लेइता भन्दा रहेछन र अझै  पनि यो चलन छ । बिबाह गरेर लिएर आएको लाई बेइता भन्दा रहेछन ।त्यसरी लेइता भन्ने  बेइता भन्दा सानो अथवा निच  हुदो रहेछ त्यो  लेइता पक्षले छोएको  बेइता पक्षले खान पिन गर्न मिल्दो रहेन्छ। मेरो हजुर बुबा तेहि लेइता को कोख बाट  जन्मनु भको रहेछ। मात्र   बेइता को कोख बाट  तीन भाइ र तीन बहिनी जन्मनु भको रहेछ जसरी जन्मे पनि ती मेरा सबै हजुर बुबा हरु नै भए  आज कोहि पनि छैनन सबै मरिसकेका छन ।

मेरो हजुर बुबा यसै पनि लेइता तिरको  र बाबू को सम्पती बाट  बन्चित बनाइएछ  । यसलाई  गाउँ बाट  निकाल्नु पर्छ यो तुच्छ  हो भन्दै बालख मै घर बाट  बेघर बनाइएछ ।दया माया गर्ने कोहि रहेनछ । गाउँमा धनी मानी हरुको घरमा घाँस  ,दाउरा ,खेती पाती, गाई भैंसी को सेबा गरेर बस्नु भको रहेछ ।उमेर  अवस्था  भैसके पछि बिबाह पनि  गरिदिएछन  । जङल को एक  कुना मा बस्ने  बाँस को लागि थोरै जमिन पनि दिएछ ।जहाँ बाघ भालु को आतंक  हुन्छ तेहि नै   चार तिर पर्खाल  लगाएको  सल्लीपिराल ले छाएको  गाउँ बाट  एक घण्टाको दुरि मा बस्न अनुमति  दिइएको  रहेछ ।त्यति  बेलाको समयमा कति जना लाहुर जाने  गर्थे रे र लाहुर गएका नफर्के का कति उदाहरण  छन
तर  मेरो हजुर बुबालाई  देस को नै माया लागेछ गाउँमा  नै सेबा गरेर बस्नु भको रहेछ। यो पिडा  दुख  सबै यहि छुवाछुतको कारण हो ।आज भोलि मेरो हजुर बुबाको ईमानदारि ताको कुरा सुन्न पाइन्छ ।

अनि मेरो बुबा र फूपू दिदी जन्मनु भएको रहेछ ।फूपू दिदी पहिलो बिबाह हुने बितिकै फुपाजु को मृत्यु  भएछ  र दोस्रो बिबाह गुल्मी जिल्लाको धुर्कोट  मा गरिएको  रहेछ अहिले राम्रो सुखी र धनी परिबार छन 
मेरो बुबा तेहि गाउको सुकिला मुकिला हरुको पछि लाग्दा लाग्दै सिकर्मी काम सिख्नु भएछ।  बिस्तारै काम गर्दै जाँदा पैसा कमाउदै जाँदा  लोकप्रियता  कमाउदै जानू भएछ ।हात को सीप आफ्नै जग्गा जमिन किनेर ती जङ्गल को बसाइ बाट मुक्ती हुनु भएछ। गाउको छेउ मा अथवा  गाउँ देखि बन जादा अन्तिम र बन देखि गाउँ आउदा पहिलो घर मेरो नै हो । दुई झ्याल एक ढोका भएको एक  तला खरले  छाएको घर आज भोलि तेस्तो घर लोप भैसके    ती घर जस्तै  सहर बजार तिर टुरिष्ट   कटेज देख्न पाइन्छ ।
   
मेरो घर वरिपरि छिमेकी सबै कोहि आफुलाइ जात को धनी मान्ने हरु थिए त कोहि धन सम्पती का धनी थिए। गाउँ घर मा ऐचो पैचो चलिरहन्छ  कुनै कारण  बस  म तिनी हरु को घरमा  जाँदा   अगेना मा जोरेका दाउरा समेत तर्काउनने गर्थे ।कति पटक  त तिनी हरुको चुलो चौको छोइदियो भनेर आमा सँग  कुरा लगाइदिएर  मेरो आमाले समेत मलाइ कुटपिट  गरेको याद अझै पनि ताजा छ ।छर छिमेकमा पुजा आजा हुँदा भोज भतेर हुँदा खेरी हामिहरु लाई अलग्गै  राखिन्थियो ।हामिले छोएको तिनी हरुले खान नहुनी रे  तर हामिहरु ले दुध  र घिउ मा पकाएर दिनेहो  भने रियाल चुहाउदै तिनै खान आउथे। यसरी घोडा  देखि कुकुर सम्म पुज्ने  बिरालो देखि बादर सम्म पुज्ने  कौवा देखि सर्प सम्म पुज्ने यो समाज ले हामिहरु लाई मान्छे  को नजर ले हेर्न सकेन ।
यसरी  लेइता भएकै कारण  आफनै घर भित्र  त आफनै सन्तान अछुतो बनाउछ मानिस हरुलेअझै  फरक र भिन्न परिबेस का मानिस लाई कस्तो व्यबहार हार गर्दो हो कल्पना  गर्न समेत सकिँदैन ।एक दलित ले बनायको  मुर्ती पुजा गर्छ तेहि दलित लाई मन्दिर सम्म जान दिदैन ।त्यही दलित ले सिलाएको कपडा  लागाउछ पबित्र  मान्छ तर  तेहि दलित अपबित्र  हुने
तेहि दलित ले बनायको टाइसुट  लगायर विभिन्न भोज भतेर मा पार्टी  मा जान्छ तर तेहि दलित लाई बन्चित गराउछ के हामिहरु ले छोएको सबै  चल्ने  पानी मात्र नचल्ने हो । गाईको  मुत खाएर आफुलाइ पबित्र  ठाँन्ने यो समाज ले मैले छोएको पानी समेत पिउन मानेन यहि नै हो बाहुन वाद भनेको ।

सहर तिर अलि कम होला गाउँ घर तिर यो चलन जिउ का तिउ छ अझै  पनि। एक बर्ष पहिले छिमेकीको मा पुजा  थियो  भोज को निम्तो मलाइ पनि थियो । म पनि गएको थिए ।सबै ले बसेर भोज गर्दै थिए र म पनि तेहि लाइन मा बसेर भोज गरेँ  एक जना आमै  उठेर हिडिन र थाल को भात पनि फालिन  सबै ले मेरो मुख मा हेरे कसैले केही भनेन जब म घर पुगेँ  त्यो कुरा मेरो आमा संग पुराइ सकेछन ।तेरो छोराले आज यस्तो गर्यो  भनेर । पहिले त गाउँ अशिक्षित   थियो जानेनन गरे पनि होलान आज कल का युवक  हरु पनि तेहि कु सस्कार र कुरिती को अनुसरण  गर्दा दुख लागेर आउँछ ।

आज यहि भेदभाव  र छुवाछूत  को कारण  कति आत्महत्याका घटना  भएका छ्न ।कति बैबाहिक जीवन बर्बाद भएका छन ।सरकारले प्रतेक पटक  भेदभाव  र छुवाछूत  अन्त्य गर्न जनचेतना  को लागि बजेट  छुट्टाउछ खोइ कहाँ खर्च हुन्छ। किन  प्रभावकारी हुदैन यस्ता  कुरिती कुसंस्कार  लाई समाज को भित्री  तह देखिनै डाेजर लागायर फाल्नु पर्छ ।तपाईं हामी सबै मिलेर आजै देखि यस्ता  समाज मा हुने घटना  को भन्डाफोर गर्नु पर्छ । तपाईं हाम्रो  पालादेखी नै आफ्ना सन्तान हरु लाई यो तराइ पहाड  धनी गरिब तल्लो जात उपल्लो जात यो धर्म त्यो धर्म कालो गोरो मदेसि पहाडी   भनेर बिभेद को शिक्षा  नसिकाउ  हामी सबै नेपाली  र हाम्रो  नेपाल  सबै एकै फुलबारी  का फूल हौँ   ।अब शिक्षा  दिन जरुरी छ ।जहाँ कि कोहि यस्तो  घटनाको सिकार  नबनोस।

प्रकाशित मिति : २०७३ कार्तिक २८ (November 13, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानितहिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छनेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोधएनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणाकोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टीकिम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal