तिहारमा कोरियाबाट दिदिलाई चिट्ठी

प्रकाश बेल्बासे

प्यारी दिदी ढोग गरे !
तपाइलाइ फोनमा दर्शन दिदी भन्थे, पैतला छुने अबसर त कहिल्लै दिनुनै भएन, पर्दैन भन्दै तर्कनु भो । यो मानेमा म अभागी दिदी ! तर यतिबेला यो पत्र मार्फत मेरो आदर टक्र्याउछु , स्विकार्नुहोला ।

अहिले सम्म तपाइलाइ चिठी लेखेको अनुभव छैन तर के गर्नु आज फोन गर्ने हिम्मत पनि त भएन, बोली अड्किएला कि भन्ने भो, पोहोर नि तेस्तै भाथ्यो त्यसैले योपालि  यी यसरी लेख्ने सुरु गरे, जुर्नु पर्दो रहेछ दिदी ।

आज त टिकाको दिन है दिदी, यो अर्थपुर्ण दिनमा हामी सङ्गै  हुनुपथ्यो तर बिडम्बना अवस्था अल्लि फरक रह्यो, हामिले अबस्थालाइ आफू अनुकल बनाउन सकिनौ । समय त किन दोहोरिएला र तर आउंदो समयलाइ हाम्रो पक्षमा पारौला नि हैँ ।  त्यो दिन पनि आउँछ दिदी,आउनु पर्छ ।

खैर छोडम यो कुरा, अनि सन्चै हुनुहुन्छ होला, पक्कै हुनुहुन्छ किननि दिदिलाई रोगले सक्दैन । मैले हजुर बिरामी भएको खास्सै थाह पाएको पनि छैन, म २७ को भए ! तपाइलाई चिनेको २६ भए होला सम्झिने गरी दुख दिन लागेको चाँही २३, २४ भो कि ! ?  त्य्स्तै,त्यस्तै !

दिदिलाई मैले यो चिठ्ठिमा तपाइ भनेर सम्बोधन गरेको छु, तपाइलाई अचम्म लाग्ला !  पिर नगर्नु मैले हेला गरेर तेसो भन्या होईन । यो लोकले मेरो चेतना र  म हुर्किएको संस्कारमा प्रश्न उठाउला कि भनेर हिम्मत गर्नु पर्‍यो तथापी हजुरको मन पक्कै दुख्छ । त्यस्तै ५,६ बर्ष अगाडी मैले तपाइलाई `तपाइ´ भनेको थिए, सारै चित्त दुखाउनु भाथ्यो,  रुनु भयो पनो ! मेरो `तपाईं´ सब्दले भाइ टाढा भो कि भन्ने पर्यो । पछि मलाई नि गल्ति गरेछु भन्ने महासुश गराउनु भो । आखिर तपाइको मन नदुखोस पनि कसरी, मैले हजुरलाई बच्चै देखी `तं´ भनेर सम्बोधन गरे, गर्दै छु । तपाईंले तपाइमा भन्दा `तं´ मा बढी आफ्नोपन देख्नु, माया सम्झिनु भो जुन स्वभाबिक  थियो, छ । तर यो कुरा बाहिर समाजले बुज्दैनन दिदि, बुज्दारहेनछन । दिदी भाइमा आदर सम्मान नहुनि होईन हुन्छ तर मैले दिदिलाई गर्ने सम्मान मेरो सम्बोधनले मापन गर्दैन । यो म र तपाइ मात्रै बुझ्छौ । भाइले पनि बुज्छ ।
कसैले तिमीहरु दुइ भाइ मात्रै हो भनेर सोद्धा, हो हामी दाजुभाइ मात्रै हो भनियो ।

ए,उसोभए बाबुहरुका दिदिबैनी छैनन भनेर ढुक्के प्रश्न गर्दा , अंह छैनन भनेर कहिल्लै भनिएन ! बुझाउन पट्टी लागियो ।

हामिले फुजैदिदी र दिदिमा हुने भिन्नता छुट्ट्याउने मौका कहिल्लै पायनौ, अझ यसो भनु दिदिले त्यो मौका दिनुनै भएन ।

मलाई हिजो जस्तै लाग्छ, दिदिले पिठ्युमा बोकेर आफ्नै स्कुल लगेको । १ कलाश पढ्नु भन्दा पहिले नै ४,५ कलास पढेको अनुभब दिदिको कारणले नै मेरो स्मृतिमा सुरक्षित छ । दिदिका साथी सबै मेरा दिदी ! `बिजुलिको तार´  नाम गरेको गित गाएर पुरा क्लास नै रमाइलो गरिदिदा म सबैको प्यारो भाइ भएको थिए । अहिले पनि छु । तपाइको माया म ति सबै दिदिहरुमा बराबर देख्छु, हुँदाहुँदै ती कसैलाइ तं भनेर सम्बोधन गरिन किनकी ती तपाईं जस्तै ठ्यककै आफ्ना होइनन कि भन्ने लाग्यो, तं सम्बोधन भित्र माया र आदर देख्दैनन कि भन्ने लाग्यो र ती तपाइहरु भए तर तपाईं `तं´ !

भो छोड्नुस यी कुरा, यी ओखाभाका लेखेर रित्त्तिदैनन, रेशमको धागो जस्तै जति तान्यो तेति लामो हुँदै जान्छन  ।
अनि भोलि त खिल्जी जाँदै हुनुहुन्छ होला है ? जानुस दिदि

  ढुक्क जानुस, कान्छो भाइ बाटो हेरेर बसेको छ । उल्ले हाम्रो प्रतिनिधित्व गर्छ हामी माइलो जेठो(म र बुबा) यत्तिकै खुसी छौ । समय सकिएको छैन दिदी आइराख्छ, अर्को,नभए अर्को  ! तपाइको अगाडि एउटै गुन्द्रामा बसेर बौताको टिको सिन्काको सहयोगले  निधार रङ्याउला ,नाचौला रमौला ! त्यो दिन आउँछ, आउनुपर्छ ।

अन्त्यमा मन नदुखाउनुहोला, तपाईं हाम्रो मन त्यति कम्जोर पनि त होइन । अबस्थाले हाम्रो बसाइ टाढा छ दिदी तर भावना हेर्नुस त म हजुरकै मुटुमा छु । भान्जी भान्जा जस्तै एउटा कुनामा सुरक्षित छु ।

भान्जा भान्जिलाइ माया भनिदिनु, भिनाजु मै जस्तै आफ्नी दिदी भन्दा टाढा हुनुहुन्छ । म फोन्छु,  बितेका कुरा अलिकती र आउने रमाइला कुराहरु साटेर हामी काल्पनिक दुनियामा छिर्छौ । चिन्ता कतै छैन, खुशी हुने प्रयाश गर्नेछौ ।

जाँदा जाँदै, दाइ भनेर माया गर्ने बहिनिहरु धेरै कमाएको छु । केही उमेरले,केही नाताले र केही   भाबनाले नजिक छन , मैले दिदि भन्नेहरु पनि धेरै छन । ती सबै प्रती म कृतज्ञ छु तथापी यो निधारमा औंला चलाउने अधिकार सिर्फ तपाइको हो जुन सधै सुरक्षित रहनेछ । अस्तु !!
भाइ प्रकाश !!

प्रकाशित मिति : २०७३ कार्तिक १६ (November 01, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास साथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ? कोरियामा प्रचण्ड गर्मी आजबाट बढ्यो, मादक पदार्थ होइन प्रशस्त पानी र झोल पिउन अधिकारीको सुझाव
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal