LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

प्रबासको दशैँ

सुर्य खत्री "घायल"

दशैँको फन्कोले मलाई नभेटी गएको त धेरै भो यसपालिको सातौँ फन्कोले पनि नछोइ जाने निस्चित छ ।
म त उस्लाई खुबै सम्झन्छु तर थाहाछैन उस्ले भुल्यो कि सम्झिराखेको छ कुन्नि!म उस्लाई बारिको डिलमा सेतै फुलेको टाँकिमा सम्झन्छु ,डाँडाँमा हालिएको लिङ्गे पिङ्को लिङो जोड्दाको पलमा सम्झन्छु अनि सम्झन्छु लठारो बाट्दाको बाबियोको पोयो सङ्गैको रिङ्गटामा ।खै दशैँले मलाई कत्तिको सम्झेको छ
तर म पलपल यादमा डुब्छु जब सोर्ह स्राद्ध भित्रन्छ मन भित्र कता कता बेचैनिको आँधी मडारिन्छ र सलहले बन खाए झै  मन खान थाल्छ ।अतितले साथीले काम्रो लुकाइदिँदा खुटा खाँदिएर दुखी दुखी खेलेको पिङ्को सर्को, लह लह मार्सी धान झुलेको गैर्ही खेत, लाज पचाइ पचाइ साइनो केलाएर लगाएको टिका र जमरा र दक्षिणा भेटे पछि
चर्पी जाने बहनामा  गोजिको पैसा निकालेर गनेको क्षण । त्यस्तो प्रिय दशैँ मलाई नभेटी  गएको धेरै भो। तन जती बढे पनि मन केटा केटी नै  हुदोँ रहेछ खै किन हो मन छिप्पिन नसकेको ।

मेरो प्रिय दशैँ हातमा टिका जमरा सयपत्रीको थुङ्गो पिङ्को काम्रो बोकेर आइदियोस झै लाग्छ खै आउँदैन खै उ निस्ठुरी भएको होकी उसको लागि  म निस्ठुरी भएको हुँ सोचिरहेछु ।
यहाँ  समचार सुनेरै दशैँ आयो भन्ने थाहा हुन्छ र सुनेरै समचार फेरी दशैँ गयो भन्ने पनि जानकारी पाइन्छ ।
कुनै बेला एक जोर नयाँ लुगा उहि बिहान बेलुका पाक्ने भात र मासु अनि अलिकती खुजुरा पैसा भित्र दशैँ छर्लङ्गै देखिन्थ्यो ।तर किन आज महङ्गा कपडा उहि मासु उहि भात गोजिमा त्यो भन्दा  केहि धेरै दाम हुँदा पनि किन दशैको अनुभुती हुन सकेको छैन ?
म प्रश्न माथी प्रश्न सोध्छु आफ्नै मन सङ्ग  तर नाजवाफ छ मन ।म निरन्तर सोचीरहन्छु सबै थोक पाएर पनि किन दशैँ, दशैँ जस्तो हुँदैन प्रबासमा ?
सायद दशै,दशैँहुनको लागि  त्यती मात्र पर्याप्त नहुँदो रैछ चाहिने रैछ आफ्नो माटो, गाउँले मिलेर खनेको भर्खरैको आलो बाटो अनि दशैँ बोलाउन बजाएको नर्सिङहाको रन्को आदी आदी ।

प्रबासको दशै लाग्छ बाह्र मसला हालेर पकाएको तर नुन हाल्न बिर्सेको तर्कारी झै खल्लो ।भन्नलाई त खुब मनाइयो  भनिन्छ र मनाएको स्वाङ पनि गरिन्छ तर आफ्नै मनले स्विकार्दैन किन हो किन र सोधिरहन्छ अफैलाई ।खोइ बाँसका लिङ्गा जोडेको पिङ ?खोइ असार देखी साँचेको केराको घरी ? ?अनि खोइ मुस्लिले उधारेर निकालेका अनदिका चिउरा ?
कहाँ छ टाट्नामा बाँधेको घोर्ले दशैँ ?कल्पिदा कल्पिदै  बिहानको  साडे आठको अलार्म लाग्छ झस्किन्छु हतार हतार उठ्छु।

उहि तेल र ग्रीज लगेका कच्याक कुचुक परेका लुगा अनि औंलाको टुप्पामा फाटेर स्टिल निस्केका जुत्ता हतार हतार खुट्टमा घुसारेर ति पौठे जोरी खेल्ने अतितलाई पोको पारेर एउटा कुनामा फ्याल्दै उहि प्राबसी हुनुको धर्म निर्बाह गर्न बाटो  लाग्छु ।  फेरी भरे त्यही अतितमा डुब्नु त छदैँ छ ।

सबैसबैमा बढा दशैँको हार्दिक हार्दिक शुभ-कामना!!

प्रकाशित मिति : २०७३ असोज २२ (October 08, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal