कोरियाबाट दशै सम्झिदा

भोज बहादुर राना

दिउसो भरिको ड्युटिले गर्दा पुरै पसिनाले भिझेको शरिरको पसिना एक हातले पुच्छ्दै अर्को हातले साहुले नदेख्ने गरि साहुको आँखा छलेर यसो मोबाइल अन गर्दै सामाजिक संजाल खोलेको जताततै traveling to motherland मात्र देखिन्छ। म झसङ्ग हुन्छु हैन गाँउमा ठुलै के कार्यक्रमको अायोजना भएछ या सहर तिर भुकुम्पको जोखिम ह्वात्तै बढ्यो कि फेरि नाका बन्धी भएर रासन पाइन छाड्यो सबै गाँउ तिर हिडिरहेछन। म सोच्न बाध्य हुन्छु।

मेरो मनको खुलदुली मेटाउन म ड्युटि सकिए पछि साँझ गाँउ घर तिर सम्पर्क गर्छु अनि बल्ल थाहा भयो गाँउ तिर त दशैं अाएकाले छुट्टै माहोल रहेछ। साथीहरू दशैंको तयारिमा जुट्न लागीसकेछन। तर म र म जस्ता प्रदेशमा ड्युटिमा जोतिनेहरू लाइ काँहा थाहा हुदो रहेछ र चाड बाड अाको र गाको। लामो सुस्केरा हाल्छु अनि मन मनै सोच्छु यो पाली  पनि गरेर लगातर चार वटा दशै घर परिवार भन्दा बाहिर अर्थात बिदेशी भुमिमा श्रम गर्दै बितिसकेछ।

दशैं भन्ने शब्द सुन्ने बित्तिकै सायद नलोभिने नेपालीहरू कमै होलान। चाहें दशै मनाउने समुदायका हुन चाहें दशैं नमनाउने समुदाय कै किन नहुन।  यो दशैं चाड धार्मिक रूपमा मात्र नभइ सांस्कृतिक रूपमा पनि मनाइदै अाएको पाइन्छ। अर्थात गैर हिन्दुहरूले पनि यो दशै मनाएको देख्न पाइन्छ। जुन धार्मिक सहिष्णुताको बलियो जग हो। जुन निकै राम्रो पक्ष हो। दशैं टिका नथाप्नेहरू पनि यस दशैंको अवसर पारेर सबै परिवार जन भेटघाट हुने मिठो मसिनो खाने एक अापसमा रमाइलो गर्ने शुभ-कामना अादन प्रदान गर्ने। बिभिन्न देवि देवताको शक्ति पिठहरूमा भाक्कल गरि पुजा पाठ गर्ने गरेको देख्न पाइन्छ।

सामान्य त अरू चाडबाड अक्सर चाडबाड बितिसकेपछि थाहा पाउने म र म जस्ता प्रदेशी जिवन विताइ रहेका प्रदेशीहरू लाइ पनि दशैं चाड चाहिं अक्सर अघि नै थाहा हुन्छ।

त्यसको अाफ्नै ठुलो बिशेष कारण नभए पनि केहि खास कारण चाहिं अवस्य छन। अब दशैं अाउन लाग्यो है भने पछि गाँउघर तिर बाट म जस्ता पात्रहरूलाइ सम्झिनेहरू निकै हुन्छन। कहिले कांहि त अोहो मलाइ सम्झिने मेरो चिन्ता गर्नेहरू कति छन है भन्दै मन मनै गमक्क पर्छु तर गमक्क पर्दा नपर्दै दशै सिद्दिसकेको हुन्छ भने मलाइ सम्झिने र चिन्ता गर्नेहरूको संख्यामा पनि ह्वात्तै घटिसकेको हुन्छ। किनकि दशैं सक्किसकेको हुन्छ।

तर दशैं अाउन लाग्ने समयमा चाहिं गाउघर तिरबाट दिनमा दुइ तिन पटक मेरो मोबाइलमा घण्टि बजिरहेको हुन्छ। अनि सुरू हुन्छ कुराकानी यसरि बाबाले फोन गर्नु हुन्छ छोरा यो दशैमा अलि ठुलो खसि काट्ने सोचमा छु पैसा अलि पठाइ दे है, दाइ दिदिले फोन गर्नु हुन्छ भाइ दशैंमा सम्झि है, भाइ बैनीले फोन गर्छन दाइ बैनी र मलाइ खुसुक्क घरमा थाहा नपाउने गरि पैसा पठाइ दिनु है सपिङ्ग गर्नु छ, बुढिले भन्छिन बुढो मैले यो दशैंमा यो यो समान किन्ने हो त्यहिं अनुसार पैसा चाहिन्छ है, गाउ घर तिरक‍ो स्थानीय संघ संस्था बाट फोन अाउछ ल है लाहुरेहरू हामीले यस्तो यस्तो अाटेका छौ सहयोग चाहिं राम्रै गर्नु पर्छ है, साथीले फोन गर्छ अोए मलाइ दशैंमा यति पैसा पठाइ दे त तर मेरो बोली अक्मकाएको उसले प्रश्ट बुझ्य‍ो क्यारे फ्याट्ट भनिहाल्छ नडरान मुला कमाए पछि मिलाउला नि मनमा जेसुकै बिचार पलाए पनि सबै समक्ष जवरजस्त हास्दै हस हुन्छ नि भन्ने गर्याछौं म र मजस्ता पात्रहरूले। त्यसैले धेरै अनुरोध चाहना पुरा गर्नु छ म र म जस्ता पात्रहरूले बर्षमा एक चोटि अाउने बडा दशैंमा कसैको मन खिन्न नहोस भन्ने सोच हुन्छ म र म जस्ता पात्रहरूको तर महिना मरेपछि अाउने सेलरि भन्दा धेरै जनालाई त हस हुन्छ नि भनिसकेको छौं।

त्यसैले मनमा चाहना र इच्छा हुदा हुदैं पनि सायद सबैको अनुरोध पुरा गर्न सक्दिन होला त्यसमा दुखि छु। तर चाडबाड भनेको महंगो राम्रो लगाउनु अनावश्यक बढि खर्च गरि भोज भतेर गर्नु जाड रक्सी खाइ होहल्ला गर्दै हिड्नुमा रमाइलो मान्नु भनेको गलत पक्ष हो। अाफ्नो गक्ष अनुसारको बिना तडक भडकको शान्त वातावरणमा अाफ्नो संस्कृतिलाइ रक्षा पनि गर्दै समाजमा कुनै किसिमको नकरात्मक असर पनि नपर्ने गरि दशैं शान्त वातावरणमा शभ्य तरिकाले मनाअौं। सम्पूर्णमा दशैको धेरै धेरै शुभ-कामना। दशैं दशैं जस्तो होस दशैं दशा जस्तो नहोस।

बेउलीबास-०३ पर्वत
हाल दक्षिण कोरिया

प्रकाशित मिति : २०७३ असोज १९ (October 05, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal