कोरिया प्रायःद्वीपमा एकाएक परमाणु युद्धको सन्त्रास फैलिएको छ । उत्तर कोरियाले आफ्नो स्थापना दिवसको अवसर पारेर निकै शक्तिशाली परमाणु परीक्षण गरेलगत्तै अन्तर्राष्ट्रिय समुदायले जनाएको गम्भीर आपत्ति र अमेरिकाले दक्षिण कोरियाको सुरक्षार्थ पहिलो पटक सुपरसोनिक परमाणु बमवर्षक लडाकु विमान बी–१ बाट उत्तर कोरियालाई लक्षित गर्दै सुरु गरेको हवाई गस्तीले कोरियाली जनजीवन आतङ्कित बनेको छ ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमामा प्रहार गरेकोभन्दा शक्तिशाली परमाणु बमको सफल परीक्षण गरेपछि हौसिएको उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो मुलुकविरुद्ध गतिविधि नरोके दक्षिण कोरियालाई विश्वमानचित्रबाटै नस्ट गरिदिने चेतावनी दिएपछि आक्रामक बनेको दक्षिण कोरियाले कुनै पनि बेला उत्तर कोरियाको राजधानी प्योङयाङमाथि आक्रमण गर्नसक्ने प्रतिचेतावनी दिँदै युद्धका लागि तयारी रहन सेनालाई निर्देशन दियो । यसपछि कोरिया प्रायःद्वीपमा एकाएक तनाव र सन्त्रास बढेको हो ।
उत्तर कोरियाली नेतृत्वले आफ्नो व्यवहार सुधार नगरेमा कुनै पनि बेला परमाणु युद्ध हुनसक्ने भनी अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । उत्तर कोरियाबाट कुनै पनि बेला आणविक आक्रमण हुनसक्ने खतरा बढेपछि केही महिनाअघि अमेरिकाले दक्षिण कोरियाको सुरक्षाका लागि क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिदिएको छ । दक्षिण कोरिया र अमेरिकाले अत्याधुनिक संयुक्त सैन्य अभ्यासलाई यसपटक पनि निरन्तरता दिएकोमा उत्तर कोरियाले घोर आपत्ति जनाउँदै आएको छ ।
पारिवारिक तन्त्रमा चलेको कम्युनिस्ट शासन र विवादास्पद आणविक कार्यक्रमका कारण विश्व समुदायबाट एक्लिएको साथै अन्तर्राष्ट्रिय नाकाबन्दीको चपेटामा परेको यो मुलुक सानो भए पनि आफ्नो सम्पूर्णशक्ति परमाणु हतियार निर्माणमा केन्द्रित गरेको छ । सन् २००६ को अक्टोबरमा पहिलोपटक परमाणु परीक्षण गरेको यो मुलुकले सन् २००९ को सेप्टेम्बरमा दोस्रो, सन् २०१३ को फेब्रुअरीमा तेस्रो, सन् २०१६ को जनवरीमा चौथो र यही सेप्टेम्बर ९ मा पाचौँ परमाणु परीक्षण गरेर शक्ति सञ्चय गरेको छ । यसपटक गरेको परमाणु परीक्षण अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली भएकाले अब थप परीक्षण गर्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो देखाएको छ । अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाइसकेको उत्तर कोरियाबाट छिमेकी दक्षिण कोरिया र जापानलाई मात्र नभएर अमेरिकी सुरक्षालाई समेत चुनौती थपिएपछि यतिखेर अमेरिका आक्रमक रूपमा प्रस्तुत भएको छ ।
दक्षिण कोरियाको आकाशमा हवाई गस्ती सुरु गरेको अमेरिकाले उत्तर कोरियालाई अहिलेसम्मकै कडा चेतावनी दिँदै दक्षिण कोरियाविरुद्ध कुनै किसिमका आक्रामक कदम चाले सैन्य कारबाही गर्ने सङ्केत गरेको छ । दक्षिण कोरियाको सुरक्षाको जिम्मा लिएको अमेरिका रक्षाकवच बनेर उभिएपछि दक्षिण कोरियामाथि आक्रमण गर्न उत्तर कोरियालाई सोचेजस्तो सजिलो त छैन तर पनि उत्तर कोरियाले आफ्नो सुरक्षामा दक्षिण कोरियाबाट खतरा आएको ठानेमा जुनसुकै बेला पनि आक्रमण गर्ने चेतावनी दिँदै आएकाले कुनै पनि बेला भीषण युद्ध हुनसक्ने कुरा नकार्न सक्ने अवस्था छैन ।
युद्ध विश्लेषकहरूले यदि अब कोरिया प्रायःद्वीपमा युद्ध भयो भने त्यो परमाणु युद्ध नै हुनेछ र त्यसबाट कोरिया त ध्वस्त हुन्छ नै विश्व शान्ति र सुरक्षालाई पनि गम्भीर असर पार्नसक्ने औँल्याएका छन् । दुई कोरियालाई पुनः युद्धमा जान नदिन शान्तिवार्ताको विकल्प छैन तर विगतमा केही चरणमा भएको बहुपक्षीय वार्ता उपलब्धिमूलक बन्न नसकेपछि स्थगित भएको छ । सो वार्तालाई पुनः निरन्तरता दिँदै दुई कोरियाबीचको विवाद वार्ताद्वारा समाधान गर्न अमेरिका र चीनले विशेष भूमिका खेल्नुपर्ने बेला आएको छ ।
दक्षिण कोरियालाई सहयोग गर्दै आएको अमेरिका र उत्तर कोरियाको सहयोगी चीनले कोरिया प्रायःद्वीपको विवाद अन्त्य गरी शान्ति र मेलमिलाप स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्ने अपेक्षा विश्व समुदायले गरेको छ ।
दुुवै कोरियाका जनताले युद्ध होइन, शान्ति र मेलमिलाप खोजेका छन् तर दुवै मुलुकका शासकको अहं महŒवाकाङ्क्षाले गर्दा लामो समयदेखि युद्धको अवस्था विद्यमान छ । दोस्रो विश्वयुद्धको समाप्ति सँगसँगै जापानी उपनिवेशबाट मुक्त भएको कोरिया बाह्य शक्तिकै इशारामा विभाजितमात्र भएन, भयानक युद्धमा समेत होमियो । सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाबीचको युद्धमा अपार जनधनको क्षति भयो । तीन वर्षको युद्ध रोकिए पनि शान्ति सम्झौता अहिलेसम्म हुन नसकेकाले प्राविधिक रूपमा अहिले पनि दुई कोरिया युद्धकै अवस्था छन् । त्यसैको फलस्वरूप अहिलेसम्म कोरियामा शान्ति कायम हुनसकेको छैन । यस्तो अवस्थामा पनि दुवै कोरियाले आआफ्नोे लक्षित क्षेत्रमा प्रगति गरेका छन् । आर्थिक हिसाबले दक्षिण कोरियाले उल्लेख्य प्रगति गरेको छ भने सेना र आणविक क्षेत्रमा उत्तर कोरिया निकै बलियो बनिसकेको छ ।
उत्तर कोरियाको सम्भावित आक्रमण रोक्न र दक्षिण कोरियाको सुरक्षा गर्न अत्याधुनिक हतियारसहित करिब ४० हजार अमेरिकी सैनिक खटिएको छ । अमेरिकाले सुरक्षा नदिने हो भने दक्षिण कोरियामाथि उत्तर कोरियाले आक्रमण र कब्जा गर्नसक्ने अवस्था रहेकाले दक्षिण कोरिया सरकार अमेरिकी सुरक्षा सहयोगमा भर परेको छ । यस्तो अवस्थामा उत्तर कोरियाले दक्षिण कोरियासित निहुँ खोज्नु भनेको सिधै अमेरिकासित निहुँ खोज्नुजस्तै हो । अहिलेको अवस्थामा उत्तर कोरियाले अमेरिकासित निहुँ खोज्नुभनेको आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नुजस्तै हो ।
उत्तर कोरियाली शासक उनलाई के भ्रम हुनसक्छ भने ठूलो सङ्ख्याको सेना र परमाणु हतियारले आफ्नो मुलुकलाई सुरक्षित गर्न र छिमेकीलाई तर्साउन सकिन्छ तर यो भ्रम मात्रै हो । परमाणु हतियार बनाए पनि मुलुकलाई बाह्य क्षेप्यास्त्र आक्रमण रोक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उत्तर कोरियासँग छैन, जसले गर्दा बाह्य क्षेप्यास्त्र आक्रमण रोक्न सक्दैन । अमेरिकाले चाहने हो भने क्षणभरमा उत्तर कोरियालाई तहसनहस पार्न सक्छ । उत्तर कोरियाली नेतृत्वले छिमेकीसँग दुश्मनी गर्दा उसलाई कुनै फाइदा छैन । अहिलेको प्रतिस्पर्धाको युगमा उसलाई विश्व समुदायबाट एक्लिएर बाँच्न पनि गाह्रो छ । त्यसैले उत्तर कोरियाले युद्धको बाटो त्याग्नु नै बुद्धिमानी हुनेछ ।
एउटै भाषा र संस्कृति भएका दुवै कोरियाका जनता शान्ति र एकीकरणको पक्षमा छन् । शान्तिपूर्ण सहअस्तित्वका आधारमा दुई कोरियाबीच एकीकरण हुनसक्ने हो भने एकीकृत कोरिया शान्त र समृद्ध बन्न सक्छ । परमाणु युद्धको विनाशबाट कोरिया प्रायःद्वीपलाई जोगाउने हो भने युद्ध उन्मादलाई दुवैले त्यागी शान्तिपूर्ण बाटोमा हिँड्नु आजको प्रमुख आवश्यकता हो । परमाणु अस्त्रको होडबाजी र युद्धले कदापि शान्ति कायम हुनसक्दैन ।
• कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा
• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक
• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा
• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर
• कोरिया सपना र वास्तविक भोगाई
• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान
• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )
• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात
• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ
• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो
• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:
• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |