LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरिया सपना र वास्तविक भोगाई

एईडेन छन्त्याल
कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरिया प्रतिको मोह एकाएक वढेर आउँछ । महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४/५ हजारको जागिर के खान गर्नुप¥यो । त्यसपछि गरिरहेको काम पढिरहेको क्याम्पस सब विचमै छोडेर कोरियाको ठूलो सपना देख्दै कोरियन भाषा पढाउने ठाउँमा गएर भर्ना भई कोरियन भाषा पढ्न थालियो । मनमा पुरै कोरियाकै वारेमा कुराहरु खेल्न थालिसकेछ । लाख कमाईको सोँचले नेपालमा भएको डाक्टर ईन्जिनियर भन्दा पनि आफू महान भएको आभाष हुन्छ । मैले मन पराएको फूलमायाँलाई बुलेट बाईकमा पछाडी राखेर बजारभरी घुमाएको सोँचिरहन्छु ।

अव त कोरिया गईन्छ महिनाको लाख कमाईन्छ । त्यसपछि म पनि ईँट्टा जत्रो मोबाईल बोक्ने हुन्छु । बजारमा मेरो ठूलो घर हुन्छ । थुप्रै जग्गा–जमिन जोडिन्छ । एउटा प्राईभेट कार पनि किन्छु अनि
मन पराएको फूलमायाँलाई विवाह गरेर सुखका साथ जीवन विताउँछु । यी माथीका कुराहरु कोरियन भाषा क्लासमा भर्ना हुने बेला नै मनमा पलाएका सपनाहरु हुन् । भाषा परिक्षाको फर्म भर्ने वेला लगभग ६० हजारले फर्म भरेको अनि जम्मा पास हुने ७ हजार जना मात्र । त्यो कुराले मनमा अलिकति गरम बनाईदियो । ६० हजारवाट टप ७ हजारमा पर्न सकिएला कि नसकिएला । होईन् मेरो नाम त ७ हजारको सबैभन्दा अन्तिममा निस्किदिए पनि हुन्छ तर निस्किदियोस् भन्ने साथीहरु पनि धेरै थिए । म पनि त्यहि सोँचीरहेको थिए  । जसोतसो परिक्षा पास गरियो, र सम्पूर्ण प्रक्रिया पूरा गरेर कारिया प्रवेश पनि गरियो ।

त्यसपश्चातका दिनहरु मेलै मरो देशवाट सोँचेको कोरियाभन्दा साँच्चिकै अलग थियो E-9 भिषामा आएपछिको कोरिया । मैले कोरियन ड्रामामा देखेको र कल्पना गरेको कोरियाभन्दा सयौँ गुणा भिन्न थियो मैले अव भोग्ने वास्तविक कोरिया । पुरै जिरो लेभलवाट शुरु गर्नु थियो यहाँ । नयाँ ठाऊँ, नयाँ साथीभाई, यहाँ बोलिने भाषा अलग (नेपालमा हुँदा जत्तिनै भाषा जानेजस्तो लागेपनि कोरियनले गरेको उच्चारण केहि पनि नवुझिने) कहिल्यै स्वाद नचाखेको खल्लो र वान्ता आउला जसरी नाना थरी गन्ध आउने खाना । कम्पनीमा प्रवेश गर्नेवित्तिकै फलामको ड्याङ ड्याङ चर्को आवाज र श्वासनै रोकिएलाझैं केके हो केके केमिकलको गन्धले सपनाहरु विस्तारै कुहिरोभित्र हराएको कागसरी अलमलिएको अनुभूति हुन्छ । तरपनि वाध्यता र विवशता अव मैले त्यहि ड्याङ ड्याङ चर्को आवाज प्रत्येक दिन १२/१३ घण्टासम्म सुन्नुपथ्र्यो । नानाथरी केमिकलको गन्धलाई फोक्सोमा मज्जाले भर्नु थियो । नखाँदै वान्ता आउलाजस्तो हुने र खादाँपनि केहि नपुगेझैं खल्लो त्यो खानालाई सँधै भोजन गर्नु थियो ।

आफन्त र नजिकको भन्ने कोहि नभएको यो विरानो ठाऊँमा लामो समयसम्मको लागि एक्लै बस्नु थियो । समय वित्दै गयो । विस्तारै ऊ नयाँ वातावरण नयाँ ठाउँमा भिज्दै थियो । अहिले त उसलाई मेसिन र फलामको ड्याङ ड्याङ चर्को आवाज सामान्य लाग्न थालिसक्यो । गन्ध आउने खाना पनि विस्तारै मिठो लाग्दै गयो । नलागेर के गर्नु सँधै त्यहि खानुपर्ने भएपछि । पूरै गाउँ एक फन्को नलगाउँदासम्म दिन विताउन नसक्ने ऊ सानो कोठामा एउटै किसिमका काम गरी घण्टौँ, महिनौँ, वषौँ विताउन सक्ने भएको छ । लगनशिलता र मिहिनेतसँगै काम र खटाईको प्रष्ट परिभाषा अनुभव गर्न कोरीयाले सिकाएको छ । अव यी सीपहरुलाई स्वदेशमा गएर देशविकासमा प्रयोग गर्न सकौँ ।

नेपालमा हुँदा सोँचिने कुरा र कोरिया आईसकेपछिको सोँचाईमा धेरै फरक पर्दोरहेछ । मान्छेका रहर अनि चाहनाहरु आपूर्तिका सिद्धान्तहरु फेल खाने गरी समयअनुसार बीजगणितको अनुपातमा थपिँदै र वढ्दै जादोरहेछ । आशले मान्छेलाई निराश वनाउँछ त्यसैले आवश्यकताभन्दा वढी आशा नराखी जे छ त्यसैमा सन्तुष्टि रहने प्रयास गरौँ । आत्मसन्तुष्टि नै सवैभन्दा ठूलो सफलता हो । सकेसम्म गाह्रो काम नै रोजौँ, गाह्रो काम नै गर्रौ । मह भीरमा हुन्छ त्यसैले मिठो हुन्छ र महत्त्व पनि त्यसकै । कडा मिहिनेतका साथ पाएको फल सायद अलि मिठो हुन्छ ।

नेपालमा हुँदा १ लाखको ठूलो सपना सोँचेर कोरिया प्रवेश गरेको ऊ कोरिया आईसकेपछि महिनाको २ लाख कमाउँदा पनि किन चित्त वुझाउन सकिरहेको छैन् । कोरिया जान मात्र पाए जे–जस्तो काम पनि गरिन्छ भन्ने मन कोरिया आईसकेपछि अरु साथीहरुले गर्ने भन्दा आफूले गर्ने काम गाह्रो ठानेर कम्पनी परिवर्तनको लागि नोदोम्बु धाउन थालिन्छ । कम्पनी परिवर्तनको लागि काम गरिरहेको कम्पनीवाट रिलिज लेटर पाउन र पाईसकेपश्चात भनेजस्तो र चाहेजस्तो पायक पर्ने ठाऊँमा कम्पनी नपाउने समस्याहरु विकारल बन्दै गईरहेको छ ।

तसर्थ कोरीयामा रोजगारीको लागि आउनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरु सकेसम्म र मिलेसम्म कम्पनी परिवर्तन नगर्नुहोला कोरीयामा जहाँ गएपनि काम गर्नैपर्छ । आखिर जुन काम गरेपनि काम गर्नु गाह्रो नै हुन्छ तसर्थ अरुको लहैलहैमा लागेर कम्पनी परिवर्तन नगर्नुहोला । तपाँई अहिले काम गर्दै गर्नुभएको कम्पनीमा समस्या नै भएपनि धेरै वुझेर मात्र परिवर्तन गर्नुहोला ।

अन्तमा हामी कोरियामा निश्चित अवधिको लागि मात्र काम गर्न आएका प्रवासी मजदुरहरु हौँ । तसर्थ कोरिया बसुञ्जेल हामी नेपाली नेपाली बीचमा कहिल्यै झगडा नगरी मिलेर वसौँ । एकले अर्कोलाई परेको बेला सहयोगका हातहरु उठाऔँ । कोरिया रहुञ्जेल विभिन्न अदालती मुद्दाहरुमा सकभर पर्नवाट वचौँ । सँधै स्वस्थ रहौँ, कसैलाई पनि हस्पिटल धाईरहनुपर्ने नहोस् । केहि धन अनि सीप आर्जन गरेर सकुशल नेपाल फर्किन पाऊँ ।
प्रकाशित मिति : २०७४ पौष ०३ (December 18, 2017)

प्रतिक्रियाहरु


surya rai wrote on 23 December, 2017
Hus thank you

तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal