LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियन साहु संगको पहिलो भेट

मिन बिक ,दक्षिण कोरिया

मेरो साहु कस्तो होला ?उसको अगाडि कसरी उपस्थित हुने होला? दयालु ,मायालु ,रिसाहा,वा घमण्डी होला कि ?? बिहानैदेखि मनमा एस्तै एस्तै कुराहरु दोहोर्याई तेहर्याई खेलिरहेछन । तैपनी जे जस्तो होला एक हिसाबले मेरो लागि भगवान बनेर आएको जिवित मानव हो यस्तो पनि लागिरहेको छ ।भगवानले त सोचेको पूरा गर्न सक्दैनन भने यसले मेरो सपना पूरा गर्दिदै छ । तर यसले चाहेर र मैले मागेर त होइन तैपनी यसको आबश्यकता र मेरो चाहाना को समिश्रणको रुपमा । बस मनमा खेलेको तरंग मात्र । हुनत भन्ने गर्छन जब मानिसका सबै प्रयासहरु असफल हुन्छन तब मात्रै भगवान सम्झने मानिसको बहाना हो ।तर पुर्ण असफलतामा सम्झिएको र मानिएको भगवान भने यो होइन तैपनी मेरो लागि यो भगवान सरह नै छ ।
          त्यो घडी सकियो जसलाई मेरो भेट्ने कौतुहलता व्यग्र थियो । सम्मानपुर्बक आन्यङहासेयो (नमस्कार ) गरेपछी चट्ट हात मिलायो मेरो साहुले । साहु जस्तोले एउटा कामदारसङ्ग हात मिलाउदा मन फुरुङ्ग भैहाल्यो ।मेरो साथमा दुईवटा झोला थियो । एउटा झोला साहुले लियो र अर्को मैले लिए अनि लागे साहुको पछि पछि । सम्झना आयो नेपालको ट्रेनिङ सेन्टरमा सरहरुले पढाएको कुरो ५० बर्ष अघि कोरियाको जीवन भोगाई अनि मेरो साहु को तुलना । सायद एसले पनि पक्कै उबेलाको भोकमरी झेलेको हुनुपर्छ । अभावमा मानिसले नयाँ गन्तव्य पहिल्याउन मद्दत गर्छन रे ... हामिलाई उपदेश दिने भगवानले उच्च कोटिका उपदेशले नुहाईदेलान,स्वर्ग जाने बाटो तय गर्देलान तर यो जिवित मानवले मेरो जिवनमा स्वर्ग या नर्क जानुपुर्व जिउनका लागि गरिने संघर्षको एउटा खुड्कीलो उकाल्दैछ्न ।
            " गरिब भएर जन्मनु तिम्रो दोष होइन तर गरिव भएर मर्नुमा तिमी दोषि हुनेछौं"विल्गेट्सको  यो वाक्य सम्झना आयो  अब मैले पनि मर्ने बेलामा एउटा कात्रो आफुले कमाएको पैसाले किन्न सक्ने आशाको ज्योती मनमा बलेर आयो .।
             होचो कद, गोरो , हाम्रातिरका मङ्गोलियनका जस्ता आँखा , त्यसमाथी पावरवाला सेतो चस्मा,जिन्स पाइन्ट र टिसर्ट मा देखेको साहु करिब करिब ६०/६५ बर्षको  को जस्तो लागेपनी झट्ट हेर्दा भने साहु हो जस्तै लागेन ।साच्चै यसले मलाई लाखौं तलब दिन्छ जस्तै लागेन । हाम्रा तिरका 3/4हजार तलब दिने साहुहरुको चुरिफुरिनै राजा महाराजाको जस्तो देखिने हुनाले सायद मलाई एस्तो लागेको होला ।साहुको पछी पछि म लागेको छु ।होचो भएपनी पाईला भने द्रुतगतिमा चाल्दो रहेछ करिब करिब पछी पछि हिड्ने होईन दौडिनै पर्यो मलाई । ट्रेनिङ सेन्टर को हल बाहिर साहुको कार खडा रहेछ ।झोलाहरु कारभित्र राखेपछी बस्ने संकेत गर्यो र म बस्नको लागि पछाडिको ढोका खोल्दै थिए तर अगाडि बस्ने संकेत गरेकोले म अगाडी बसे । भाषा त्यति नबुझ्ने म सोचे संकेतले नै अबको पाँच बर्ष गुजार्नु पर्ने त होला नि ...।उता पढेको र एताको भाषा त बेग्लै लाग्दो रहेछ  । साहु कार स्टार्ट गर्यो लागियो अब कम्पनी यात्रामा  ....।
            चम्किलो गाडी आनन्ददायी सिट आडैमा कम्पनिको साहु अब जिन्दगी मोज हुनेभो रमाइलो हुने भो अब त सोच्दै गर्दा यो साहुले के के सोध्ने होला नबोले हुन्थ्यो जस्तो पनि लागिरहेको छ । नाम चाहिँ सोध्यो है मैले बुझ्ने गरेर  पनि भन्दिए सरर । त्यसपछी साहु बोलेन ।साहु आफ्नै तालमा कार चलाईरहेको छ। मेरो आँखा उसले समातेको  स्टेरिङ तिर गएर टक्क अडिए उसको हातमा।  उसको हात त्यस्तो आरामदायी गाडीको स्टेरिङमा सुहाएको जस्तो भने स्वभाविक रुपमा लागेन । किनभने उसका आउलाहरुमा जताततै चोटपटकका दागहरु प्रष्ट देखिन्थे ।साहु बुढोको चोर औलाको नङ नै रहेनछ । उसको अनुहार तर्फ आँखा दौडाउन मन लाग्यो तर  सिधै कसरि हेर्नू .?तर के हि समयको द्विबिधापछी सर्सती साहुको अनुहारदेखि शरीर हुँदै एक्सिलेटर र क्लज राखेको दुई खुट्टासम्म नजर डुलाए ।हाम्रो तिरका ३ हजार तलब दिने साहुहरुको चुरिफुरी लवाइ देख्दा उनीहरुको आडमा यसलाई राख्नेहो भने त यसलाई कामदार भन्छन होला एकदमै सरल लवाई साहुको ।यो मेरो साहु हो जसले 1लाख नेपाली रुपैयाँ दैनिक 8घण्टा काम गरेबापत दिन्छु भनेर श्रम सम्झौता पत्रमा हस्ताक्षर गरेर पठाउने साहु हो । मनमा फेरि द्वन्द । उसको नङ नभएको औंलामा आँखा डुलाउन मन लाग्यो र सम्झे पक्कै पनि यो धेरै मेहनती हुनुपर्छ हामिलाई सरहरुले भनेजस्तै । सायद सङ्गै काम पनि गर्ने होला ....।काम गर्ने होला र त यसको नङ छैन नि .....पक्कै मेसिनमा हात मिलाउनुपर्ने काम होला र त यसको नङ गयो नि अब मेरो पनि मेसिनसङ्ग हात मिलाउनुको बिकल्प छैन मनमनै सोचे । मनमा एक किसिमको डर पनि पैदा भयो ।कतै काम गर्न वा मेसिन चलाउन जानिएन भने ?यो बुढोको जस्तै औंला गुमाउनुपर्यो भने ? हैट एस्तो कुरा अहिलै नसोचौ भो ....
           यस्तो सोच्दै गर्दा बाहिरी वातावरण ले मेरो ध्यान खिच्यो । हैट बुढोले त खत्रा बाटोमा पो गाडी कुदाईरहेको रहेछ त । सरर चार लेन त जाने मात्रै र उताबाट आउने चार लेन जम्मा आठ लेनको बाटो।दुबै साईडमा साईकल कुदाउने छुट्टै बाटो । दुई लेन छुट्ट्याईएको बिचमा गमलामा लगाईएका  फुलका लहाराहरु जो रंगीचंगी छन ।साच्चिकै मनै लोभ्याउने सडक सायद यो बाटो होइन कुनै पार्क भित्र गाडी चलाईरहेछु भान एस्तो हुन्छ । सडक छेउमा करिब करिब ४/५मिटरको दुरिमा रोपिएका साना साना शुन्दर रुखहरुले झनै सडकको शोभा बढाएको छ ।तर अचम्म के लाग्यो भने एति धेरै बाटो कुदियो कि एउटा कागजको टुक्रा फालेको र खसेकोकातै देखिएन । क्या सफा क्या शुन्दर वाह वाह ।मेरो नेपाल कहिले होला र यस्तो ? बनाउने कस्ले ??यावत् प्रश्नहरुले देरा जमाउन खोज्दैछन हतार हतार । क्या बाटो बनाउन सकेका होलान एस्तो सोच्दैछु ।
          बुढोले गाडी ले एक चक्कर घुमाउदै नदि माथी बनाईएको तिनतल्ले पुलमाथी पुर्यायो ल उफ्फ यो बाहिरको देखिने दृश्य यति रोमाञ्चक छ कि यी दुबै आखाहरुनै एतै छोडेर 2/4बर्ष पछि लिन आउ जस्तो लाग्ने । प्राकृतिक शुन्दरता भन्दा पनि मानव निर्मित शुन्दरता अधिक ।।परसम्म विभिन्न आकार र रङ्ग हरुमा पुलै पुल देखिने यो नदि र नदि किनारामा देखिने पार्क हरुको दृश्य जति हेरेपनी अघाईने किसिमको छैन । संयोग कस्तो साईडको पुलबाट लामो रेल छुक छुक आवाज निकाल्दै कुदिरहेका यी आखाले देख्न पायो धन्य हुन ।जसले बनाईदिएका छ जनताको लागि ।पुल पनि कति बनाउन सकेका होला हेर्दै अचम्म लाग्ने ।कसम थाहै थिएन पुलहरुको आकार एस्तो पनि हुन्छ भनेर कतै बटारिएका घुमेका उकालो ओरालो अनेकथरिका पुल ।उ बेला राम्दिको पुल देख्दा अचम्म लाग्थ्यो बसको झ्यालबाट टाउको निकाली निकाली हेरेको र पैसा कालीगण्डकी मा बगाएको याद दिलायो । अहिले सम्झिदा त्यो त पुल नै होइन रहेछ जस्तो लाग्ने ।।
           त्यो शुन्दर मनमोहक दृश्य पार गरिसकेपछी हामी दुई लेनको भित्री बाटो टर्फ मोडियौ  ।यो मे महिना अर्थात नेपालको जेठको पहिलो हप्ता यतातिर धान रोप्ने महिना रहेछ।सडकको वरपर भर्खरै धान रोपिएका मैला तर हरिया फाटहरु छन । कतै ट्याक्टरले जोतिरहेको छ भने कतै धान रोपिरहेको दृश्य देखिएको छ  । मलाई फेरि अचम्मै लाग्यो । धान पनि मेसिनले पो रोप्दो रहेछ यहाँ  त । आफुलाई रोकिएर एकछी त्यो मेसिनले रोपेको धान हेर्न मन लागेर आयो तर के गर्नु स्टेरिङ साहुको हातमा छ ।धान मेसिनले रोपेको देखेर मनमा पनि यहाँ त सबै काम पक्कै मेसिनले नै गर्ने रहेछ हातले त सायद के हि गर्नु पर्दैन होला भन्ने लागेर आयो । सायद मेरो काम पनि मेसिन चलाउने नै होला काल्पनिक दोहोरी
खेल्दाखेल्दै साहुले गाडिको ब्रेक लगायो एउटा  कम्पनी को छेउमा ल्याएर ।
          सायद यो कम्पनी हुबुपर्छ मैले काम गर्ने अबको ४बर्ष १०महिना सम्म मलाई यस्तै लाग्यो,  रहेछ पनि  .।साहुले झर्ने संकेत गर्दै आफू पनि झर्यो। एउटा झोला साहुले हातमा लियो भने अर्को मैले लिएर साहुको पछि पछि लागे । मेरो साहु क्या दयालु होला लेबरको झोला बोकेर हिडिदिन्छ ..।

प्रकाशित मिति : २०७४ श्रावण २२ (August 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal