LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

सुदर्शन तिमल्सिना
करिब २ दशक पछि २०७४ बैशाख ३१ गते नेपालमा स्थानीय निकाय-गाउँपालिका तथा नगरपालिकाको निर्वाचन हुँदैछ।तथापि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएर स्थानीय निकाय पुर्नसंरचना भएपश्चात् यो पहिलो निर्वाचन पनि हो।यस अर्थमा,जनप्रतिनिधि विहिन हुँदा सरकारी सेवासुबिधा,विकासनिर्माण लगायतका बिबिध क्षेत्रमा समस्या झेल्नुपरेको अवस्था अन्त्य गर्दै अधिकारसम्पन्न स्थानीय नेतृत्व प्राप्त गर्दैछ स्थानीय निकायले।जुन् संगसंगै हाल राज्यको केन्द्रीय स्तरबाट संचालित जनताका सेवा-सुबिधा,विकासनिर्माण लगाएत अन्य सम्बन्धित नीति तथा कार्यक्रमहरु स्थानीय स्तरमा अधिकार प्रत्यायोजित भै गाउँपालिका,नगरपालिका वा वडा कार्यालयबाट नै सम्पादन हुनेछन् भने त्यसका लागि जम्मा ७४४ स्थानीय तहमा ३४४८८ जना जनप्रतिनिधि चुनिनेछ्न्।
 
    यस निर्वाचनले लामो समयदेखि नेतृत्वबिहिन निकायको औपचारिक रूपमा पद्पुर्ति गर्ने मात्र नभै व्यवहारिक रूपमा नै चुस्त-दुरुस्त सार्वजनिक सेवा सुबिधा प्रदान गरि स्थानीय विकासले गति लिनु आवश्यक छ।जसको लागि राज्य केन्द्रित सरकारी सेवा सुबिधा देखि स्थानीय चासोका बिषय लगायत अन्य विकासनिर्माणका कार्यहरु बिकेन्दृकरण भै सर्बसाधारणको पहुँचमा उनिहरुकै सहभागिता अनुरुप उनिहरुकै हितमा प्रयोग हुनेछ।

   देशमा हालसम्म विभिन्न काल-खण्डमा स्थानीय लगायत संसदिय तथा २ पटक संविधानसभाको चुनाव सम्पन्न भैसकेको छ।सो क्रममा हामीले चुनेका नेतृत्व मध्ये थोरैमात्र आफ्नो व्यक्तिगत पदिय लाभको काम बाहेक देश र जनताको पक्षमा पनि कार्य गर्ने भेटिए।यसको मतलव हामिले जे सोचेर भोट दियौं त्यसको सहि उपयोग धेरै कम मात्र भयो।तर अब हामीले यस अघिका निर्वाचनमा जस्तो नगरी आफ्नो मत  सकेसम्म खेर नजाओस् भन्ने हेतुले आफ्नो बलियो उपस्थिति जनाउनु छ।  

  यस निर्वाचनबाट कानुनत स्थानीय रूपमै सार्वजनिक सेवा-सुबिधा प्राप्त गर्ने तथा विकासनिर्माणका कार्यहरु हाम्रो गाउँठाँउमै सन्चालन गर्ने अधिकारको सुनिश्चितता हुने भएकाले नेतृत्ववर्गमा यस्ता यावत पक्षहरुको संचालन सहि ढंगले गर्न सक्ने,इमानदार र सक्षम व्यक्तित्वको छनोट गर्नु आजको आवस्यकता हो।जसको नितिले हामीजस्ता लाखौं बिदेशीएका शिक्षित युवा बेरोजगारलाई स्वोदेशमै रोजगारी सिर्जना गर्न साकोस्।आफ्नो पक्षमा हुनेले जे-जस्तो कार्य गरेपनि राम्रो(सहि) मान्ने अनि विपक्षीले चाहिँ राम्रै कार्य गरेपनि त्यसलाई आलोचना गरि गलत सावित गर्न तल्लिन हुने परिपाटि हामीमाझ बिध्यमान छ।जबसम्म हामीमा जो-जसले गरेपनि सहिलाई सलाम र गलतलाई सजाय दिन सक्ने सोचको विकास हुन सक्दैन,तबसम्म हामी देश र समाजले खोजेजस्तो नेतृत्व दिन सक्दैनौं।त्यसैले कोहि कसैको फुस्रो भाषण र प्रचारबाजी भन्दा पनि दखलता हाँसिल व्यक्तिको विशेष कार्यक्षमता र उदाहरणलाई हामिले महत्त्व दियाैं भने निश्चय नै सच्चा नेतृत्व पाँउने थियौं कि!

  हामी सबैमा कुनै न कुनै दलप्रतीको आस्था त छंदैछ,तरपनि यसपटक कुनै राजनितिक पार्टीगत स्वार्थ भन्दा माथि उठेर विगतबाट पाठ सिक्दै, स्वतन्त्र रुपमा आफ्नो कर्तव्य समेतको ख्याल गरि,स्थानीय जनताको हक-हित दिलाउन र कानुनले तोकेका राज्यव्यवस्थाद्वारा निहित जनताको सेवा-सुविधा,अधिकार तथा सम्पुर्ण विकासनिर्माणका कार्यलाई कुनै जात,धर्म,लिङ्ग वा सम्प्रदाय नभनी सबल एबम् समान रूपमा पुर्णता दिन सक्ने सक्षम नयाँ सोचसहितको जोशजाँगरले भरिपुर्ण नेतृत्वको छनोट गर्न देश तथा बिदेशमा रहने हामी सम्पुर्ण नेपाली आ-आफ्नो स्थानबाट सकेको साथ,सहयोग र समर्थनको निम्ति तयार हुनु नितान्त जरुरी छ।त्यसकारण,कोहि कसैको लालचमा नपरी स्वतन्त्ररुपले आफुले इछ्याएको व्यक्तिलाई निर्बाध रुपमा मतदान गर्न पाउने आफ्नो अधिकारको सहि सदुपयोग गरि 'स्थानीय निर्वाचन २०७४' लाई सभ्य र भब्य तवरले सफल पारौं।।
 
    -सुदर्शन तिमल्सिना
                                                 वेथान्चोक ३,काभ्रे 
                                                हाल-इन्छ्न,द.कोरिया
प्रकाशित मिति : २०७३ चैत १३ (March 26, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal