LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

मेरो भोगाईमा जनयुद्ध

सुबाश घिमिरे
संखुवाशभा खादंबारी,
कुरा २०५२ सालबाट नै सुरु गरौँ बर्ग संघर्ष,न्याय र मुक्तिको लागि भन्दै ४५ सुत्रिय माग तत्कालिन प्रधानमन्त्री सेर ब. देउवालाई ज्ञापन पत्र दिंदै हाल नयां सक्ति संयोजक बाबुराम भट्टराई को नेत्तृत्वमा रोल्पाको थवाङ् आक्रमण पछि ओपचारीक रुपमा जनयुद्ध घोसणा गर्यो माओवादी ले ।
मलाई अलि अलि थाहा छ म सायद सानै थिएँ होला त्यसबेला , अहिले जस्तो समाजिक सञ्जाल त के रेडियो सुन्न गाँउ जान पर्थ्यो त्यसबेला त्यसैले पनि मलाई त्यति धेरै राजनिति थाहा थिएन ।
कता कति बम पढ्केको आवाज,गोलि बारुद प्रचण्ड र बाबुराम को चर्चा सुन्थें म कहिले काहिं हाम्रा बुबा काका हरु भेला भएका बखत ।
२०५७ सालमा ईलाका प्रशासन चैनपुर मा तत्कालिन माओवादिले सस्त्र आक्रमण गर्यो त्यो दिन म चैनपुर आसपासनै भनौं लुहाकोट मा आफन्त को बिबाहमा गएँको थिएँ , नजिकै भएकोले आक्रमण सुरुहुना साथ हामिमा एक खालको कोलाहल सुरु भयो,सबैजना त्रसित भयौँ , रातीको लगनमा दिदिको बिबाह चलिरहेको थियो एकाएक सबै भागाभाग भयो झण्डै झण्डै बिबाह घर सुन्य प्राय: भयो जो नबसि नहुन उहांहरु जग्गेमा रहनुभयो अरु सबै आ-आफ्नै सुरक्षा तर्फ लाग्यौं म लगायत तिनचार जना खाटमुनि छिर्यौं हाम्रा अभिभावक हरुले बाहिर ननिस्कन भन्नुभयो, युद्द चलिरहेकै थियो पटटटट... गोलि र डुङ-डुङ बमहरु पड्किरहेका थिए हामि हाम्रो सास दबाझैगरी खाटमुनि गुडुल्कि परेर बसिरह्यौं , त्यतिकैमा तत्कालिन साहि नेपालि सेनाका दुई वटा नाईट भिजन हेलिकप्टर आए,सायद काठमान्डौं वा विराटनगर बाट आएका थिए, बिबाहको दिन घरमा मान्छे,उज्यालो देखेपछि ति हेलिकप्टरहरु युद्ध स्थल तर्फ लाग्नको सट्टा हामि माथिनै अडिए ,घर वरीपरी घुम्नथाले,घरको धुरींमै आएर केही मिनेट अडिग रहे,हाम्रो मुटुले ठाऊँ छाडिसक्यो,लुग लुग कामिरहेछु म अब सास कन्ट्रोल गर्न सकिन् स्वाँ स्वाँ आवाज बाहीर आऊन थाल्यो । 
केही समय अडिएपछि सायद हाम्रो बिबाहको माहोल बुझेँ,हामि प्रतिको संका मेटियो होला रति दुबै हेलिकप्टर हरु युद्ध स्थल चैनपुर तर्फ लागे, रातभरी नै भिषण युद्ध चल्यो ,भोलि पल्ट समाचार सुनें धेरै मानिस हताहति भएछन्,माओवादीहरु त सखापै रारेछ सस्त्र ले, गाउंमा एउटै खाटमा सुतेका बाबु-छोरा गोलि लागेर छोराको मृत्यु भएछ,कतिका खाटमा गोलि गाड्डिरह्का,कतिका घर मा प्वालै प्वाल परेका सबैले आ-आफ्नो भोगाई,अनुभव सुनाए 
हामि रातै भरी खाटमुनि नै रह्यौं आज पनि सुत्नेबेलामा खाटमा पुगेपछि त्यो रात को झल्को आउँछ सम्झन्छु रातभर खाटमुनि लुकेको , सम्झन्छु त्यो डर,त्रास र कोलाहल पुर्ण क्षण मुटु भक्कानीन्छ आंखाभर आँसु टिल्पिलाउंछ सम्झदा ती दिन ।

त्यस घटना पछि खै किन हो मईले हरेक कुरामा चासो राख्न थालें,राजनिति,युद्ध र माओवादी बारे बुझ्दै गएँ ,
रेडियो मा समाचार सुन्थे आज फलानो ठांउ को ब्यारेक आक्रमण गर्यो रे,यति माओवादी मरे,यति सेना प्रहरी ।यसरी समाचार सून्दा सुन्दै म त्यहांका स्थानिय लाई सम्झन्थे बिचरा त्या पनि म जस्ता कैयौंले त्रासै त्रासमा खाटमुनि रात कटाए होला,कैयौंले अकालमै ज्यान गुमाए होला सम्झंदा मनभरी पिडा र आंखाभरी आँशु छचल्किन थाल्थ्यो ।

मेरो घर सदरमुकाम खांदबारी बाट नजिकै पर्थ्यो त्यसैले होला माओवादीहरुको खासै अपस्थिति थिएन,सेना प्रहरी भने समय समयमा आईरहन्थे । एक दिनको कुरा हो म आफ्नो घरमाथि चडेर तत्कालिन माओवादीले संचालन गरेको गणतन्त्र एफ.फम. बजाउँदै थिएं ,ठुलो भोल्युममा रेडियो बजाएर म तल के ओर्लिएको थिएँ ,म जब भर्याङमा के पुगेको थिएं मेरा हात खुट्टा सबै गलेर आए,म लुग-लुग काम्न थालें जब कि हाम्रो घरको मुल ढोकामा बन्दुकको नाल तेर्सिएको थियो जसो तसो डराउंदै म तल सम्म आएँ ,
अर्को ढोकाबाट बाहीर हेरें सेनाको एक टुकडिले पुरै हाम्रो घर घेरा हालेको रहेछ म डरले कामिरहें भर्याङको फेदमा,त्यतिकैमा एकजना सेनाका कमान्डरले तेर्सिएको बन्दुकको नाल तल झार्न भन्दै मलाई नडराउ बाबु बाहिर आऊ भने, तर म अगाडि बढ्न सगिन् त्यहीं रहीरहे ।त्यतिकैमा ति कमान्डरले सोधे - घरमा को को छौँ ? मैले भने म एक्लै छु । ऊनले फेरी सोधे - बुबा-आमा कहाँ लुकेका छन ? मैले भने आज ( तौली ) हिउंदे धान काट्ने दिन छ त्यसैले बिहानै खेतमा जानुभएको छ ,त्यतिकैमा उनले फेरी सोधे - दाजु दिदि कहां छन् त ? माओवादिमा गाकाछन् ? त्यसको जवाफ मैले दिन नपाउंदै उनले घरभरी,आंगनका टागिएका रंगिन कागजका तोरन हरु देखांउदै भने - यो के हो ? माओवादी आएका थिए घरमा ? मैले भने - त्यो त दिदिको बिबाहको दोरन हो सर , उनले पुन: सोधे - कहाँ भएको बिबाह ? मैले -तुम्लिङटार भने , त्यसपछि उनले फेरी सोधे - भिनाजु सस्त्र हो ? मैले हो भने , जानेर भने वा नजानि भने त्यसपछि अनिहरु आंफैमा हेराहेर गरे अनि आईन्दा त्यो रेडियो नबजाउन भन्दै बाटो लागे । मलाई दिनभर काम छुटि रह्यो केही काम गर्नै सकिन् , मैले पछि बुझें त्यो दिन मैले भिनाजु सस्त्र हो भन्नुनै मेरो बांच्ने दिन रहेछ ,नत्र मलाई जे पनि हुन सक्थ्यो रे ।

त्यसैगरी समय बित्दै गयो म पनि राजनितिका कुरा बुझ्दै गएँ स्कुलमा राजनितिक बहस चल्थ्यो केहीले माओवादीको समर्थन गर्थे म लगायत केही साथिहरु एमालेको पक्षमा वकालत गर्थ्यौं मैले अरु भन्दा पनि एमालेको बारे केही बुझेंको थिए, किन कि मेरो घरमा एमालेका कैयौं बैठक भएका थिए,भेला भएका थिए,कारण थियो बुबा एमाले हुनुन्थ्यो ।

त्यतिकैमा हाम्रो स्कुलमा बिध्यार्थि संगठनको गठन गर्न नेता हरु आएछन् तिनिहरु तत्कालिन माओवादी समर्थित रहेछन् कमिटि गठन गरे,रु दुई को टिकट धेरैलाई कटाए , मैले चासो राखिन ,मलाई माओवादी र सेना दुबै मन पर्दैनथ्यो । त्यको केही दिन पछि अर्को टोलि आएछन् कमिटि गठन गर्न म टिफिनको समय खाजा खान बाहिर गएको थिएँ सबै साथिहरु लाई भेला गरी कमिटि गठन गर्नेकुरा भएछ एमाले समर्थित ( अनेरास्ववियु ) को , जस्मा पचांस सदस्य कमिटि तयार भएछ, मेजर फाएभ देखि सदस्य सम्म तय भयो तर नेतृत्व लीन सबै डराए वा हिम्मत गरेन्न त्यतिकैमा मलाई ( क्रान्तिकारी ) को प्र.क. अक्ष्यक्ष नरेन्द्र ले बोलायो र ं त्यो हलमा गएँ उसले एका एक मलाई प्रा.क. अध्यक्षमा प्रस्ताव गर्यो मेरो परम मित्र कमल जि उपाध्यक्ष मा बसिसकेका रहेछन अनि लगायत सबै साथिहरुको समर्थन पछि म अनेरास्ववियु प्रारम्भिक कमिटि अध्यक्ष भएं,सफत खायौं सबैले र म यसरी औपचारीक रुपमा राजनितिमा प्रवेश गरेँ , हरेक कार्यक्रममा सहभागि हुदै गएँ , क्षेत्रीय स्थर सम्म आफ्नो स्थान बनाऊन सफल भैसकेको थिएँ , त्यतिकैमा क्रान्तिकारी साथिहरु लाई सेनाले दुई दिन भित्र आत्मसमर्पण गर्न उर्दि जारी गर्यो धेरै जसो गएर आत्मसमर्पण गरे कोही घरै छाडेर भागे पनि । यो संगै अरु पाटिको राजनिति सुन्य प्राय: भयो अब ,सबै गतिबिधि ठप्प प्राय : भए ।
 बिस्तारै समय संगै माओवादीको उपस्थिति बढ्दै गयो गाउँमा तत्कालीन माओवादीका कमरेड गगन,कमरेड,सुसिल र कमरेड पेम्वाको टोलि गाँउमै अड्डाजमाएर बस्न थाल्यो , गगन कमरेड अलिक दयालु जस्तो देखिन्थे तर कमरेड सुसिल ज्यादै खतरनाक थिए धेरैलाई उनले कुटेका निल डाम हरु अझैछन् गांऊमा । यसैक्रममा एकदिन गांउबाट कमरेड हरु संगै गांउका चार जना दाई हरु म संगै पढ्ने दुई बहिनिहरु हराए धेरै खोजि भयो , गाउमा एकले अर्कोलाई दोस दिदैं तेरो छोराले हर्दा मेरो छोरा हरायो भन्ने आरोप प्रत्यारोप चल्यो गांउमा बाजो चल्यो ,पछि कमरेड हरु निस्किए तर दाई,बैनिहरु भेटिएन्न पछि पछि थाहा हुँदै गयो सबैलाई बन्दुक बोकाउन लगिएको रहेछ । 

बिस्तारै माओवादी आतंक सुरु भयो गाँउमा कोही बिदेसबाट फर्कियो कि रु पांच हजार देखि पचास हजार सम्म कमरेड हरुलाई बुझाऊन पर्ने,गांऊमा राम्रो दाना ( रुद्राक्ष ) फल्यो कि पन्द्र प्रतिसत सम्म बुझाऊन पर्ने , कमरेड गगन र सुसिलले घरे पिच्छे डुलेर सबैलाई चन्दा तोके हाम्रो भागमा पन्द्र हजार पैशा र पांचमुरी धान पर्यो ,त्यहा नाई नास्तिको कुरै हुदैनथ्यो ,गगन गाम्रै गाउका भए पनि सुसिल सगं सबै डराऊंथे । त्यसै क्रममा मलाई पनि गगनले फकाऊन थाले बन्दुक बोक्न लाई , मैले घरमा बुबालाई सुनाएं, बुबाले गाउँमा मान्छे भेला भएको बेला गगन गांउकै भएकोले उसलाई भन्नुभयो तपांईको छोरा र मेरो छोरा एउटै हैन ? दुबैजना संगै पढ्छन् ,मेरो छोरो बन्दुक बोक्छ भने तपाईको छोरा किन स्कुल पठाऊनु हुन्छ ? यदि मेरो छोरालाई चलायौं भने तिमिहरु पनि यो गांउबाट जिबित फर्किदैनौं याद राख , बुबाले यति के भन्नुभएको रहेछ त्यो दिन राति माओवादीले हाम्रो घर घेरा हाल्यो र राति एक बजे बुबालाई उठाएर लग्यो , सबै ले बन्दुक बोकेका र कालो मसो दलेका थिए, अलिपर ठुलो बांघारीमा लगेर बुबाको कन्चटमा बन्दुक तेर्साएर छोरा नदिने भए तं आफै हिड् हामि संग,हाम्रो पाटि प्रवेश गर भनेछन् र जबरजस्ति सहिछाप गराएछन् माओवादिको जिल्ला स्थरिय कमिटिमा बसेको भनि , नकाबै लगाए पनि ,कालो मोसो अनुहारमा दले पनि बोलि छोपिएन बुबाले स्वर चिन्नुभएछ , तिनै हिजो अस्ति हराएका दाई हरु रहेछन मेरो बुबाको कन्चट ताक्नेहरु , आफ्नै छिमेकि,आंगन जोडिएका छोरा भतिजाले आफ्नै काका-बाबुको कन्चट ताके, बर्ग संघर्ष र मुक्तिको झुटो नारा दिंदै बन्दुकको बलमा आफ्नै काका-बाबुको कन्चट ताक्नेहरु आज दुबै ,कतार र मलेसियामा आफ्नो भविस्य खोजिरहेका छन् ,आवस्यक परे म उनिहरुको नाम ठेगना दिन सक्छु ।
त्यस लगत्तै तिनिहरुले रेडियो मा समाचार दिएछन् 
फलानो ब्यक्ति माओवादीमा प्रवेस गर्यो । रेडियोले समाचार दियो ,लगत्तै सेनाले टिपोट गरेछ ,तुरुन्तै घरमा छापा मार्यो , बुबा घरछोडेर हिनिसक्नुभएको थियो । निवर्तमान गा.बि.स. अध्यक्ष एमाले कै हुनुन्थ्यो उहांलाई भेट्न सल्लाह गर्न जानु भयो, उहां मार्फत तत्कालिन एमाले जिल्ला सचिव आदरणिय किरण साक्य समक्छ कुरा पुग्यो उहांले यो हाम्रो मान्छे हो माओवादी हैन भन्ने पत्र दिनुभयो सेनिक क्याम्प लाई । त्यसरीनै पोलिएका अन्य साथिहरु सहित बुबा एमाले पाटि कार्यलय खांदबारीमै बस्नुभयो , भोलिपल्ट गा.बि.स. अध्यक्ष ज्युको ज्वाई श्रीदल गुल्म खांदबारी मा सरुवा भएर आऊनुभएछ उहांमार्फत हेर्न लगाई कारबाही हुन बांकि भनेर लेखिएको लीस्टमा रहेको मेरो बुबा लगायत केहीको नाम कट्टा गरीयो र बुबा घर फर्कनु भयो , त्यसैराति सेनाले पाटि कार्यलय छापा मारी किरण शाक्य लगायत सबैलाई ल्याएर कुटेछ , भोलिपल्ट बिहानै तत्कालिन एमाले महासचिव मादव नेपाललाई फोन गरी त्यतिबेलाका प्रधानमन्त्री सेर ब. देउवा सम्म कुरा पुर्याईयो , प्रधानमन्त्री कार्यलय बाट खांदबारी फोन आयो,फोन आउंदा सिडियो,डिएसपि,र आर्मि क्याप्टेन कोही जिल्लामा रहेनछन् बिहानै बिराटनगर झरेछन्,भागेछन् ,त्यहि दिनको कुटाईले आदरणिय किरण शाक्यको मृत्यु भयो, उहांको सम्झना अहिले पनि जन जनले गरेका छन् गर्छन् ,उहांकै नाममा हिमालय किरण शाक्य क्यामपस अहिले पनि सञ्चालनमा छ ।
त्यसको केही दिनमा सेनाका ति ब्यक्ति जसले मेरो बुबा लगायत धेरैको ज्यान बचांउनुभएको थियो उहां भिडन्तमा पर्नुभएछ र गोलि लागि ढल्नुभएछ । त्यो खबरले मेरो मुटुमा छेड पर्यो,मेरो बुबा त बचांउनु भयो तर आफ्नै ज्यान बचाऊन सक्नुभएन् म त्यो रात पनि रातभरी रोएंको थिएं ,मलाई आफ्नै बुबा गुमाएझै पिडा भयो,हाम्रो परीवार मात्रै हैन् सारा गांउ सोकाकुल थियो त्यो खबरले । 
एक दिन सेनादेखि भागेको आरोपमा खादबारी बजारमा गोलि चल्यो त्यो गोलि हाम्रै गाँउको दाईको खुट्टामा लाग्यो,सेनाले उठाएर लग्यो र त्यो गोलि चैनपुन घटनामा लागेको हो भनि वकपत्र गराएछ सेनाले र गांऊमा भएका माओवादी चिनाए उस्लाई छाडिदिने झुटो आस्वासन दिएछ र सनिबार बजारको दिन सेनाकै ड्रेसमा दाईलाई पनि बजार लिकालेछ अनले पनि आफ्ना रिसिबि भएका दाईहरु,दिदिहरुलाई औल्याऊंदै गएछन् त्यसैक्रममा गाऊका रेग्मि दाई र एकजना दिदि लाई सेनाले समातेर लग्यो , दिदिलाई परीवारको अनुनय विनय पछि छाडिदियो तर दाई लाई कता लग्यो पत्तो भएन् केही हप्ता पछि खबर आयो सेनाले लगेर माक्सुवा भन्ने ठाऊंको जंगलमा एऊटा ठुलो खोल्छि छ त्यस्को माथि लगेर पछाडिबाट गोलि हानि खाल्डोमा झार्देछ , काठ चिरानि गर्न बसेका हरुले सुनेछन् पानि,पानि भनेको ,बन्दुक पड्केको र त्यसै सुचनालाई आधार मानि हेर्न जांदा दाई हरुको विभत्स हत्या भएको भेटियो र सेनाकै अनुमतिमा दाहासंस्कार गरियो , बिचरा ति निर्दोस ( तामाङ दाई र रेग्मि दाई ) ले ज्यान गुमाए त्यो घटना पस्चात त्यो परीवार मोरङ बसांई सरेको छ ,गांउमा बस्न नसकेर ,हामि पनि बिस्थापित भयौं , यो त एउटा मैले भोगेको,देखेको घटना मात्रै हो यस्ता हजारौं परीवार छन् जस्ले निर्दोस छोराहरु गुमाए,गाउंबाट बिस्थापित भए ।

अन्तत: कमरेड सुसिल र पेम्बालाई तत्कालिन ससस्त्रप्रहरी वल तुम्लिङटारको टोलिले नियन्त्रणमा लिएको थियो भन्ने सुनियो उनिहरु हाल कहाँ छन् पत्तो भएन तर कमरेड गगन पोखरामा गगनचुम्बि घर लिएर बिलासि जिवन जिईरहेका छन् 
 बर्ग संघर्ष र मुक्तिका नाममा बन्दुक बोक्ने दाई हरु हाल खाडिमा संघर्षरत छन् पढाई छोडेर हिडेका बहिनिहरु भर्खरै बिबाह गरि आफ्नो जिम्मेवारी तर्फ लागेका छन् ,यो बिचमा सत्रहजार ले ज्यान गुमाए,चाहे त्यो माओवादी पक्ष होस् वा राज्य पक्ष आखिर खतित नेपाल आमाकै भयो नि हैन् र ? अकालमा आफ्ना छोराछोरी गुमाएका बाबु आमा,सिऊंदो पुछिएका श्रिमति र टुहुरा भएका वाल बच्चाले के पाए त ? न्याय र मुक्तिकालागि लडौंभन्दै युवाका कांधमा बन्दुक थमाउने तत्कालिन सुप्रिम कमान्डर प्रचण्ड हाल देसको प्रधानमन्त्री छन्, छैयालिस सालमा बस चढ्ने दश रुपैयां नहुदा खुल्लामञ्च जान नसकेका प्रचण्ड कमरेड आज करोडौंको आलिसान महलमा अरबौं सम्पति ओच्छाएर बसेका छन् 

अमेरिकि साम्राज्वाद र भारतिय बिस्तारवाद बिरुद्ध सुरुङ युद्ध छेडेका प्रचण्ड आज तिनै संग लम्पसार परीरहेका छन लम्पसार वादको आरोप खेपिरहेका छन् , मुक्तिका लागि बन्दुक बोक्नेहरु कोही खाडिमा भविस्य खोजिरहेका छन त कोही मुटुमा चोट,सरीरमा गोलि र खतहरु बोकी हेर्दै रोहीरबेका छन्,कस्टकर जिवन जिईरहेका छन्  के यहि थियो त जनयुद्ध को लक्ष ? के यही थियो जनयुद्धको उदेश्य ? यदि हो भने हामिले झुट बोलेका थियौं भनि प्रचण्ड बाबुरामले माफि माग्नुपर्दैन ? हैन भने उदेश्य पुस्टि गर्दै आम जनतामा परीवर्तनको आवास,घाईतेको उपचार,सहिद परीवारको सुरक्षा,सम्मान गर्दै देशलाई समृदिको बाटोमा लानु पर्छ कि पर्दैन् ?
गम्भिर समिक्षा गर्न आवस्यक छ । 
सन्दर्भ : जनयुद्ध दिवसको । 
सुबाश घिमिरे हाल ईटहरी सुनसरी बाट ।
प्रकाशित मिति : २०७३ फाल्गुन ०२ (February 13, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal