देश आज गम्भीर संकट मा छ ।सबैमा जनजाहेर नै छ देश मा आन्दोलन को आधीबेहेरी आउने निश्चीत छ अहीले कास्टीड़ सुरू भईसकेको छ ।के आन्दोलन ले अहीलेको समस्या लाई निकास देला ? सडकमा टायर बालेर सर्वसाधारण को रोजीरोटी खोसेर बन्द गर्नु नै अन्तीम बिकल्प थीयो त? तपाई एउटा आम नागरीक भएर सोच्दा विवेकशील बनेर सोच्दा तपाईको मनमा खेल्ने कुरा यही नै हो ।
अहीलेको समस्या सडकमा जनता उफार्नुपर्ने समस्या नै होईन ।यदी सरकार ले ल्याएको संविधान संसोधन को प्रस्ताब बेठीक छ भने , चित्त नबुझेका जनप्रतिनिधि ले त्यसको बिपक्ष मा भोट हाले त यो प्रस्ताब त्यसै फेल हुन्छ नी , कीन जनता लाई दुख दिनु पर्या ? जसले आन्दोलन को नेतृत्व गर्दैछ उसले आफ्ना पक्षधर हरूलाई यस यस मानेमा यो संसोधन प्रस्ताब गलत छ हामी साथ दीनुहुन्न भनेर कन्भीन्स गर्न कीन नसकेको ?? की जनता सडकमा उतारनु टायर बाल्नु बनेका संरचना ध्वस्त पार्नु नै समाधान हो ?
यदी सधै हामी सडकमा निस्कनु पर्नै भए हामी नै तिमीहरूका हरेक गल्ती हरूमा खबरदारी गर्नुपर्नै भए तिमीहरू जनप्रतिनिधि बनेको के काम ? के जनप्रतिनिधि को काम यही हो ? तिमीले संसोधन को बिपक्ष मा भोट हाल्न कीन सक्दैनौ ? आफ्नो पार्टी भीत्र समसामयीक समस्या हल गर्नै मावल बनाउन कीन सक्दैनौ आन्दोलन को भीड मा उत्तेजीत भाषण गर्नै अनी आक्रोसीत भीड तताउने मात्रै तिम्रो दाईत्व हो ।एक्काईसौ सताब्दी भनेर भाषण खोक्छौ नी यही हो एक्काईसौ सताब्दी का जनताले चाहेको कुरा यही हो तिमीहरूको बिकास गर्नै मन्त्र ? जबाफ छ ?
म बुटवल को स्थाई बासी हु मलाई त्याहा को चिन्ता छ र अर्को कुरा म विवेकशील नेपाली पनी हु देशै भरीको चीन्ता पनी छ ।छाती पोलेर आएको छ अहीलेको गतिबिधी ले भर्खरै छ लेनको बाटो अन्तीम चरण मा पुग्दैछ गौतमबुध्द विमानस्थल निर्माणाधीन छ देश कै नमुना सहर देशकै सुन्दर र सफा सहर लगातार बुटवल उपमहानगरपालीका लाई 4 पटक सम्म घोषणा गरीएको छ ।अब यो तिमीहरूलाई पचेन है अब संरचना तोडफोड को राजनीती सुरू गरेऊ होईन ।सडकमा टायर बोलेको छ साला तिमीहरूको भाषामा भविष्य का कर्णदार भन्छौ नी वालवालीका हरूलाई तिनीहरू स्कुल जानपाएका छैनन ।ठुला भाषण गर्छौ तिमीहरू वास्तब मा छातीमा हात राखेर भन त तिमीहरू बिकास प्रेमी की विनास प्रेमी ?म यो कुरा आम जनतालाई सोधेको छैन जनप्रतिनिधि भनाउदा नाईके लाई सोध्दै छु ।
म पनी संसोधन को पक्षधर होईन , संसोधन को बिरोधी नै हु ।आजको यूग मा आन्दोलन को सैली परीबर्तन गर्नु पर्छ क्या ।म विवेकशील नेपाली दल को जिम्बेदार कार्यकर्ता हु।यो कुरा म छातीमा हात राखेर गर्ब का साथ भन्छु ।हामीले पनी निरन्तर सरकारका नराम्रा काम मा औला उठाइरहेका छौ। निरन्तर डा गोविन्द के सी को अनसन को समर्थन गर्दै सरकारलाई घचघचाउने काम गरीराखेकै छौ ।हाम्रो आन्दोलन तपाई नियालेर हेर्नुस त त्यहा तपाई अहीलेको आन्दोलन कर्ता ले आफुलाई कुन श्रेणी को नागरीक पाउनुहुन्छ ।के बिरोध टायर बालेर जनतालाई दुख दिएर मात्र हुन्छ अर्को तरीका अपनाउन सकीन्न ? विवेकशील नेपाली दल एउटा मात्र एस्तो दल हो जुन यो वा त्यो बाहाना मा हुने नेपाल बन्द चक्काजाम को घोर बिरोध गर्छ घोर निन्दा गर्छ घोर आपत्ति प्रकट गर्दछ ।हामी निरन्तर आन्दोलन मा छौ हाम्रो कारणले एक मीनेट सडक बन्द भाको सुन्नुभाको छ ?
म अन्तीम मा यही भन्न चाहान्छु की भोली आन्दोलन को क्रम मा हुने अराजक गतिबिधी र जनधन को क्षती को जिम्मा अहीलेका आन्दोलन का नाईके हरूले लिनुप्रछ ।अनी सबभन्दा तपाई जनप्रतिनिधि हरू लाई मेरो सुझाब यो आन्दोलन बन्द गरेर सदन मा संसोधन को बिपक्षमा भोट हाल्ने वाताबरण बनाउनुहोस यसैमा भलाई हुन्छ ।यता जनता सडक मा उतार्ने अनी सदन मा आफैले संसोधन को पक्षमा भोट हाल्ने पारीत गराउने काम नहोस ।यस्तो नाटक यस्तो छलछाम नहोस ।हामी विवेकशील नेपाली तपाइका राम्रा काम मा सधै साथ दीने दल हौ ।संवीधान संसोधन को बिपक्षमा हामी पनी छौ ।मात्र बन्द हडताल तथा सर्बसाधारण जनता लाई दिईने दुख कष्ट को बिरोध गरेका हौ ।समग्र मा संसोधन को बिपक्षमा रहेपनी यो सडकजाम टायर बाल्ने काम र बन्द को विवेकशील नेपाली दल घोर बिरोध गर्दछ ।
शेषु कोईराला सदस्य विवेकशील नेपाली
दक्षीण कोरीया
• कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा
• एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक
• छिमेकीले सिमा मिच्दा राज्य उदासिन भएपछि परदेशबाट नेपालको रामले भने I Love सिमा
• विदाई र स्वागत, ह्याप्पी न्यू ईयर
• कोरिया सपना र वास्तविक भोगाई
• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान
• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )
• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात
• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ
• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो
• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:
• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |