मानबिय जिन हामिमा हराउदै गाको छ

बुद्ध गौतम
सामाजिक संजालहरुमा कहिले काही हाम्रो व्यवहार देख्दा लाग्छ "हामी मानव साच्चै होईन रहेछौ, मानब रुप धारण गरेको दानब मात्र रहेछौ l

यो सुन्दर धर्तिमा हामी जन्मियौ, त्यसमा पनि हामी मानव भयर जन्मन पाउनु सानो सौभाग्य होईन । तर यो अबसरको सहि सदुपयोग नगरी उल्टो दुरुपयोग गरि जिबनलाई नै त्यसै खेर फालिरहेकाछौ ।
कतिपय हामी रमाईलो तिर मात्र भुलेर आफुलाई बर्बाद बनाईरहेकाछौ त कतिपय हामी बढी ब्यक्ती बादी भयर चरम स्वार्थमा गुज्रीरहेकाछौ l वरिपरि सबै आफू अनुकुल्ता भैदिय हुन्थ्यो भन्ने ठान्छौ र त्यही अनुरुप व्यवहार गर्छौ । अझ कतिपय त केही गरे जस्तो र केही दिय जस्तो गरेर सर्बस्व लिन खोज्ने जमात पनि हाम्रो त्यतिक्कै छ l

तर दिएर नलिन चाहाने ब्यक्ती बन्ने हुनु पर्छ "मानव"


हामी सग कमि केही छैन l हामीले बनायका केहि होईनौ तर प्रकितिले दियको नै यथेस्ठ छ त्यसलाई चिन्न सक्यौ भने l त्यसो त कुनै प्राणीले पाउन नसकेको "एस्ट्रा" चेतना पायकाछौ हामिले । तर अझै हामी त ति प्राणी भन्दा पनि अझ निर्लज र बेबकुफ बन्न खोजिरहेकाछौ ।
सृजनसिलता र चेतनसिलता हामीमा हराउदै गाकोछ ।
बाढेर नसकिने अथाह सम्पति हामी सग भयर पनि सदा कंगालको कंगाल मात्र देखियौ l केबल कागजको टुक्रालाई मात्र अर्थ मान्ने हो र त्यसैमा मात्र सार्थक बन्छ जिन्दगी भन्ने ठान्ने हो भने हाम्रो न्वारान देखि मृत्यु संस्कार हुने बेला सम्मको सबै हिसाबकिताब पहिल्यै गरि राखे हुन्छ । यसै हो भने हामि माथि उठ्न नसक्ने निश्चित छ l
विशाल र्हिदय र मन भयकाहरु समाज बाट कहिल्यै लिने आसा राख्दैनन् न कि अरुको बिरोध र लघुताभासबा नै राख्छन् बरु समाजलाई कति दिन सकियो वा सकियन अथवा आफ्नो ब्यबहारले अरुलाई कत्तिको भलाई हुन सकिरहेकोछ त्यसमा मात्र चिन्तित रहन्छन् ।

जो रित्तो छ उसले लिन मात्र खोज्छ जो सग भरिभराउ छ उसले भनेको सधै दिने मात्र हो l दिनेले लिनको कुरै गर्दैन बरु कुनै न कुनै रुपले उसले समाजलाई दिईनैरहेको हुन्छ ।

Helen keller (हेलेन केलर) जो अमेरिकि नागरिक थिईन ।
उनी १९ महिनाको उमेरमा पेट र मस्तिकको बिमारले पुरै दृष्टि र श्रवण शक्ति गुमाउन पुगन् र पनि उनी समाज बाट केही लिन भने चाहान्नन्थिन बरु कति दिन सकियो सकियन त्यसमा चिन्तित रहन्थिन । दृस्टी र श्रवणशक्ति नै गुमेको त्यस्तो ब्यक्तिले अथक प्रयास पश्चात् लैटिन, फ्रेन्च तथा जापनिज भाषाहरु घरैमा अध्यन गरेर आफू सफल लेखिका समेत बन्न सकेकी थिईन जसले लेखेको आत्मकथा (My life story)
आज संसारका ५० वटा भन्दा बढी भाषामा अनुबादिद छ । उनी आफू त्यस्तो अशक्त हुनुको बाबजुत पनि उनी माथी कसैले दया गरेर केही सहयोग दिन चाह्यो भने बिल्कुल नलिई उनि आफ्नो स्वाभिमानलाई कदापी गिराउन चाहन्न थिईन ।

एक जना अर्का BEN UNDERWOOD ब्यक्ती जो उनी पनि अमेरिकामा जन्मियका थिय, उनी बालकालमै आफू तीन बर्षको हुदा रेटिना क्यान्सर भयर उनको दुबै आँखा गुम्यो । उनले बिज्ञानलाई नै चुनौती दिदै दुबै आखा नभयर पनि आँखा भय सरह आफुले मुख बाट क्लिक क्लिक आवास निकालेको भरमा वरिपरिको आकार र दुरि पत्तो लगायर कतै सहारा नलिई हिड्न सक्ने कलाको बिकाश गरे । त्यति मात्र नभई सामान्य मानिस सरह स्किटिङ र बाईसाक्लिङ समेत गर्न सक्थे उनि ।

त्यस्तै Nick vujicic (निक भोईजिक) जो अस्ट्रेलियाका नागरिक हुन ।
टेट्राअमेलियोसेन्टो नामक रोगको कारण गर्भा अबस्थामै उनको हात पाउको राम्रो बिकाश हुन सकेन ।
उनी जन्मदा हात पाउको निशाना मात्र भयको मुढो मात्र लियर भयर जन्मियका थिय । त्यही ब्यक्ती आफ्नो ईच्छाशक्ति र चेतनाको बिकाश गरि आफ्नो जिबनचर्या आफै चलाउन सक्ने बन्छ । स्विमिङ्, स्किटिङ जस्ता खेलहरुमा समेत आफुलाई अब्बल दर्जाका रुपमा स्थापित गरेका छन् उनीले । अपांगहरुको लागि मात्र नभयर सपाङ्गहरुकै लागि एक मोटिभेस्नर बनेर प्रेरणा र उत्साह जगायर हिन्ड्छन् l
यस्ता ब्यक्ती बन्नु पर्छ ।
तर हामी त सबै कुरा भयर पनि आफुलाई कौडिको भाउमा उभ्याउदै छौ । एकले अर्काको खुट्टो तान्ने, । पिठ्यौ चड्न खोज्ने, एकले अर्कोलाई पछार्न खोज्ने, ई यस्ता प्रबृत्ति हामी मानबले गर्न पटक्कै सुहाउदैन जुन दानबले गर्ने व्यवहार हुन आउछन् l
मानव भनेको त चेतन्सिल र बिबेकशिल भयर राम्रालाई राम्रो र नराम्रालाई नराम्रो प्रस्ट छुट्याउन सक्नु पर्छ l परेको बेलामा एकले अर्कोलाई खुलेर मद्दत गर्न सक्नु पर्छ l दिन दुखी,असाह्यको सेवा गर्नु र सबैको भलो चिताउनु नै हामिमा हुनु पर्ने गुण हुन् जुन कुरा डिग्री पास गरेका हामीलाई अब पाठसालामा गयर सिक्नु पर्ने अबस्था आयकोछ ।
त्यसैले त भन्न मन लाग्छ "हामी मानव साच्चै होईन रहेछौ मानब रुप धारण गरेको दानव मात्र रहेछौ l
प्रकाशित मिति : २०७३ मंसिर ०१ (November 16, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal