कोरियामा पोल्ट्री फार्म झै खुलेका सामाजिक संघ संस्था र हुण्डी बजार

बैरागी माइला

सामाजिक  संघ  सस्था भन्दा साथ  मलाइ  कति बिश्वास ,  आसा र भरोसा लाग्थ्यो ।  यस्ता  सस्थाहरु नेपालमा पनि हुन्थे तापनी नजिक  देखि अध्यन गर्ने  मौका नमिलेर होकि अलि कमै जानकारी रहेछ मलाइ ? कोट, पाइन्ट , टाइमा सजिएर माइक्रोफोन  मा बोल्दा  त पक्कै केही न केही गर्छ  यसले भन्ने  लाग्थ्यो । ता पनि फलानु सस्था को मान्छे सँग त्यति     बोल्न पनि जानिदैन कि भनेर नजिक गएर   उनि हरु सँग बोल्न पनि डर लाग्थ्यो । मैले सोच्ने  पनि गर्थे यी संस्थाका पदाधिकारी हरुले गलत काम गर्दैनन्  र सिकाउदैनन यी सबैको भलो चिताउने,  बराबर ब्यबहार गर्ने,  शिक्षित धेरै पढेलेखेका  र बुद्धिजीवी  हुन्छ्न ।

   २०११ मा  ई . पि. एस . परिक्षा  दिएपछि करिब २२ महिनाको पर्खाइ  पछि कोरिया  आउने मौका पाएको म २०१३ को जुन मा कोरिया  आइपुगे ।हुनत पर्देस भने जस्तो कहाँ पो हुन्छ  र ।मलाई राम्रो कम्पनी पनि परेन। भने जस्तो दाम काम केही पनि भएन । म आएको कम्पनी  देखि केही नजिकै  बजार थियो।  त्यही बजार  आउने जाने गरिरहन्थे ।मलाइ कम्पनी  छोडेर  अर्को मा जाने कसरी हो नेपाल मा झै सोर्स  फोर्स पो लाग्छकि भनेर केही साथी हरु सगँ  बोली चाली घुल्मेल गर्न मन लाग्यो  त्यो  मेरो नै फाइदा को लागि हो । एक दिन एक जना भलाद्मी  खालको मान्छे संग भेट् भयो र छोटाे कुराकानी पनि भयो। म फलानु सस्था को मान्छे भन्नू भयो मलाइ पनि धेरै  आसा पलायो किन कि कम्पनी  आज हो कि भोलि छोडनि भन्नी थियो। यत्ती को मानिस भेटिए  पछि त दुख पाइदैन भन्ने  पनि भयो ।मैले  आफ्नै समस्याको बारेमा  बताए पछि   उसले पनि यसरि भन्यो  कि "कम्पनीमा  काम जति पनि पाइन्छ भाषाको   ट्रान्सलेट  गर्नु परे नि म छु , काम नपाउन जानी मेरो रुम मा आए र बसेनी हुन्छ ,आफनै त होनि कति मान्छे लाई म काममा  लगाइदिएँ  "  आदि ।   मैले त त्यो बेला उसलाई  भगवान  नै माने  र कहि दिन पछि कम्पनी  छोडनु  पर्नी बेला आयो ।त्यति बेला हामी आको चार महिना भएको थियो साहु सँग  कुरा गर्न भाषा गार्हो  नसकिने  भएपछी  म त्यही  मान्छे लाई फोन गरे मरिगए  फोन उठाएन। यिनै र यस्तै को लहै लहै मा लागेर धेरैले काम छोडने पनि गर्दा रहेछन्  जति सुकै कुरा गरे नि वाङ्दी लामा दाइ र सुरज लिम्बू दाइ को सहयोग मा कम्पनी  छोडियो  उहाहरु दुबै जनालाइ धन्यवाद  ।

   अर्को  कम्पनी  मालागेको केही सअमय पछि मलाइ पनि तोन्देमुन सहर देख्न मन लाग्यो ।यो काठमाडौं  को असन बजार जस्तो नेपाली भेला  हुने  ठाँउ  रहेछ। तोन्देमुन सहर त्यहाँ  फलाना सस्था को कार्यक्रम  फलाना  सस्था को कार्यक्रम  भन्दै टिकट  बिक्रि  गरिरहेका थिए ।मलाइ कार्यक्रम  तेति मन नपर्नी भएको ले एक होटेलमा गएर नेपाली खाना खाने मन लाग्यो र  होटेल  तिर लागेँ  । त्यस दिन त्यही होटेल  मा एक संस्थाको कार्यक्रम  रहेछ ।म भात खादै त्यो  कार्यक्रम  हेर्दै बसे  ।एक जना मानिस मेरो नजिक आएर   परिचय दिए ।उसले म फलाना सस्था को मान्छे, म भोवाइप   कल को सुबिधा दिन्छु ,आजको भोलि नै नेपाल मा पैसा पठाइ दिन्छु ,नेपालको फोन रिचार्ज गर्न परेनी म गर्दिन्छु, अरु साथी हरु लाई नि भन्दिनु है भाइ भनेर आफुले गरेको कुकर्म भरी मलाइ बताएर गयो ।म पनि तीन छक परे सस्था को मान्छे हुँ भन्छ यस्ता काम पो गर्दो रहेछ एकाएक  मेरो  मनमा पनि संका पैदा भयो ।यो संस्था ले के के गर्दो रहेछ त बुझ्नु पर्यो  भनेर म पनि बसिरहे ।जब कार्यक्रम  सकियो र सबैले हुण्डी  को कुरा गर्न थाले  ? र यी संघ  सस्थाले गर्ने कार्यक्रम   निगालेर हेर्ने  मन लाग्यो ।

नेपालमा राजनिती को आडमा सडक  बन्द गराउदै गाडी  को सिसा फोर्दै हिड्ने , ढुङ्गा  मुडा  चक्काजाम  गर्दै  हिड्ने  मानिस आज कोरिया  मा सामाजिक संघ  सस्था को अभियन्ता भएको देख्दा खुसी पनि लाग्छ।  महान मूर्ख कालिदास  पनि बिबाह पछि पढेर बिद्वान  बनेका थिए ।फेरि यहाँ सस्था खोल्न यति सजिलो रहेछ न कुनै नीति नियम बिधान चाहियो न  प्रीनसिपल न प्रोटाेकल ,न कोहि अबलोकन गर्ने छ, न कसैले के गरिस भनेर सोध्छ  ? दस जना उभिएर फोटा खिचेपछि र  फेसबुकमा राखेपछि  संस्था हुँदो रहेछ?  विभिन्न शीर्षक  राखी कार्यक्रम  गर्ने  यी सस्था हरु ले उठेको रकम के कति खर्च भयो केकती उक्त रकम बचत , के कती हस्तान्तरण  भयो भन्नी कुरा हिसाब पार्दर्सी गर्नु पर्ने होकि नाइ ? कुनै संस्था छ त्यस्तो   ? केही बर्ष  पहिले नेपाल हाउस बनाउने भनेर  रकम उठाउन सबै कम्मर कसेर लागे रकम पनि दस करोड  भन्दा धेरै उठेको थियो । चर्को भाडा दर मा दुई  वटा  कोठा खोजेछन र नेपाल हाउस भनेर नाम  राखेछन अरु पैसा कहाँ गयो खोइ कसैले भन्दैन झन ठुलो  भस्टचारी  त यहाँ पो रहेछन ।
झन्डै  एक्चालिस  हजार नेपाली कामदार  आइसकेको कोरिया मा एकतिस  हजार कामदार अझै काम गरिराखेका छन भने पचहत्तर  देखि असी वटा  संघ  सस्था रहेछन । दिन भरी कार्यक्रममा ब्याज लगाएर देस बिकास  र  आदर्स को भासण  दिन्छ  उसैले हुण्डी  भ्वाइप  कल के के हो गर्दो रहेछ। बेलुका आफनै होटेल  मा बोलाउछ सबैलाइ र एक थाल भात को १५ हजार  वन को दरले नेपाली  मजदुर लाई लुटेर  आफै धनी बनेको छ। अझ झन यिनैले एक करोड  लगायर म म पसल खोल्छ। आफैले आफू जन्मेको गाउँ को बाटो भुलिसको देस बिकास  कसरी हुन्छ मलाइ थाहा  छ भनेर भाषण दिन्छ ।

    कोरियामा आधिकारिक  रुपमा दर्ता  भएको एक नेपालि सस्था  नेपाली बिधार्थी समाज र  प्रवासी मजदुर संघ  एम टि यु   मात्र रहेछ्न  एम टि यु   कोरिया को सरकारमा दर्ता  भएको नै सस्था हो ।जो मज्दुरको हकहित को लागि आन्दोलन  गरिरहन्छ । अरु सबै जे जति सस्था छन ती सबै होटेलमा सोजु र बियर खाएको तालमा खोलिएका सस्था रहेछ्न यिनि  हरुको  न नीति नियम, बिधान दर्ता  केही पनि छैन।

बास्तबमा  यी सस्था नभयर भेला तथा जमघट  भन्दा पनि फरक पर्दो रहेनछ । यिनको  कुनै बैधानिकता पनि छैन । जब यी सस्था नै आधिकारिक  छैनन भने यिनको  कामको मुल्यांकन  गर्ने त कुरै भएन  धनी हरु को सस्था भनेर चिनिने सस्था NRN  पनि रहेछ । यहाँ एन आर एन  का पधाधिकारी हरु को सबैको केही न केही ब्यबसाय गरेर बसेका रहेछ्न ।यिनी हरु लाई कसैले कहि गर्न नै सकिने रहेन्छ ।पसुपती का बसाह जस्तै  गरेर बसेका रहेछ्न । यिनीहरु ले केही गरेका पनि छैनन उहीँ गोहि ले आफ्नु आहारा देख्यो भने आँसु झार्छ रे यो एन आर एन   पनि चुनाबको बेलामा मात्र पुच्छर  हल्लाउदो रहेछ। अगि पछि छ कि नाइ केही था छैन कुम्मकण  जस्तो  रहेछ धन्न शेष घले जस्ता रहेछन इज्जत  रहेको छ ।यहाँका होटेल हरु  गरिब नेपाली मजदुर  हरु लाई लुट्नु  मात्र यिनको  काम हो। तेहि भात्  कोरियन होटेल  मा ६ हजार मा पाइन्छ यिनी हरु ले १५ हजार लिन्छ्न   ।अस्ति भर्खर  दसैको समय मा दुई जना साथी हरु नेपाल  जानको लागि टिकट  लिन तोन्देमुन को नेपाली मार्ट मा आए । दसैको समय ब्यस्त भएको ले १३ लाख  टिकट  को मूल्य पर्ने कुरा साहुजी ले सुनाए  ।एक जना त जानै पर्ने रहेछ तेहि महङ्गो  टिकट  लिए  अर्को चाहिँ ले अलि  महङ्गो  भएको ले नलिनी कुरा गरे  ।कम्पनी  गएर कोरियन लाई टिकट  किनिदिन भनेछ तेहि जहाज मा आठ  लाख मा ल्याइदियछ अब भन्नुस यो नेपाली  मजदुर  माथी लूटमार नभए के हो त? यहाँ होटेल  मा काम गर्नी युबाले तलब माग्दा नेपाल फिर्ता पठायका घटना  पनि छन ।

  भर्खर  बिबाह  गरेकी श्रीमती  लाई मंगल् सुत्र किन्न नसकेर  घरको चुहुनी पाली छाउन नसकेर लामो पर्खाइ पछि लेबर कनट्याकमा साइन गरि गलामा लेबर को बिल्ला  भिरेर कोरिया  आएका हामी चार महिना नहुदै समाज सेबामा लागेको देख्दा  कता कता मन खिन्न हुन्छ ।गाउँका  युबाहरु सबै बिदेसियर गाउँ बृद्धआश्रम झै भएको छ ।आफनै बुबा आमा भित्र बाहिर गर्न नसक्नी हुनुभको छ। घर मुनि को मुला वारि बाँझै छ ।श्रीमती  बजारमा  राखेको छ ।आफू यहाँ आएर समाज सेबा भन्छ के नेपाल  समाज बिहिन छ र ? न यहाँ यिनी हरुले बुढाबुढी  लाई बृद्ध भत्ता  देलान भन्नू ? न बेरोजगार  नेपाली  युवा  लाई रोजगारी  देलान भन्नू ? न बेरोजगार  नेपाली  युवालाई बेरोजगार  भत्ता  देलान भन्नू ?अझ यहा यो पार्टी  र त्यो पार्टी  भनेर आफनै साथी हरु बोल्न छोडेर तर्केर हिड्ने गरेको देख्दा त  हामी नेपाली र हाम्रो नेपाल भन्ने कसैको मनमा भए जस्तो नै लाग्दैन । नत यहाँ राजनिती गरेकोलाई नेपालमा मन्त्रालय  छुट्टाएर राखेको छ, न यहाँ समाज सेबा गरेको भनेर नेपाल  को एअरपोर्ट  आएर तक्मा  लागाइ दिन्छ भन्नू ?यहाँको इन्छ्न एअरपोर्ट  देखि बाहिरीय पछि घर पुग्दा आफनै छोराछोरी  ले कोहो भन्ने अवस्था छ।दिन भरी बिरामी लाई सहयोग  भनेर रकम उठाउछ कति हो के हो कसैलाई  केही था छैन बिरामीलाई लिफाबा दिन्छ  अनि गित गाउछ "पहाडमा हाबा चले तराइ मा चिसो हुन्छ " र त्यहि बिरामी सँग सेल्फी खिचेर फेस बुक मा राख्छ ? यो सेबा होकि पर्चार हो ? कि चुनाबी नारा हो  ।यहि एक सस्था ले बिरामि लाइ सहयोग चार लाख पचास हजार कोरियन सहयोग गरेको रहेछ तर  सहयोगि ब्याक्ती  उसको नाम नै छैन।

यहाँ  समाज सेबा वा राजनीति  को नाममा जति पखेटा  हल्लाए पनि नेपाल मा कुनै स्थान छैन ? हिँजो यहाँका सस्थाका अगुवा  हरु कति नेपाल  गए कति जादैछ्न र उनी नेपाल तिरै बिलाइ सके । कति फर्केका पनि छन यहि फेरि आफनै स्थान खोज्न ? कति ले समाज सेबा को नाममा  सेल्टर खोलेर  बसेका पनि रहेछन्  बेरोजगार  युवाहरुले पहिले डिपोजिट राखेर बस्ने  ब्यबस्था  रहेछ यो पनि समाज सेबा रे ?

    यहाँ  कुनै नेपाली बाहिरी देशका महिला  सगँ लागेर घर न घाट  का भएका पनि  रहेछ्न । डान्स बार तिर जाने , जुवा तास खेल्ने, कम्पनीको  कामको तनाब ले विभिन्न किसिमको  रोग निम्त्याएर आत्म हत्या गरेको समेत सुनिन्न्छ।  यसको रोकथाम गर्न, आफुले कामएको पैसा बचत गर्न र सुरक्षित  तरिकाले  नेपाल पठाँउन हुण्डी  जस्तो अबैधानिक बाटो  नरोज्न चेतना मुलक कार्यक्रम  र भासण  गरेको कुनै माइकालले सुनिदैन र देखिदैन । आठ  नौ बर्ष काम गरेको  लाई पैसा कसरी नेपाल  पठाउनु हुन्छ भनेर सोध्ने हो भने आज सम्न हुण्डी  बाट  नै पठाइएको छ अब के को बैंक रे ? यहाँ दिन भरी कार्यक्रम  मा गएर  गौतम  बुद्ध  का कुरा गर्छन । आन्साङ शुचि ,मदन टेरेसा ,युरि गागरिन बाराक ओवामा, पृथ्वीनारायण   शाह, महात्मा  गान्धी का कुरा गरेर थाक्दैनन ।जापान  कोरिया  सिङापुर को बिकास का कुरा गरेर थाक्दैनन भस्टाचार ले हाम्रो देस बिग्रेको  हो भन्न पनि पछि पर्दैनन , जब तलब आउँछ अनि फोन गरेर हेल्लो आज हुण्डी  को रेड  कति छ भनेर सोध्छ्न ।कतिले त आज हुण्डी  को रेड  यति छ है फोन गर्नु होला भनेर फेसबुक को भित्तामा  टास्छन ।यस्ता ब्याक्तीहरु सामजिक संघ  सस्था का अगुवा तथा सल्लाहकार  हुदा रहेछ्न  ।जब 35% हाम्रो देस रिमिटेन्स ले धानेको छ आठ  नौ बर्स सम्म रिमिटेन्स के हो भनेर  थाहा नभएकाहरु जस्ले हुण्डी  जस्तो अबैधानिक पेसा लाई नै आफ्नु पेसा बनाएको छ त्यसैको निर्देशनमा  संस्था  चल्छ भने के गर्छ त्यो  सस्थाले?  बिहानिले दिउसोको कुरा भन्छ भने झै अब त्यसको उदेश्य  यहाँ उल्लेख गर्नु नपर्ला ।यहि नै हो हुण्डी  बजार ।
 
यहाँ म भन्न खोजेको  सामाजिक  संघ सस्था को नामामा नेपाली  मजदुर  लाई ठग्ने गलत काम गर्न उत्साहित  पार्ने, हुण्डी  जस्तो अबैधानिक काम गर्ने, विभिन्न शीर्षक  मा उठाएको रकम को पारदर्शी नगर्ने जस्ता घिनौना नगरम भन्न खोजेको हो। हामी सबै दुई पैसा कमाउन आएको हो। सबै पुर्ब पश्चिम्   को जहाँ को भए पनि सबै नेपाली हौ मिलेर आपसी  सद्भाव  राखेर बसौ  भनिएको हो ।

   यहाँ  कसैदेखी प्रेरित भएर ,आग्रह  पूर्वाग्रह  राखेर रिस डाह गरेर यो लेख तयार पारेको  होइन म कोरिया  को बसाइ चार बर्ष  पूरा हुनै लाग्दा मैले जे देखेँ  जे भोगेँ त्यहि मात्र सबै सामु सेयर गर्न मात्र खोजेको हो अन्यथा नलिनु होला।

         धन्यवाद।

प्रकाशित मिति : २०७३ कार्तिक १६ (November 01, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• नदेखेका सपना हरु

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

• हैसियत विहिन सामाजिक संजाल: देश जलाऊन हैसियत नचाँहीने, फेसबुक चलाऊँन हैसियत चाँहीने ?

• मानबिय जिन हामिमा हराउदै गाको छ

• घर भित्र नै अछुतो म

• तिहारमा कोरियाबाट दिदिलाई चिट्ठी

• म यसकारण दक्षीणा बिरोधी हुँ

• परदेश रहर कि कहर

• श्रमको सम्मान नै देस बिकासको आधार

• म बिनाको दश बर्षे दशैँ

• म लुटिएको त्यो दशैं

• प्रबासको दशैँ

• कोरियाबाट दशै सम्झिदा

• नेपाली हरूको ढुकढुकी बन्छ विवेकशील नेपाली दल

• नेताले गुजारेको परिवर्तन

• "को म्हेन्दो डाङ " नेपथ्य लाईभ कन्सर्टले नविनतम कोसेढुङ्गाको अभिलेख स्थापित गर्न सफल ।

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal