म यसकारण दक्षीणा बिरोधी हुँ

शेषु कोईराला, दक्षिण कोरिया

म आज हेर्दै  लाज मर्दो राजनीतिक चर्चा भन्दा अली फरक बिषय उठाउन खोजेको छु । भर्खरै हामी हिन्दु हरूको महान चाड दशै लाई बिदा गरी दोश्रो ठुलो चाड तिहार या दिपावली लाई स्वागत गर्नै क्रम मा छौ ।म आफ्नो धर्म लाई र अरूले मान्ने कुनै पनी धर्म लाई सम्मान गर्दछु ।मलाई सानैमा सायद चार कक्षा को किताब मा होला नाम फरक फरक भएपनी भगवान एउटै हुन भनेर पढेको याद छ जहा अंगुर खान खोजेका चार जना छुट्टा छुट्टै भाषा बोल्ने मानीसहरू को बिषय प्रसंग बनाईएको थियो ।जे नामले पुकारे पनी आखीर चीज एउटै हो भन्ने शिक्षा दिन खोजेको छ ।म प्राय सबै धर्मालम्वी हरूका पुजा ध्यान गर्नै ठाउमा गएको पनी छु मलाई खासै फरक अनुभव हुदैन किनकी मेरो मनमा भगवान एउटै छ भन्ने नै छ यद्धपी म हिन्दु धर्म को अनुसरण गर्छु ।
    समय अनुसार संस्कार हरूमा पनी परीबर्तन हुनु जरूरी छ हाम्रो संस्कार मा कतिपय चलन हरू आज पनी हामी अनुसरण गर्दै आईरहेका छौ जुन निकै लाजमर्दा छन ।जसमध्य एउटा दक्षीणा पनी हो ।बच्चा छदा यो केटाकेटी फकाउने खुशी पार्नै अस्त्र पनी हो बच्चाहरूलाई दिनु अहीले पनी म गलत ठान्दिन तर यसलाई पछी सम्म लैजादा नमज्जा को अनुभव र अफ्टेरो अनुभव मैले फील गर्छु ।यो संस्कार लाई समयानुकुल परीमार्जन गर्दै लैजानुप्रछ भन्ने मेरो मान्यता रहेको छ ।मैले बिगत दुई तिन बर्ष यता यसलाई बिरोध गर्दै अनि आफुले दक्षीणा नलिदै पनि आईरहेको छु परीबर्तन आफै बाट सुरू गर्न प्रछ भन्ने हेतुले मैले शसुराली जादा होस या मावली जादा एकल बिरोध गर्दै नलिने प्रयास गरेको छु ।

        मैले शसुराली मा त लगभग सम्झाउन सफल भए किनकी मेरो शसुरा बुवा शिक्षक हुनुहुन्छ वहाले सजिलै मेरो कुरा बुझ्नु भयो ।वहा संग त अर्को एउटा संस्कार जुन बावा समान को बाबा नै ले छोरा समान को छोरा नै लाई खुट्टा मा ढोग्ने संस्कार लाई पनि पुर्ण रूपमा निषेध पार्ने काम पनी गरेकोपनि छु वहा लाई मेरो अभीयान लाई साथ दिनु भएकोमा धन्यवाद पनी दिन्छु ।धेरै भईसक्यो वहालाई खुट्टामा ढोगाउन छोडेको ।वास्तब मा यो नराम्रो संस्कार हो ।यसलाई सबैले अनुसरण न गर्दा राम्रो हुन्छ जस्तो लाग्छ ।

 चाड पर्व को बेला छ लगत्तै तिहार पनी आईरहेको छ मैले दक्षीणा लिनु र दिनु हुन्न भन्दा आम दिदीबैनी मा असर नपरोस तर यो नराम्रो चलन हो एक बर्ष मा एकचोटी भाईबन्धु लाई मीठोचोखो खुवाउदा दक्षीणा लिनुपर्नै दाजुभाई लाई एउटा उपहार दिदा त्यस बापत दक्षीणा लिनुपर्नै सम्मान माया गरेको की ब्यापार ?बुवाआमा को देहान्त भएर त्यो दुखमा साथ दिन माईती मा आउदा तपाईहरूलाई दक्षीणा लिनुपर्नै के तपाई त्यो घरको सदस्य होईन ?त्याहा तपाई दुख मीसाउन दाजुभाई लाई सान्तोना दिन आको की ज्याला मा ?यो गम्भीर प्रस्न हो ।अहीले मेरो लेख पढदा र गहीरीएर नबुझ्दा आम दिदीबहीनी को मनमा केही नराम्रा कौरा खेल्न सक्छन तर गम्भीर भएर सोचौ हामी नराम्रो संस्कार को फलो गर्दैछौ ।मलाई त कसैले जबरजस्ती दक्षीणा दिन खोज्छ भने सम्मान होईन अपमान को महसूस हुन्छ लज्जाबोध हुन्छ ।

  मेरो मावल गुल्मी दिगाम हो म यसपाली को बिदा मा मावली गएको थिय जब बिदाभएर घर फर्कीन लागेको थिए यही दक्षीणा को बारेमा ठुलो संघर्ष गर्नु पर्यो  ठुली माईजु ले मान्दै मान्नु भएन आखा बाट आसुनै झार्नु भयो म वहाको बयोबृद आत्मा ले दुख मानेको महसुस गरे अनी समाउन बाध्य भए तर मलाई निकै लज्जा महसुस भयो प्रस्न मनमा उठीराछ अब मावली जाने की नजाने ? जहापनी सम्मान पाइने नाता को घरमा गईन्छ बिदा हुनेबेलामा यस्तै परीघटना निम्तन्छ यसले निकै लज्जाबोध हुन्छ ।यो लेख मैले दक्षीणा दिनुपर्यो भनेर लेख्याहोईन यो संस्कार खराब छ भन्न खोज्या हो कतिपय लाई मलाई जस्तो अफ्टेरो महसुस भएकै होला हेर्नुस आफैबाट सुरू गर्नुस यो खराब संस्कार हो ।

आफन्त मान्यजन को मा आशीर्वाद लिन जान पाईयोस तर दक्षीणा लिन नपरोस ।कहीले घरमा नगद होला कहीले नहोला मिठो मसीनो त जे छ त्यो खाईहालीन्छ खोवाईहालीन्छ तर ज्वाई भान्जा आएकाछन भनेर समन्धीत घरको ले छिमेकी कोमा सापटी खोज्न जानुपर्यो भने त्यो बेला तपाई के सोच्नुहुन्छ ?धेरै होस या थोरै सधै पैसा हुन्छ भन्ने त छैन नी ।कुरा यो मात्रै होईन क्या यहा त आफन्त भेटन आउनुभो भने के उपहार लिएर आउनुभो कति दुरी बाट कति गाडीभाडा खर्चेर आउनुभो अथवा तपाई जानुभो सबै हीसाब गरेर दक्षीणा गर्नुपर्नै चलन रैछ अब भन्नुस बजार मै सस्तो भएन र ?म यी कुरा को दोष हामी नभएर हाम्रो संस्कार हो यसलाई परीबर्तन गर्नुप्रछ भन्ने सन्दर्भ मा उठाईरहेको छु ।माफ गर्नुहोला कही कसै संग मिल्न गएछ भने ।राम्रो काम को सुरूवात आफै बाट गरौ ।अन्तय मा सबैलाई दिपावली को शुभकामना ।
                   

प्रकाशित मिति : २०७३ असोज १५ (October 01, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजनाकोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमबृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ कोरियामा बढ्दो अप्रत्यासित निधनको घटनाप्रति गम्भिर छुः नवनियुक्त राजदूत सिहकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणसनराइज बैंकले थप्यो यस्तो सुबिधा , अब कोरिया बाटै सनराइज बाहेकका अन्य बैंकमा समेत रकम ट्रान्सफर गर्न सकिने कोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal