श्रमको सम्मान नै देस बिकासको आधार

सुबाश घिमिरे

सर्बोच्च सिखर सगरमाथाको देस,बिस्व सान्ति दुत गौतम बुद्ध र बिर गोर्खालिको सानले सिन्चिएको सुन्दर,प्रकृतिले हराभरा प्यारो मेरो देस नेपाल | अब यि सारा गौरभका बिसय ईतिहास भैसके तर पनि सम्झदा भित्रैबाट गौरभ महसुस हुन्छ ,गर्बले छाति त फुल्छ नै तर अब यस ईतिहास का ठुला ठुला कुरा गरेर मात्रै हाम्रो जिन्दगि चलेन ,चल्दैन यसको मतलब फेरी हाम्रो सबै ईतिहास बिर्सौ भन्ने होईन तर गरिबि,बेरोजगारीको अगाडि यि सबै कुरा गौण हुन्छन,हुंदा रैछन भन्ने कुरा करिब चार दसक पहिला सम्म हामिले आर्थिक सहयोग गर्दै आएको रास्ट्र दक्षीण कोरीया मा नेपालिको लागी तिनहजार कोटा हुंदा साट्ठिहजार को आवेदन परेबाटै प्रस्ट हुन्छ |

हामि हाम्रा सारा गौरब,तथा सानदार इतिहासलाई तिलाञ्जलि दिन्छौ जब खाडि र अन्य रास्ट्र जान पासपोर्ट बोकेर लामबद्ध हुन्छौ,हुन पुग्छौं |

झट्ट हेर्दा हाम्रो देस बिकाश नहुनु ,सम्बृद्ध रास्ट्र नबन्नु ,नबनाईनु को दोसि राजनितिक दल यसका नेता र नेतृत्यकै देखिन्छ तर त्यो मात्रै दोसिहो ,दल,नेता र नेत्तृत्व मात्रै हैन स्वयम तपाँई हामि पनि कम जिम्मेवार छैनौं |

यद्यपी राम्रो देशलाई राजनितिले खाको भने पक्कै हो , केही पहीले एउटा यस्तो समाचार आयो,जुन मैले अनलाईन मिडियामा पढेंको थिएँ एकदिन बेलायति प्रधानमन्त्री पारीवारीक भ्रमणको लागी परीवार सहित कतै जांदै थिए,पारीवारीक भ्रमण भएकोले उनि निजि सवारी साधनमा गएन्न ,भ्रमण टोलीमा पनि परीवारका सदस्य मात्रै थिए ,उनि रेल चढ्न स्टेसन पुगे त्यहां मानिसहरु खचाखच थिए ,एउटा पनि कुर्सी खालि थिएन देसको प्रधानमन्त्री ले घण्टौ उभिएर रेलको प्रतीक्षा गरे र भर्मणमा गए ,त्यहा न कसैले उनलाई बस्न भने न कसैलाई उनले उठ्न नै भन्न सके त्यहा रेल कुर्ने दुबै यात्रु थिए र समान पनि | हाम्रो देसमा भने प्रधानमन्त्री ,रास्ट्रपती ज्युको कतै सवारी हुंदैछ भने घण्टौ पहीले काठमाण्डौ का सडक सिल गरीन्छ,खालि गरीन्छ र सवारी चलाईन्छ त्यसै कारण सर्बसाधारण ले घण्टौ जाममा पर्नु पर्छ | यहां ठ्याक्कै बेलायतको जस्तो त म भन्दिन तर पनि कम्तिमा सडकै खालि गर्ने परम्परा चांही अन्त्य हुन जरुरी देखिन्छ |हाम्रो देसमा राजनिति यति हावि भयोकी कुनै दल ,नेता,गुट,उपगुट नसमाती नत जागीर पाईने न त कुनै काम नै बन्ने ,पैसा र पावर जो संग छ उसले जे पनि गर्न सक्छ यहां ,हामिले कैयों युग बदल्यौं चाहे त्यो राणा सासन,रातन्त्र ,लोकतन्त्र र अहिलेको गणतन्त्र नै किन नहोस् सबैमा हामिले ब्यावस्था बदल्यौ तर ब्यवहार बदलेनौं,दलिय स्रवोच्चता स्थापित गर्यौं तर नागरीक सर्वोच्चता स्थापित गर्न सकेनौ ,बिधिको सासन र सु ब्यावस्था स्थापित गर्न सकेनौ, अहिले पनि एउटा उखान सान्दर्भिक छ " साना लाई ऐन,ठुला लाई चैन " आखिर कहीले सम्म ?
सगैं पढेका दुई साथी  , एउटा आफ्नो मेहनतले एस.एल.सि. पास हुन्छ अर्को साथि फेल | फेल हुनेले स्वभाविक हो पढाई छाड्छ र राजनितिमा लाग्छ,अर्को मेहनत साथ पढ्छ र डिग्री गर्छ तर जागीर नपाएर भौतारी रहेको हुन्छ उता आंफुसगै पढेको तर एस.एल.सि. बिग्रीएको साथि मन्त्री हुन्छ र डिग्रीवाला त्यही साथिलाई पिए. राख्छ आखिर खैत योग्यताको कदर यो देसमा ? यो अवस्था को अन्त्य हुन जरुरी छ कि छैन ? कहीले सम्म अन्त्य होला त ? यो गहन प्रस्न को उत्तर प्राय: केही समय अझै अनुत्तरीत रहने निस्चित छ | यस्को अर्थ फेरी सबै नेता अनपढ भन्न खोजीएको हैन केही विद्वान हरुपनि हुनुन्छ म उहांहरुलाई सम्मान गर्छु तर अक्सर यस्तै हुन्छ यहां र भैरहेको पनि छ |

एउटा गाँउको ठिटो पढाई छाडेर ,भए बाबु बाजेको खेत बेचेर नभए रिण काडेर भएपनि दलाल लाई एक-दुई लाख खुवाएर खाडि जान्छ, बेल्चा हान्छ,भांडा माझ्छ ( वा जे गर्छ म सबै श्रमको सम्मान गर्छु ) दुई चार बर्ष दुख गर्छ जसोतसो रिण तिर्छ ,दुईचार हजार राम्रै भए दुई चार लाख लिएर गाँउ फर्कन्छ

चट्ट सुट पाईन्ट ,टउको माथि कालो जस्मा ,कानमा ढेंडि ( एरफोन ) लगाएर गित लगाउँछ कालो चस्मा लाऊ है मैयां बिसाल बजारको नगर्नु है सुर्ता मैयां दुई-चार हजारको ,र आफ्नै सान ,रवाफ देखांउछ र त्यहि आंफुले बेचेर गएको खेतमा कुटो कोदालो गरेर बसेको ,आफ्नो ईमान र स्वाभिमान मा जिएको साथिलाई छाति फुलाएर बिल्ला भिराउँथ " पाखे " को !के यही हो तपांईको आत्म सम्मान ,स्वाभिमान र स्वाभलम्भन ?
"अलि अलि पढेलेखेका डि.भि. भर्छन् अमेरीका जान्छन भांडा माझ्न ,
बलिया,बांगा पासपोर्ट बनाउँछौं खाडि जान्छौं बेल्चा हान्न ,
बांकी रहेका लुरे,भुरे देसमा बस्छौं न बल छ न पढाई ,काम गर्ने न जांगर छ ,न जोस छ , न लगनसीततानै खोल्यो फेसबुक,टुईटर गफ लगायो चांहीदा,नचांहीदा गाली गर्यो दुनियां नेतालाई फलानो यस्तो,चिलानो यस्तो काम भने सिन्को भांची छैन अनि कहांबाट हुन्छ देश बिकास |
एउटा मेरो सर्वेक्षण हाम्रा साठ्ठी प्रतिसत युवा बिदेसमा छन, दस प्रतिसत आश्रित छन जो बाल बच्चा र बुढा पाका उनिहरु काम गर्न सक्दैनन्  ,दस प्रतिसत सकृय राजनितिमा छन ,दस प्रतिसत युवा मा न जोस छ न जांगर छ बस्यो सामाजिक संजालमा छांट्यो फोस्रा भाषण बस्यो बांकी श्रमजिबि बर्ग छन जो दैनिक ज्याला दारीमा बांच्छन जस्लाई केही चांसो छ नत राजनितिको र नै थाहा छ न त देस विकाशको ब नै , अनि कसरी हुन्छ देश बिकास |
हामिले यहाँ कसैको स्विजरल्याण्ड हेर्यौं त कसैको सिंगापुर र कसैको मेट्रो रेल त कसैको पानि जहाज पनि ! यहां कुनै एक दल ,कोही नेता वा कसैले भन्दैमा ,चांहदैमा देश को काया पलट हुने अवस्था हैन,छैन र हुन्न पनि , देश विकसित ,समृद्ध हुनु छ बनाउनु छ भने हरेक नागरीकको मन मन बाट आत्म सम्मान र श्रमको सम्मान गर्न सक्ने खुबि बिकसित हुन जरुर छ | जब सम्म हामिमा श्रम प्रतिको सकारात्मक धारणा,श्रमलाई सम्मान गर्ने खुबि आंउदैन तब सम्म जसरी धनि बाबुका छोराहरु गांजा र चुरोटमा लागेर बाबु आमा लाई गाल् गर्दै रुमली रहेका हुन्छन त्यस्तै हामि पनि धनि नेताका गरिब जनता त्यसरीनै नेतालाई गालि गर्दै कतै अनकन्टारमा रुमलि रहेका हुन्छौं |

हिजो अस्ति एउटा समाचार आयो दुई जना कोरियन नागरीर नेपालमा कृषी क्षेत्रमा लगानि गर्न नेपाल आंउदैछन एउटाले काठमाण्डौंमा गाई पालन गर्ने ,अर्कोले लमंजुड़ मा तरकारी खेती गर्ने दुबैमा क्रमसं पच्चीस र सोर्ह जनाले रोजगारी पाऊनेछन | जबकि नेपाल यस्तो देसहो कोरीयामा तिन हजारको लागि रोजगार कोटा खुल्दा साठ्ठिहजार भन्दा बढि आवेदन पर्छ , यी सबै युवा जो नेपालमा केही छैन,केही हुन्न भनि सबै पढाई,घर गृहस्ति त्यागेर कोरीया जान लालहीत छन ति सबै युवालाई यि दुई कोरायनको यो भन्दा ठुलो चुनौंति अरु के हुन सक्छ र ?

बिदेसमा गएर जे गरेपनि इज्वत हुने ,सम्मान हुने आफ्नै देसमा सानो काम गर्यो भने ,कसैले देख्यो भने इज्वत जाने कस्तो दरिद्र सोच हाम्रो ? यो सोचलाई हामिले फाल्ने कि नफाल्ने ? फाल्ने भए कहीले सम्म फाल्ने र नफाल्ने भए किन नफाल्ने आम युवा माझ यो प्रस्न को उत्र देशले खोजिरहेछ पर्खी रहेछ |
जोस,जांगर ,केही गर्ने आंट र हिम्मत भए आफ्नै देसमा सुन फल्छ,पैसा यहिंछ खालि चिन्न सक्नुपर्छ ,देख्न सक्नुपर्छ ,बिदेसमा चै रुखमै पैसा फल्ने नेपालमा चै पथ्थर फोर्दा पनि नहुनै हैन, " फुटबलको गेममा टेलिभिजन अगाडि बसेर गोल..गोल भनेर कराऊनु र मैदानमा बिपक्षी संग लड्नु दुई फरक कुरा हुन " ठिक त्यस्तै हो जसलाई परेको छ ,जसले भोगेको छ उस्लाई मात्र थाहा हुन्छ , "भनिन्छ कि पढेर जानिन्छ कि त परेर जानिन्छ " तर हामि ले न पढेर जान्यौ न त परेर जान्यौं वा जानेरै पनी बिवस छौ ? प्रस्न अनुत्तरी तै त छैन तर फ्याट उत्तर दिन भने सजिलो पक्कै छैन |
 पैसा यहि छ ,सुन यहि फल्छ  ताकी आफ्नो श्रमको सम्मान आंफै र समाजले गर्न जरुर छ ," जहां दृढ संकल्प छ त्यहां बिकल्प हुन्छ , जहां जोखिम हुन्न त्यहां केही हुन्न "
संसार बाटै लगभग एक्लिएको भनौं वा एक्लाईएको देस उत्तर कोरीया जहां समंयुक्त रास्ट्र संघ को नाकाबन्धि भएको बर्सौं भैसक्यो र पनि उस्ले विस्वलाई एक्लै चुनौति दिन सक्छ दिई रहेको छ किन त भन्दा त्यहां का जनता या भनौं रास्ट्र हांक्ने संग दृढ संकल्प छ ,अठोट छ | हामि भने छ महिनाको भारतको नाका बन्धिमा त्यत्रो कोलाहल,हाकार गर्नु पर्ने चांहे दक्षीण होस या उत्तरकै भर पर्नु पर्ने ,उनिहरु संग झुक्नै पर्ने बाध्यता किन त ? किन कि हामि अर्काको भरमा बांच्ने परजिवि भैसक्यौं हामि मा स्वाबलम्भन भन्ने छदै छैन ,हामि काम लाई सानो ठुलो भन्छौ घृणा गर्छौ काम अनुसार मानिसको दर्जा निर्धारण गर्छौ कमाई खाने हैन किनि खाने भएका छौं त्यसमा आफु ठुलो भएको भान गर्छौं मानिस  पोस्ट ,पोजिसनले हैन उस्को इमान्दारीता ले महान हुन्छ र उमेर ले ठुलो सानो हुन्छ काम ले हैन |

अत: हामिले पहीला आत्म सम्मान त्यस पछि हरेक श्रमको ,श्रमिकको सम्मान गर्न सके अहीले जस्तो नौ जवान बिदेस पठाएर लास स्विकार्न बिवस हुनु पर्दैनथ्यो ,कैयो आमा बाबा का काख ,श्रीमतीको सिउँदो ,लाला बालाले अभिभावक त देसले उर्जासिल युवा जनसक्ति गुमाउनु पर्ने थिएन ,गुमाऊनु पर्ने छैन | पैसा यहीं छ सुन यहीं फल्छ ,काम यहीं छ छैन त केवल हामिमा ईच्छा सक्ति , पैसा यहीं कमाईन्छ काम पुरानै किन नगर्नुस तर तरीका नयां अपनाऊनुस सुन यहीं फल्छ , हरेक नागरीक ले श्रमको सम्मान गरौं केही काम गर्ने लक्ष संकल्प लिएर घर घर बाट उठौं हाम्रा नेता हरुले भने जस्तो कथा कथित सिंगापुर र स्विजरल्यान्ड हैन समृद्ध र समुन्नत देश नेपाल बन्ने निस्चित छ,बन्नुपर्छ र बन्छ पनि ||

- सुबाश घिमिरे
इटहरी,सुनशरी नेपाल

प्रकाशित मिति : २०७३ कार्तिक ०३ (October 19, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

• हैसियत विहिन सामाजिक संजाल: देश जलाऊन हैसियत नचाँहीने, फेसबुक चलाऊँन हैसियत चाँहीने ?

• मानबिय जिन हामिमा हराउदै गाको छ

• घर भित्र नै अछुतो म

• तिहारमा कोरियाबाट दिदिलाई चिट्ठी

• कोरियामा पोल्ट्री फार्म झै खुलेका सामाजिक संघ संस्था र हुण्डी बजार

• म यसकारण दक्षीणा बिरोधी हुँ

• परदेश रहर कि कहर

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु कति हो कति पीडा छ कोरियामा
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal