म बिनाको दश बर्षे दशैँ

ओम सागर घर्ती मगर

मस्त निद्राको मुर्दा झै लठर्क्क परेको मेरो शरिर एकास्सी बिहानी पखको चिसो हावा को सिरोट सँगै मेरो लडेको शरिर नजिकै बाट जोड जोड सँग कुनै चिज को आवाजले मेरो निद्रा बृऊझाईदिन्छ ! ए मोबाईल मा आलाराम पो बजेछ ! अनी आँखा मिच्दै आधा ठलिएको मेरो शरिर हलचल गर्दैन ! तर बिस्तारै उठ्छु ! नजिकैबाट कानै तातिने गरि घन्किएको मेरो कालो मोबाईलको तान्छु ! र आलाराम बन्द गर्न तिर लाग्छू ! अनी हतार हतार मोबाईको wifi on गर्दछु ! अनी फेस बूक तिर आँखा दौडाऊन सूरू गर्दछु !

तर आज मेरो मोबाईलमा अन्यदिनहरू भन्दा फरक रौनक हरू र तस्बिरहरू देख्दछू ! पृर्थी गोलाकार भएझै समय पनी गोलै घडीको सूईमा घुम्दो रहेछ ! हो कुनै समय को एक मिनेट पनी लामो लाग्ने त्यो घडीको सुई तर आज मलाई एक दमै छोटो लाग्दैछ ! किनकी मैले नदेखेको दश बर्षको दशै आज पनी आईसकेछ ! हो जुन बेला म स्कुल लेवल मा  slc parda  सम्म २०६३ सालको दशै बाहेक मईले अहीले २०७३ साल सम्मको दशै साच्ची भन्नू पर्दा मईले देखेको छैन ! भन्दा पनी हून्छ अहीले मलाई दशैको महत्व के हो कस्तो हून्छ ! भन्ने कूरा पनी बिर्सिजस्तो लाग्छ ! जुन बेला म टिनेज ऊमेरको थिए मईले   २०६२साल तिर हो म slc ko तयारी गर्दै ! थिए अनी मेरो बूवा मलाई छोरा राम्रो सँग slc pass  गरेर ठुलो मान्छे बन्नु पर्छ तै त होस अली पढ्ने लक्षण भएको छोरा!  भन्दै यसको लागी भगबती सँग बिदृा माग्न मन्दिरमा जानू पर्छ भन्दै मलाई बिहानै ऊठाएर  !

कपडा धुने फुर्से आहा साबूनको डल्लो  ले नुहाऊन लगाएर ! एक किलो मिटर अग्लो डाँडामा रहेको सून्दरा देवी दूर्गा भगवती को मन्दीरमा गएर ! पुजागरेर फर्की घरमा आएर मलाई बूवाआमाले   दिनु भएको महासागर आशिरबाद को स्नेह र अमृत रूपी शब्दहरू !  र ऊहाहरूले लगाईदिनू भएको रातो टिका र पहेँलो जमराहरू अझै पनी मेरा कानै छन की जस्तो लाग्छ ! तर अहिले २०७३ सालको दशै आईसकेपो रहेछ ! समय कती छोटो रहेछ ! यती लामो समय बितेको मलाई थाहा नै भएन ! म सँग सँगै पढेकी साथी  ले बिहे पनी त्यही बर्ष गरेको थियो ! त र ऊसको त अहिले छोराले ५ कलास पढ्ने पनी भईसकेछ ! तर मलाई पत्तै छैन म अझै बच्चा हू जस्तो लाग्छ !

मध्यम बर्गिय तथा ठूलो मेरो परिवार र घरमा आम्दानी भनेको कृषी बाहेक केही थिएन !हामी सबै दाजू बहीनीहरू पढ्नू पर्ने ! त्यो सबै वुवाले हामी लाई ऋण गरेर बिभिन्न बैक तथा व्यक्ती बाट ऋण  लिएर पढाऊनू भएको रहेछ ! तर हामी बच्चा सम्म त थाहा भएन  ! तर पछी हाम्रो घर जग्गा सबै लिलाम हूने भएपछी हामी थाहा भयो अनी हाम्रो कलिलो बाल मस्तिकमा पढ्न भन्दापनी  पैसा कसरी कमाऊने र साहूको ऋण तिर्न तिर हाम्रो बाल मस्तिकसहरू घुम्न लाग्यो अनी मेरो दाई +२ पर्दै गर्दा ऊहा कतार को एक घर तथा विल्डीडं वनाऊने कम्पनीमा लेवर को काम गर्न लाग्नु भयो ! अनी म भर्खर slc पास गरेर बसेको थिए  ! मेरो विदेश जान ऊमेर पुगेको थिएन ! तर पनी मेरो बाल मस्तिकसमा धरौतीमा बसेको मेरो घर जग्गा फिर्ता गरि साहूको ऋण कसरी चुक्ता गर्ने तिर मात्र ध्यान गईरहन्थ्यो ! तर पनी मलाई पढ्ने धेरै ईच्छा भएको हूनाले म गाऊमा बसेर बाबू आमाको न्यानो माया र

साथीभाईहरूको रमाईलो वातावरण रमाऊने चाहाना हूदा हूदै पनी यि सबै कुरा लाई चट्कै छोडेर ऋण र आर्थिक अबश्थामा ओझेलिको मेरो मन ठुलो साहस बोक्दै केही पैसा कमाऊने अनी धेरै पढेर ठूलो मान्छे बन्ने मन भरी सपना बोकेर ! २०६३ सालको तिज को दिन पकेटमा १५०० रुपैया र पछाडी कालो फित्ता गरेको झोला मा केही किताब र कापीहरू बोकेर दागंबाट काठमान्डौको नाईट बसमा यात्रा गरे ! नाईट बसको चक्काले नेपालको हाईको बाटोमा ठोकिएको ठक्कर जस्तै मेरो काठमान्डौ को जिन्दगीले त्यस्तै ठक्कर खान पुग्यो ! हामी गरिब ले सोचे जस्तो कहाँ छर काठमान्डू गिदृै गिदृहरू को हूलमा सिनो को लस्कर जस्तो काठमान्डौ ! ठुलो सपना र मन भरी आशा बोकेर आएको मेरो मन सोचे जस्तो कहाँ छर काठमान्डू  तर मन मा आँट र शाहस बोकेरजिन्दकी सित लडिरहे आर्थिक अभाव र भविष्य सँग लडेको मान्छे म  कहिले कुनै साहूको घर सफा गर्ने गार्डेन सफा गर्ने  त कहीले सहकारीमा पैसा ऊठाऊने काम गरे त कहीले गारमेन्ट कम्पनीमा पाले काम गरे कहिले धनले मात्तिएका तर बूदृीमा बिर्को लागेकै आफ्नै कलास का साथीहरू लाई ट्युसन पढाएर त कहीले धनी मान्छेहरू को छोराछोरी लाई होमट्युसन पढाएर जेनतेन गर्दै बिबिएस सम्मको अध्ययन गरे तर कुन बेला  काठमान्डौ ५ बर्ष बिताएछु थाहै भएन !

दिन पछी रात अनी रात पछी दिन हरू कती आए कती गए कती बसन्तऋतुहरू हरू मा कती नया पालुवाहरू पलाए कती शिशिर ऋतुको जाडो कठ्यांरिएर झरे कति पर्वहरूआए  कती दशै आए कती तिहार आए तर गरिब आर्थिक अभावमा छटपट्टिएको मेरो मनमा कहीलै दशै आएन् ! अहीले कोरिया आएको पनी ५ बर्ष हुन लाग्यो ! मेरो अहीले बास्तविक ऊमेर २५ बर्ष भयो २०६३ साल मा म १५ बर्षको थिए ? अहीले २०७३ सालमा आऊदा सम्म २५ बर्ष भए तर १० बर्ष अन्तरभयो  मैले दशै देखेको छैन् ! तर

धन्यहूनूछ मेरा बूवाआमा तपाईहरूले दिनु भएको आशिरबाद र मायाले गर्दा म धेरै लामो समय मेरो प्यारो गाँऊ घर अनी साथीहरू छोडेर विरानो मुलुक मा आर्थिक अभाव र भविष्यको खोजीमा आफ्नो  कर्मश्वको लागी घर देखी टाढा हूने पुगे र अहिले रोजगारकै शिलशिलमा सात समुन्द्रपारी पर्देश को भुमीमा कोरीयामा आफ्नो कर्मश्व सँग रम्दै र जुध्दै छू ! रातको अँध्यारो छाया पन्छाऊन बिहानी ऊज्यालो सुर्यको किरण ऊदाय झै मईले नदेखेको मेरो अँध्यारो दशै ऊज्यालो बनी  अर्को दशै पक्कै आऊनेछ !

प्रकाशित मिति : २०७३ असोज २६ (October 12, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• नदेखेका सपना हरु

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

• हैसियत विहिन सामाजिक संजाल: देश जलाऊन हैसियत नचाँहीने, फेसबुक चलाऊँन हैसियत चाँहीने ?

• मानबिय जिन हामिमा हराउदै गाको छ

• घर भित्र नै अछुतो म

• तिहारमा कोरियाबाट दिदिलाई चिट्ठी

• कोरियामा पोल्ट्री फार्म झै खुलेका सामाजिक संघ संस्था र हुण्डी बजार

• म यसकारण दक्षीणा बिरोधी हुँ

• परदेश रहर कि कहर

• श्रमको सम्मान नै देस बिकासको आधार

• म लुटिएको त्यो दशैं

• प्रबासको दशैँ

• कोरियाबाट दशै सम्झिदा

• नेपाली हरूको ढुकढुकी बन्छ विवेकशील नेपाली दल

• नेताले गुजारेको परिवर्तन

• "को म्हेन्दो डाङ " नेपथ्य लाईभ कन्सर्टले नविनतम कोसेढुङ्गाको अभिलेख स्थापित गर्न सफल ।

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal