म लुटिएको त्यो दशैं

बैरागी माइला

कुरा पुरानै हो । २०६१ सालको नेपालिहरुको महान चाड बडा दसै नेपालको घर आँगनमा आँउदै थियो । दसैंमा घर जाने सबै साथिहरुसँग मिलेर रमाइलो गर्ने मनभरिको धोको र रहर मात्र होइन २०६१ बैशाख मसान्तको दिन बिबाह  गरेकी प्यारी श्रीमती भेटन मन आतुर भएको थियो ।बिबाह गरेपछि आफ्नो परिवार सगँ बस्नुभन्दा पनि जागिरमा जानुपर्ने आफ्नै बाध्यता थियो । म एक ड्राइभर भएकाले  कहिले कता त कहिले कता जानुपर्ने घर परिवारको  सम्पर्क भनेको चिट्ठी पत्रमा सिमित थियो किनकी मोबाइल भर्खर  भर्खर ठुलाठालुले बोक्ने भाडो बनेको थियो म जस्ता सर्बसाधारण सगँ हुने कुरै भएन ।

त्यतिबेला माओबादीको जनआन्दोलनले चर्को रुप लिएको थियो ।जता ततै संकटकाल लागेकोथियो ।कर्फ्युको समय छिचिल्दै   लामा दुरिहरु पार गर्ने बाध्यात्मक स्थिति बनेको थियो । आन्दोलन ताक यातायात मजदुर हरु मैदानको फुट्बल जस्तै भएका थियौं।कुनै बेला माओबादिले तँ आर्मिको मान्छे होस भन्दै धम्काउने र कुनै बेला आर्मिले माओवादी होस भन्दै गाली गर्थे ।बाध्यात्मक स्थितिमा कुनै बेला गोला बारुद पनि ट्रकमा अरु सामानको बिचमा बोकाएर पठाउँथे । पुर्बमा भन्दा पश्चिम्  दुर्गम तिर माओबादिको  अलि पकड बढी थियो । कहिले कहाँनेर एम्बुसमा  परिने हो या दोहोरो भिडन्तमा परिने हो थाहा थिएन तर पनि म जस्तै पिल्सिएर साहुको नोकरी गर्ने यातायात मजदुर धेरै थिए ।

  दसैंको मुखमा म खाधयान्न (गहुँ  )बोकेर पश्चिम् धनगडी बाट बुटबलको यात्राको क्रममा थिएँ। ।सडकमा गाडीको रफ्तार बढाउदै गर्दा मनको बेगले  दसैंको आँगनमा पाइला राखेको थियो ।घरको कल्पना मनको कुनामा राखेर हातमा स्टेरिङ अनि बाटोको साबधानीमा ध्यान केन्द्रित गर्दै बेलुकी को ६ बजेतिर लम्कीको  चिसापानी कर्णाली पुल नेर आइपुगेको थिएँ।त्यहाँको आर्मी  चेकिङ पछि म शाही बर्दिया राष्ट्रिय निकुञ्जको सडकमा आफ्नै रफ्तारमा थिएँ। बबई नदिको पुल पार गरेपछी करिब एक किलोमिटरको अन्तरालमा एउटा सानो पुल छ  त्यही  अलिक परै बाट काठ्को मुडो सडकमा तेर्सो पारेको देखियो  ।बाटो पुरै अबरुद्द  कि त गाडी रोक्नु पर्ने कि क्रस गर्दा गाडी खोलामा फाल्नुपर्ने त्यो बाहेक अरु उपाए थिएन  ।मनमा डर पोको पारेर गाडी रोकेँ  रोक्ना बित्तिकै चार जना मानिस मुखमा कालो नकाब लगाएका र हातमा बन्दुक बोकेर अगाडि आए अनि  एकाएक म लाई नियन्त्रणमा लिए ।म सगँ बन्दुक देखि प्रतिकार गर्ने कुनै उपाए थिएन  ।रातको समय अनुहार मा कालो टालो बाँधेकाहरु लाई चिन्ने कुरै भएन  ।ट्रक बाट ओराले पछि खोला पारी ५०० मिटर पर लगे र बन्दुक सोझ्याउदै भएको जति सबै पैसा लुटे ।म सगँ मेरो दाइले घरमा बा आमालाई बुझाउन दिएको पाँच ह्जार  ,मेरोअलि अलि  जम्मा गरेको  बाट   ५ हजार अनि गाडी साहुको १०  हजार जम्मा बीस हजार मेरो  सबै उनिहरुले शरीर सबै खानतलासी गरेर लुटे ।त्यहाँ लुटेरा हरु धेरै जस्तो लग्दथ्यो ।बोलाउदा गोब्रे ,गान्टे ,तिखे आदि नामले बोलाउथे । अन्त्यमा मलाई अखिल क्रान्तिकारी छौटौ नाम्मा  २० हजारको रसिद दिएर छाडिदिए । त्यो रसिदमा बिस्वास चौधरीको हस्ताक्षर  थियो । म अझै सम्म चिनेको छैन त्यो बिस्वास चौधारी कोहो? वा तिनिहरुले उसको  नाम बेचेका हुन थाहा भएन ।त्यस पछि गाडी हाँक्दै बाँसगडि तर्फ आएँ।

बाँसगडि आर्मी ब्यारेक सम्म आइपुग्दा करिब आठ बजेर उकालो लागेको थियो ।गाडिको रुटिन अनुसार गाडी  सात बजेर तीस मिनेट सम्ममा आइपुग्नु  पर्ने थियो  ।त्यो दिन खै किन हो ढिला भएपनि आर्मिले केर कार नगरिकन सहज रुपमा  छाडिदियो । आर्मी चेकिङ पछि बाँसगडि बजार  आइपुगेपछि एक आपसमा कुरा गर्ने क्रममा लुटेराहरु माओबादि हुन भन्ने गर्थे ,अर्काले चाहिँ आर्मी हुन लुट्ने भन्दै थिए ।तर म लुटिएको मान्छे लुटेरा जो भएपनी मलाई  पीडा थियो  ।पैसा फिर्ता हुने आस थिएन  ।दसैंमा खुसी लुटिएको थियो ।

रात  धेरै परिसकेकाले म कोहोलपुर बाग्मती होटलमा  बाँस बस्न आइपुगे। त्यहा अरु थुप्रै साथिहरु पनि रहेछन ।मैले म माथी भएको अन्याय सुनाएँ ।उनिहरुका पनि आफ्नै ब्याथा थिए ।विभिन्न समयमा विभिन्न सडक खण्डमा आफुहरु लुटिएको  उनिहरुले पनि सुनाए ।त्यो रात मलाई निद्रा परेन   ।बन्दुक तेर्साएर धम्काएर खानतलासी गरेको पल मनभित्र गडिरहयो । 

बिहान  सबेरै उठेपछि  गाडिमा  तेल हाल्नपर्ने थियो । बुटबल सम्म पुग्नको लागि तेल अपुग थियो ।बिहान  गाडी लिएर  कोहलपुरको डब्लु पेट्रोल पम्पमा गएँ तर म सँग पैसा थिएन   ।अनुरोध गर्दै  आफ्नो लाइसेन्स  धरैटी राखेर उधारोमा  तेल हालेर  बुट्वल तिर हिडेँ ।  बुटबल आउने क्रममा धानखोला आइपुग्दा  माओबादी भनेर चिनिने एक जना सँग बाटोमा  भेट भयो । मैले उसलाई हिजोको घटना सुनाएँ र त्यो लुटिएर थमाएको   २० हजारको रसिद देखाएँ।उनले आफ्नो नभएको भन्दै  सामान्य भाबमा तपाईं लुटिनु  भएछ भन्दै आफ्नो बाटो लागे ।

बुटबलको यात्रा बिच बिचको आर्मी चेकमा लामो समय लाइनमा पालो कुर्दै   म हाँकिरहेको थिएँ गहुँले भरिएको हेब्बी ट्र्क ।करिब  रातको १२ बजे बुटबल मणिग्राममा गन्तव्यमा आएपछी रात त्यही गुजार्ने काम भयो ।त्यहाँ म  जस्तै अरु साथिहरु गहुँ खाध्यान्न  ढुवानी  गरेर आएका थिए । बिहान पख साथिहरु बाटोको छेउमा रहेको छाप्रोको  चिया पसलमा पुगेर  चिया नास्ता खाने काम  भयो ।

  भर्खर चिया खाएर हामी गफ गर्दै गर्दा अर्को मेचमा तीन जना झोला बोकेका लेडिज हरु थिए ।हामी हरु आफ्नै धुनमा थियौं ।  पसल अगाडि कपिलबस्तुको   तैलिहवा बाट काठमाडौ जाने साझा बस आइपुग्यो र उनिहरु त्यही गाडि तिर गए । हामिहरु अचम्म लाग्यो  कि  गाडी रोकिएपछि यात्रु हरु फटाफट ओर्लिए ।  सबै तिरर बितर हुँदै गर्दा अचानक बिस्पोट भयो  गाडी छिन भरमा आगो लाग्यो  । बास्तबमा  ती तीन जना लेडिज  माओबादी रहेछन  उनिहरुको  गाडी बिस्पोट पार्ने योजना रहेछ  ।  । गाडी जलिरह्स्यो  ।एकै छिनमा सुरक्षा कर्मीको हुल आयो तर बस जलिनै रहयो ।हो  हामो देशमा दमकल आगो लागेपछी खोलामा  पानी भर्न जान्छ त्यही नै होला बस जलेर सकेपछी दमकल आयो जलेर  सकिएको खरानीमा पानी पोखेर गयो ।

सबै कुरा बिर्सिएर बडा दसै मनाउन म घर जानू पर्ने थियो ।वास्तबमा त्यती बेला  घर अर्घाखाँची पुग्न भाडा पनि गोजिमा थिएन ।म लुटिएको खबर साहुलाई सुनाएँ  पनि साहुलाई दस हजारको धेरै माया लाग्यो । मलाई मिनाहा गरि दिएनन  ।आखिर मैले ६ महिना काम गरेपछि तलब बाटै उक्त रकम कट्ती गरियो र मैले जागिर बाट हात धुनुपर्यो।

ती सबै कुरा बिर्सिएर म घरतर्फ लागेँ । हरेक दशैँमा हामि नेपाली हरु मिठोखाने , राम्रो कपडा लगाउने  रमाइलो गर्ने हो तर म जागिर बाट फर्कदा रित्तो हात घर फर्किनु पर्यो  ।जस्तो सुकै भएपनि सबैभन्दा ठूलो कुरा बुबाआमाको आशीर्वाद  ,परिवारको मयाँंनै रहेछ। बास्तबमा म सुरक्षित भएकोमा  बुबाआमा खुसी हुनुभयो ।हो पैसा कमाए पछि हुन्छ , जिन्दगी भोगेपछि थाहा हुन्छ ।

यी सबै कुरा  वास्तविक हुन ।जब  जब दसैँ आउँछ त्यो पल मनमा आउँछ उहीँ   लुटिएको दसैँ २०६१ साल ।
अन्त्यमा सबैलाई बिजया दशमी २०७३ को हार्दिक मंगलमय  सुभकामना ।।

प्रकाशित मिति : २०७३ असोज २४ (October 10, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal