प्रबासको दशैँ

सुर्य खत्री "घायल"

दशैँको फन्कोले मलाई नभेटी गएको त धेरै भो यसपालिको सातौँ फन्कोले पनि नछोइ जाने निस्चित छ ।
म त उस्लाई खुबै सम्झन्छु तर थाहाछैन उस्ले भुल्यो कि सम्झिराखेको छ कुन्नि!म उस्लाई बारिको डिलमा सेतै फुलेको टाँकिमा सम्झन्छु ,डाँडाँमा हालिएको लिङ्गे पिङ्को लिङो जोड्दाको पलमा सम्झन्छु अनि सम्झन्छु लठारो बाट्दाको बाबियोको पोयो सङ्गैको रिङ्गटामा ।खै दशैँले मलाई कत्तिको सम्झेको छ
तर म पलपल यादमा डुब्छु जब सोर्ह स्राद्ध भित्रन्छ मन भित्र कता कता बेचैनिको आँधी मडारिन्छ र सलहले बन खाए झै  मन खान थाल्छ ।अतितले साथीले काम्रो लुकाइदिँदा खुटा खाँदिएर दुखी दुखी खेलेको पिङ्को सर्को, लह लह मार्सी धान झुलेको गैर्ही खेत, लाज पचाइ पचाइ साइनो केलाएर लगाएको टिका र जमरा र दक्षिणा भेटे पछि
चर्पी जाने बहनामा  गोजिको पैसा निकालेर गनेको क्षण । त्यस्तो प्रिय दशैँ मलाई नभेटी  गएको धेरै भो। तन जती बढे पनि मन केटा केटी नै  हुदोँ रहेछ खै किन हो मन छिप्पिन नसकेको ।

मेरो प्रिय दशैँ हातमा टिका जमरा सयपत्रीको थुङ्गो पिङ्को काम्रो बोकेर आइदियोस झै लाग्छ खै आउँदैन खै उ निस्ठुरी भएको होकी उसको लागि  म निस्ठुरी भएको हुँ सोचिरहेछु ।
यहाँ  समचार सुनेरै दशैँ आयो भन्ने थाहा हुन्छ र सुनेरै समचार फेरी दशैँ गयो भन्ने पनि जानकारी पाइन्छ ।
कुनै बेला एक जोर नयाँ लुगा उहि बिहान बेलुका पाक्ने भात र मासु अनि अलिकती खुजुरा पैसा भित्र दशैँ छर्लङ्गै देखिन्थ्यो ।तर किन आज महङ्गा कपडा उहि मासु उहि भात गोजिमा त्यो भन्दा  केहि धेरै दाम हुँदा पनि किन दशैको अनुभुती हुन सकेको छैन ?
म प्रश्न माथी प्रश्न सोध्छु आफ्नै मन सङ्ग  तर नाजवाफ छ मन ।म निरन्तर सोचीरहन्छु सबै थोक पाएर पनि किन दशैँ, दशैँ जस्तो हुँदैन प्रबासमा ?
सायद दशै,दशैँहुनको लागि  त्यती मात्र पर्याप्त नहुँदो रैछ चाहिने रैछ आफ्नो माटो, गाउँले मिलेर खनेको भर्खरैको आलो बाटो अनि दशैँ बोलाउन बजाएको नर्सिङहाको रन्को आदी आदी ।

प्रबासको दशै लाग्छ बाह्र मसला हालेर पकाएको तर नुन हाल्न बिर्सेको तर्कारी झै खल्लो ।भन्नलाई त खुब मनाइयो  भनिन्छ र मनाएको स्वाङ पनि गरिन्छ तर आफ्नै मनले स्विकार्दैन किन हो किन र सोधिरहन्छ अफैलाई ।खोइ बाँसका लिङ्गा जोडेको पिङ ?खोइ असार देखी साँचेको केराको घरी ? ?अनि खोइ मुस्लिले उधारेर निकालेका अनदिका चिउरा ?
कहाँ छ टाट्नामा बाँधेको घोर्ले दशैँ ?कल्पिदा कल्पिदै  बिहानको  साडे आठको अलार्म लाग्छ झस्किन्छु हतार हतार उठ्छु।

उहि तेल र ग्रीज लगेका कच्याक कुचुक परेका लुगा अनि औंलाको टुप्पामा फाटेर स्टिल निस्केका जुत्ता हतार हतार खुट्टमा घुसारेर ति पौठे जोरी खेल्ने अतितलाई पोको पारेर एउटा कुनामा फ्याल्दै उहि प्राबसी हुनुको धर्म निर्बाह गर्न बाटो  लाग्छु ।  फेरी भरे त्यही अतितमा डुब्नु त छदैँ छ ।

सबैसबैमा बढा दशैँको हार्दिक हार्दिक शुभ-कामना!!

प्रकाशित मिति : २०७३ असोज २२ (October 08, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

• हैसियत विहिन सामाजिक संजाल: देश जलाऊन हैसियत नचाँहीने, फेसबुक चलाऊँन हैसियत चाँहीने ?

• मानबिय जिन हामिमा हराउदै गाको छ

• घर भित्र नै अछुतो म

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो कोरियाबाट नेपालको औद्योगिक क्षेत्रमा लगानी भित्राउदै गरेको एकता ग्रुपको प्रथम सम्मेलन मार्च २६ मा रबिन्द्र मिश्रको साझा पार्टीको लागि कोरियामा साझा सद्भाव समुह ख्यान्गीदो गठन सामाजिक सञ्जाल सगूनमा लगानी गर्नेमा अमेरिका पछि कोरियाका नेपालीहरु धेरैमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणकोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय बौद्ध मेला शुरु, नेपालको पनि सहभागितावुमन फर वुमनले कोरियामा यहि छब्बिस तारिख स्वास्थ्य शिविर सञ्चालन गर्दै
कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेके तपाइँ कोरिया आउने तयारीमा हुनुन्छ ? यस्तो छ कोरियाको यथार्थता अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week --  prakash magar prakash magar
Date of Birth : 09 June, 1990
Address: dang nepal
Hometown : dang Nepal
Occupation : nothing
Hobbies : reading book listing songs
E-mail : bmprakash44@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal