LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियाबाट दशै सम्झिदा

भोज बहादुर राना

दिउसो भरिको ड्युटिले गर्दा पुरै पसिनाले भिझेको शरिरको पसिना एक हातले पुच्छ्दै अर्को हातले साहुले नदेख्ने गरि साहुको आँखा छलेर यसो मोबाइल अन गर्दै सामाजिक संजाल खोलेको जताततै traveling to motherland मात्र देखिन्छ। म झसङ्ग हुन्छु हैन गाँउमा ठुलै के कार्यक्रमको अायोजना भएछ या सहर तिर भुकुम्पको जोखिम ह्वात्तै बढ्यो कि फेरि नाका बन्धी भएर रासन पाइन छाड्यो सबै गाँउ तिर हिडिरहेछन। म सोच्न बाध्य हुन्छु।

मेरो मनको खुलदुली मेटाउन म ड्युटि सकिए पछि साँझ गाँउ घर तिर सम्पर्क गर्छु अनि बल्ल थाहा भयो गाँउ तिर त दशैं अाएकाले छुट्टै माहोल रहेछ। साथीहरू दशैंको तयारिमा जुट्न लागीसकेछन। तर म र म जस्ता प्रदेशमा ड्युटिमा जोतिनेहरू लाइ काँहा थाहा हुदो रहेछ र चाड बाड अाको र गाको। लामो सुस्केरा हाल्छु अनि मन मनै सोच्छु यो पाली  पनि गरेर लगातर चार वटा दशै घर परिवार भन्दा बाहिर अर्थात बिदेशी भुमिमा श्रम गर्दै बितिसकेछ।

दशैं भन्ने शब्द सुन्ने बित्तिकै सायद नलोभिने नेपालीहरू कमै होलान। चाहें दशै मनाउने समुदायका हुन चाहें दशैं नमनाउने समुदाय कै किन नहुन।  यो दशैं चाड धार्मिक रूपमा मात्र नभइ सांस्कृतिक रूपमा पनि मनाइदै अाएको पाइन्छ। अर्थात गैर हिन्दुहरूले पनि यो दशै मनाएको देख्न पाइन्छ। जुन धार्मिक सहिष्णुताको बलियो जग हो। जुन निकै राम्रो पक्ष हो। दशैं टिका नथाप्नेहरू पनि यस दशैंको अवसर पारेर सबै परिवार जन भेटघाट हुने मिठो मसिनो खाने एक अापसमा रमाइलो गर्ने शुभ-कामना अादन प्रदान गर्ने। बिभिन्न देवि देवताको शक्ति पिठहरूमा भाक्कल गरि पुजा पाठ गर्ने गरेको देख्न पाइन्छ।

सामान्य त अरू चाडबाड अक्सर चाडबाड बितिसकेपछि थाहा पाउने म र म जस्ता प्रदेशी जिवन विताइ रहेका प्रदेशीहरू लाइ पनि दशैं चाड चाहिं अक्सर अघि नै थाहा हुन्छ।

त्यसको अाफ्नै ठुलो बिशेष कारण नभए पनि केहि खास कारण चाहिं अवस्य छन। अब दशैं अाउन लाग्यो है भने पछि गाँउघर तिर बाट म जस्ता पात्रहरूलाइ सम्झिनेहरू निकै हुन्छन। कहिले कांहि त अोहो मलाइ सम्झिने मेरो चिन्ता गर्नेहरू कति छन है भन्दै मन मनै गमक्क पर्छु तर गमक्क पर्दा नपर्दै दशै सिद्दिसकेको हुन्छ भने मलाइ सम्झिने र चिन्ता गर्नेहरूको संख्यामा पनि ह्वात्तै घटिसकेको हुन्छ। किनकि दशैं सक्किसकेको हुन्छ।

तर दशैं अाउन लाग्ने समयमा चाहिं गाउघर तिरबाट दिनमा दुइ तिन पटक मेरो मोबाइलमा घण्टि बजिरहेको हुन्छ। अनि सुरू हुन्छ कुराकानी यसरि बाबाले फोन गर्नु हुन्छ छोरा यो दशैमा अलि ठुलो खसि काट्ने सोचमा छु पैसा अलि पठाइ दे है, दाइ दिदिले फोन गर्नु हुन्छ भाइ दशैंमा सम्झि है, भाइ बैनीले फोन गर्छन दाइ बैनी र मलाइ खुसुक्क घरमा थाहा नपाउने गरि पैसा पठाइ दिनु है सपिङ्ग गर्नु छ, बुढिले भन्छिन बुढो मैले यो दशैंमा यो यो समान किन्ने हो त्यहिं अनुसार पैसा चाहिन्छ है, गाउ घर तिरक‍ो स्थानीय संघ संस्था बाट फोन अाउछ ल है लाहुरेहरू हामीले यस्तो यस्तो अाटेका छौ सहयोग चाहिं राम्रै गर्नु पर्छ है, साथीले फोन गर्छ अोए मलाइ दशैंमा यति पैसा पठाइ दे त तर मेरो बोली अक्मकाएको उसले प्रश्ट बुझ्य‍ो क्यारे फ्याट्ट भनिहाल्छ नडरान मुला कमाए पछि मिलाउला नि मनमा जेसुकै बिचार पलाए पनि सबै समक्ष जवरजस्त हास्दै हस हुन्छ नि भन्ने गर्याछौं म र मजस्ता पात्रहरूले। त्यसैले धेरै अनुरोध चाहना पुरा गर्नु छ म र म जस्ता पात्रहरूले बर्षमा एक चोटि अाउने बडा दशैंमा कसैको मन खिन्न नहोस भन्ने सोच हुन्छ म र म जस्ता पात्रहरूको तर महिना मरेपछि अाउने सेलरि भन्दा धेरै जनालाई त हस हुन्छ नि भनिसकेको छौं।

त्यसैले मनमा चाहना र इच्छा हुदा हुदैं पनि सायद सबैको अनुरोध पुरा गर्न सक्दिन होला त्यसमा दुखि छु। तर चाडबाड भनेको महंगो राम्रो लगाउनु अनावश्यक बढि खर्च गरि भोज भतेर गर्नु जाड रक्सी खाइ होहल्ला गर्दै हिड्नुमा रमाइलो मान्नु भनेको गलत पक्ष हो। अाफ्नो गक्ष अनुसारको बिना तडक भडकको शान्त वातावरणमा अाफ्नो संस्कृतिलाइ रक्षा पनि गर्दै समाजमा कुनै किसिमको नकरात्मक असर पनि नपर्ने गरि दशैं शान्त वातावरणमा शभ्य तरिकाले मनाअौं। सम्पूर्णमा दशैको धेरै धेरै शुभ-कामना। दशैं दशैं जस्तो होस दशैं दशा जस्तो नहोस।

बेउलीबास-०३ पर्वत
हाल दक्षिण कोरिया

प्रकाशित मिति : २०७३ असोज १९ (October 05, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal