नेताले गुजारेको परिवर्तन

धनेश आचार्य

 बाहिर बाहिर निर्माण कुरा गर्ने भित्र भित्र कुर्सी साटासाट गर्ने नियम बनेको छ  नेताको राजनीतिमा l बाहिर नेपाल {भित्र भारत} मन्त्री पद सुरक्षित छन जनता असुरक्षित छन। दिर्घायु बाचौला या नबाचौला तर कृषि प्रधान देशको कृषि प्रणाली दुषित पार्ने कृषि मन्त्रालयलाई अन्न बाली चिनाईयोस lकृषि बिकास बैंकलाई कृषक देखाईयोस l निमुखा किसानहरूको रोजीरोटी नखोसीयोस,हवाई मार्ग,हाइवे,मेडिकल,शिक्षा,बिहान बेलुकाको भोजन असुरक्षित नहोस l ५% नेपाली भाषीले शुद्धसंग नेपाली भाषा बोल्न जान्दैनन्  तर बहुराष्ट्रिय भाषाको चाहिँ नक्कल गर्छन् । नेपाली भाषी गीत सङ्गीतलाई विदेशी भाषी गीत सङ्गीतले उठ्न नसक्ने गरि थिचेर राखेको छ । नेपाली भाषा विषयको शिक्षकलाई महत्त्वहीन बनाइयो नेपाली विषयलाई अर्थहीन बनाइयो । अङ्ग्रेजी र हिन्दी बोल्ने र लेख्ने ट्यालेन्टेड हुन्छन रे !

आर्थिक स्रोतले भ्याएसम्म नेपालका अभिभावकहरु आफ्ना छोराछोरीलाई  अङ्ग्रेजी मेडियमको स्कुल नै पढाउछ्न । जहाँ नेपाली विषयलाई महत्त्व कम राखिन्छ । नेपाली भाषालाई सरल बनाउने बहानामा पुनःसंरचना गर्दै लैजानु , नेपाली  व्याकरणलाई व्यापारीकरण गर्दै तमसुकमा हस्ताक्षर गर्दै जानु , नेपाली भाषा मै प्रश्न उठ्दै जानु ,नेपालमा बहुराष्ट्रिय भाषा प्रणाली लागु हुँदै  जानु भनेको नेपाली भाषालाई विस्थापित गर्नु हो । के अब हरेक नेपालीको भाग्यको फैसला विदेशीले नै गर्ने ?  नेता जति भारतकै गुलामी डम्पिङ साईट नेपाललाई बनाईएको छ ।

एउटा धारोको टुटी भाचिएको अवस्थामा पनि एन्जीओ र आईएन्जीको बाटो हेरेर बस्नु पर्ने । नेपालमा विदेशी आयो अङ्ग्रेजीमा कनिकनी भए पनि कुरा गर्छौ । ईन्डियन आयो हिन्दीमा कुरा गर्छौ । यस्ता सस्कारले  नेपाली भाषाको कदापि संरक्षण हुन सक्दैन ।  नेपाल आफैमा समृद्ध छ मात्र  इमान्दार,राजनेताको खाचो छ l  नेपालको लागि केही गरौ भन्ने शब्द चाहिँ यिनिहरुले शब्दकोषमै भेट्दैनन ।  नेपाल बनाउ  भन्ने भिजन नै छैन । नेपाली महिलालाई भारतकै सिको  चाहिन्छ दिनचार्य काट्न हिन्दी धारावाहिक टेलिसिरियल चाहिन्छ । गाउँको सुन्दरता हरायो ।कोदो रोप्ने सुर्को काडाँ र दख्सू उम्रिए। बजारमा गाउँको  सुन्दरता देखिदैन ।  युवाहरूलाई विदेशी ब्राण्डेड पाइन्ट जुत्ता र चस्मा चाहिन्छ ।  रुपैयाँ खल्तीमा नभए पनि दुई सय सीसीको मोटर बाईक हुन्छ  चाहिन्छ । मोबाइलमा नेपाली भाषी गीतको स्थान थोरै हुन्छ हिन्दी र अङ्ग्रेजीले डिभाईस भरिएको हुन्छ ।

देशका परजीवी जुकाहरू सबै राजनीनैतिक दासीहरु हुन् । निधार आ-आफ्नो पार्टीको झण्डाको मोसो छ । नेपाल र नेपालीका लागि हित हुने कुनै नीति नै बन्दैन ।पोलिसी मेकर भन्दा बेसी ब्रोकरहरु,भरौटेहरु छन् । पोलिसी र पोल्टिक्सले मुलुकलाई यस्तो जटिल अवस्थासम्म ल्याउदा सम्म अझै पनि नेपाली जन मानसमा स्वावलम्वीको चेतनाको विकास हुन सकेको छैन । काम गरेर भन्दा गफ नै चुटेर खाने धेरै छन् । गफ र भाषण जताततै सुनिन्छ, भाषा सस्कृतिलाई मारेर कुनै पनि नेताले मुलुकको नेतृत्व गर्न सक्दैन ।  नेपाललाई विदेशीको प्रयोगस्थल बनाइदैछ । हाम्रो राष्ट्रिय भाषा नेपाली हामीबाट खोसिदैछ । धागो एउटा फूल अनेक भयेपनि माला बनेकै होl

नेपालको ईतिहास मेटियो, सीमाना मिचियो र अब नेपाली भाषा सँस्कृति पनि  मेटिदैछ । के मेटिने,गुमाउने  नीति सिकेका हुन ?होइन भन्ने हल्ला ,मेरो जिम्मेवार के नबुज्ने कुर्सीमा बस्ने प्रतेक शब्द-शब्दमा उफ्रने,पछाडि तन्कने l

शान्ति,स्वर्ग देश नेपाललाई नर्क बनाएर,नीतिका कुरा गर्ने तर विपरीत काम गर्ने गराउने,दोषीलाई रजाई गर्न छाड्ने,lनिर्दोषलाई नीति,नियम लगाउने ?अपराध गर्नेलाई नियम लगाईयोस ताकि अपराध नदोरियोस lसबैको सम्मान हुनुपर्छ मात्र कुर्सीको होइन lनेताको पछाडि उफ्रनेको भन्दा निर्माणमा खटिएका खस्रा हात पसिनाको मोल अनमोल छ l सुपथ मूल्य पसल खोलेर नँया जाल बिछ्याएर आयको  जोड,गुणन गर्दै छ सम्बन्धीत मन्त्रालय ।कुर्सीमा बसेर,गुणस्तर किन ख्याल गर्नु पर्यो ? नाम मात्रका अन्तर्गत मन्त्रालय समालेको  देख्दा  धिक्कार छ l

प्रकाशित मिति : २०७३ असोज ०९ (September 25, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• नदेखेका सपना हरु

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

• भारतको सफलता सँगै माओबादी पार्टीको अबको पतन

• हैसियत विहिन सामाजिक संजाल: देश जलाऊन हैसियत नचाँहीने, फेसबुक चलाऊँन हैसियत चाँहीने ?

• मानबिय जिन हामिमा हराउदै गाको छ

• घर भित्र नै अछुतो म

• तिहारमा कोरियाबाट दिदिलाई चिट्ठी

• कोरियामा पोल्ट्री फार्म झै खुलेका सामाजिक संघ संस्था र हुण्डी बजार

• म यसकारण दक्षीणा बिरोधी हुँ

• परदेश रहर कि कहर

• श्रमको सम्मान नै देस बिकासको आधार

• म बिनाको दश बर्षे दशैँ

• म लुटिएको त्यो दशैं

• प्रबासको दशैँ

• कोरियाबाट दशै सम्झिदा

• नेपाली हरूको ढुकढुकी बन्छ विवेकशील नेपाली दल

• "को म्हेन्दो डाङ " नेपथ्य लाईभ कन्सर्टले नविनतम कोसेढुङ्गाको अभिलेख स्थापित गर्न सफल ।

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal