LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा दोर्दी खोला जलविद्युत कम्पनीको अग्राधिकार शेयर खुला

लिलु डुम्रे, दक्षिण कोरिया

दोर्दी खोला  जलविद्युत कम्पनी लिमिटेडले  दक्षिण कोरियामा   अग्राधिकार शेयर खुला गरेको  छ | दोर्दी १ जलविद्युत आयोजनाले  लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको  हो |

तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ | दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले  यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ |
अग्राधिकार शेयर ४ बर्ष  अर्थात २०७७ असार मसान्त भित्र  स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै  अग्राधिकार शेयरमा बार्षिक ७.५ % प्रतिफल  दिने कम्पनीको योजना रहेको छ | शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक लगानी कर्ताले बार्षिक १७ प्रतिशत आयोजनाबाट लाभांश प्राप्त गर्नेछन|
 निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ | आयोजना सम्पन्न पश्चात  उक्त प्रतिफल स्वत अग्राधिकार शेयरमा परिणत हुनेछ | आयोजनाको निर्माण प्रारम्भ २०१७ को जुलाईबाट हुनेछ |
आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ  | साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै  आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ  | आयोजनाको निर्माण पश्चात यसको शेयर सर्वसाधारणलाई विक्री गरी नेप्सेमा सुचिकृत गरीने योजना रहेको कम्पनीले जानकारी गराएको छ |
लगानीकर्ताले न्यूनतम एक लाखको अग्राधिकार शेयर खरिद गर्नुपर्ने हुन्छ | दक्षिण कोरियामा सोल ,सुवन, थेगु ,बुसान ,आन्सान लगायतका शहरबाट  शेयर आवेदन दिन सकिनेछ |

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्डले यस अघि लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ|
 यसै कम्पनीले गत साता मात्रै रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको  छ | कम्पनीमा  हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु रहेको  संचालक समिति छ  |
दक्षिण कोरियामा दोर्दी एक जलविद्युत  आयोजनाको अग्राधिकार शेयरका लागि आरपी देवकोटा- ०१०५८७७५५१२, लिलु डुम्रे -०१०२२६२६४३० र खेम कार्की -०१० ६४५३३०५० मा सम्पर्क गर्न सकिनेछ

प्रकाशित मिति : २०७३ पौष १३ (December 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• दोलखालि समाज दक्षिण कोरियाको अध्य्क्षमा सरोज केसी

• कोरियामा ल्होसार मनाउने तयारी

• कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

• गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

• थापा माथि भएको आक्रणको जनसम्पर्क समिति कोरियाद्धारा घोर भत्र्सना, आक्रमण लोकतन्त्र समाप्त पार्ने प्रपन्च भएको आरोप

• एनसीसी कोरिया द्वारा सांस्कृतिक कार्यक्रम बाँडफाँड भव्यरुपमा सम्पन्न ,उपस्थित सबैमा धन्यवाद ज्ञापन

• नुवाकोट समाज कोरियाको आयोजनामा चलचित्र फाटेको जुत्ता प्रदर्शन हुँदै

• प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा यसरी सम्पन्न भयाे

• ओ एन एफ ऊईजङ्बु छेत्रिय कमिटिको अधिबेसन सम्पन्न

• एमटियूको साखा कोरियाभर विस्तार गर्ने साधारण सभाको निर्णय, शुल्क पनि वृद्धि

• भ्रष्ट्राचार र ठगविरुद्ध शसक्त आवाज उठाइरहेका पत्रकार लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीको पनि चिन्ता

• कोरियाको कार्यव्यस्तासँगै नेपाली संगीतमा जम्दै टीका जोडी, टि एण्ड टि मार्फत गीतको ओइरो

• एमटियूको दशौ साधारण सभा राजधानी सउलमा हुदै, सहभागी हुन अध्यक्ष राईको आग्रह

• ग्लोबल फ्रेन्डसिप क्यापिटल (GFC)ले मोनोरेल तथा हाइड्रो निर्माणमा सामुहिक लगानीबारे सेमिनार गर्ने

• कोरियाबाट सगुनमा लगानी गर्नेको लहर, अन्तिम समयसिमा शुक्रबार सम्म

• ह्दयघातका कारण निधन भएका प्रकास र खुशिरामप्रति कोरियामा श्रद्धाञ्जली सभा

• आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षमा चाम्लिङ निर्वाचित

• ओ एन एफ बुसानको अधिबेशन तयारी तीब्र ,विभिन्न ८ वटा उपसमिति गठन

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal