G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

हाङ्सेम लिम्बु

नेपाली कांग्रेसको प्रवास विभाग जनसम्पर्क समिती कोरियाको महाधिवेसन यहि मे ६ तारिकमा सम्पन्न हुन लागेको छ। उत्त महाधिवेसन को लागि वर्तमान जनसम्पर्क समितीका सह महामन्त्री भीमराज चेम्जोङ ले उपसभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेको छ।पार्टीको एक भेलामा चेम्जोङ ले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन। आफ्नो उम्मेदवारी घोषणा गर्दै ९ बुंदे प्रतिवद्धता समेत सार्वजनिक गरेकोछ।


जनसम्पर्क समिती कोरियाको क्षेत्रिय सचिव हुदै हाल सहमहामन्त्री मा सक्रिय रहेका चेम्जोङ उप सभापति को आफ्नो उम्मेद्वारी आम कांग्रेसजन को प्रतिनिधी रहेको र सबैले विश्वास गरेर आफुलाई निर्वाचित गर्ने मा शंका नरहेको बताएको छ। तर सहमती र सहकार्य को लागि आफु सधैं सकरात्मक रहेको र नेपाली कांग्रेसको निती र सिद्दान्त मा आफू प्रतिबद्ध रहेको समेत बताएका थिए। नेविसंघ को इकाई समिति बाट राजनिती सुरु गरेका चेम्जोङ निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छ। राजनिती संग संगै सामाजिक संघसंस्था मा समेत सक्रिय रहदै आएको छ।



विपीको प्रजातान्त्रिक समाजवाद लाई आत्मसाथ गर्दै पार्टीले आगामी दिनमा सापेक्षित नितीहरु निर्माण गरेर अग्रगामी छलाङ मार्नु पर्ने उनको बुझाई छ। पार्टीमा गुटबन्दी को हावी रहेको र तेस्ले राम्रो नगर्ने र आफु कुनै गुटबन्दी को पक्षमा नरहेको तर क्रान्तिकारी ,अग्रगामी विचारको पक्षमा भने सधैं रहने बताएका थिए। नेपाली कांग्रेस इतिहास बोकेको पार्टी हो, तेसैले देश निर्माण मा महत्वपुर्ण भुमिका खेल्नु पर्ने र तेस्को लागि हामीले प्रबासमा रहेर भए पनि पहल गर्नु पर्ने उनको भनाई छ ।


जनसम्पर्क समितिको महाधिवेशन मा सके सम्म सहमति मा जानु पर्ने उनको भनाई छ ।उपसभापति को आफ्नो उम्मीद्वारी पार्टिको हित को लागि रहेको ले आम प्रतिनिधि हरुलाई आफुलाई निर्वाचित गराउन समेत आव्हान गरेका छन । आफ्नो उम्मेद्वारी संगै ९ बुंदे घोसणा समेत सार्बजनिक गरेको छ ।



नौं बुंदे घोषणा निम्न रहेको छ-


१. संगठनलाई मजबुत बनाउन प्रत्येक क्षेत्रहरूलाई सांगठानिक शसक्तिकरणको लागि रचनात्मक कार्यक्रमहरूको सर्कुलर जारि गरि परिचालन गर्ने।र क्षेत्रगत हिसाबमा आबस्यकतालाई पहिचान गरेर थप संगठन बिस्तार गर्ने।

२. पार्टी भित्र मौलाउंदै गएको गुटबन्दी, नातावाद, कृपावादलाई हटाउन सहमति र सहकार्यको राजनीतिलाई प्रधानता ठानेर सबैलाई समान व्यवहार गरि सबैले अपनत्व गर्न सक्ने संगठन निर्नाण गर्ने।

३. कोरीयामा रहेका कांग्रेसजनहरुको नामावली र फोन डायरी संकलन गरी क्रियाशिल तथा साधारण सदस्यहरूको अभिलेख अनलाईन मार्फत राख्ने।

४. ने.बि.संघ, तरूण दल र महिला संघ लगायत संगठनका अन्य विभागलाई क्रियाशील बनाउने।

५. नेपाली कांग्रेस पार्टीले गरेको त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको प्रजातन्त्र / लोकतन्त्र दिवसहरूमा चेतनामूलक रचनात्मक (गोष्ठि, सेमिनार, प्रशिक्षण) कार्यक्रमहरू आयोजना गर्ने।

६. संगठनले गरेका हरेक क्रियाकलापहरू सम्पूर्ण कांग्रेसजनसम्म सूचना प्रवाह गर्न संगठनको आधिकारिक फेसबुक पेज वा होमपेज बनाउने।

७. शान्ति, सद्भाब र एकता कायम गर्दै कोरीयाका बिभिन्न संघ-संस्थाहरूले गरेको हरेक खालका सामाजिक क्रियाकलापहरूमा संगठनको तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने।

८. नेपाल र कोरीयाको कुटनैतिक सम्बन्ध बिस्तार गर्न संबन्धित निकायहरूमा पहल कदमि गर्दै आवश्यक भूमिका निर्वाह गर्ने।

९. विभिन्न देशमा फैलिएका जन-सम्पर्क समितिहरुसंग समन्वय गरी नेपाली कांग्रेस पार्टीले तय गर्ने नीति तथा कार्यक्रममा प्रवासबाट आवश्यक सल्लाह एवं सुझाव प्रदान गर्न सामूहिक पहल गर्ने।

प्रकाशित मिति : २०७५ वैशाख २१ (May 04, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

• कोरियामा चर्चित नेपाली मुक्तकारले मे ६ तारिख मुक्तक वाचन गर्ने, श्रवणका लागि उपस्थित हुन आग्रह

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal