G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

हेनेको सम्बाददाता

नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कोरियाका महामन्त्री जितेन्द्र महताले आसन्न पाँचौ महाधिवेशनमा उप–सभापति पदमा उम्मेद्वार दिने घोषणा गरेका छन् । समितिको महामन्त्रीमा रहेर राम्रो भुमिका निर्वाह गरेका महता मिलनसार, पदिय जिम्मेवारी पुरा गर्ने, पार्टीका हरेक क्रियाकलापमा अग्रसर र चासो दिने ब्याक्ति पनि हुनुहुन्छ । पार्टी प्रति बफादार र युवाका लागि केहि गर्नुपर्छ भन्ने भावना रहेका महता स्वर्गिय विपी कोइरालाको आदर्श र सिंदान्तबाट प्रेरित पनि हुनुहुन्छ । उप–सभापति पदमा आफुलाई विजयी बनाउन पनि महताको सम्पुर्ण साथीमा आग्रह पनि छ ।

  जनसम्पर्क समितिमा मेरो उम्मेदवारी किन?

आदरणीय सम्पूर्ण नेपाली कांग्रेसमा आस्था राख्नु हुने लोकतन्त्रप्रेमी कोरियाबासी नेपाली अग्रज नेता, नेतृ, महाधिवेशन प्रतिनिधि मित्र लगायत सम्पूर्ण दाजुभाई तथा दीदीबहिनीहरुमा जय नेपालको न्यानो अभिवादन सन् २००६ मा कोरियामा कार्यरत नेपाली कांग्रेसप्रति आस्थावान दाजुभाइ तथा दिदीबहिनीहरुको सकृयतामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद प्रवासी एकताको मूल आदर्शलाई सर्वोपरि ठान्दै आफ्नो विचारसंग मेल खाने नेपालीहरुलाई एकीकृत गर्दै एकआपसमा संगठित भएर नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया स्थापित एेतिहासिक संठगनको अगामी मे मा कोरियाको राजधानी सौलमा नेपाली कांग्रेसका चर्चित नेताहरुको विशेष आतिथ्यमा पाँचौं महाधिवेशन हुन गईरहेको छ। महाधिवेशन सव्य भव्यरुपले सु- सम्पन्न गर्न सम्पूर्ण कांग्रेसजन लगायत कोरियामा कृयाशिल संगठन, संस्थाहरुलाई - आफ्नो ठाउँबाट सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दै महाधिवेशन पूर्ण सफलताको कामना व्यक्त गर्दछु

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको महाधिवेशनका सन्दर्भमा केहि चर्चा बहसहरू सार्वजनिक हुन थालेका छन् प्रवासको जटिल परिस्थितिमा पनि लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने कोरियामा बसोबास गर्ने नेपालीहरुलाई संगठित गर्दै नेपाली समुदायसंग हातेमालो गर्दै प्रवास मातृभूमिका लागि सक्दो परोपकारी एवं हितकारी कार्य गर्ने मनो भावनाले ओतप्रोत भई यो संगठन स्थापना गर्न योगदान गर्नुहुने सबै संस्थापक अग्रजहरू लगायत प्रथमदेखि पांचौ महाधिवेशनसम्म आईपुग्दा योगदान पुर्याउन हुने नेतृत्व लगायत सम्पूर्ण कार्यसमिति स्मरणीय छन् प्रवासमा नेपालीहरू माझ अनेकौं समस्याहरू भएपनि ती कठनाईलाई वेवास्ता गर्दै विभिन्न आरोह अवरोह पार गरि अन्तर्राष्ट्रिय स्तरमै नेपाली कांग्रेसको विचारलाई प्रचारप्रसार गर्न विभिन्न देशहरुमा जनसम्पर्क समितिहरु तल्लीन रहेको छन तीमध्ये सकृय संगठनमध्ये नेपाली जनसम्पर्क समिति कोरिया पनि एक हो कोरियामा रोजगारी, व्यवसाय, विद्यार्थी वैवाहिक भिषामा आउने नेपालीहरूको संख्यामा वृद्धि भएसँगै विभिन्न पार्टीका भातृ संगठन अन्य संघ संस्थाहरू पनि स्थापना भएर हालसम्म दर्जन भन्दा बढी सामाजिक संघ संस्थाहरू क्रियाशील रहेकाछन्।ती सम्पूर्ण संघसंस्थाहरुसंग सहकार्य गर्दै नेपाली कांग्रेसका सम्पूर्ण कृयाशिल सदस्यसंग संगठनको अझ पहुँच पुर्याउनु मैले जरुरी देखेको छु

नेपाली जनसम्पर्क समितिमा सकृय भएर क्षेत्र नं. छनान/ फेन्तेक क्षेत्रको क्षेत्रीय सदस्य हुँदै जनसम्पर्क समिति केन्द्रीय सदस्यबाट एक कार्यकाल सह- महामन्त्रीको भूमिकामा कृयाशिल रहदै संगठनलाई मेरो बुद्धि विवेकले भ्याएसम्म महत्वपूर्ण योगदान दिएर चौथौं महाधिवेशनबाट महामन्त्रीको रुपमा हालसम्म संगठनको हितमा विधान बमोजिम दत्तचित्त भएर काम गरेको तथ्य सबै महानुभावहरुमा जगजाहेर संगठनलाई एकढिक्का बनाएर तन,मन, वचनले जनसम्पर्क समिति दक्षिण कोरिया सबै नेपालीको हितमा मानवीय परोपकारी कार्यसहित पार्टीका नीति निर्देशनलाई सहि ढंगले कार्यान्वयन गरि पार्टीलाई सुदृढीकरण गर्नु पर्ने अवस्थामा सक्षम दुरदर्शी क्षमतावान नेतृत्व विकास गर्न मेरो उम्मेदवारी उप-सभापति पदमा रहेको जनसम्पर्क समिति विगतको एेतिहासिक विरासतलाई जोगाई थप ऊर्जावान जीवन्त संस्थाको रूपमा परिणत गर्न तथा "अबको जनसम्पर्क, अझ सशक्त जनसम्पर्क"मा रूपान्तरण गर्न मैले उप सभापति पदमा उम्मेदवारी दिने निधो गरेको छु यहाँहरूमाझ मैले नेपाली जनसम्पर्क समिति कोरियाको समग्र पक्षमा सुधार गरी सबैलाई समेट्ने प्रवासबाट पार्टीको बृहत्तर हित पुर्याउने, पार्टीसंग थप समुन्वय गर्ने उदेश्यसहित संगठन विस्तार गरि नेपाली समुदायको सहभागितामा मानवीय तथा सामाजिक कल्याणकारी कार्यक्रम सहित कोरियामा रहेका सबै नेपाली समुदायको हितमा पक्षपोषण एवं प्रवर्द्धन गर्न प्रतिबद्ध रहनेछु महामन्त्रीबाट उप सभापति पदमा जान स्वत: पहिलो हकदारको रुपमा आफूलाई उभ्याउदै सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्था राख्न हुने महानुभावहरुको पूर्ण साथ पाउनेमा आशावादी छु साथै अन्तिम समयसम्म पनि नेतृत्व लगायत पदाधिकारी सबैमा सर्वसम्मतिको लागि पहल गर्न तल्लीन रहेको सहमति, सहकार्यका लागि उम्मेदवारहरुसंग छलफल, बहस गर्न तयार रहेको सहमतिको बाधक नभएको पनि स्पष्ट पार्दै निम्नलिखित बुंदासहित आफ्नो प्रतिबद्धता जाहेर गर्दछु मैले जनसम्पर्क समिति कोरियालाई निम्न लिखित "" " अभियान मार्फत सवै कांग्रेसजन नेपाली समाजको आवाजका रूपमा रूपान्तरण गर्नेछु

. संगठनको हितका लागि सभापतिलाई सबल बनाउन आवश्यक सहयोग सल्लाह दिन। . संस्थागतरुपले मजबुत बनाउन अधिकांस नेपालीहरूको सहभागिता सहितको व्यापक संगठन बनाउन

. सबै भातृ संगठन संघसंस्थासंग सहकार्य गरि कोरियामा रहेका नेपाली समुदाय मातृभूमिका लागि सक्दो हितकारी कार्य गर्न

.सहकार्य, सहमति एकताको राजनीतिलाई प्रश्रय दिई व्यवहारमा उतार्न

.समस्याहरु पहिचान गरि संगठनलाई आवश्यक किसिमको कार्यक्रम तर्जुमा गरि तिनको समाधान खोज्न

.सबै क्षेत्रमा अन्तरक्रिया कार्यक्रम मार्फत लोकतान्त्रिक समाजवादबाट नै राष्ट्र निर्माणको निर्बिकल्प बाटो रहेको कुरा जनमानसमा बुझाई नेपाली कांग्रेसमा जनविश्वासको लहर ल्याउन।

. समयानुकूल विधान परिमार्जनका लागि आवश्यक पहल गर्न



प्रकाशित मिति : २०७५ वैशाख १९ (May 02, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

• कोरियामा चर्चित नेपाली मुक्तकारले मे ६ तारिख मुक्तक वाचन गर्ने, श्रवणका लागि उपस्थित हुन आग्रह

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal