LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

विकास श्रेष्ठ

नेपालको लुम्बिनीमा जन्मिएका भगवान गौतम बुद्धको जन्मस्थल बारेको भ्रमलाई चिर्न स्वदेश र विदेशमा विभिन्न खालेका कार्यक्रम हुदै आएका छन् । बुद्धको जन्मस्थल बारे विश्व जनमानसमा रहेका केहि भ्रमलाइ हटाउन बेलायत, जापान, अष्ट्रेलिया लगायतमा रहेका नेपालीले बुद्ध प्रचार सम्बन्धी कार्यक्रम वर्षेनी गर्दै आइरहेका छन् । कोरियामा पनि नेपालमा बुद्धको मुर्ती निर्माण गरी पर्यटकिय योइङन शहरस्थित वाउजङ्सा गुम्बामा प्रतिस्थापन गर्ने तयारी तिब्र गतिमा भइरहेको छ । बुद्ध प्रतिस्थापनको पुर्व सन्ध्यामा लुम्बिनीको तिर्थायटनको प्रचार प्रसारलाई पनि सहयोग पुग्ने गरी यहाँको बुद्ध जयन्ती मे १२ शनिवार अर्थात लोटस लाल्टीन फेस्टीवलका दिन नेपालबाट ल्याइएको भगवान गौतम बुद्धको प्रतिमालाई लाखौ दर्शकका बीच नगर परिक्रमा गराइने तयारी पनि भइरहेको छ ।

यस अघिका वर्ष पनि बौद्ध परिवार लगायत यहाँ क्रियाशिल संघसंस्थाको सहयोगमा स्वयम्भु र बुद्धको प्रतिमा बनाएर विभिन्न मुलुक सहभागी हुने बुद्ध ¥यालीमा नगर परिक्रमा गराइएको थियो । यद्यपी अरु मुलुकको झाँकीमा सयौ संख्यामा उक्त मुलुकका नागरिक सहभागी हुने गरेपनि नेपालीको संख्या भने लाजमर्दो हुने गरेको थियो । साँस्कृतिक र मनोरञ्जन जस्ता कार्यक्रममा घुइचो लाग्ने गरेपनि बुद्धको प्रचार तथा नेपालको धार्मिक पर्यटनमा टेवा पुग्ने उक्त राष्ट्रिय अभियानमा नेपालीको सहभागिता न्यून हुनु नेपालीका लागि लज्जाको विषय हो ।  यसपाली नेपाल सम्पर्क समिति संयोजन र बाैद्व परिवारकाे सहकार्यकाे बुद्ध प्रतिमा स्थापन अभियानले उक्त विशेष र राष्ट्रिय अभियान सहित सहभागि हुने ¥याली (मे १२ शनिवार) र बुद्ध प्रतिमा प्रतिस्थापनको उद्घाटन हुने मे २० तारिख वाउजङ्सा गुम्बामा उपस्थिति जनाउन कोरियामा रहेका सम्पुर्ण संघसंस्था, विद्यार्थी, व्यावसायि, बुद्धिजिवी, पत्रकारलाई आग्रह गरेको छ  ।
आग्रहयुक्त पत्र र विस्तृत विवरण यस्तो छ ः

श्री....... ………………………………     ज्यु।                          मिति:-.2018-04-22................... ................

बिषय:-लोटस ल्यान्टर्न फेस्टिभल(शान्ति र्याली) बुद्ध प्रतिमा स्थापना उदघाटन समारोहमा सहभागी भैदिनु हुनका लागि।

महोदय,

        उपरोक्त सम्बन्धमा हरेक बर्ष झैं यस बर्ष पनि २५६२ औं बुद्ध जयन्तीको अवसरमा दक्षिण कोरियामा लाखौंको जनसहभागितामा मनाउन गैरहेको Lotus Lantern Festival (अन्तर्राष्ट्रिय शान्ति पद यात्रा-र्याली)मा "नेपाल बौद्ध परिवार(Nbf)"को संयोजन तथा "नेपाल बुद्ध प्रतिमा स्थापना अभियान-2018"को सह-संयोजनमा सम्पूर्ण नेपाली जनसमुदायहरूको प्रतिनिधित्व गर्दै आर्फ्नो देशको मौलिक,धार्मिक एवं साँस्कृतिक पहिचान झल्काउदै सहभागीता जनाउने निर्णय अनुसार बुद्ध प्रतिमा स्थापना अभियानले कोरियाको पर्यटकीय गुम्बा वाउछङ्सा गुम्बामा प्रतिस्थापना गरिने नेपालबाट ल्याईएका भगवान बुद्धका प्रतिमा बौद्ध नाथको स्तुपा सहित प्रदर्शन एवं परिक्रमा गराउने योजना रहेकोले तथा नेपाल बुद्घ प्रतिमा स्थापना अभियानो संयोजनमा हुन गैरहेको बुद्ध प्रतिमा(मुर्ति)अनावरण एवं बिधिवत उदघाटन समारोहमा   निम्न बमोजिम मिति,समय स्थान अनुसार नेपाली राष्ट्रिय पोषाक वा अाफ्नो जातीय पोषाक तथा विभिन्न साँस्कृतिक झाँकीहरू सहित भब्य रूपमा धेरै भन्दा धेरै संख्यामा सहभागिता जनाउनका लागि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

लोटस् ल्यान्टर्न फेस्टिभल मूल आयोजक कमिटीले जारी गरेको केही नियमहरू:-

 ) र्यालीमा राष्ट्रिय पोषाक वा अाफ्नो देशको विविध संस्कृति झल्किने विभिन्न जातीय भेष भुषा एवं झाँकीहरू सहित सहभागीतालई बिशेष प्राथमिकता दिईने छ।

 ) कुनै पनि संघ,संस्था वा संगठनहरूको नाम वा लोगो अंकित युनिफर्म,चोक्की टिसर्टहरूको प्रयोग गर्न पाईने छैन।

) कुनै पनि अन्य संघ,संस्था वा संगठनहरूको ब्याच,स्वयंसेवक-ब्याच,झण्डा ब्यानरहरूलाई निषेध गरिएको छ।

) र्यालीमा नेपालको राष्ट्रिय झण्डा,बिश्व शान्तिको झण्डा नेपाल बौद्ध परिवार अन्तर्गत अंग्रेजीमा कोरियनमा "नेपाल बुद्धिजम्" भन्ने शब्द लेखिएको झण्डा हुनेछ।

) कुनै पनि मुल्यवान बस्तुहरूको अार्थिक कारोबार गर्न वा सहयोग संकलनका लागि डोनेशन बक्स प्रयोग गर्न पाईने छैन।

 ) र्याली क्रमबद्ध रूपलमा लाईन मिलाएर अनुशासित तरिकाले अगाडि बढाउनु पर्नेछ

 ) मे 13 तारिख अाईतबारका दिन हुने बौद्ध सम्बन्धि प्रदर्शनी मेलामा राखिने स्टलहरूमा सके सम्म अाफ्नो देशको चिनारी वा पहिचान झल्किने खालको बस्तुहरूले सजिसजावट गर्नु पर्नेछ।

         कार्यक्रम सम्बन्धि जानकारी

() Lotus Lantern Festival(अन्तर्राष्ट्रिय शान्ति पद यात्रा-र्याली)

मिति:-2018 मे 12 तारिख शनिबार

समय:-साँझ 4 बजे उदघाटन समारोह,र्याली प्रस्थान-साँझ 6 बजे(साँझ-7 बजे दोंदेमुन हिस्ट्री एण्ड कल्चर पार्क-डोट्टा अगाडि बाट र्यालीमा सहभागी हुन सकिनेछ)

 स्थान:-दोंगुक देहाक्यो(युनिभर्सिटी)को प्राङ्गणमा (सउल मेट्रो लाईन नं-3,दोंदेईब्गु(दोंगुक यनिभर्सिटी) स्टेसन)

() बौद्ध सम्बन्धि प्रदर्शनी मेला

मिति:-2018 मे 13 तारिख अाईतबार समय:-बिहान 9 बजे देखि साँझ 7 बजे सम्म

स्थान:-झोगेसा गुम्बा अगाडि (सउल मेट्रो लाईन नं -1,जोंगाक स्टेशन,गेट नं-2

() बुद्ध प्रतिमा(मुर्ति)अनावरण एवं प्रतिस्थपना उदघाटन समारोह

मिति:-2018 मे 20 तारिख  आइतबार

समय:- बिहान 10 बजे देखि मध्यन्ह  12 सम्म-

  पूजा-पाठ-प्रार्थना(कोरियन तथा नेपाली लामा गुरु ज्युहरूबाट)

a.प्रतिमा(मुर्ति) प्रतिस्थापना तथा अनावरण

 समय- दिनको 1 बजे।(लगत्तै खानाको समय शुरू)

b.बिधिवत अौपचारिक कार्यक्रम तथा उदघाटन मुल समारोह

समय-दिनको ठिक 1:30 बजे देखि 4 बजे सम्म

c.विविध मनोरञ्जनात्मक कार्यक्रम(नौमति बाजा सहित) दिनको 4 बजे देखि साँझ 5:30 सम्म

d.वाउछङ्सा गुम्बा प्राङ्गणबाट फर्किने-गन्तव्य प्रस्थान

  समय-साँझ ठिक 6 बजे

() कार्यक्रम स्थान सम्बन्धि जानकारी  

स्थान- वाउछङ्सा गुम्बा परिसर योङ्ईन,,

 जाने तरिका-सउल स्टेसन,गेट नं-(9-1)बाट बाहिरिए पछि बस नं 5005 मा चढेर योङईन टर्मीनलमा झर्ने। त्यहाँबाट वाउछङ्सा गुम्बा सम्म जाने मिनी बसको व्यवस्था गरिएको छ।

() दोंङ्देमुन बाट वाउछङ्सा गुम्बा सम्म जानका लागि नि:शुल्क 2 वटा बसको वयवस्था गरिएको छ।

समय-बिहान ठिक 10 बजे 11 बजे।

(बस व्यवस्थापन-श्री भक्त शेरचन न-01026729576


() योङ्ईन बस टर्मिनल बाट वाउछङ्सा गुम्बा सम्म जानका लागि एऊटा लोकल मिनी बसको व्यवस्था गरिएको छ।

समय-बिहान ठिक 11 बजे

(बस व्यवस्थापन-श्री डम्बर सुब्बा-सं.नं-...01089067664)

नोट:-दोङ्देमुनबाट बसमा जान चाहानेहरूले अाफ्नो सिट सुरक्षितका लागि वा बसमा जानेहरूको संख्या अनुसार बसको थप-घट व्यवस्था गर्नु पर्ने भएकोले छिटो भन्दा छिटो सम्पर्क गरि आफ्नो टिपाउनु होला। धन्यबाद!

पेम्बा दोङ्बा ह्योल्मो                  (अध्यक्ष)                             

नेपाल बौद्ध परिवार

अन्जु के सि~संयोजक~नेपाल बुद्ध प्रतिमा स्थापना अभियान-2018

प्रकाशित मिति : २०७५ वैशाख ११ (April 24, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• पुन समाज कोरियाद्धारा मे ६ तारिख भलिबल प्रतियोगिताको आयोजना, टिम दर्ता यहि २९ तारिख

• कोरियामा कार्यरत युवाहरूद्वारा खेल मैदान निर्माणार्थ सहयोग

• कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

• डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउने

• लण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुने

• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण

• नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)

• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने

• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)

• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

• मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

• नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा

• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै

• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै

• चीनस्थित नेपाली बाणिज्यदुतावासको पर्यटन प्रचारमा उदाहरणिय कदम, सार्वजानिक बसमा पर्यटकिय स्थलका तश्विहरु

• इपिएस भाषा तयारीका लागि सजिलो मोबाइल एप बजारमा

• सिरक डसना बोकेर कोरियाको लाइनमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal