LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा ल्होसार मनाउने तयारी

बोम्जन गुरुङ, दक्षिण कोरिया
"प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्हि म्हमु।" अर्थात् "शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।"

प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि च्ह्य-ल्हो (चरा वर्ग) लाई विदाई गर्दै खी-ल्हो (कुकुर वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । यस संस्थाले  ल्होसार लगायत  समायानुकूल विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो पटक पनि २०१८ जनवरी ०७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना (SeoulMarina - 서울마리나) हलमा  सु-सम्पन्न हुन गईरहेको मूल आयोजक समितिका अध्यक्ष भिम गुरुङले जानकारी दिनुभएको छ । यही २०१७ डिसेम्बर १० तारिक बसेको तमु धीं को  बृहत भेलाले साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरि तमु (गुरुङ) समुदायको महान् पर्व खी-ल्होसार/ल्होछारको तयारी तीव्र पारिएको हो ।

यसपालीको कार्यक्रममा नेपालबाट नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल सबिना गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । "आँधीखोली तिरैमा", "चरी चिरिबिरी भो" लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिईसक्नुभएका र गुरुङ सँस्कृतिमा आधारित चलचित्र "क्रमु"(पछ्यौरी) मा नायिकाका भूमिकामा अब्बल अभिनय मार्फत आम दर्शकको मन जित्न सफल साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गरिसक्नुभएका कलाकार सबिना गुरुङले ल्होसारको माहौललाई रंगीन र संगीतमय बनाउनेमा आयोजकको दावी छ । बहु प्रतिभाशाली कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं भन्दा बढि स्टेज कार्यक्रमहरु साथै यस अघि दक्षिण कोरिया, हङ्गकङ्ग, युके, आयरल्याण्ड, बहराइन, कतार तथा जापानमा आफ्नो प्रस्तुति पस्किसक्नुभएको छ । धेरै संस्था एवं आयोजकहरुबाट सम्मान ग्रहण गरिसक्नुभएको छ ।

साथै, उक्त दिन तमु (गुरुङ)को बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र हाँस्य प्रहशन रहने मूल आयोजक समितिका संयोजक गुप्त गुरुङ/हिमान्सु गुरुङले जानकारी दिनुभएको छ । तमु (गुरुङ) हरुको यो रमाईलो वातावरणमा स्वादिष्ट नेपाली अचार, मासु, भुटुवा, सेलरोटी सहित थुप्रै खानाको परिकारको व्यवस्था गरिने खानपान व्यवस्थापन संयोजक जित गुरुङले जानकारी दिनुभएको छ । कार्यक्रमको आर्थिक पाटोलाई चुस्त, दुरुस्त र सफल बनाउन आर्थिक संयोजकको जिम्मा एक गुरुङले लिनुभएको छ । आपसी सद्भाव र बन्धुत्वलाई मझबुत बनाउदै यो कार्यक्रमले संस्थाको इतिहासमा एउटा नौलो आयाम थपिनेमा आयोजक विश्वस्त छ ।

कार्य्रकमलाई थप उत्साहजनक उपस्थिति सहित रोचक र आमन्त्रित अतिथिहरुलाई भरपूर मनोरञ्जन दिनका लागि यो पटक अझै पृथक ढङ्गले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । साथै, कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको प्रचार-प्रसार विभाग संयोजक सुरज गुरुङले जानकारी दिनुभएको छ । यसका लागि विभिन्न पोर्टल न्यूज, अनलाइन समाचार, फेसबुक पेज साथै तमु धीं को आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१८ जनवरी ०७ तारिक उपस्थित जनाइ कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमु धीं दक्षिण कोरियाले  हार्दिक अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७४ मंसिर २८ (December 14, 2017)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• पुन समाज कोरियाद्धारा मे ६ तारिख भलिबल प्रतियोगिताको आयोजना, टिम दर्ता यहि २९ तारिख

• कोरियामा कार्यरत युवाहरूद्वारा खेल मैदान निर्माणार्थ सहयोग

• कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

• डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउने

• लण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुने

• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण

• नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)

• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने

• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)

• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

• मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

• नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा

• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै

• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै

• चीनस्थित नेपाली बाणिज्यदुतावासको पर्यटन प्रचारमा उदाहरणिय कदम, सार्वजानिक बसमा पर्यटकिय स्थलका तश्विहरु

• इपिएस भाषा तयारीका लागि सजिलो मोबाइल एप बजारमा

• सिरक डसना बोकेर कोरियाको लाइनमा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal