LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

बाढि पिडितका लागि सगुनले पनि शुरु गर्यो सहयोग अभियान, सहयोगि हात अघि बढाउन आह्वान


सामाजिक सञ्जाल सगुनले नेपालका बाढिपिडितलाई सहयोग गर्ने उद्धेश्य अनुरुप दश हजार अमेरिकी डलर संकलन अभियान शुरु गरेको छ । विश्वमा छरिएर रहेका नेपाली माझ चर्चित बन्दै गएको सगुनले एनआरएन आइसिसि अमेरिका र धर्मुस सुन्तली फाउण्डेशनलाई संकलित रकम हस्तान्तरण गरेर बाढिपडितको पहुँचमा पुर्याउने घोषणा गरेको छ । सगुनले विज्ञप्ती मार्फत विश्वमा छरिएर रहेका नेपालीलाई आफ्नो अभियानमा सक्दो सहयोग गर्न पनि अपिल गरेको छ ।

एनआरएन कोरियाका आइसिसि प्रतिनिधी के. पी सिटौलाले पनि सगुनको उक्त अभियानमा सहयोग गर्न कोरियामा रहेका सम्पुर्ण नेपालीलाई आह्वान गर्नु भएको छ । सगुनले यस अघि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भुकम्पपिडितलाई सहयोग गरेको थियो ।


प्रेस विज्ञप्ति

 

हालै नेपालमा आएको लगातार वर्षातको कारणले जनजीवन कष्टकर बनिरहेको छ भने कयौँलाई घरबार विहीन बनाएको छ । विशेष गरि पूर्वी तराइका अधिकांश घरहरु डुवानमा परेका छन् । बाढी–पहिरोको कारणबाट कयौंले ज्यान गुमाउन पुगेका छन् । हालको यो प्राकृतिक विपतबाट हुन गएकोे जनधनको ठूलो क्षतिप्रति सगून गहिरो दुःख व्यक्त गर्दछ ।

 

यस्तो आपतको क्षणमा बाढी पीडितहरुलाई सहयोग गर्नु मानव धर्म हो । यस पटकको यो विपतको घडिमा पनि सगून आफूले सकेको सहयोग गर्न तयार रहेको जानकारी गराउन चाहन्छौँ । यसै सिलसिलामा नेपालका बाढी पीडितहरुलाई राहतको लागि सगूनले १०,०००.०० (दस हजार) अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गर्दछौँ ।

 

दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पको समयमा सुन्तली धुर्मुस मार्फत सगूूनले भूकम्प पीडिलहरुलाई सहयोग गरेका थियो । यस पटकको सगूनले घोषणा गरेको सहयोगको रकम दुई वटा संस्थाM एनआरएन एनसीसी, अमेरिका तथा धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत उपलब्ध गराइने छ ।

 

एनआरएन एनसीसी अमेरिकाले यसै कार्यक्रमको लागि गर्दै गरिरहेको सहयोग संकलन अभियानमा हातेमालो गर्ने र साथमा धुर्मुस –सुन्तली फाउण्डेसनले पीडितहरुको घर आगनमा पुगेर राहत वितरणको काम शुरु नै गरिसकेकोले तत्कालै राहत उपलब्ध हुन सकोस भनि धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत पनि सहयोग उपलब्ध गराइने छ । सहयोगको लागि घोषणा गरिएको जम्मा रकमलाई उल्लेखित संस्थाहरु मार्फत उपलब्ध गराइने छ ।

 

हालको प्राकृतिक विपत्तिले पु¥याएको क्षति अत्यन्तै ठूलो छ । कुनै एक व्यक्ति वा संस्थाको सानो सहयोगले हालको क्षतिलाई पुरा गर्न सक्दैन । तर हरेकले थोरै थोरै मात्र सहयोग गर्न सकेको खण्डमा पनि पीडितले पाउने राहत ठूलो हुन जान्छ । त्यसैले सगूनका लगानीकर्ताहरु, प्रयोगकर्ताहरु, शुभचिन्तकहरु लगायत विश्वभर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई विपतको समयमा आ–आफ्नो ठाउँबाट सहयोगी हातहरु बढाउन सगून हार्दिक अनुरोध गर्दछ ।   

 

धन्यवाद

सगून

अमेरिका

१३ अगष्ट, २०१७

 

 

 

 

 

प्रकाशित मिति : २०७४ भाद्र ०२ (August 18, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया

• कोरियामा पापोहाङ लाओति सयङ गठन

• वाम गठबन्धनका भातृ संगठनबीच कोरियाको राजधानीमा संयुक्त भेटघाट कार्यक्रम

• नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

• कोरियामा गजल मुशायरा सम्पन्न, गजलको जीवन्तताको लागि गाइनु आवश्यक: गायक सिग्देल

• शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित ग्याल्बो लोशार कार्यक्रम सफल पुर्वक सम्पन्न..

• एनअारएन काेरिया सहितकाे लगानीमा म्याग्दीको दरवाङमा जलविद्युत अायाेजना बन्दै , लगानी ५ अर्ब १४ कराेड

• राप्ती समाज काेरियामा बाेहाेरा अध्यक्ष सहित २१ सदस्य नयाँ कार्यसमिति

• नेपाली संघीय समाज दक्षिण कोरिया द्वारा बृहत अन्तर्कृया कार्यक्रमको तयारी पुरा

• मकवानपुर कोरिया मञ्चको स्वागतयोग्य घोषणा, कार्यक्रमबाट बचत भएको २०% रकम नेपाल हाउसलाई सहयोग गर्ने

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

• केन्द्रीय सचिब प्रमुख वक्ता रहेको नेफेसो कोरियाको बृहत् अन्तरक्रिया कार्यक्रम फ्रेबुअरी १६मा

• सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा चियापान कार्यक्रम गर्ने

• कोरियामा प्रदेश नं २ को परिचयात्मक भेटघाट कार्यक्रम हुने

• कोरियामा कार्यरत नेपालीको पहलमा अर्घाखाँचीको एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

• कोरियामा ग्याल्बो लोसार साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

• भक्तपुर समाज दक्षिण कोरियाले आगामी सलानालामा बृहत भेटघाट तथा रात्री भोज आयोजना गर्ने

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal