कोरियामा नेपाली युवामा डिप्रेसनको भयावह स्थिति देखेर परदेशिएकी चेली दिइन् यस्ता सुझाव

पर्वतमाला के.सी


अहिलेको यो बदलिदो जिवनशैलीका कारण   आज धेरै युवाहरुको मन भित्र सहने शक्तीमा अत्यधिक कमी आएको देखिन्छ । वर्तमान समयमा लगभग सबै क्रियाकलापमा प्रतिस्पर्धात्मक तवरले अगाडि बढ्न तत्व हावि भइरहेको छ । सहन शक्तिमा हस आउने अन्य कुरा जिबनमा आफ्नो अध्ययन, करिअर, आफ्नो पारिवारिक जिम्मेवारी पनि हो ।  जव यिनै कुराहरुबाट व्याक्ति सोचे अनुरुपको सफलता पाउन सक्दैन अनि तनाब र डिप्रेसनले जरा गाड्न शुरु गर्छ । विस्तारै यि कुराले उसलाई हरपल सताउने, भय तुल्याउने अन्त्यमा आत्महत्या गर्न बाध्य तुल्याउछ ।

 तर कोही पनि ब्यक्ती आफ्नो बहुमुल्य जिबनको अन्त्य खुशीले गर्दैन, यदी ऊ आत्महत्या  जस्तो कठिन कामको लागि कदम उठाउछ या कोशीस गर्छ भने यसको पछाडि कुनै न कुनै रहस्य अवस्य हुन्छ , अहिलेको आधुनिक भागदौड जिबनमा कही न कही हर ब्याक्तीलाई डिप्रेसन हुने गर्छ । डिप्रेसन अहिले यती धेरै बढेको छ कि कसैले अन्दाज पनि गर्न सक्दैन । कहिले काही मान्छे कामको भारले गर्दा पनि तनाब र डिप्रेसन हुन जान्छ यो सामान्य कुरा हो, तर कहिले काही डीप्रेसन यसरी बढ्छ कि थाहै नपाई आफ्नो सबै कुरा गुम्न पुग्छ, कहिले काही ब्याक्ती पागल नै बन्न पुग्छ भने धेरै जसोले आत्महत्या गर्ने गर्छन ।
डिप्रेसनका कारणहरु
 सबै भन्दा पहिला नकरात्म र मानसिक तनाब, आफ्नो करिअरको चिन्ता, हरेक कुरामा असफल हुनु, प्रेममा धोका, वैवाहिक सम्बन्धमा दरार, आर्थिक समस्या जस्ता कुरा बाट सबै कुराको सुरुवात  हुन थाल्छ र अर्को एउटै कुरालाई वारम्बार नकरात्मक  तरिकाले  लिई राख्नु हो । आत्महत्या ब्यक्तिको स्वभाब र प्राथमिक्तामा पनि भर पर्छ जब ब्यक्ती समस्या बाट घेरिन थाल्छ   तब अपरिपक्वताको कारण  पनि उसले कुनै पनि कुरालाई सहन्  नसकेर आत्महत्या नै सजिलो बाटो भन्ने सम्झिन थाल्छ र आत्महत्या गर्ने गर्छ ।

आत्महत्याको लक्षणहरु

 जुन ब्यक्तिले आत्महत्याको बारेमा  धेरै कुरा गर्छ हरेक कुरामा झन्झट चिडचिड पन देखाउछ , अब म केही दिन पछी केही कुरा पनि भन्ने छैन वा केही पनि लेख्ने छैन म यहाँ कहिले पनि आउने छैन तपाईं हरुलाई दुःख दिने छैन, मलाई पछी सम्झिनु होला नि भन्ने जस्तो कुराहरुको संकेत दिने गर्छ्न, ब्याक्ती उदास, निराश हुने, एक्लोपनको महसुस गर्ने ब्यक्तीमा उर्जाशक्ती कम हुनु, आफ्नो लाइफ् देखेर आफैलाई दिक्क लाग्नु, बाँच्न लायक नसम्झनु ।

 डिप्रेसनबाट बच्ने उपायहरु
  सबै भन्दा पहिलो कुरा सकरात्मक    सोच्ने बानी बसाल्नुस, कुनै पनि समस्यालाई ठुलो  सम्झेर वा बनाएर तेही अल्झि रहने काम नगर्नुस, समस्याबाट बाहिर निस्कने कोशीस गर्नुस्, आफुले गरेको गल्तीलाई भुलिदिनुस्, घमन्ड  गर्ने बानी हटाउनुस, जे कुरा आफु सँग छैन वा हुँदैन त्यो कुरालाई सम्झेर समय बर्बाद  नगर्नुस , क्षमाशिल बन्नुस्, दिमाखमा सधैं आसाबादी , साहास , स्वस्थ र शान्तिको बिचार  सोच्ने बानी गर्नुस ्र भाग्यलाई दोस दिएर मलाई यतिनै लेखेको रहेछ भनेर मनोबल गिराउदै आत्महत्या  गर्ने काम नगरनुस , बिबेकशिल  भएर सोच्नुस , अन्धबिश्वास कुराहरु बाट बाहिर निस्कनुस , अरुको कुनै पनि कुरामा रिस डाहा नगर्नुस किनकी यस्ले तनाब बढाउने  काम गर्छ , बरु प्रेरणादायक किताब हरु पढ्नुस भिडियो हेर्नुस ,आफ्नो मिल्ने साथी सँग आफ्नो कुरा खुलेर गर्नुस , आफ्नो मनमा आउने हरेक बिचारलाई नियाल्नुस कस्तो खालको बिचार  बढि आउने गरेको छ । यदी नकरात्मक   बिचार  बढि   आउन थाल्यो  भने तुरुन्त हटाउने कोशीस   गर्नुस तपाईंको स्वास्थ कस्तो बनाउने र दिमाखले कस्तो बिचार  सोच्ने भन्ने कुरा तपाईंको आफ्नै  हातमा हुन्छ र च्वाइस पनि तपाईको हुने गर्छ ।

प्रकाशित मिति : २०७४ श्रावण २८ (August 12, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• सह - कोषाध्यक्षका उमेद्वार गुल्मेली बाबु भन्दछन अबको एनआरएन मजदुर मैत्री हुनु पर्दछ

• सोन्सीकको आज देखि थेगुमा शुरु हुने साधारण सभामा विशिष्ट नेपाली र कोरियनको जमघट हुदै

• बाढि पिडितका लागि सगुनले पनि शुरु गर्यो सहयोग अभियान, सहयोगि हात अघि बढाउन आह्वान

• नेपाल पत्रकार महासंघ कोरियाले बाढी पिडितलाइ रु.५०हजार सहयोग गर्ने

• डा.केसी जस्ता देशद्रोही लाई बाच्ने अधिकार छैन

• कोरियामा नेपाल कप फुटबल प्रतियोगिता २०१७ अक्टोबर ५ मा हुने

• कोरियामा कार्यरत नेपालीहरु माझ जीवनको भिख माग्दै जितेन्द्र सुनार

• कोरियाको फेन्तेक शहरमा पनि यहि आइतबार तीज कार्यक्रम हुदै, चेलीलाई फ्रि

• हिम्मत राख्नु पर्छ ,फुल जस्तै सुन्दर छ जिन्दगि

• नेवाः पुचः कोरियाद्धारा विरामीलाई आर्थिक सहयोग

• नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुने

• डिप्रेशन निराकरणका उपायहरु यस्तो छ

• के कोरिया बाहेक अरु विकल्प हुदैन र ?

• कोरियामा कार्यरत इपिएस मजदुरले आफुलाई यसरी परिभाषित गरे ।

• केहि महत्वपूर्ण निर्णय गर्दै एनसिसिको पहिलो बैठक सम्पन्न

• ह्योल्मो सम्पर्क समितिको भेटघाट कार्यक्रम सम्पन्न

• सोनसिक र किम्हे माइग्रेन्ट हाउसको आयोजनामा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी सम्पन्न

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

• कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal