LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा बाउको चिठ्ठी आइपुग्यो

एल बि श्रेष्ठ ,दक्षिण कोरिया


छाेरा ठुले,
धेरै सम्झना अनि अार्शिवाद!

 भगवानकाे कृपाले तलाई त्यहाँ सञ्चै हाेला भन्ने अाशा गरेकाे छु।र यता हामिलाई पनि ठिकै छ। याे स्थानिय चुनाव अाएपछाडि मलाई ग्यास्ट्रिक अलि बढेकाे छ।सायद यी नेताहरुकाे चिल्ला भाषण सुनेर हाे कि भन्ने मेराे ठम्याई छ। छाेरा,तर चिन्ता नगरेस्।बिस्तारै कम हुदैछ अाजकल।

याे ठुलाे भुकम्प पछाडि गाँउमा खासै मान्छे बस्दैनन्,छाेरा। बलभएका लाठेहरु त एकजना देखिदैन। तँ जस्तै धेरैजना परदेश पुगेका छन्। पहिला छाेराहरु लाहुर जाने दूईपैसा कमाउने  चाडवाडमा अाउने गर्थे। अाजकल त्याे छैन। सकेसम्म परदेशमै हराउने। हैनभने १०/१५ वर्ष बसेर पाखुराकाे बल रित्तेपछि वृद्धाश्रममा बस्ने उमेराँ मात्र फर्किन थाले।
तर छाेरा तँलाई मैले भनेकाे छु। अबकाे २ वर्षभित्र तँ गाउँमा जसरि अाउनु पर्छ। २/४ अक्षर पढेका तिमिहरुमाथि याे गाँउले ठुलाे अाशा राखेकाे छ।
गाउँ सुन्य छ। छाेराहरु मात्र हैन। अाजकल छाेरिहरु पनि धेरै परदेशिन थालेकि छन्।
डाँडाटाेलका अन्तरेका ठुलि  छाेरि दुई वर्ष साईपरस हाेकि के भन्ने देश गएर अस्ति भर्खर अाईन्।
विदेशि जस्ति भएर अाकि छिन्। अस्ति पँधेरामा भेटेकि , "अाेहाे अन्कल हाउ अार यु?" भनेर अंग्रजिमा बाेलिन्। चाईनेजाे कति अर्काकाे भाषा नक्कल पार्न जानेकि, कति माेह भएकाे विदेशि भाषाकाे?? गाँउकाे शुद्ध  पधेराकाे पानी अगाडि याे विशुद्ध भाषा नबाेल नानि भनेर प्वाक्क भन्नै लागेकाे थिए।तर मुखैमा पुगेर पनि राेके।
छाेरा ठुले के भा हुन् अाजकल हाम्रा देशाँ मान्छे! अस्ति नेपालकाे  सुन्दरि हरु भनेर टिभिमा अाथे। क देखि ज्ञ सम्म भन्न अाएनन्।ती नानिहरुलाई..
टिभिमा कार्यक्रमहरु त्यस्तै छन् सब विदेशि भाषा मिसाएर बाेल्छन्।
अस्ति एसएलसि हाेकि एसिसि काे नतिजा अाउदा पनि तेस्तै थियाे। गाँउका विधार्थिहरु सबैले नेपालिमा कम लम्बर ल्याएछन्।
त्यहि भएर स्कुलाँ गएर हेड मास्टरसंग साेधे। "नेपाली विधार्थिहरु नेपाली विषयमा किन कमजाेर भए हेड सर?" भनेर
ती मास्टर अग्रेजि धेरै पढ्या हुन् रे। सत्तरी प्रतिशत त अग्रेजिअाँ उत्तर दियाे मलाई, खुव घमण्ढ गर्दारछन्। अाजकल अग्रेजि नजान्ने नबुझ्ने मान्छे हैनन् रे। नेपाली भाषा अक्षरकाे खासै महत्व छैनन् रे।
मलाई साह्रै झाेक चल्याे। अनि मैले पनि साफगरि भन्दिए। "अग्रेजि भाषा सिक्नु, जानिनु,बुझिनु राम्राे कुरा हाे। तर अग्रेजि भाषा फरर बाेल्दैमा विद्वान हुदैन सर, हेर्नुस्। चाईनिजाे!
हामी नेपाली हाै, हामिलाई हाम्राे नेपाली भाषा,बाेलि, नेपाली अक्षर एकदमै महत्वपुर्ण हुन्छ।यी अरुकाे नक्कल गरेर अाफ्नाे भाषा, अक्षर, माैलिकतालाई अाेझेलमा पार्नु गलत हाे।"
यति भनेपछि ती मास्टरले सुस्केरा काटे। "धन्यवाद जेठा दाइ तपाईले मेरा अाँखा खाेलिदिनु भयाे।" भनेर कालाे चिया जस्तै  पिलाए।

हेर ठुले! देशाँ सबै कुरा बिग्रि सकेका छन्।
अस्तिकाे चुनावाँ जित्ने अध्यक्षसंग पनि मेराे ठाकठुक परिसक्या छन्।
गाँउकाे राेड पिच गर्ने भन्या छन्। उधाेग खाेल्नेरे। केटाहरुलाई राेजगारि दिने हुन् रे।याे बनाउछु भन्या छन्।त्याे बनाउछु भन्या छन् ।
थिर लागेकाे कुरा एउटै गर्या हैनन्।
त्यसपछि मैले साफसाफ भनिदिए।
"हेर्नुस् अध्यक्ष ज्यु तपाईले बनाउने कुरा बिस्तारै बनाउला। तर गाँउमा सबैभन्दा पहिला सकारात्मक चेतनाकाे खाँचाे छ। परदेश हिडेका,शहर छिरेका सबलाई गाँउमा अाउने मनस्थिति बनाउन जरुरि छ। १२/१५ वर्ष अगाडिसम्म याे गाँउका मान्छे कतै जान्न थिए। तल बेसिका खेतमा लमटरन्न धान फल्थे। पारि पाखामा बडाबडाकाे मकैकाे घाेका हुन्थे। प्रत्येक घरकाे करेसाबारिमा साग, खुर्सानि,लसुनप्याज फल्थे। घरै बिच्छे गाई दुहुना हुन्थे। बाख्राका पाठाहरु हुन्थे।लेककाे बारिमा वर्षेणि अालु जाेरताेरले राेप्थे,गहुँ राेप्थे।
त्यसैले मान्छेहरु राेजगारि थिए। मिठै  खान्थे, एकजाेर राम्रै लगाउथे। छाेराछाेरि पढाकै थिए। खै त अहिले??
बेसिका खेतहरु २/३ वर्षदेखि बाझै छन्। लेकका बारिहरु जङ्गल भईसके। गाँउमा कहिलेकाहि मासु खान पर्याे भनेर कुखुरा खाेजे भने भेटिन्न। चाईनिज पाकेटमा अाउने पिठाेकाे दूध चिया पिउछन् अालु,प्याज,गाेलभेडा,लसुन सब बजाराँ किन्न जान्छन्।
छाेराछाेरिले विदेशाँ कमाएर दुई पैसा पठाउछन्  गाँउमा।अनि गाँउकाले सबै पठाउछन् शहराँ । ती शहरकाहरुले सबै पठाउछन् विदेशाँ।। अनि भन्नुस् त विदेशमा दु:ख गरेर कमा पैसा अाखिर विदेशाँ नै पठाउने भएसि के काम लाग्याे विदेशमा दस नङ्ग्रा खियाएर कमाएर पठाएकाे पैसा। यसरी सधै विदेशिकाे काम गर्ने अनि विदेशि संगै किनेर खाने, भएपछि हाम्राे देशकाे अार्थिक वृद्धिदर कसरी बढ्छ। अनि कसरी हुन्छ देशकाे विकास??
त्यसैले अध्यक्ष ज्यु हरेक नागरिकलाई अाफ्नाे गाँउघर फर्किने वातवरण सिर्जना गर्न एकदम जरुरि छ।
ग्रामिण भेगका जग्गा खेतबारिमा बालिनालि उब्जनि गर्न प्राेत्साहन ल्याउन जरुरि छ।
अाधुनिक कृषि उत्पादन, व्यवसायिक पशुपालनकाे लागि दृढ पहलकदमि गर्न जरुरि छ।
मल विउविजन वितरण, कृषि विज्ञहरुकाे परिचालन, सहुलियत कृषि ऋण नीति, बजार व्यवस्थापन, काेल्डस्टाेरकाे परिवन्ध जस्ता अति अावश्यक कुराहरुकाे अविलम्व व्यवस्था गराई गाँउगाँउबाट कृषि क्रान्तिकाे सुरुवात गर्न जरुरि छ।
हरेक युवालाई गाँउ फर्क अभियानै चलाएर। गाँउका युवा पुस्तालाई गाँउघरमा फर्काउन जरुरि छ।अहिले मुख्य चुनाैति यहि हाे।यसरी काम गर्न सके मात्र गाउँ विकास सम्भव छ।" भनेर झ्याप्पै भनेपछि उनले टाउकाे हल्लाए। "एकदम सहि कुरा गर्नुभयाे जेठा दाइ।मैले तपाईकाे सबै कुरालाई बुदागत रुपमा टिपेकाे छु याे विषयमा बृहत् छलफल गर्छु।" भनेर गएका छन्।
अनि ठुले तेराे त्याे भाईलाई पनि बेलाबखत सम्झाउने गर।
त्याे एउटा थाेत्रा भटभटे किन्या छन्। दिनदिनै कता कता दाैंडन्छन्।
अस्तिन एकपटक खै त्याे थाेत्राे भटभटेले कतातिर कुखुरा किचेछन्। र ईलाका प्रहरी चाैकिले भटभटे समाएछन्। खै कुनचाहिँ हुन् माअाेवादिका नेता हुन् रे। ती नेताले बल्ल बल्ल पावर लगाएर,

कुखुराकाे पैसा तिरेर बाईक छुटाएछन्।
त्यसपछि जहिले "काम लाग्ने भन्या माअाेवादि रहेछ" भन्दै भटभटेमा माअाेवादिका झण्डा हालेर हिड्या थिए।
खै फेरि चुनावताका कुनचाँहि हाे कङ्ग्रेसका नेताले प्राेजेक्टतिर जागिर खुवाईदिन्छु भन्याेरे। भनेर
त्यसपछि पुरै भटभटेमा रुखकाे झण्डा राखेर " नेपाली कङ्ग्रेसकाे विकल्प छैन।" भनेर कुदि हिडे।

बानि व्यवहार हेर्दा ठ्याक्कै माअाेवादि जस्ता छन् ठुले तेरा भाइ।
घरमा पुराना कागजपत्र, कपडाहरु देख्नै हुन्न।सब च्यातेर फाल्छन्।
कुरा सुने घाम पार्टिका अध्यक्ष नै हाेला  जस्ता छन्। संसारमा कसैले नजानेका कुरा जान्या छन्।।
फेरि साैख हेर्याे भने ठ्याक्कै रुख पार्टिका अध्यक्ष जस्ता छन् । विदेशि रक्सि पिउन पर्ने।। विदेशि कुकुर पाल्न पर्ने। विदेशि गित सुन्न पर्ने। गाउँ थर्किने गरि घरमा भारतिय गाना बजाउछन्। भारतियहरुकाे गुणगाण गाउछन्।

अस्तिन एकपटक साफसंग झपड दिए।
" गाेरु अाफ्नाे स्वार्थ ज जस्ले पूरा गरिदियाे उसैकाे पछि दाैडेर हुन्छ? चुनावकाे बेला अाफ्नाे स्वार्थ अनुसारकाे नेता छान्ने अनि  चिया पसलमा,चाेकमा बसेर देश नेताले विगार्याे भन्ने तिमिहरु हैन। नेता छान्दा अाफ्नाे व्यक्तिगत स्वार्थ त्यागेर देश,समाज,समुदायकाे हित सम्झेर छान्नु पर्छ। अनि मात्र देशले निकास पाँउछ। नत्र सधै नेतालाई गालि गरेर मात्र हुनेवाला केही छैन। विचार गरेर हिडेस्।"
भनेर भन्दिएपछि चाईनेजाे अाजकल खासै झण्डासण्डा बाेक्न छाड्या छन्।
पढाइ लेखाइमा ध्यान नभएपनि दिमाग ठिक छ त्यस्काे।
तँ जस्तै विदेश चाहिँ जान्न भन्छन् ठुले। त्यहि भएर खुशि लाग्छ।

अनि ठुले गाँउका मान्छे पनि रुष्ट छन् तँसंग।
खै तैले पुरै कुलमानकाे पक्षमा लेखेकाे समाचार कता कताबाट पाएछन्।
गाँउका मान्छेहरु हाम्राे बत्ति खाेसेर काठमाडाैका मान्छेलाई दिए भनेर कुलमान देखि रिसाएका छन्।

हुन पनि गाँउमा अाजकल बत्ति हप्तामा दुईतिन  पटक जाने गरेकाे छ।
मैले सम्झाउन त सम्झाएकाे छु।
"गाँउमा एकदुई दिन बत्ति नहुँदा केही फरक पर्दैन। देशकाे राजधानि जस्ताे ठाँउमा लाेडसेटिङ मुक्त हुनु राम्राे कुरा हाे । ठुला कलकारखाना, व्यवसाय,उधाेगधन्दा उतै चल्छन्। सबै कुरा राजधानि केन्द्रित छन्। देशकाे मुटु उज्यालाे भयाे भने बिस्तारै सबैतिर उज्यालाे हुनेछन्।" भनेर भन्ने गरेकाे छु।

लेख्नु त धेरै थियाे तर तंसग पढ्ने समय नहाेला।अर्का मुलुकाँ भने जस्ताे सजिलाे हुन्न भन्छन्। अाफ्नाे ज्यानकाे ख्याल गरेस्।
चिठ्ठि पढेर मनन गरेपछि जवाफि चिठ्ठि लेख्न नबिर्सनु।गाँउकाे बारेमा साेच्न नछाडेस्।

उहि तेराे बाउ।।
जेठा।।

प्रकाशित मिति : २०७४ असार १८ (July 02, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "

• ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती

• कोरियामा रहेर आचार्यले ल्याए मुक्तक संग्रह ,संघर्ष

• 'सजिलै स्वर्ग जाने बाटो ' चित्रकला प्रदर्शनी काेरियाकाे सउलमा शुरु

• सगुनमा लगानी गर्न कोरियामा रहेका नेपालीलाई एशिया संयोजक सिटौलाको यस्तो आग्रह

• असाह्य बालबालिका लागि अर्घाखाँची सम्पर्क मन्चद्वारा सहयोग अभियान सुरु ,सहयोग गर्न सबैमा अपिल

• प्रवासी नेपाली मञ्च ओजम्बु साखाको अधिवेशन डिसेम्बर ३मा

• गोरखा परिवार दक्षिण कोरिया द्वारा स्थापित गोरखा वेलफेयर फाउन्डेसन द्वारा छात्रवृत्ति प्रदान

• नेपालमा कृषिमा लगानी र संभावना बारे अन्तरक्रिया हुने।

• कोरियाको पर्यटकिय टापू जेजु र नेपालीको दैनिकी

• एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने

• किरणवावु पुनको “वाचा” आयो (भिडियो सहित)

• चर्चित गायक राजको प्रेमको परिभाषा नामक गीतको भिडियो सार्वजानिक

• रौतहट परिवार कोरियाबाट संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण ( सहयोगीहरुको नाम सहित)

• मैले देखेको कोरिया

• नेपाली चेलीको संस्थालाई सहयोग गर्ने कोरियाली हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य चेकजाँच

• नेपाल पत्रकार महासंघ कोरियाका सचिबले दिए राजिनामा

• इलाम सुर्योदय समाज कोरियाको अधिवेशन नोभेम्बर १२ तारिखमा हुने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal