कोरियामा दोर्दी खोला जलविद्युत कम्पनीको अग्राधिकार शेयर खुला

लिलु डुम्रे, दक्षिण कोरिया

दोर्दी खोला  जलविद्युत कम्पनी लिमिटेडले  दक्षिण कोरियामा   अग्राधिकार शेयर खुला गरेको  छ | दोर्दी १ जलविद्युत आयोजनाले  लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको  हो |

तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ | दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले  यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ |
अग्राधिकार शेयर ४ बर्ष  अर्थात २०७७ असार मसान्त भित्र  स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै  अग्राधिकार शेयरमा बार्षिक ७.५ % प्रतिफल  दिने कम्पनीको योजना रहेको छ | शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक लगानी कर्ताले बार्षिक १७ प्रतिशत आयोजनाबाट लाभांश प्राप्त गर्नेछन|
 निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ | आयोजना सम्पन्न पश्चात  उक्त प्रतिफल स्वत अग्राधिकार शेयरमा परिणत हुनेछ | आयोजनाको निर्माण प्रारम्भ २०१७ को जुलाईबाट हुनेछ |
आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ  | साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै  आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ  | आयोजनाको निर्माण पश्चात यसको शेयर सर्वसाधारणलाई विक्री गरी नेप्सेमा सुचिकृत गरीने योजना रहेको कम्पनीले जानकारी गराएको छ |
लगानीकर्ताले न्यूनतम एक लाखको अग्राधिकार शेयर खरिद गर्नुपर्ने हुन्छ | दक्षिण कोरियामा सोल ,सुवन, थेगु ,बुसान ,आन्सान लगायतका शहरबाट  शेयर आवेदन दिन सकिनेछ |

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्डले यस अघि लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ|
 यसै कम्पनीले गत साता मात्रै रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको  छ | कम्पनीमा  हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु रहेको  संचालक समिति छ  |
दक्षिण कोरियामा दोर्दी एक जलविद्युत  आयोजनाको अग्राधिकार शेयरका लागि आरपी देवकोटा- ०१०५८७७५५१२, लिलु डुम्रे -०१०२२६२६४३० र खेम कार्की -०१० ६४५३३०५० मा सम्पर्क गर्न सकिनेछ

प्रकाशित मिति : २०७३ पौष १३ (December 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा सक्रिय नेपाली महिलाको संस्थाले पनि चुन्यो नयाँ नेता, नयाँ कार्यसमितिमा श्रेष्ठ सहित नयाँ अनुहार थपिए

• नमस्ते ग्रुप कोरिया द्वारा बिस्थापित परिवार लाइ खाद्यान्न सहयोग

• नेवा पुचः कोरियाद्वारा बोनम्यारो क्यान्सरको बिरामीलाइ सहयोग हस्तान्तरण

• कोरियामा सम्मानित भए पत्रकार डुम्रे

• कोरियामा नेपाली गीत रेर्कडीङ र छाँयाङ्कन गर्नेे क्रम बढ्दो, खरेलको स्वरवद्ध रहेको भिडियो पनि सार्वजानिक

• आन्सानमा फेब्रुअरी १२ तारिक दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन दिन सकिने

• सुदूर पश्चिम समाज कोरियाको अध्यक्षमा नवीन कार्की

• कोरियामा संयुक्त रुपमा ल्होसार मनाउने तयारी

• शेर्पा संघ कोरियाद्वारा आयोजित साँस्कृतिक कार्यक्रमको रमाइलो (फोटो फिचर)

• नेपकोरको मास्क डान्स पार्टी भव्यरुपले सम्पन्न, आगामी दिनमा फरक खालको पार्टी गर्ने उद्घोष

• स्ववियु चुनाब नजिकिदै गर्दा

• कोरियामा तनाव व्यवस्थापन तथा आत्महत्या रोकथाम सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

• प्रवासी मजदुर संगठन (एमटियु) ले यो वर्ष यस्ता कार्यहरु गर्दैछ

• कोरियामा फागु पूर्णिमाको अवसरमा तारा खेल प्रतियोगिता

• जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले समान तथा बिदाई कार्यक्रम गर्ने

• आइएनएस कोरियाले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागी अनलाईन हस्ताक्षर अभियान चलाउने

• धादिङ्ग समाज कोरियाको पाँचौ अधिबेशन सम्पन्न, सन्तोष अधिकारीको नेत्तृत्वमा १७ सदस्यीय कार्यसमिति गठन

• दोर्दी खोला जलविद्युत कम्पनीको अग्राधिकार शेयर बारे जानकारी दिन सौल र सुवनमा सेमिनार

• अर्घाखाँची सम्पर्क मञ्चकोअधिवेशन सम्पन्न, अध्यक्षमा दिनामणी पौडेल चयन

• संघिय लिम्बुवान सामाजिक मञ्च कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्ने कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट कोरियाको थेगुमा कोरियन महिला द्वारा रेलको लिगमा हाम फालेर आत्महत्या गर्ने प्रयास ,गम्भीर अबश्थामा उद्दार कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाली राजु कति हो कति पीडा छ कोरियामा
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal