LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

गुल्मी-भुर्तुड्ग सम्पर्क समिति र नेपाली देशभक्त आवाजको प्रशिक्षण कार्यक्रम सम्पन्न

रजिस्मा केसी, नयाँ दिल्ली

प्रवास को नयाँ दिल्ली मा क्रियाशील गैरराजनितिक तथा गैरनाफामुलक संस्था गुल्मी- भुर्तुड्ग सम्पर्क समिति (भारत  ) र नेपाली देशभक्त आवाज ले नयाँ दिल्ली स्थित नेपाल आवाज को हलमा संयुक्त प्रशिक्षण कार्यक्रम भब्यता का साथ सम्पन्न गरेका छन । नेपाल वान टेलिभिजन का समाचार बाचक ईन्द्र कमल जैरु र नेपाल आवाज दैनिक का डेक्स प्रमुख गोबिन्द पोख्रेल प्रमुख प्रशिक्षक रहेको उक्त कार्यक्रम को अध्यक्षता गुल्मी -भुर्तुड्ग सम्पर्क समिति ( भारत )का अध्यक्ष टिका बहादुर कार्की ले गर्नुभएको थियो। कार्यक्रम मा उपस्थित सदस्य हरुलाई प्रशिक्षण दिदै प्रमुख प्रशिक्षक जैरुले क्यामेरा को अगाडी प्रस्तुत गर्नुपर्ने भुमिकाको बारेमा प्रस्टाउनु भएको थियो। " क्यामेरा को अगाड़ी जानु भन्दा पहिले ऐनालाई क्यामेरा मानेर ऐनाको अगाडी भाषण को नक्कल गर्नुहोला " उपस्थित सदस्य हरुलाई सम्झाउदै जैरुले भन्नुभयो ।  कार्यक्रम मा प्रशिक्षक को रुपमा बोलेका नेपाल आवाज दैनिक तथा न्युज अभियान डट कमका भारत प्रमुख तथा नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव तथा प्रबक्ता  गोबिन्द पोख्रेलले उद्धधोषकमा हुनुपर्ने आधारभूत गुणहरुको बारेमा औल्याउनु भयो । " नयाँ दिल्लीको ईतिहासमै पहिलो पल्ट नेपाली गैरराजनितिक संस्थाहरुले एसरी मिलेर आफ्ना कार्यकर्ता लाई आधारभूत प्रशिक्षण दिनु स्वागत योग्य कदम हो " उद्धोशकका गुरहरु सिकाउदै प्रशिक्षक पोख्रेल ले भन्नुभयो । कार्यक्रम मा नेपाली देशभक्त आवाज को तर्फ बाट सँस्थापक तथा पत्रकार बाबु रोका र गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत ) को तर्फ बाट महासचिव तथा नेपाल पत्रकार महासंघ -भारत शाखा का सहसचिव देबेन्द्र केसी ले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम मा दुबै संस्था को तर्फ बाट सानु मगर , प्रदिप बेल्बासे , अमृता बराल र मोहन पौडेलले आफ्ना भनाईहरु राख्नु भएको थियो । करिब चार घण्टा चलेको उक्त कार्यक्रम को सँन्चालन नेपाली देशभक्त आवाज का अध्यक्ष नबिन घिमिरे ले गर्नुभएको थियो । लामो भारत बसाई पछि नेपाल फर्कन लाग्नुभएका नेपाली देशभक्त आवाज का महासचिव प्रदिप बेल्बासेलाई उहाँ को सुकार्यको मूल्यांकन गर्दै अतिथि हरु र  दुबै सँस्थाका पदाधिकारी हरुले खाँदा ओढाएर सम्मान गरिएको थियो ।

पत्रकार केसी सम्मानित
आफ्नो पत्रकारिता पेशा मार्फत प्रबासी नेपाली हरुलाई सुसुचित गर्ने दिशामा उल्लेखनीय योगदान पुर्याएको भन्दै  दक्षिण कोरिया मा कार्यरत नव प्रतिभाशाली भुर्तुड्गेली हरुले पत्रकार महासंघ भारत शाखा का सहसचिव तथा पत्रकार देबेन्द्र केसी लाई सम्मान गरेका छन । भुर्तुड्ग घर भै हाल दक्षिण कोरिया मा कार्यरत पत्रकार तथा गीतकार टिका सुबेदी को नेतृत्व मा नव गायक टिका पौडेल, दयाराम पौडेल ,दिपक गिरी तथा कमेडियन तथा आरजे बिसन केसी को टिमले संयुक्त रुप मा चालिस हजार मुल्य बराबर को ल्यापटप ले पत्रकार केसी लाई पुरस्कृत गरेका छन । उक्त ल्यापटप "प्रशिक्षण कार्यक्रम "मा गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत )का अध्यक्ष टिका बहादुर कार्की र नेपाली देशभक्त आवाज का सँस्थापक बाबु रोका मगर ले संयुक्त रुप मा पत्रकार केसी लाई हस्तांतरण गरेका छन । ल्यापटप ग्रहण पछि बोल्दै पत्रकार केसी ले नौ सागर पारी बाट पठाएको चिनोको सदैव कदर गर्ने बताउनु भयो। "यो ल्यापटप समाउने हातहरु मेरा भएपनि उसको श्रेय मेरा बुबा ,आमा मलाई समाजमुखी बनाउने समाजसेवी टिका बहादुर कार्की,मेरी जिवनसँगिनी रजिस्मा केसी र मलाई पत्रकारिता को ककहरा सिकाउने मेरा गुरु लोकेश शाह "आर्यन " लाई दिन्छु " कार्यक्रम मा बोल्दै केसी ले भन्नुभयो । यो सम्मान थप जिम्मेवारी बोध भएको बताउदै पत्रकारिता मा सहयात्रा गरेका पत्रकार साथी हरु गोबिन्द पोख्रेल , बाबु रोका, हिमशिखर , बाबु राम थापा लगायत लाई सम्झिनुभयो । कार्यक्रम को अन्त्यमा सामान्य जलपान र अध्यक्ष टिका बहादुर कार्की ले समापन मनतब्य दिदै कार्यक्रम को बिसर्जन भएको घोषणा गर्नुभएको थियो।

 

प्रकाशित मिति : २०७३ असार ०७ (June 21, 2016)

सम्बन्धित तस्विरहरु





प्रतिक्रियाहरु


tika bahadur karki wrote on 21 June, 2016
Thik xa
Tuka bahadur karki wrote on 07 February, 2018
Ramro

तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया

• कोरियामा पापोहाङ लाओति सयङ गठन

• वाम गठबन्धनका भातृ संगठनबीच कोरियाको राजधानीमा संयुक्त भेटघाट कार्यक्रम

• नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

• कोरियामा गजल मुशायरा सम्पन्न, गजलको जीवन्तताको लागि गाइनु आवश्यक: गायक सिग्देल

• शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित ग्याल्बो लोशार कार्यक्रम सफल पुर्वक सम्पन्न..

• एनअारएन काेरिया सहितकाे लगानीमा म्याग्दीको दरवाङमा जलविद्युत अायाेजना बन्दै , लगानी ५ अर्ब १४ कराेड

• राप्ती समाज काेरियामा बाेहाेरा अध्यक्ष सहित २१ सदस्य नयाँ कार्यसमिति

• नेपाली संघीय समाज दक्षिण कोरिया द्वारा बृहत अन्तर्कृया कार्यक्रमको तयारी पुरा

• मकवानपुर कोरिया मञ्चको स्वागतयोग्य घोषणा, कार्यक्रमबाट बचत भएको २०% रकम नेपाल हाउसलाई सहयोग गर्ने

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

• केन्द्रीय सचिब प्रमुख वक्ता रहेको नेफेसो कोरियाको बृहत् अन्तरक्रिया कार्यक्रम फ्रेबुअरी १६मा

• सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा चियापान कार्यक्रम गर्ने

• कोरियामा प्रदेश नं २ को परिचयात्मक भेटघाट कार्यक्रम हुने

• कोरियामा कार्यरत नेपालीको पहलमा अर्घाखाँचीको एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

• कोरियामा ग्याल्बो लोसार साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

• भक्तपुर समाज दक्षिण कोरियाले आगामी सलानालामा बृहत भेटघाट तथा रात्री भोज आयोजना गर्ने

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal