LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

अबैध रुपमा मानिसालाई दक्षिण कोरिया पुर्याएको भन्दै कलाकार राजेन्द्र खड्गीमाथि सीआईबीले थाल्यो अनुसन्धान

नेपाली कलाकारिता क्षेत्रका एक हस्ती तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले अनुसन्धान थालेको छ ।

खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।

केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे अनुसन्धान भईरहेको पुष्टि गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोेका निर्देशक (डीआईजी) पुष्कर कार्कीले रातोपाटीसँग भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले प्रारम्भिक अनुसन्धान शुरु गरेका छौँ ।’

खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११  जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।

कलाकार राजेन्द्र खड्गीले रातोपाटीसँग कुरा गर्दै कोरियामा छाडेको भनिएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको दाबी गरेका छन् । उनले भने, ‘तपाईंले लिएका नाम मैले कसरी चिन्नु ? अहिले गाडी चलाईरहेको छु, पछि कुरा गरौँला ।’

को हुन् राजेन्द्र खड्गी

राजेन्द्र खड्गी चर्चित तथा धेरै नेपाली चलचित्रका द्वन्द्व निर्देशक हुन् । करिव ५ सय नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका उनले ५–६ वटा हिन्दी चलचित्रमा समेत काम गरेका छन् । करिब एकसय हाराहारीका नेपाली चलचित्रमा खलनायक भुमिका निर्बाह गरेका खड्गीको जन्म २०१८ सालमा मकवानपुरको हेटौँडामा भएको हो । २०३४ सालमा एसएलसी पास गरेका उनी हेटौँडा क्याम्पसका कर्मस बिद्यार्थी हुन् ।

२०३५–३६ सालमा उनी हेटौंडाको नामुद ‘गुण्डा’ थिए । त्यतिबेला उनी बाबुराजा दादाको नामले समेत चिनिन्थे । उनको परिवारको पेसाले मासु व्यापार हो । चलचित्रमा आउनु पुर्व उनले यो काम पनि गरेका थिए ।

उनी २०४० सालतिर हेटौंडामा क्युकोसिन कराँते पनि सिकाउँथे । सहबीर थापा डिएसपी हँुदा उनी एक हप्ता थुनामा समेत परेका थिए । त्यतिबेला कमल थापाको निर्देशनमा उनी छुटेका थिए । चलचित्रमा प्रबेश गरेपछि उनले गुण्डागर्दी छाडेका हुन् ।

१९ र २० तोला जति सुन र गोजीमा १०–१५ हजार लिएर हिँड्न रुचाउने उनलाई राजा वीरेन्द्रले एक गाडी उपहार समेत थिएका थिए । बा ३ च ४ ५७७३ नम्बरको उक्त गाडी पहिले पूर्व युवराज दिपेन्द्रले चढ्थे । केही चलचित्र निर्माण समेत गरेका खड्गीले ‘कालो चश्मा’ नामक चलचित्र निर्देशन समेत गरेका छन् । सबैभन्दा धेरै चलचित्रमा द्वन्द्व निर्देशन गर्ने संसारमै आफु पहिलो ब्यक्ति भएको दाबी गर्दै आएका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन पनि चाहन्छन् । तर उनको यो इच्छा पुरा भएको छैन । उनी अहिले अभिनेता शिव श्रेष्ठसँग मिलेर एक चलचित्र निर्माणको तयारी गर्दैछन् ।
 

प्रहरीको थप खोज
पछिल्लो समय नक्कली कागजात बनाएर विश्वका आकर्षक मुलुकमा भीषा आवेदन दिने क्रम बढेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसरी नक्कली काजगात बनाउँदै अनेक बहानामा भीसा दिलाउने गिरोह नै सक्रिय भएको केन्द्रीय अनुसन्धान ब्यूरोेका एक उच्च अधिकारीले जानकारी दिए ।

आउने भदौबाट लागु हुने नयाँ फौजदारी ऐनलाई देखाएर कत्तिपय कानुन ब्यवसायीकै सहयोगमा जापान, कोरिया, अष्ट्रेलिया जस्ता मुलुकमा शरणार्थी भीसा लगाउने गिरोह नै सक्रिय भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोेले त्यस्ता गिरोहबारे पनि अनुसन्धान गरिरहेको बताईएको छ ।

‘कोरियामात्र हैन जापान, अष्ट्रेलिया जस्ता मुलुकमा पनि संगठित रुपमा दलालले नेपालबाट लाखौं लिएर मानिस पठाउने गरेको सूचना आएको छ’ डीआईजी कार्कीले भने, ‘यसबारे अनुसन्धान अगाडि बढाएका छौं ।’

रातोपाटि

प्रकाशित मिति : २०७४ माघ २४ (February 07, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा नेपाली सांगीतिक कार्यक्रमको मोह बढ्दो

• कोरियामा नेपाल आइडलकी रक गायिका सामू एक दर्शक धुरु धुरु रोए

• रेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो

• रेसुङ्गा सास्कृतिक झलक३का अामन्त्रित सबै कलाकारलाई विमानस्थलमा यसरि गरियाे स्वागत ।

• नेपकोरको अल्र्टामोर्डन सलनाल मास्क पार्टीको तयारी पुरा, स्थानिय प्रशासनबाट स्वीकृति

• कोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)

• कोरियाले ११ सयको लेवर कन्ट्रयाक्ट पठायो, थप ११ सयको लेवर कन्ट्रयाक्ट आउदै

• रेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे

• रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार १५ तारिख सम्म कोरिया आइपुग्ने

• धादिङ्ग समाज दक्षिण कोरियाले ग्रामिण भेगमा अस्पताल निर्माण गर्ने

• अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्ता

• रेसुङ्गा साँस्कृतिक झलक ३ असफल पार्न केहि कुतत्व अप्रत्यासित तवरले लागिपरेको भन्दै आयोजकले निकाल्यो यस्तो विज्ञप्ती

• सलनालामा आयोजित कार्यक्रमहरुलाई सफल पारिदिनुहुन एनसीसी कोरियाको अपिल

• दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई

• कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन

• किम जोंग उनकी बहिनी दक्षिण कोरिया पुगिन

• फ्याङछाङ शितकालिन ओलम्पिक खेल आजबाट शुरु हुदै, साँझ भब्य समारोहकाबीच उद्घाटन

• उत्तर कोरियालि नेता किम जोनकी बहिनी दक्षिण कोरियाको ओलम्पिकमा सहभागी हुने

• ठुलो संख्यामा उत्तर कोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आइपुग्यो

• कोरियाको मिर्याङ अस्पतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, दश वर्ष यताकै भयानक र दुःखद घटना

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal