LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ ।कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएको छ ।

यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम २०१९ सम्म मात्रै चल्नेछ । त्यसपछि हातमा सीप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ । यो पद्धति लागू भएपछि कोरिया जानेहरुले भाषा परीक्षा पनि कम्प्युटरमार्फत नै दिनुपर्ने छ ।

कोरियाले यसअघि नै सन् २०१९ देखि नेपाली युवको सीप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरिसकेको थियो ।

त्यसका लागि अहिले ललितपुरको भैँसेपाटीमा नेपाल सरकारले ‘सिभीटी बिल्डिङ’ निर्माण गर्न लागेको छ । यो भवन नबनेसम्म सीप र कम्प्युटरमा आधारित भाषा परीक्षा गर्न नसकिने भएकाले नेपाल सरकारले सन् २०२० बाट मात्रै कोरियाको प्रस्तावअनुसार नयाँ परीक्षा प्रणाली लागु गर्न सकिने बताएको छ ।

यो भवनको शिलान्यास आउँदो साउन २५ गते गर्ने र भदौबाट निर्माण थाल्ने तयारी छ । ६ तलको यो भवन झण्डै ११ करोड रुपैयाँको लागतमा नेपाल सरकार आफैंले बनाउनेछ । भवनका प्रत्येक तलामा कोरियाले ३५÷३५ वटा कम्प्यटर राख्नेछ । सीपमा आधारित परीक्षा सुरु भएपछि यही सीभीटी हलमा नेपाली युवाले जाँच दिनेछन् । यो भवन वि। सं। २०७६ को भदौसम्म तयार गरिसक्ने लक्ष्य छ । त्यसमा फर्निसिङ र प्राविधिक तयारी गर्न थप ६ महिना लाग्ने भएकाले सन् २०१९ बाटै सीपमा आधारित परीक्षा गर्न गाह्रो पर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका एक अधिकारी प्राविधिक रुपमा २०१९ बाट सीप जाँचेर कोरिया पठाउन गाह्रो भएको स्वीकार्छन् ।

कोरियाले नयाँ प्रणाली लागू भएपछि भाषासँगै कामदारको सीप र शारीरिक स्वरुपको पनि परीक्षण गर्नेछ । भाषामा पास भएकाहरुले कोरिया जान अन्तवार्ता पनि अनिवार्य उत्तीर्ण गर्नुपर्ने छ ।

कोरियाको मानव संशाधन विभागले अब कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको छ ।

सीपमा आधारित परीक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनावाई र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब उसले दाबी गरेको सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

जस्तो उत्पादनमुलक समूहको स्टिल फिक्सङ समूहमा जाने गरी आवेदन गरेका कामदारले भाषा पास भएपछि सीपको परीक्षा दिनुपर्नेछ । कोरियाले नयाँ अंक प्रणालीमा अब भाषा परीक्षामा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्ने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभारक भण्डारीले जानकारी दिए ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि परीक्षण गर्नेछ । साथै कामदारको सीपको लेभल र कार्य अनुभवका आधारमा पनि अंक दिइनेछ ।

कम्प्युटर प्रणालीबाट परीक्षा

अहिलेसम्मको तयारीअनुसार सन् २०२० देखि ईपीएसमा कागजी परीक्षा प्रणालीसमेत हट्नेछ । पूर्ण रुपमा कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर चलाउन जानेकाहरुले मात्रै दिन सक्छन् । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

काठमाडौं । ईपीएस प्रणाली मार्फत वैदेशिक रोजगारीमा जाने दक्षिण कोरीयामा स्वदेशी तथा आप्रवासी कामदारहरुले बृद्धि भएको तलब पाउने भएका छन् । कोरिया सरकारले तलब वृद्धिपछि साना कम्पनीलाई आर्थिक भार पर्ने भन्दै २.७ बिलियन डलरको अनुदान दिएपछि कामदारहरुले बढेको तलब पाउने सुनिश्चित भएको मजदुर यूनियनहरुले बताएका छन् ।

कोरिया सरकारले आगामी सन् २०१८ का लागि गत जुलाईमा कामदार तलब १६.४५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियोे । त्यसपछि साना तथा मझौला कम्पनी मारमा पर्ने भन्दै रोजगारदाता अर्थात कम्पनीले विरोध जनाएका थिए । नेपालबाट जाने कामदार यस्तै साना तथा मझौला उद्योगमा काम गरिरहेका छन् ।

कोरिया सरकारले आगामी २०२० सम्म कामदारको तलब प्रति घण्टा १० हजार वोन पु¥याउने प्रतिबद्वता व्यक्त गरेको छ । घोषणा गरेको अनुदान रकम ३० जना भन्दा कम कामदार रहेका कम्पनीलाई मात्र दिइने रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ । जस अनुसार प्रतिकामदार एक लाख तीस हजार वोन अनुदान कम्पनीले पाउने छन् । अनुदान पछि साना कम्पनीलाई आर्थिक भार कम हुने विश्वास मन्त्रालयले लिएको छ ।

आगामी जनवरीबाट लागू हुने १६.४ प्रतिशत तलब वृद्धिले त्यहाँ कार्यरत स्वदेशी र विदेशी कामदार प्रत्यक्ष लाभान्वित हुने छन् । जस अनुसार कामदारले प्रतिघण्टा ७ हजार ५ सय ३० वोन र मासिक न्युनतम १५ लाख ७० हजार वोन तलब पाउनेछन् । तर तलब वृद्धि पछि खाद्यान्न लगायतमा मूल्य वृद्धि हुने र कम्पनीले आवास र खानाको पनि शुल्क वृद्धि गर्न सक्ने डरले कामदार भने त्रसित देखिएका छन् ।
प्रकाशित मिति : २०७४ मंसिर २८ (December 14, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal