LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा


केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनी सम्म रेलमार्गको अध्ययन गर्न आएको  चिनियाँ टोली लुम्बिनी पुगेकोछ । परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो ।

चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ।चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो। समय अभावका कारण उनीहरु आधा बाटोबाट फर्किए।

बुधबार टोलीले पोखरा पुगेर स्थलगत अध्ययन गरेको छ ।‘अहिले हामी लुम्बिनी आइपुगेका छौं,’ बिहीबार दिउँसो रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले भने, ‘आज यहाँको अध्ययन सकेर काठमाडौं फर्किन्छौं।’

उनका अनुसार चिनियाँ टोलीले रेलमार्गका केही निश्चित स्थानको भौगोलिक र भौगर्भिक अध्ययन गरिरहेको छ।‘उहाँहरू सकारात्मक देखिनु भएको छ, विस्तृत रिपोर्टका लागि विभागसँग पनि केही डाटा माग्नु भएको छ,’ उपाध्यायले भने, ‘हामीसँग भएको डाटा दिन्छौं उहाँहरुले पछि हामीलाई रिपोर्ट पठाइदिनु हुन्छ।’

यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो।पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो।

चिनियाँ टोलीले पोखरा– लुम्बिनी रेलमार्ग मुग्लिन हुँदै नारायणगढबाट बनाउनेबारे अध्ययन गरेको उपाध्यायले जानकारी दिए।‘मुग्लिनमा काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको जोड्दा सजिलो हुनसक्ने उहाँहरुको धारणा छ,’ उनले भने।

शुक्रबार टोलीले अध्ययनबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीसँग छलफल गर्दैछ। सचिवसहित बिहान साढे १० बजे मन्त्रालयमा छलफल हुनेछ।छलफल सकेर चिनियाँ टोली भोलि नै फर्कने छ।

चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्‍याउने गरी काम गरिरहेकोे छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो। सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।
सेतोपाटि बाट

 

प्रकाशित मिति : २०७४ कार्तिक २३ (November 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• नेपालीका समस्या समाधानका लागि निरन्तर पहल र सहयोग गर्ने कोरियन प्रहरीको प्रतिबद्धता

• कोरियामा रहेका युवायुवतीहरूको वास्तविक भोगाई

• नेपाली युवाको कोरिया क्रेज

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउनेआइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal